Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मुत्र प्रणालीको संक्रमण के कारणले हुन्छ? शल्यक्रिया कस्तो अवस्थामा गरिन्छ?

डा रबिनबहादुर बस्नेत  सोमबार, असोज २८, २०८१  ०७:३४
1140x725

सामान्यतया मुत्र प्रणालीमा हुने संक्रमणलाई युरिन अर्थात् पिसाबको संक्रमण भनेर बुझिन्छ। जसलाई ‘युरेनरी ट्रयांक इन्फेक्सन’ पनि भनिन्छ। सामान्यतया मानिसको शरीरमा दुई वटा मिर्गाैला सँगै दुई वटा युरेटर नामको नली पनि रहेका हुन्छन्। त्यस्तै मुत्रथैलीभन्दा केही मुनि पिसाबको बाटो अर्थात् युरेथ्रा रहेको हुन्छ। पुरुषमा पिसाबथैलीभन्दा मुनि प्रोस्टेट ग्ल्याड पनि रहेको हुन्छ। यीमध्ये कुनै पनि भागमा संक्रमण हुनुलाई पिसाबको संक्रमण अर्थात् युरेनरी ट्रयांक इन्फेक्सन भनेर बुझिन्छ। 

के कारणले हुन्छ पिसाबको संक्रमण?
पिसाबको संक्रमणको ८५ प्रतिशत कारण ब्याक्टेरिया हो। यो बाहेक निम्नानुसार कारणले पिसाबको संक्रमण हुने गर्छ। 
–भाइरल इन्फेक्सन 
–फंगल इन्फेक्सन 
–क्षयरोग 

जोखिम 
जन्मजात रुपमा मिर्गाैला, पिसाब नली वा पिसाब थैलीमा हुने संरचनात्मक खराबीको कारण मिर्गाैलामा बनेको पिसाब सरल ढंगले पिसाब थैलीमा आउन नसकेर वा पिसाब थैलीबाट बाहिर निस्कन नसक्दा पिसाब नबगेर पिसाबको इन्फेक्सन हुन सक्छ। 

त्यस्तै पानी कम पिउने मानिसहरुमा पिसाबको मात्रा कम भएर पनि पिसाबको इन्फेक्सन हुन सक्छ। फोहोर शौचालयको प्रयोग गर्ने मानिसहरु पिसाबको संक्रमणको उच्च जोखिममा हुने गर्छन्। त्यस्तै सुगरका रोगी, दीर्घ रोगी वा रोग प्रतिरोधी क्षमता कम भएका मानिसहरुले सरसफाइमा ध्यान नदिँदा पनि पिसाबको इन्फेक्सन हुनसक्छ।

मिर्गौला वा मुत्र प्रणालीको अन्य भागमा पत्थरी भएका मानिस पनि जाखिममा हुन्छन्। पुरुष मानिसको उमेर ढल्कँदै गएपछि प्रोस्टेट ग्रन्थी ठूलो भएर पिसाब थैलीमा पिसाब जमेर पिसाबको संक्रमणको उच्च जोखिममा हुन्छन्। 
गर्भवती महिलाहरुमा हर्मोनल परिवर्तन बढी हुँदा पनि संक्रमणको जोखिम रहन्छ। विद्यालयमा शिक्षकको डरले पिसाब रोकेर राख्ने बच्चाहरुमा पनि पिसाबको संक्रमण हुनसक्छ। 

कुनै कारणले पिसाबको बाटोमा पाइप (क्याथेटर वा स्टेन्ट) राखिएका मानिस पनि जोखिममा हुने गर्छन्। एक पटक पिसाबको संक्रमण भएका मानिसमा बारम्बार संक्रमण हुने डर उत्तिकै हुन्छ भने संक्रमण निर्मुल नहुँदै औषधि छोड्दा फेरि बल्झिने सम्भावना रहन्छ।

