अमेरिका– हिमानी ट्रष्ट कनेक्टिकट अमेरिकाले यहाँ विभिन्न कार्यहरुमा सहभागिता जनाउँदै आएको छ।
कनेक्टिकटको ब्राण्डफोर्डमा हालै नेप्लीज एसोसियसन अफ अमेरिकाले आयोजना गरेको नेपाल डे कार्यक्रममा ट्रष्टका तर्फबाट परेड कार्यक्रमको आयोजना गरिएको छ।
परेडमा नेपाली भेषभुषाका साथ बालबालिका तथा यूवाहरुले नेपाली झाँकी प्रस्तुत गरेका थिए। नेपालको सांस्कृतिक झलक देखाएइको परेड कार्यक्रमले नेपाल डेमा थप आकर्षण थपिएको महशुस गरिएको थियो।
यसवर्ष ब्राण्डफोर्डमा नेपालीहरुको सहभागितामा बृहत् कार्यक्रम गर्ने र त्यसमा पूर्व यूवराज्ञी हिमानी राज्यलक्ष्मी देवी साहलाई समेत आमन्त्रण गर्ने लक्ष्य राखिएको हिमानी ट्रष्ट कनेक्टिकटका एम्बेस्डर अर्जुन खड्काले जानकारी दिए।
हिमानी ट्रष्टका तर्फबाट कनेक्टिकटको ब्राण्डफोर्डमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको थियो। यस कार्यक्रमलाई नेपाली तथा विदेशी दुबैले सक्रियताका साथ अवलोकन गरेका छन्।
हिमानी ट्रष्टले स्थानीय रुपमा नेपालसँग सम्बन्धीत कार्यहरुमा सहकार्य गर्दे कार्यक्रम गर्ने लक्ष्य समेत राखेको खड्काले बताए। ट्रष्टको कनेक्टिकट शाखाले बाढी पीडित समुदायलाई सहयोग गर्ने र हालै नेपालका विद्यालयमा करीव २ सय स्कूले झोला वितरण गरिएको खड्काले बताएका छन्।
अमेरिकाका विभिन्न राज्यहरुमा हिमानी ट्रष्टका स्थानीय शाखाहरु गठन भएका छन्। ती शाखाहरुले स्थानीय रुपमा विभिन्न क्रियाकलापहरु गर्दै आएको पनि खड्काले बताए।
हाल कनेक्टिकट सहित अमेरिकाका क्याालिफोर्निया, बासिंगटन डीसी, न्युयोर्क,नर्थ क्यारोलीना, फ्लोरिडा लगायतका केही राज्यहरुमा ट्रष्टका शाखाहरु स्थापित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।