काठमाडौं– अभिनेता विराज भट्टको निर्माण। निर्देशन तथा अभिनय रहने ’१२ गाँउ’ सोमबारबाट फ्लोरमा गएको छ। सिनेमामा विराजका छोरा समीरकोसमेत प्रमुख भूमिका रहनेछ।
सन्तोष सेनको ‘बलिदान’बाट डेब्यू हुने घोषणा भएपनि विविध करणले सिनेमाको सुटिङ तालिका प्रभावित भएपछि समीरले ‘१२ गाँउ’बाट डेब्यू गर्ने भएका हुन्।
सोमबार ललितपुरस्थित हात्तीबनमा फिल्मको शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ। फिल्मका लागि पहिलो दृश्य समीरको खिचिएको जनाइएको छ।
सिनेमाको मुख्य दुई अभिनेत्रीमा सनिशा भट्टराई र न्यान्सी खड्का छन्। दुवै अभिनेत्रीको यो डेब्यु फिल्म हो। उनीहरुका अलावा सिनेमामा मुरलीधर, कालु राना, सन्तोष सरकार, शुलेमान शंकर ‘इकु’ लगायत अभिनयत रहनेछ।
विरगञ्ज र हेटौंडामा पनि छायांकन हुने सिनेमालाई महेश पौडेलले खिच्नेछन्। एक्सन-थ्रिलर जनराको एक्सनका लागि भारतीय द्वन्द्व निर्देशकले काम गर्दैछन्।
तमिल तथा कन्नड फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भाले यो सिनेमाको एक्सन कोरियोग्राफी गर्नेछन्। सिनेमामा उनले विशेष भूमिकामा अभिनय पनि गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।