• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रतिक्षित डिएनए नतिजाको शंका टरेपछि अनुसन्धान अब कुन बाटोमा?

64x64
नेपाल लाइभ आइतबार, असोज १४, २०७५  ०८:२०
1140x725

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको दुई महिना नाघिसक्यो। तरपनि प्रहरी हत्याराको नजिक पुग्न सकेको छैन। बरु, पछिल्लो समय विकसित परिस्थितिलाई लेखाजोखा गर्दा घटना झनै रहस्यमय बन्दै गएको छ।

_x000D_ _x000D_

आरोपित भनि पक्राउ गरिएका दिलिपसिंह विष्टको डिएनए जाँच गर्दा निर्दोष ठहरिएसँगै उनी रिहा भए। सोपश्चात् स्थानीयको लगातारको प्रदर्शन र जनदबावपछि डिएनए परिक्षणको लागि घेरामा तानिए कञ्चनपुरका तत्कालीन एसपी डिल्लिराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट। तर कञ्चनपुरका डिएसपी कृष्ण ओझाका अनुसार शंकाष्पद रुपमा हेरिएका यी तिनै जनाको डिएनए परीक्षणको नतिजा निर्मलाको ‘भेजाइनल स्वाब’मा भेटाइएको हत्याराको शुक्रकिटको डिएनएसँग ‘म्याच’ खाएको छैन।

_x000D_ _x000D_

शंकाको घेराभित्र तानिएका व्यक्तिहरुको डिएनए मेल नखाएपछि अब अनुसान्धान कसरी अगाडि बढ्छ भन्नेमा प्रश्न उठ्न थालेको छ। अनुसन्धानमा खटिएका प्रहरीले नै गम्भीर त्रुटी गरेको भन्दै उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। अनुसन्धानका क्रममा गल्ती गरेको भनिएका व्यक्तिको डिएनए रिपोर्टका आधारमा प्रत्यक्ष रुपमा संलग्नता नदेखिएपछि अनुसन्धानको पाटो झनै पेचिलो बनको हो।

_x000D_ _x000D_

तर, नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्री भने अन्य अनुसन्धानका अन्य पाटाहरु बाँकी रहेको र अनुसन्धान पनि भइरहेको बताउँछन्। ‘अनुसन्धानका पाटो डिएनए मात्रै छैन। अरु पनि छन्। जसका आधारमा हामीले अनुसन्धान पनि गरिरहेका छौं। प्रहरी प्रधान कार्यालयले महिला एसपी दुर्गा चन्दको नेतृत्वमा टोली पठाएको छ। त्यसले पनि आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेको छ’, प्रवक्ता थापा क्षेत्रीले थपे, ‘सिआइबीका एसएसपी ठाकुर ज्ञवालीको कमााण्डमा गएको प्रहरी टोलले पनि अनुसन्धान गरिरहेकै छ। जिल्ला प्रहरीले पनि अनुसन्धान गरिरहेको छ। अहिले पनि संकास्पद व्यक्तिहरुलाई ल्याएर बयान लिने काम भइरहेको छ।’

_x000D_ _x000D_

प्रहरी स्रोतका अनुसार अहिले डिएनएको नतिजा आएका तीनै जनाको डिएनए मेल खाँदैन भन्नेमा प्रहरी प्रधान कार्यालय ढुक्क थियो। स्रोतले भन्यो, ‘तीन जनामध्ये एक जनासँग डिएनए मिल्छ भन्ने भएको भए डिएनए परीक्षण गरिसकेपछि अनुसन्धानमा प्रहरी खटाउनै पर्दैनथ्यो। त्यसमा ढुक्क भएर नै हामीले अनुसन्धानका लागि कञ्चनपुरमा थप प्रहरी टोली पठाएका हौं।’

_x000D_ _x000D_

अनुसन्धानमा खटिएको प्रहरी टोलीले अहिले सुक्ष्म रुपमा अध्ययन गरिरहेको प्रहरीले जनाएको छ। घटनास्थल नजिकै सेनाको २५ नम्बर बाहिनी छ। घटना भएको दिन ब्यारेकबाट बाहिर निस्किएका सेनाको लिस्ट मागेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। तलिम प्राप्त व्यक्तिबाटै हत्या भएको हुनसक्ने भएकाले सेनातर्फ पनि अनुसन्धानको सुई घुमाइएको प्रहरीको भनाइ छ।

_x000D_ _x000D_

अब कोही व्यक्ति संकास्पद देखिएमा आरोप पुष्टि गर्न डिएनए चेक गर्नुको विकल्प नरहेको प्रहरी अधिकारी बताउँछन्। डिएनए नै जोगाएर राखिएकाले कसैको साविती बयानका आधारमा दोषी भन्न नमिल्ने भएकाले अनुसन्धानको बाटो झनै जटिल बनेको एक प्रहरी अधिकारीले बताए।

_x000D_ _x000D_

के भन्छन् एसपी विष्ट?

