काठमाडौं– सोमबार सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक बढेको छ। सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ।
कारोबार रकमले साढे १० अर्ब नाघेको छ। अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको भयो। १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रह्यो।
अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा सोमबार भने होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखियो। सो समूहको सूचक ४.९९ प्रतिशत बढ्यो। विशाल बजार कम्पनीको १० प्रतिशत मूल्यवृद्धिका कारण व्यापार सेक्टर ९.७ प्रतिशत बढ्यो।
हाइड्रोपावर ०.६२, लगानी ०.६०, जीवन बीमा १.९१, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.२० प्रतिशत बढे। अन्य ०.३६, फाइनान्स १.९७, विकास बैंक १.७२ र बैंकिङ समूह ०.५९ प्रतिशत घटे।
विशाल बजार कम्पनी, तारागाउँ रिजेन्सी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। लाइफ इन्स्योरेन्स कर्पोरेसनको ९.३६, अपर लाहोरेखोलाको ९.१९, ओरियन्टल होटलको ७.८ तथा रिभर फल्स पावरको ७.५ प्रतिशत मूल्य बढ्यो।
नेपाल फाइनान्सको ८.७, गुराँस लघुवित्तको ७.७, विन नेपाल लघुवित्तको ६ प्रतिशत मूल्य घट्यो। कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।