• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २८, २०८३ Thu, Aug 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मुत्र प्रणालीको संक्रमण के कारणले हुन्छ? शल्यक्रिया कस्तो अवस्थामा गरिन्छ?

डा रबिनबहादुर बस्नेत  सोमबार, असोज २८, २०८१  ०७:३४
1140x725

सामान्यतया मुत्र प्रणालीमा हुने संक्रमणलाई युरिन अर्थात् पिसाबको संक्रमण भनेर बुझिन्छ। जसलाई ‘युरेनरी ट्रयांक इन्फेक्सन’ पनि भनिन्छ। सामान्यतया मानिसको शरीरमा दुई वटा मिर्गाैला सँगै दुई वटा युरेटर नामको नली पनि रहेका हुन्छन्। त्यस्तै मुत्रथैलीभन्दा केही मुनि पिसाबको बाटो अर्थात् युरेथ्रा रहेको हुन्छ। पुरुषमा पिसाबथैलीभन्दा मुनि प्रोस्टेट ग्ल्याड पनि रहेको हुन्छ। यीमध्ये कुनै पनि भागमा संक्रमण हुनुलाई पिसाबको संक्रमण अर्थात् युरेनरी ट्रयांक इन्फेक्सन भनेर बुझिन्छ। 

के कारणले हुन्छ पिसाबको संक्रमण?
पिसाबको संक्रमणको ८५ प्रतिशत कारण ब्याक्टेरिया हो। यो बाहेक निम्नानुसार कारणले पिसाबको संक्रमण हुने गर्छ। 
–भाइरल इन्फेक्सन 
–फंगल इन्फेक्सन 
–क्षयरोग 

जोखिम 
जन्मजात रुपमा मिर्गाैला, पिसाब नली वा पिसाब थैलीमा हुने संरचनात्मक खराबीको कारण मिर्गाैलामा बनेको पिसाब सरल ढंगले पिसाब थैलीमा आउन नसकेर वा पिसाब थैलीबाट बाहिर निस्कन नसक्दा पिसाब नबगेर पिसाबको इन्फेक्सन हुन सक्छ। 

त्यस्तै पानी कम पिउने मानिसहरुमा पिसाबको मात्रा कम भएर पनि पिसाबको इन्फेक्सन हुन सक्छ। फोहोर शौचालयको प्रयोग गर्ने मानिसहरु पिसाबको संक्रमणको उच्च जोखिममा हुने गर्छन्। त्यस्तै सुगरका रोगी, दीर्घ रोगी वा रोग प्रतिरोधी क्षमता कम भएका मानिसहरुले सरसफाइमा ध्यान नदिँदा पनि पिसाबको इन्फेक्सन हुनसक्छ।

मिर्गौला वा मुत्र प्रणालीको अन्य भागमा पत्थरी भएका मानिस पनि जाखिममा हुन्छन्। पुरुष मानिसको उमेर ढल्कँदै गएपछि प्रोस्टेट ग्रन्थी ठूलो भएर पिसाब थैलीमा पिसाब जमेर पिसाबको संक्रमणको उच्च जोखिममा हुन्छन्। 
गर्भवती महिलाहरुमा हर्मोनल परिवर्तन बढी हुँदा पनि संक्रमणको जोखिम रहन्छ। विद्यालयमा शिक्षकको डरले पिसाब रोकेर राख्ने बच्चाहरुमा पनि पिसाबको संक्रमण हुनसक्छ। 

कुनै कारणले पिसाबको बाटोमा पाइप (क्याथेटर वा स्टेन्ट) राखिएका मानिस पनि जोखिममा हुने गर्छन्। एक पटक पिसाबको संक्रमण भएका मानिसमा बारम्बार संक्रमण हुने डर उत्तिकै हुन्छ भने संक्रमण निर्मुल नहुँदै औषधि छोड्दा फेरि बल्झिने सम्भावना रहन्छ।

कुन–कुन अंगमा हुनसक्छ पिसाब संक्रमण?
पिसाब संक्रमण मिर्गौला, मिर्गौलाको नली (युरेटर), पिसाब थैली तथा युरेथामा हुनसक्छ। संक्रमण कुन अंगमा देखिएको छ, त्यसै अनुसारको लक्षण देखा पर्न सक्छ। 

