• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विकल्पमा विवेकशील

64x64
नेपाल लाइभ शुक्रबार, असोज १२, २०७५  ०१:५६
1140x725

२०४६ सालको माघ महिना, गणेशमानको चाक्सीबारीस्थित घरमा भारतीय नेता चन्द्रशेखर पञ्चायती व्यवस्था विरुद्ध हाम्रा नेतालाई उक्साउन आउँदा म भर्खर एसएलसी पास गरेर कलेज पढ्न काठमाडौं छिरेको मात्र थिएँ। त्यतिबेलै पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेसको झण्डामुनि आवद्ध आफ्नै दाजुको मौन प्रभावले अनायसै म कांग्रेस बनेछु। विभिन्न नाममा विभाजित कम्युनिष्ट पार्टी पनि वाममोर्चा बनाएर कांग्रेससँगै आन्दोलनमा उत्रँदै थिए। दुई महिनाको आन्दोलनले बहुदलीय व्यवस्था पुनःस्थापित भयो। 

_x000D_ _x000D_

समाज विस्तारै कांग्रेस र कम्युनिष्ट ध्रुवमा विभाजित हुन थाल्यो। कांग्रेसको सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो। कांग्रेसले कल्पना गरेको व्यवस्थामा व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार, सम्पत्तिको अधिकार, राजनीतिक पार्टी खोल्ने अधिकार हुन्छ भन्ने बुझेर म कांग्रेस बनेको हुँ। अर्कोतर्फ कम्युनिष्ट व्यवस्थामा पार्टीको अधिनायकत्व हुन्छ, प्रजातान्त्रिक व्यवस्थामा जस्तो मानव अधिकार र पूर्ण स्वतन्त्रता हुँदैन। सबै जनता राज्यको नियन्त्रणमा हुन्छन् भन्ने सतही कुराले पनि मलाई कम्युनिष्ट बन्न दिएन। 

_x000D_ _x000D_

थोरै बुझे पनि कांग्रेसका नेताको भाषणमा ताली बजाउन र जस्तोसुकै उम्मेदवार भए पनि आँखा चिम्लेर रुख चिन्हमा छाप लगाउन थालियो। २०४८ मा कांग्रेसले सरकार बनाएपछि कांग्रेसको आन्तरिक झगडाबाट देशमा राजनीतिक अस्थिरता सुरु भयो। २०५१ मा संसद् विघठन भयो। २०५२ मा माओवादीले हिंसात्मक युद्ध शुरु ग¥यो। एमालेले अल्पमतको सरकार बनायो। त्यो पनि टिकेन। २०५६ मा फेरि कांग्रेसले नेतृत्व लियो। २०५९ मा राजा ज्ञानेन्द्रले कब्जा गरेकोे सत्ता २०६२÷६३ को आन्दोलनबाट पुनःस्थापित भयो। संविधानसभाको चुनाव दुई पटक भयो। तत्कालीन एमाले, माओवादी र कांग्रेसले पालैपालो मिलेर सरकार चलाए। 

_x000D_ _x000D_

यो अवधिमा सामान्य आर्थिक अवस्थाबाट जिल्लाजिल्लाबाट सांसद/सभासद् भएर राजधानी छिरेका अधिकांश नेता काठमाडौंमा घरघडेरी, गाडी, बंगला जोड्दै संभ्रान्त बने। राजदूत, विश्वविद्यालयका पदाधिकारी, न्यायाधीशलगायतका लाभकापदहरु आर्थिक चलखेल सहितको भागबन्डामा लिप्त भयो कांग्रेस। चुनाव चिह्न ‘रुख’ व्यापारी, माफिया, ठेकेदार र आफन्तहरुको पूर्वाधिकार बन्न पुग्यो। सत्ताको फोहोरी खेलमा लिप्त भइसकेको कांग्रेसलाई विस्तारै उसैका संस्थापक गणेशमान र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरुले त्याग्दा पनि उनीहरुको विरुद्धमा उभिन मन मानेन किनकि कांग्रेस प्रजातन्त्रको मसिहा थियो र म उसको खाँटी चेलो थिएँ। 

_x000D_ _x000D_

विकल्प खोजिरहने मेरो मनलाई नेपालका कम्युनिष्ट कहिल्यै विकल्प बनेनन्। तत्कालीन एमाले सदैव नक्कली कम्युनिष्टजस्तो लाग्थ्यो। कताकता कांग्रेसको सबैथरी विसंगतिको सिको गर्दै अघि बढ्ने ‘भाइकांग्रेस’ जस्तै। हत्या र हिंसाको सहाराबाट राजनीतिमा हावी हुन खोज्ने माओवादी पार्टीलाई मेरो मनले कहिल्यै सानो ठाँउ पनि दिएन।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

२०६० फागुन ३ गते माओवादी हत्याहिंसाविरुद्ध आफ्नै पार्टीभन्दा माथि उठेर संगठित हुने आफ्नै दाजुको काठमाडौंमा हत्या भएपछि फेरि म चर्को कांग्रेस बन्न पुगें। त्यसपछि अर्को चौध÷पन्ध्र वर्ष अधिकांश समय कांग्रेस सरकारको नेतृत्वमा रह्यो। कांग्रेसको मूल मन्त्र राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कागजको खोस्टोमा मात्र सीमित भयो। विदेशी शक्तिको चलखेलमा चल्ने राष्ट्रियता, सत्ताको आडमा मनपरी गर्ने प्रजातन्त्र, निजीकरण र उदारीकरणको नाउँमा फस्टाउँदोे समाजवादसहित कांग्रेस एउटा संभ्रान्तहरुको कम्पनी बन्यो। जति सक्छौं लुटौं, खाआंै र अर्को चुनावमा हुने करोडौं खर्चको जोहो गरौं भन्ने संंस्कृतिको नेतृत्व गर्दै एमाले र माओवादीलाई पनि पछि लगाउन सफल भयो कांग्रेस।

