काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि बुधबार राति भएको दोस्रो लेग प्ले अफमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको छ ।
पहिलो लेगमा ३–२ ले जित हात पारेको रियल एग्रिगेटमा ६–३ को सफलता सहित दोस्रो चरण प्रवेश गरेको हो । बुधवार म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा रियलका लागि केलिएन एम्बाप्पेले ह्याट्रिक पूरा गरे ।
खेलको चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाएका फ्रान्सेली स्टार एम्बाप्पेले ३३ औँ मिनेटमा अर्को गोल गरे भने खेलको ६० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । सिटीका लागि इन्जुरी समयमा निको गोन्जालेजले एक गोल फर्काएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।