काठमाडौँ- नेप्से परिसुचक बुधबार १०८ अंकले बढेको छ। मङ्गलबार उच्च अङ्कले घटेको नेप्से परिसूचकमा बुधबार उच्च अङ्कको सुधार देखिएको हो।
नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को विन्दुमा कायम भएको हो। आज नेप्से परिसूचक चार दशमलव ०८ प्रतिशतले बढेको हो।
तीन सय ३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार दुई सय ६७ कित्ता शेयर दुई लाख १२ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा रु १७ अर्ब ९५ करोड नौ लाख १८ हजार ६ सय २७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै अन्य समूहको उपसूचक सात दशमलव ८९ प्रतिशतले बढेको छ। बैंकिङ दुई दशमलव ३२, विकास बैंक चार दशमलव ५१, वित्त सात दशमलव ६३, होटल तथा पर्यटन पाँच दशमलव १३, जलविद्युत् पाँच दशमलव ७२, लगानी तीन दशमलव ८९ र जीवन बीमा तीन दशमलव ९७ प्रतिशतले बढेको छ।
त्यस्तै उत्पादन तथा प्रशोधन तीन दशमलव ५३, लघुवित्त दुई दशमलव १७, म्युचुअल फन्ड एक दशमलव ०१, निर्जीवन बीमा तीन दशमलव ०८ र व्यापार समूह पाँच दशमलव ५३ प्रतिशतले बढेको छ।
आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। दुई सय ३९ कम्पनीको शेयर मूल्य बढ्दा तीन वटा कम्पनीको मात्रै घटेको छ। कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन इन्स्योरेन्स लिमिटेडको रु एक अर्ब ५३ करोड ५३ लाख ६० हजार चार सय ७३ बराबरको १६ लाख ९४ हजार २१ कित्ता शेयर किनबेच भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।