लक्षणहरु 
पिसाब पोल्नु,
कम्मर दुख्नु, ढाड वा पेटको तल्लो भाग दुख्नु
बारम्बार पिसाब जानु पर्ने हुनु
पिसाब रोक्न नसक्नु वा चुहिनु
राति बारम्बार पिसाब लाग्नु
पिसाब फेरेपछि ननिख्रिनु
ज्वरो आउनु,
वाकवाकी लाग्नु,
पिसाबमा रगत आउनु,
फोहोर र धमिलो पिसाब आउनु,
गन्हाउने पिसाब आउनु,
पिसाबमा अत्यधिक मात्रामा फिज आउनु,
पिसाबमा रगत वा पिप आउनु,

nimb
nimb
Ncell 2
Ncell 2

महिलामा किन बढी हुन्छ पिसाब संक्रमण?
महिलाको पिसाब नली पुरुषको तुलनामा छोटो हुने कारणले गोप्य अंगहरुको सफाइमा विशेष ध्यान नदिँदा, महिनावारीको समयमा सरसफाइमा ध्यान नदिँदा पुरुषभन्दा बढी पिसाबको संक्रमण हुने गर्छ।

त्यस्तै गर्भवती अवस्थामा पनि हर्माेनल परिवर्तन हुने भएकोले पनि महिलामा पिसाबको बढी संक्रमण हुने गर्छ। फोहोर वा सार्वजनिक शौचालय प्रयोग गर्ने महिलालाई पुरुषको तुलनामा पिसाब संक्रमण हुने सम्भावना बढी हुन्छ। 

उपचार विधि 
पिसाबको संक्रमणका कारण अस्पताल आएका बिरामीलाई सबैभन्दा पहिले संक्रमण हो÷होइन भन्ने यकिन गर्नका लागि पिसाबको रुटिन जाँच तथा किटाणु भए/नभएको पत्ता लाउन कल्चर परीक्षण गरिन्छ। त्यस बाहेक आवश्यकता अनुसार अल्ट्रासाउन्ड, एक्सरे लगायतको परीक्षण गरिन्छ। कसैलाई सिटी स्क्यान पनि गर्नुपर्ने हुनसक्छ।  क्षयरोगको शंका लागेका बिरामीलाई क्षयरोगको भिन्नै परीक्षण पनि गर्नुपर्ने हुन्छ। 

सामान्यतया लक्षण अनुसार उपचार सुरु गरिन्छ। ज्वरो आएको बिरामीलाई सिटामोल दिएर तथा ढाड दुखेको अवस्थामा पेनकिलर दिएर चिकित्सकले उपचार प्रक्रिया अगाडि बढाउँछन्। पिसाब पोल्ने समस्या भएकाहरुलाई नपोल्ने औषधि दिएर उपचार गरिन्छ। यदि किटाणुका कारण इन्फेक्सन भएको हो भने कल्चरको सेन्सिटिभिटी अनुसार किटाणु नष्ट पार्ने उपचार गरिन्छ।  

शल्यक्रिया कस्तो अवस्थामा गरिन्छ?
यदि कसैको जन्मजात रुपमा नै पिसाब आउने बाटोमा खराबी भएमा तथा उमेर ढल्केका पुरुषमा प्रोस्टेटको समस्याका कारण पिसाबको संक्रमण भएको अवस्थामा भने शल्यक्रियाको आवश्यकता पर्छ। 

कुनै बच्चामा जन्मजात रुपमा नै मिर्गौलाको मुख सानो हुनसक्छ, जसका कारण मिर्गाैलामा पिसाब जमेर बस्ने भएकोले मिर्गाैलाको इन्फेक्सन भई पाक्न सक्छ। यस्तो अवस्थामा मिर्गाैला बिग्रदै जाने खतरा हुने भएकोले शल्यक्रिया गरी मिर्गाैलोको नयाँ मुख बनाउनुपर्ने हुन्छ। 

पुरुष बच्चाहरुमा फाइमोसिस (लिंगको छाला टाइट हुँदा पिसाब नखुल्ने) समस्या हुनसक्छ। यस्तो अवस्थामा पनि शल्यक्रियाको आवश्यकता पर्छ। पिसाबको बाटोमा ढुंगा हुँदा समेत ढुंगा निकाल्ने शल्यक्रिया गरिन्छ। 

