काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार २३.८१ अंकले घटेको छ। बुधबार ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको छ। परिसूचक घटे पनि ५६ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ।
यस्तै १९१ वटाको मूल्य घटेको छ। यसबाहेक बुधबार ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। युनिलिभर, कालिञ्चाके दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।
बुधबार ४ वटा समूहको सूचक समेत बढेको छ। वित्त, होटल र टुरिजम, उत्पादनमूलक र व्यापार समूहको सूचक बढेको हो। यसबाहेक अन्य समूहको सूचक घटेको छ। जीवन बीमा समूहको सबैभन्दा धेरै १३४ अंक र निर्जीवन बीमा समूहको सूचक १०४ अंकले घटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।