• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डेढ दशक एमाले हाँकेका नेता नेपालको नेकपामा बढ्दो सक्रियता, भूमिका ‘गौण’ नगराउन चेतावनी

64x64
नेपाल लाइभ आइतबार, असोज १४, २०७५  ०१:१५
1140x725

काठमाडौं- तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मियो’का रूपमा निरन्तर १४ वर्ष पार्टी हाँकेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षद्वयको कार्यशैलीमा चित्त नबुझेको स्पष्ट संकेत दिएका छन्। 

_x000D_ _x000D_

०५० जेठ ३ को दासढुंगा घटनामा तत्कालीन नेताहरु मदन भण्डारी र जीवराज आश्रितको निधन भएपछि करीब डेढ दशकसम्म पार्टीको शीर्ष नेतृत्वमा नेपाल रहे। १४ वर्ष एमालेको महासचिव रहेका नेपाल पार्टी एकीकरण पश्चात् पहिलो पटक सरकार र पार्टी नेतृत्वको कार्यशैलीमा प्रश्न उठाएका हुन्।  अध्यक्षद्वयले पार्टीका आन्तरिक निर्णयमा ‘वाइपास’ गरेको र दुवै नेता देशबाहिर रहेका बेला उनको सक्रियता ह्वात्तै बढेको हो। 

_x000D_ _x000D_

जिल्ला तहबाट असन्तुष्टिको विजारोपण 
_x000D_ पार्टी एकीकरणपछि सबैलाई पद पुर्याउन गत साउनमा बसेको स्थायी कमिटीको बैठकले गत निर्वाचनमा विजयी भएका नेतालाई पार्टीको अर्को कुनै पनि जिम्मेवारी नदिने निर्णय गरेको थियो। केन्द्रले बनाएको मापदण्डअनुसार तल्लो तहका संगठनको पार्टी एकीकरणले गति लिनै सकेन। 

_x000D_ _x000D_

कार्यदलले केन्द्रमा बनाएको मापदण्डलाई संस्थापन समूहले ‘लत्याएको’ नेपाल समूहको आरोप रह्यो। असन्तुष्टि मुख्यतया प्रदेश ५ मा थियो। जहाँ, प्रदेश कार्यदलका संयोजक र उपसंयोजक अध्यक्ष निकटका थिए। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र दलबहादुर रानाले एकतर्फी नाम पठाएको नेपाल समूहको आरोप थियो। दाङ, अर्घाखाँची, बाँके र रुपन्देहीका जिल्लामा अध्यक्ष र सचिव चयन गर्दा केन्द्रले बनाएको मापदण्ड तोडेको नेपाल समूहको आरोप थियो।

_x000D_ _x000D_

प्रदेश ५ को एकीकरण कार्यदलमा रहेका पोखरेल र राना दुबै ओली पक्षका नेता हुन्। सो कार्यदलले मापदण्ड मिचेर आफूइतर समूहलाई पाखा लगाएको आरोप नेपाल पक्षको छ। कार्यदलका दुबै व्यक्ति एकै पक्षका भएकाले इतर समूहलाई जिल्ला नेतृत्वमा ल्याउनै नचाहेको नेपाल समूहको ठम्याई छ। ‘माधव समूहलाई यही समयमा सक्दिनुपर्छ भनेर लागे’ नेपाल समूह निकट एक जना केन्द्रीय सदस्यले भने ‘पूरै निमिट्यान्न पारिदिनुपर्छ भन्ने तरिकाले योजनाका साथ ओली समूह आयो।’

_x000D_ _x000D_

सहमति हुन नसकेका स्थानबाट आएका सबै नाम केन्द्रमा जस्ताको तस्तै पठाउन सचिवालयले निर्देशन दिएको थियो। प्रदेश ५ मा सहमति नभएका स्थानमा पनि संस्थापन पक्षले टुंगिएको भन्दै १२ वटै जिल्लाको नामावली केन्द्रमा पठायो।