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

घटनाको प्रमाण लुकाउने काम गरेको, अनुसन्धानमा लापरबाही गरेकोलगायतका आरोप लागेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई जनदबाव थेग्न निलम्बन मात्रै गरिएन, उनको डिएनए परीक्षणसम्म गरियो। भलै उनी डिएनए परीक्षणमा निर्दोष देखिए।

_x000D_ _x000D_

डिएनए परीक्षणमा निर्दोष देखिएपछि नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘अनुसन्धानमा असर पर्ला भनेर मैले अहिलेसम्म केही बोलेको छैन। बोल्न सक्ने अवस्था पनि थिएन। ढिलै भएपनि एक चरणको न्याय मिलेको छ। यो सब मेरो र छोराको करियर सक्न लगाइएको आरोप थियो। बिस्तारै सबै पुष्टि हुँदै जाला।’

_x000D_ _x000D_

उनले घटनामा आफ्नो छोराको संलग्नता रहेको भन्दै लगाइएको आरोप निराधार रहेको दाबी गरे। उनले अनुसन्धान तथा घटनापछि शान्तिसुरक्षा कायम गर्ने सवालमा आफ्नो गल्ती नभएको बताउँदै एसपी विष्टले भने, ‘गल्ती भएको भए अझै पनि कारबाही भोग्न तयार छु।’

_x000D_ _x000D_

किरण विष्टले बुझाए ओपेरा होटलमा खिचिएका फोटो

Xtrem

Xtrem
_x000D_ _x000D_

निर्मला पन्तको हत्या भएको दिन साउन १० गते एसपी विष्टका छोरा किरण विष्टको जन्मदिनको पार्टी ओपेरा होटलमा थियो। जहाँ बम दिदीबहिनीसहित निर्मला पनि गएको आरोप लाग्दै आएको छ। तर, कञ्चनपुरका डिएसपी कृष्ण ओझाले ओपेरा होटलमा भएका सबै कार्यक्रमका बारेमा अनुसन्धान भइरहेको तर अहिलेसम्म घटनासँग जोडिनसक्ने त्यस्तो कुनै पनि तथ्य फेला नपरेको स्पष्ट पारे।

_x000D_ _x000D_

बम दिदी बहिनीसहित निर्मला होटलमा आएको भन्ने कुरा पुष्टि नभएको डिएसपी ओझाको भनाइ छ। होटलमा भएको जन्मदिनको पार्टी र त्यहाँको गतिविधिका बारेमा पनि कञ्चनपुर प्रहरीले एसपी विष्टका छोरा किरण विष्टसँग सोधपुछ गरिसकेको जनाएको छ।

_x000D_ _x000D_

‘मोडल बनाइदिन्छु भन्दै एसपीका छोराले खिचेका १ सय वटाभन्दा बढी फोटोसहित सम्पूर्ण विवरण हामीलाई पेस गरेका छन्। होटलमा त्यस दिन भएका युवतीहरुको फोन नम्बर, खाजा खाँदा तिरेको बिल पनि पेस भएको छ’, डिएसपी ओझाले भने ‘ओपेरा होटलमा निर्मलाको बारेमा कुनै क्लु फेला परेको छैन।’

_x000D_ _x000D_

सोधपुछका क्रममा किरणले घटना हुँदाको दिन धनगढीबाट मोडल ल्याएको र फोटो सुट पनि स्वीकारे पनि निर्मलाको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

_x000D_ _x000D_

एआइजी धिरु बस्न्यातको टोली घटनास्थल जाने तयारी

_x000D_ _x000D_

अनुसन्धानमा प्रहरीले गम्भीर लापरबाही भएको देखिएपछि प्रहरी प्रधान कार्यालयले एआइजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले अनुसन्धानमा खटिएका प्रहरीलगायत अन्य प्रहरीसँग बयान लिइरहेको छ। केही प्रहरीको ‘पोलिग्राफ’ विवरण पनि समितिले लिएको छ। तर, ‘पोलिग्राफ रिपोर्ट’मा केही देखिएको छैन। घटनास्थलमा गएका प्रहरी र अनुसन्धानमा खटिएका प्रहरीको मोबाइल परीक्षण, कल डिटेललगायतका कुरा पनि जाँच गरिएको छ। त्यसमा कुनै तथ्य फेला परेको छैन।

_x000D_ _x000D_

समितिले केही तथ्य फेला नपारेपछि एआइजी बस्न्यातको टोली घटनास्थल कञ्चनपुरसमेत जानेबारे छलफल भएको स्रोतले जानकारी दियो। एक-दुई दिनमा अनुसन्धानमा खटिएका प्रहरीको बयान लिइसकेपछि कञ्चनपुर जाने कुरा भएको स्रोतले जानकारी दियो। जाने÷नजाने भन्नेबारे टुंगो भने लागिसकेको छैन।

प्रकाशित मिति: आइतबार, असोज १४, २०७५  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला?
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध शुक्रबार, असोज ९, २०८३
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै शुक्रबार, असोज ९, २०८३
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज हुने शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्