न्युयोर्क– संयुक्त राष्ट्रसङ्घ महासभाको ७३औँ अधिवेशनमा भाग लिई प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिका प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा प्रधानमन्त्री ओली कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजेतर्फ प्रस्थान गरेका हुन्। ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहेही छन्।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। उनले सान होजेमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) मा आयोजना हुने कार्यक्रममा विशेष सम्बोधन गर्नेछन्।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।