कुन–कुन अंगमा हुनसक्छ पिसाब संक्रमण?
पिसाब संक्रमण मिर्गौला, मिर्गौलाको नली (युरेटर), पिसाब थैली तथा युरेथामा हुनसक्छ। संक्रमण कुन अंगमा देखिएको छ, त्यसै अनुसारको लक्षण देखा पर्न सक्छ। 

लक्षणहरु 
पिसाब पोल्नु,
कम्मर दुख्नु, ढाड वा पेटको तल्लो भाग दुख्नु
बारम्बार पिसाब जानु पर्ने हुनु
पिसाब रोक्न नसक्नु वा चुहिनु
राति बारम्बार पिसाब लाग्नु
पिसाब फेरेपछि ननिख्रिनु
ज्वरो आउनु,
वाकवाकी लाग्नु,
पिसाबमा रगत आउनु,
फोहोर र धमिलो पिसाब आउनु,
गन्हाउने पिसाब आउनु,
पिसाबमा अत्यधिक मात्रामा फिज आउनु,
पिसाबमा रगत वा पिप आउनु,

Ncell 2
Ncell 2
nimb
nimb

महिलामा किन बढी हुन्छ पिसाब संक्रमण?
महिलाको पिसाब नली पुरुषको तुलनामा छोटो हुने कारणले गोप्य अंगहरुको सफाइमा विशेष ध्यान नदिँदा, महिनावारीको समयमा सरसफाइमा ध्यान नदिँदा पुरुषभन्दा बढी पिसाबको संक्रमण हुने गर्छ।

त्यस्तै गर्भवती अवस्थामा पनि हर्माेनल परिवर्तन हुने भएकोले पनि महिलामा पिसाबको बढी संक्रमण हुने गर्छ। फोहोर वा सार्वजनिक शौचालय प्रयोग गर्ने महिलालाई पुरुषको तुलनामा पिसाब संक्रमण हुने सम्भावना बढी हुन्छ। 

उपचार विधि 
पिसाबको संक्रमणका कारण अस्पताल आएका बिरामीलाई सबैभन्दा पहिले संक्रमण हो÷होइन भन्ने यकिन गर्नका लागि पिसाबको रुटिन जाँच तथा किटाणु भए/नभएको पत्ता लाउन कल्चर परीक्षण गरिन्छ। त्यस बाहेक आवश्यकता अनुसार अल्ट्रासाउन्ड, एक्सरे लगायतको परीक्षण गरिन्छ। कसैलाई सिटी स्क्यान पनि गर्नुपर्ने हुनसक्छ।  क्षयरोगको शंका लागेका बिरामीलाई क्षयरोगको भिन्नै परीक्षण पनि गर्नुपर्ने हुन्छ। 

सामान्यतया लक्षण अनुसार उपचार सुरु गरिन्छ। ज्वरो आएको बिरामीलाई सिटामोल दिएर तथा ढाड दुखेको अवस्थामा पेनकिलर दिएर चिकित्सकले उपचार प्रक्रिया अगाडि बढाउँछन्। पिसाब पोल्ने समस्या भएकाहरुलाई नपोल्ने औषधि दिएर उपचार गरिन्छ। यदि किटाणुका कारण इन्फेक्सन भएको हो भने कल्चरको सेन्सिटिभिटी अनुसार किटाणु नष्ट पार्ने उपचार गरिन्छ।  

Xtrem

Xtrem

शल्यक्रिया कस्तो अवस्थामा गरिन्छ?
यदि कसैको जन्मजात रुपमा नै पिसाब आउने बाटोमा खराबी भएमा तथा उमेर ढल्केका पुरुषमा प्रोस्टेटको समस्याका कारण पिसाबको संक्रमण भएको अवस्थामा भने शल्यक्रियाको आवश्यकता पर्छ। 

