काठमाडौँ- सेयर बजारको ओरालो यात्रा जारी रहेको छ। साताको पहिलो दिन आइतबार नेप्से परसूचक अघिल्लो दिनको तुलनामा ५३.६३ अंक घटेर २६९५.९३ सयमा कायम भएको छ।
आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन १२ अर्ब २४ करोडको कारोबार भएकोमा आज १० अर्ब ५१ करोडमा खुम्चिएको छ।
कुल ३१ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने ४ को स्थिर रह्यो। म्युचुअल फन्डबाहेक सबै क्षेत्रगत सूचक घटेका छन्।
बैंकिङ २.३४, विकास बैंक १.८५, फाइनान्स ३.४४, होटल तथा पर्यटन २.९८, हाइड्रोपावर २.४०, लगानी १.३३, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा १.२३, अन्य १.०४ र व्यापार समूह ०.१९ प्रतिशत घटे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।