_x000D_ _x000D_

प्रदेश नेतृत्व तोकेसँगै विवादमा थप मलजल
_x000D_ जिल्ला, प्रदेश तथा जनवर्गीय संगठनको एकता प्रक्रिया टुंगिन नसकेपछि भदौको अन्तिम साता सचिवालय बैठक बस्यो। दुई दिनसम्म बसेको सचिवालय बैठकले पनि एकता प्रक्रियाको खाका तयार गर्न नसकेपछि तल्लो तहको एकता टुंगाउन अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो।

_x000D_ _x000D_

भदौ ३० मा प्रचण्ड चीन भ्रमणमा गएकोले तत्काल प्रदेश नेतृत्व चयन हुन सकेको थिएन। प्रचण्ड चीनबाट फर्केकै दिन अर्थात् असोज ४ मा नेपाल घानाको भ्रमणमा निस्किए। संयुक्त राष्ट्रसंघको महासभाबाट फर्के लगत्तै प्रदेश प्रमुख चयन गर्ने आश्वासन पाएका नेपाल त्यतिबेला झस्किए, जतिबेला उनी नभएको समयमा प्रदेश नेतृत्व चयन गरियो। असोज ६ मा संयुक्त राष्ट्रसंघको महासभामा जानुभन्दा अघिल्लो दिन सचिवालय बैठक डाकी प्रदेश नेतृत्व छनोट गरिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

नेकपाले सरकारका पदमा रहेका तथा निर्वाचनमा विजयी भएकालाई मुख्य जिम्मेवारी नदिने नियमावली बनाएको थियो। तर, नियमावली मिचेर मुख्यमन्त्रीलाई पनि पार्टीको कार्यकारी पद दिएको भन्दै नेपाल समूह चिढिएको हो। गण्डकी र प्रदेश ५ का मुख्यमन्त्रीहरु क्रमशः पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेल संस्थापन पक्षका रुपमा चिनिन्छन्। यद्यपि पछिल्लो समय प्रदेश सरकार ‘निकम्मा’ बनाइएको भन्दै गुरुङ प्रधानमन्त्रीसँग रुष्ट हुँदै आएका छन्। 

_x000D_ _x000D_

सरकारको कार्यकारी पदमा रहेका व्यक्तिलाई पार्टीको जिम्मेवारी दिएको प्रति असन्तुष्ट नेपाल समूहका तीन नेताले प्रदेशको मुख्य नेतृत्व पाएका छन्। प्रदेश १ मा इन्चार्ज बनेका भीम आचार्य, प्रदेश ३ की अष्टलक्ष्मी शाक्य र प्रदेश ७ का भीम रावल संस्थापन इतर समूहका नेता हुन्। 

_x000D_ _x000D_

आफ्नो उपस्थिति बिना भएको निर्णयमा नेपालले चित्त बुझाउन सकेका छैनन्। यसका साथै, सचिवालयले गरेको बैठक एजेन्डा स्थायी समितिले पास गर्नुपर्ने अन्तरिम विधान मिचिएको नेपालको तर्क छ। प्रदेश नेतृत्व चयनको निर्णय स्थायी समितिले अनुमोदन गर्नुपर्ने नेपाल पक्षका नेता योगेश भट्टराईले बताए।

_x000D_ _x000D_

सरकारको कार्यशैलीप्रति पनि नेपाल समूह असन्तुष्ट
_x000D_ एकता प्रक्रियाबाट सन्तुष्टि नपाएको नेपाल समूहका नेताले सरकारका काम प्रतिपनि प्रश्न उठाउन शुरु गरेका छन्। सरकारको काम कारबाहीप्रति संसदमा नै नेता नेपालले प्रश्न उठाएका छन्। उनले ‘मेरो देश डुब्न किनारा लगाइदेऊ’ गीतको अंश गाएर सरकारको आलोचना गरे। भ्रष्टचार, सुशासनलगायत सरकारका कार्यप्रति प्रश्न उठाए। समयमा काम नगर्ने प्रवृत्तिको विरोध जनाए। जनतालाई के भनिरहेका छन्, त्यसको सुन्ने प्रयास नभएको प्रति चिन्ता व्यक्त गरे।