कुनै बच्चामा जन्मजात रुपमा नै मिर्गौलाको मुख सानो हुनसक्छ, जसका कारण मिर्गाैलामा पिसाब जमेर बस्ने भएकोले मिर्गाैलाको इन्फेक्सन भई पाक्न सक्छ। यस्तो अवस्थामा मिर्गाैला बिग्रदै जाने खतरा हुने भएकोले शल्यक्रिया गरी मिर्गाैलोको नयाँ मुख बनाउनुपर्ने हुन्छ। 

पुरुष बच्चाहरुमा फाइमोसिस (लिंगको छाला टाइट हुँदा पिसाब नखुल्ने) समस्या हुनसक्छ। यस्तो अवस्थामा पनि शल्यक्रियाको आवश्यकता पर्छ। पिसाबको बाटोमा ढुंगा हुँदा समेत ढुंगा निकाल्ने शल्यक्रिया गरिन्छ। 

रोकथाम
जन्मजात हुने पिसाब संक्रमणलाई रोकथाम गर्न सकिँदैन। यद्यपि, दैनिक ३ लिटर पानी पिउने, पिसाब च्यापेर नबस्ने, शारीरिक व्यायाम गर्न सकेमा पिसाबको संक्रमणलाई रोक्न सकिन्छ। पिसाब संक्रमणको लक्षण देखिएमा सुरुवातमा नै स्वास्थ्य परीक्षण गराएर औषधि खाएमा अवस्था जटिल हुन पाउँदैन। जे पायो त्यही एन्टिबायोटिक प्रयोग गर्नुको साटो जाँच गरेर पूरा मात्रामा औषधि खाँदा रोग बल्झिन पाउँदैन। 

कम्तीमा एक वर्षमा पिसाबको परीक्षण, मिर्गौलाले काम गरे/नगरेको परीक्षण, भिडियो एक्सरे गरेमा प्रारम्भिक चरणमा नै उपचार हुन्छ। 

मधुमेह लागेका बिरामीहरु पिसाब संक्रमणको उच्च जोखिममा हुने भएकोले त्यस्ता मानिसले सुगरको मात्रा ठिक राख्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ। 

सकेसम्म फोहोर तथा सार्वजनिक शौचालयहरु प्रयोग नगर्ने, दीर्घ रोगीहरुले स्वास्थ्यको विशेष ध्यान दिन सकेमा पिसाबको संक्रमण हुनबाट बच्न सकिन्छ। 

संक्रमणका कारण हुनसक्छ मिर्गाैला फेल 
पिसाब संक्रमण जटिल अवस्थामा पुग्दा मिर्गाैला फेल हुनसक्ने अवस्था आउन सक्छ। ८५ प्रतिशतसम्म मिर्गाैला फेल पिसाबको संक्रमणको रोकथाम गर्न नसकेको कारणले भएको एक अध्ययनबाट पत्ता लागिसकेको छ। पिसाब संक्रमणका कारण मिर्गाैला पाकेर पिप जम्ने अवस्था आएमा तथा प्रोस्टेटको समस्या जटिल भएको अवस्थामा मिर्गाैला फेल हुनसक्ने अवस्था आउन सक्छ।

(डा बस्नेत वीर अस्पताल र सुमेरु सिटी अस्पतालका प्रमुख कन्सल्टेन्ट युरोसर्जन हुन्।)

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  ०७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जुम्ला आज सार्वजनिक बिदा
बाढी र पहिरोले रसुवा, मनाङ र म्याग्दीका तीन सडकखण्ड पूर्ण अवरुद्ध
मतदाता सूची विवादविरुद्ध प्रदर्शन गर्दा राहुल गान्धी पक्राउ
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
जुम्ला आज सार्वजनिक बिदा बिहीबार, असोज २२, २०८३
बाढी र पहिरोले रसुवा, मनाङ र म्याग्दीका तीन सडकखण्ड पूर्ण अवरुद्ध बिहीबार, असोज २२, २०८३
मतदाता सूची विवादविरुद्ध प्रदर्शन गर्दा राहुल गान्धी पक्राउ बिहीबार, असोज २२, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दै २९७ सदस्यीय कार्यसमिति बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्