काठमाडौं – काठमाडौंको टुँडिखेलमा ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ विभिन्न कार्यक्रम गरी मनाइएको छ।
प्रजातन्त्र दिवस मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरेको हो।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, मन्त्री, संवैधानिक निकाय तथा कूटनीतिक निकायका प्रमुख सहभागी भएका थिए।


समारोहलाई उल्लासमय बनाउन नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ अंकित व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको छ। त्यस्तै मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो।



समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपासका साथै राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरिएको थियो। साथै सर्वसाधरणबाट समेत विभिन्न झाकी बालन प्रस्तुत गरिएको थियो।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।