Xtrem

Xtrem
_x000D_ _x000D_

स्थायी समितिकै भेला डाकेर दबाब 
_x000D_ बिहिबार संसदमा सरकारको आलोचना गरेका नेपालले अकस्मात् शुक्रबार स्थायी समितिको बैठक डाके। दुई अध्यक्ष नभएको मौका छोपी स्थायी समितिको भेला डाक्नु नेपालले आफ्नो ‘हैसियत’ कमजोर नभएको देखाउनु पनि थियो।

_x000D_ _x000D_

स्थायी समितिका सदस्यसहित सचिवालयका सबै सदस्यलाई डाके पनि नेपाल पक्षका नेताको उपस्थिति बढी थियो। नेपालले बोलाएको भेलालाई सचिवालय सदस्य बामदेव गौतमले ढाडस दिएका थिए। उनले भने ‘दुबै अध्यक्ष नभएको समयमा तपाईको पहलकदमी उचित छ।’ सिमित संख्यामा उपस्थित भएका सचिवालयका नेता तथा स्थायी समिति सदस्यलाई नेपालले पार्टी र सरकारका विषयमा गुनासो पोखे। शुक्रबारको भेलालाई असन्तुष्टि व्यक्त गर्ने थलोको रुपमा उनले प्रयोग गरे। साथै, महासचिवलाई आफ्ना असहमति राखेको पनि स्थायी समितिका सदस्यलाई जानकारी गराए। 

_x000D_ _x000D_

भेलामा मूलुक, पार्टी र सरकारका गतिविधिका सन्दर्भमा उठेका टीकाटीप्पणीका विषयमा नेता नेपालले राय सुझाव लिए। पार्टीको स्थायी समितिको अवमूल्यन भएको टीप्पणी गरे। स्थापित प्रणाली सचिवालयले कुल्चेको आरोप लगाए। स्थायी समिति सदस्य भट्टराईले भने ‘सचिवालय भनेको प्राविधिक समिति हो। त्यसले स्थायी र केन्द्रीय समितिमा लैजाने एजेन्डाको होमवर्क गर्ने हो’। पार्टी एकीकरणमा कसैलाई पनि निषेध गर्न नहुने विषय उठेको थियो। 

_x000D_ _x000D_

पार्टी र मूलुकमा चुनौती थपिएको स्थायी समिति सदस्य घनश्याम भुसालले बताए। जनताका अपेक्षा पूरा गर्न पार्टीलाई विधि र पद्धति अनुरुप चलाउन उपस्थित नेताले जोड दिए। 

_x000D_ _x000D_

नवौं महाधिवेशनमा प्यानल बनाई होमिएका नेपालले आफ्नो सक्रियता नघटेको तथा उनले नेतृत्व गरेको समूह उस्तै दावेदार रुपमा प्रस्तुत रहेको छनक दिएका छन्।

_x000D_ _x000D_

एमालेमा ‘मूल्यको राजनीति’ गरेका नेपालले पहिलो संविधान सभाको निर्वाचनमा दल तेश्रो स्थानमा खुम्चिएपछि ०६५ बैशाखमा तत्कालीन शीर्ष पद महासचिवबाट बाहिरिएका थिए। ०६५ मा भएको बुटवल महाधिवेशनमा नेपाल अध्यक्षका लागि भिडेनन् भने ०७१ मा भएको नवौं महाधिवेशनमा केपि शर्मा ओलीसँग पराजित भएका थिए।
_x000D_  

प्रकाशित मिति: आइतबार, असोज १४, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज हुने
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज हुने शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट शुक्रबार, असोज ९, २०८३
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्