पोखरा – पोखरामा जारी २४औँ आहा–रारा पोखरा गोल्डकपमा थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स खेल्दैछन् । थ्री स्टार मछिन्द्र फुटबल क्लब र बुल्स सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । दुई टोली बिच विजेताले नेपाल पुलिस क्लब संग फाइनल खेल खेल्नेछ ।
यस अघि ६ पटकको विजेता पुलिस जारी आहा रारामा लगातार ३ खेल जित्दै फाइनल पुगिसकेको छ । पुलिसको यो कीर्तिमानी ११ औं फाइनल यात्रा हो । टोली ५ वर्षपछि फाइनल पुग्न सफल भएको हो । आज थ्री स्टार विजयी भएको खण्डमा टोली आठौं पटक फाइनल पुग्नेछ । पुलिस र थ्रीस्टारले यसअघि आहा रारामा एक पटक मात्र २०७४ मा फाइनल खेलेका थिए । खेल दिउसो २ बजे पोखरा रंगशालामा हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।