रोकथाम
जन्मजात हुने पिसाब संक्रमणलाई रोकथाम गर्न सकिँदैन। यद्यपि, दैनिक ३ लिटर पानी पिउने, पिसाब च्यापेर नबस्ने, शारीरिक व्यायाम गर्न सकेमा पिसाबको संक्रमणलाई रोक्न सकिन्छ। पिसाब संक्रमणको लक्षण देखिएमा सुरुवातमा नै स्वास्थ्य परीक्षण गराएर औषधि खाएमा अवस्था जटिल हुन पाउँदैन। जे पायो त्यही एन्टिबायोटिक प्रयोग गर्नुको साटो जाँच गरेर पूरा मात्रामा औषधि खाँदा रोग बल्झिन पाउँदैन। 

कम्तीमा एक वर्षमा पिसाबको परीक्षण, मिर्गौलाले काम गरे/नगरेको परीक्षण, भिडियो एक्सरे गरेमा प्रारम्भिक चरणमा नै उपचार हुन्छ। 

मधुमेह लागेका बिरामीहरु पिसाब संक्रमणको उच्च जोखिममा हुने भएकोले त्यस्ता मानिसले सुगरको मात्रा ठिक राख्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ। 

सकेसम्म फोहोर तथा सार्वजनिक शौचालयहरु प्रयोग नगर्ने, दीर्घ रोगीहरुले स्वास्थ्यको विशेष ध्यान दिन सकेमा पिसाबको संक्रमण हुनबाट बच्न सकिन्छ। 

संक्रमणका कारण हुनसक्छ मिर्गाैला फेल 
पिसाब संक्रमण जटिल अवस्थामा पुग्दा मिर्गाैला फेल हुनसक्ने अवस्था आउन सक्छ। ८५ प्रतिशतसम्म मिर्गाैला फेल पिसाबको संक्रमणको रोकथाम गर्न नसकेको कारणले भएको एक अध्ययनबाट पत्ता लागिसकेको छ। पिसाब संक्रमणका कारण मिर्गाैला पाकेर पिप जम्ने अवस्था आएमा तथा प्रोस्टेटको समस्या जटिल भएको अवस्थामा मिर्गाैला फेल हुनसक्ने अवस्था आउन सक्छ।

(डा बस्नेत वीर अस्पताल र सुमेरु सिटी अस्पतालका प्रमुख कन्सल्टेन्ट युरोसर्जन हुन्।)

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  ०७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता?
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट
‘सरकारलाई व्यापारी चोरजस्तै लाग्यो रे’ भन्ने बालेन प्रधानमन्त्री हुँदा आतंकित छ निजी क्षेत्र
सम्बन्धित सामग्री
लेखा समितिले थाल्यो प्रहरीको पोशाक अनियमितताको छानविन, १५ दिनभित्र विवरण पठाउन निर्देशन बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन समेत जारी गर्दै छानविन शुरु गरे... बुधबार, साउन २७, २०८३
शरीरमा आयोडिनको कमी हुँदा कस्ता समस्या देखिन्छन्? नेपाल भूपरिवेष्ठित देश भएकाले आयोडिन प्राप्त गर्न नुनकै सेवन गर्नुपर्ने पोषणविद् केपी लम्साल बताउँछन्। नेपालीहरूले हाल दैनिक औसत ९ ग... बुधबार, साउन २७, २०८३
बालेन सरकारलाई झट्का, एकै दिन दुई सचिवले दिए राजिनामा सञ्चार मन्त्रालयका सचिव डा. कमल प्रसाद पोख्रेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले मंगलबार राजीनाम... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
‘सरकारलाई व्यापारी चोरजस्तै लाग्यो रे’ भन्ने बालेन प्रधानमन्त्री हुँदा आतंकित छ निजी क्षेत्र बुधबार, साउन २७, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
कांग्रेस राजनीतिमा नयाँ ट्विस्टः शेखर–शशांक एकअर्कालाई सभापति ‘मान्न तयार’ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
कांग्रेस राजनीतिमा नयाँ ट्विस्टः शेखर–शशांक एकअर्कालाई सभापति ‘मान्न तयार’ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्