काठमाडौं – अमेरिकी सेनाले तेस्रोलिङ्गीहरूको भर्तीमा रोक लगाएको छ।
सेनाले आफ्नो एक्स ह्यान्डलमार्फत भनेको छ कि, ‘अमेरिकी सेनाले अब ट्रान्सजेन्डरहरूलाई सेनामा भर्ना हुन दिनेछैन। सेनामा पहिले नै रहेकाहरूका लागि लिंग परिवर्तन प्रक्रियाहरू पनि बन्द गर्नेछ।’
दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प तेस्रोलिंगीप्रति कठोर मानिन्छन्। उनले राष्ट्रपतिमा नियुक्त भएलगत्तै अमेरिकामा दुई लिंग (महिला र पुरुष)मात्र अस्तित्वमा रहने बताएका थिए।
राष्ट्रपतिको पदभार ग्रहण गर्नवित्तिकै उनले जन्मको समयमा लिंगको आधारमा लिंग पहिचान सीमित गर्ने आदेश जारी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।