• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

क्यानाडामा दुई दिने विद्वत् सम्मेलन सम्पन्न

64x64
नेपाल लाइभ मंगलबार, साउन २९, २०८१  १५:२५
1140x725

अटवा - अटवामा दुइ दिने प्राज्ञिक सम्मेलन सम्पन्न भएको छ। अटवाको नेपाली समुदाय तथा अटवा विश्वविद्यालयको नेपाली विद्यार्थी संगठनद्वारा संयुक्तरुपमा अटोवा विश्वविद्यालयमा  आयोजित दुइ  दिने प्राज्ञिक सम्मेलनमा अमेरिका, बेलायत, क्यानाडा तथा नेपालका समेत १०० जना भन्दा बढी अध्येताहरूको सहभागिता थियो।

सम्मेलनमा न्यु ब्रन्जविक विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक बासु शर्माले फरक फरक संस्कृतिहरुकाबीच वार्ता (नेगोसियसन) गर्दा आइपर्ने कठिनाइ तथा तिनलाई समाधान गर्ने तरिकाबारे रोचक प्रस्तुति गरेका थिए।  त्यस्तै संयुक्त राष्ट्र संघमा काम गरिसकेका अध्येता रमेश श्रेष्ठले अनुसन्धानकर्ताहरुले गएको झन्डै ५० वर्षदेखि जलवायु परिवर्तन, प्रदूषण,  खाद्य संकट तथा वातावरणीय संकटका बारेमा सजग गराउँदै आएको भएता पनि ती समस्या समाधान गर्ने तर्फ विश्व नेताहरुले प्रभावकारी कदम नचालेको गुनासो गरे।

न्याचुरल रेसोर्सेज क्यानाडामा कार्यरत डा अजय बिस्टले जलवायु परिवर्तनको समस्या संग जुध्न स्थानीय नगरपालिकाहरुले नेतृत्व लिनु पर्ने बताए। इन्सटिच्युट फर नेपाल्स प्रस्परिटीसंग आबद्ध अर्थ शास्त्री राम आचार्यले विप्रेषण (रेमिटान्स) ले नेपालको अर्थतन्त्र धानेको भएता पनि बढ्दो व्यापार घाटाले नेपाली अर्थतन्त्रको संकटलाई उजागर गरेको बताए।

विप्रेषणले मुलुकलाई अरु बढी कमजोर र संरचनात्मक  रुपमा कमजोर बनाएको बताउंदै आचार्यले नेपाली युवाहरुमा बढ्दै गएको जसरी पनि मुलुक छाड्ने भन्ने धारणाले देश भित्र उद्यमशीलता, नव परिवर्तन तथा आशा मार्दै गएको जनाए।  उनले   सन् २०१५ सम्म नेपालको विप्रेषणले कूल आयात धानी रहेको भएता पनि सन् २०१५ पछि भने ऋण खोजेर आयात गर्नु पर्ने स्थितिमा मुलुक पुगेओ बताए।  उनले यो समस्या समाधान गर्न नयाँ जाँगर र सोचका साथ अगाडी बढ्न सुझाव दिए।

सम्मेलनमा स्टाटिस्टिक्स क्यानाडामा कार्यरत डा रचना देवकोटाले नेपालका पहाडी भूभागमा खेतिपातीमा यन्त्रको प्रयोग, अंटेरियोस्थित सेन्ट माइकल अस्पतालमा कार्यरत  वरिस्ठ नर्स राधिका अर्यालले क्यानाडामा गाँजा प्रयोग सम्बन्धी निर्देशिका र क्यानाडाको स्वास्थ्य विभागमा कार्यरत डा गोविन्द दाहालले नेपालको स्वास्थ्यका सामाजिक सूचकहरु बारे प्रस्तुति दिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै अटवा विश्वविद्यालयमा पत्रकारिता विषयका प्राध्यापक डा भानुभक्त आचार्यले क्यानाडाका अधिकांश  विश्वविद्यालयहरुमा 'च्याट जीपीटी' जस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) मा आधारित कृत्रिम सहायकको प्रयोगमा रोक लगाइएको तर 'एडिट जीपीटी' जस्ता च्याटबोटहरु प्रयोग गर्न दिइएको बताए।  पत्रकार भगीरथ योगीले प्रवासमा संचालित नेपाली अनलाइन पोर्टलहरुको व्यवसायिकता तथा दीगोपना एवं पत्रकार जयराम गौतमले क्यानाडास्थित नेपाली समुदायलाई सुसूचित गर्न अनलाइन पत्रिका 'नेपाल टच' पत्रिकाको भूमिका बारे प्रस्तुति गरेका थिए।

