काठमाडौं- कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले बालिकामाथि बढ्दो हत्या, बलात्कारलगायतका जघन्य अपराध नियन्त्रणका लागि सक्रिय भएर लागी पर्न निर्देशन दिएका छन्। आईतबार राजधानीमा ‘दोस्रो नेपाल बालिका सम्मेलन’ उद्घाटन गर्दै पाेखरेलले बालिकामाथि भईरहेको बलात्कार, हत्यालगायतका जघन्य अपराधका घटना नियन्त्रण गरी कानुनी कारबाही गर्न सरकारले सक्दो पहल गरिरहेको दाबीसमेत गरेका छन्।
_x000D_
_x000D_
कार्यवाहक प्रधानमन्त्री पोखरेलले बालिकामाथि हुने हत्या, बलात्कारजस्ता अमानवीय एवम् पाशविक घटना नियन्त्रणका लागि सरकार लागी परेको पनि स्पष्ट पारे । समाजका असमानता भई बलात्कार, हत्यालगायतका घटना नियन्त्रण हुने विश्वास पनि व्यक्त गरे।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालिकामाथि हुने हत्या, बलात्कारलगायतका घटना न्यूनीकरणका लागि ठोस धारणा तय गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरेकी छन्।
_x000D_
_x000D_
परम्परागत सामन्ती सोचका कारण महिला तथा बालिका बलात्कार, हत्याजस्ता अपराधको घटनाको शिकार हुनु परेको उल्लेख गर्दै थापाले महिला हिंसा अन्त्य गर्न समाजका सबै पक्ष उत्तिकै सक्रीय हुनुपर्ने आवश्यकता रहेको औंल्याएकी छन्।
_x000D_
_x000D_
अभिनेत्री मनिषा कोइरालाले शिक्षाको अभाव र बालविवाहका कारण नेपालमा बालिकामाथि हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न शिक्षा र स्वास्थ्यमा विशेष जोड दिनुपर्ने आवश्यकता रहेको बताएकी छन्।
_x000D_
_x000D_
‘सक्षम बालिकाः समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलनले बढ्दो बालिका हत्या, बलात्कार लगायतका घटना न्यूनीकरणका लागि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।