काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को मानर्थ विद्यावारिधिको उपाधि प्राप्त गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा सहभागी भएर उत्तर अमेरिकी देश कास्टारिकाको भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई सोमबार कोस्टारिकाको शान्ति विश्वविद्यालय अन्र्तगतको रोड्रिगो कराजो क्याम्पसले उक्त उपाधि प्रदान गर्न लागेको हो।
_x000D_
_x000D_
नेपालले प्राप्त गरेका शान्ति तथा प्रजातान्त्रिक प्रक्रियाको सफलताका लागि प्रधानमन्त्री ओलीलाई उक्त उपाधि प्रदान गर्न लागिएको हो। विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।
_x000D_
_x000D_
यस्तै ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्वाराडोसँग द्विपक्षीय हितका विषयमा छलफल गर्ने कायक्रम छ।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गर्ने कार्यक्रमपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शान्तिका लागि विश्वविद्यालय स्थापना सम्बन्धी अन्तराष्ट्रिय सन्धिमा पनि सहमति गर्ने कार्यक्रम छ। नेपाल उक्त सन्धिमा सहमति जनाउने ४१औँ राष्ट्र हो।
_x000D_
_x000D_
यसअघि गत वर्ष भारतको राजकीय भ्रमणमा रहँदा पनि प्रधानमन्त्री ओलीलाई उत्तराखण्डको गोविन्द बल्लभ पन्त विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।