आइतबार आयोजित समापन समारोहलाई सम्बोधन गर्दै क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानाडा नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको बताए। राजदूत पौड्यालले  नेपाल तथा क्यानाडाबीच मैत्रीपूर्ण, विश्वासमा आधारित र कुनै पनि दुइ  मुलुक बीच हुन सक्ने सर्वोत्तम द्विपक्षीय सम्बन्ध रहेको जनाए।  

राजदूत पौड्यालले नेपालको संविधानमा उल्लेखित गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा ई सकेको र नेपाल सरकारले नेपाल नागरिकता ऐन र नियमावलीहरुलाई संशोधन गरेको बताए।  ‘संविधानमा उल्लेख भए अनुसारका  गैर आवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक  र आर्थिक अधिकार उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,’ उनले भने। 

Xtrem
Xtrem

नेपाल सरकारले प्रवासमा रहेका नेपालीहरुसंग रहेको सीप, श्रोत, अनुभव र प्राविधिक क्षमता मुलुकको हितमा उपयोग गर्ने नीति अपनाएको स्मरण गर्दै राजदूत पौड्यालले   नेपाली डायसपोराको यस किसिमको सहयोगलाई नेपालले सधैं स्वागत गर्ने जनाए  ।

सम्मेलन आयोजकहरुको तर्फबाट बोल्दै प्रा बासु शर्माले क्यानाडामा रहेका नेपाली प्राज्ञ, पेशाकर्मी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरुलाई  एकै थलोमा ल्याई एक अर्काले गरेका अध्ययन तथा अनुसन्धानबारे छलफल गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजन गरिएको बताए।  उनले  कार्यपत्र प्रस्तोता, प्रायोजक, सहभागी लगायत सबैलाई धन्यवाद दिए।

सम्मेलनमा कृत्रिम बुद्धिमत्ता, जीव विज्ञान तथा बायोस्टाटिस्टिक्स, भूगर्भ विज्ञान तथा रिमोट सेंसिंग,  जल वायु परिवर्तन, स्वास्थ्य विज्ञान, अर्थशास्त्र, मिडिया एवं पत्रकारितासंग सम्बन्धित झन्डै तीन दर्जन प्रस्तुतिहरु गरिएको थियो।

सम्मेलनमा अमेरिकाको बिङ्घमटन विश्वविद्यालयका एसोसियट प्राध्यापक डा तारा पी ढकालले नयाँ विकास भैरहेका सौर्य सेल प्रविधि तथा त्यसको व्यवसायीकरणको सम्भावनाबारे विशेष प्रस्तुति दिएका थिए।   त्यस्तै कार्लटन विश्वविद्यालयका प्राध्यापकहरु डा उत्कर्ष जे डांग, डा संजीना डांग सुवेदी, न्यु ब्रन्जविक विश्वविद्यालयका डा दिनेश गजुरेल, इडिका पौडेल, पुष्प आचार्य, सोनिका लामिछाने, अटोवा विश्वविद्यालयका महनिश जंग थापा, निनम राइ, स्यामुएल कार्की, राजन सुवाल, युनिसेफका पूर्व अधिकारी कृष्ण केसी, अश्विन ढकाल, अनिश अधिकारी लगायतले प्रस्तुति दिएका थिए।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस
सम्बन्धित सामग्री
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत र... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग मंगलबार, असोज १३, २०८३
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्