_x000D_ _x000D_

बिपी कोइरालाको नाम जप्दै राजनीति गर्ने कांग्रेसका नेताहरुले भाषणमा धेरैपटक भनेको सुनेको थिएँ- बिपीले प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको भित्तामा एउटा हलो जोतिरहेको किसानको तस्बिर झुन्ड्याएर राख्न र त्यसैलाई हेरेर देशको भावी योजना बनाउन भन्नुभएको थियो रे। उहाँकै अनुयायी भन्नेहरुले उहाँको आसयलाई समयानुकुल परिमार्जन गरी लागू गर्न आवश्यक ठानेनन्। एक हल गोरु, एक हलको मेलो, एउटा दुहुनो गाईको सान्दर्भिकता देशमै गरिखाने व्यवस्था हो भन्ने कांग्रेसले कहिल्यै बुझेन। बदलिंदो सन्दर्भमा दुबई, कतार वा साउदी अरबको पचास डिग्री तापक्रममा भेडा चराइरहेको एउटा निम्नवर्गीय युवा, काखको दुधे बच्चा र परिवार छोडेर इजरायलमा हाउस मेडको रुपमा काम गरिरहेकी युवतीको पीडा सम्झेर देशमै गरिखाने वातावरण बनाउनु हो भन्ने कांग्रेसले पत्तै पाएन। 

_x000D_ _x000D_

तैपनि, कांग्रेस सुध्रिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो। तर, कांग्रेसको नेतृत्व बारम्बार गल्ती गर्दै अघि बढिरह्यो। मजस्ता शुभचिन्तक चुपचाप पछि लागिरह्यौं भने नेताहरुले सुध्रने आवश्यकता नै ठानेनन्। नेता भनेका ती हुन् जो सकेसम्म आफ्नै विवेकले सुध्रँदा रहेनछन्। जबसम्म अघिपछि, बिहानबेलुका, जयजयकार गर्दै पछिलाग्ने भीड देख्दछन्, आफ्ना गल्तीलाई ढाकछोप गरिदिने अन्धभक्त कार्यकर्ता पाउँछन् र चुनावमा बाउबाजेको खानदानी पार्टी ठानेर भोट हाल्नु आफ्नो पैतृक धर्म ठान्ने पुस्ता पाइरहन्छन्, उनीहरु केका लागि सुध्रने?

Xtrem
Xtrem
_x000D_ _x000D_

हो, म बुझेर पनि, नबुझेर पनि कांग्रेस भएँ। भरपर्दो विकल्प नपाएर पनि कांग्रेस रहें। जब धैर्यको बाँध टुट्यो र आफ्नै जीवनमा गरिखान पाइने देश बनेको हेर्ने रहर पलायो, आवधिक निर्वाचनमै सही एकोहोरो भोट हालेर नेतृत्वको राजनीतिक बेइमानीको साक्षी बसिरहन मानेन यो मन। जीवनभर गल्ती दोहो¥याइरहने र देश–जनताको खातिर व्यक्तिगत त्याग गर्न नसक्ने नेताहरुको पकड भएको पार्टीलाई छोडेर वैकल्पिक पार्टीमा आवद्ध हुँदा कांग्रेस भएकैले मारिनुभएका मेरा दाजुको आत्माले पनि मलाई धिक्कार्दैन भन्ने ठान्दछु। 

_x000D_ _x000D_

यो देश अरु कसैले बनाइदिंदैन। राजनीति र नेतालाई जति सत्तोसराप गरे पनि आखिर हाम्रो देश हामीले नै बनाउने हो। अरुलाई गाली गर्दै र तिनैलाई भोट हाल्दै बस्नुभन्दा अब एकपटक इमान्दार प्रयास गरौं भन्ने वैकल्पिक पार्टीको जन्म र मेरो कांग्रेसप्रतिको मोहभंग मेरो जीवनको एउटा महत्वपूर्ण संयोगजस्तो लाग्छ। जनतालाई हिंसा, धम्की, चन्दा, आतंक, जबरजस्ती, बन्द, हड्तालजस्ता कुनै पनि प्रकृतिका दुःख नदिई शान्तिपूर्वक विचार र चेतनाको माध्यमबाट राजनीति गर्ने यो नवजात पार्टीले विस्तारै नेपालीको मन जित्नेमा सन्देह छैन। 

_x000D_ _x000D_

अन्तमा, कांग्रेस नेतृत्वले राष्ट्रियता लम्पसारवादमा, प्रजातन्त्र मनपरितन्त्रमा र समाजवाद लुटतन्त्रमा परिणत गरिसकेपछि अब आफूलाई सच्चा प्रजातन्त्रवादी ठान्नेहरुले वैंकल्पिक प्रजातान्त्रिक पार्टीलाई नजिकबाट हेर्ने दिन आएकै छ। अबको आन्दोलन तोडफोड र हत्या–हिंसाको होइन, आफ्नै मनसँग आफैंले विद्रोह गर्ने आन्दोलन हो। आफ्नै मन र मत परिर्वतन गर्न नसके देश परिर्वतनको आशा किन गर्ने?

_x000D_ _x000D_

चिलुवाल विवेकशील साझा पार्टीका विदेश मामिला विभाग सदस्य हुन्। 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०७५  ०१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने शुक्रबार, असोज ९, २०८३
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्