काठमाडौं– असार ७ मा रिलिज हुने नेपाली सिनेमाको संख्या तीन पुगेको छ। यसअघि पूजा शर्मा स्टारर ‘दान्भी’ तथा दिवंगत भजन सम्राट भक्तराज आचार्यको वायोपिक ‘आचार्य’ रि-रिलिज हुने घोषणा भएको थियो।
अब यो मितिमा कमल एक्चै मगरको निर्देशित ‘शिरफूल’ पनि असार ७ मै रिलिज हुनेभएपछि यो संख्या तीन पुगेको हो।
पोस्टर सार्वजनिक गर्दै ‘डेसान’ फेम निर्देशकको यो सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो।
‘शिरफूल’मा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पूजा गदाल, लिला गुरुङ, नीता पुन, किरण मगरको साथमा अभिनेत्री मरिष्का पोखरेल विशेष भूमिका रहेको छ।
फिल्ममा राजु थापा, डिपी खनाल र कृष्ण केसीको रचना, हरि लम्साल र देवराज आले मगरको संगीत, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ।
सिनेमाले छोरीचेलीलाई शिरको फूलको रुपमा लिने चलनलाई बिम्बको रुपमा बुझाउने निर्देशक मगरले बताए। आशीर्वाद पुन र माया छन्त्याल पुनको निर्माण रहेको फिल्ममा देवराज आले मगरको कथा र राज थापा र राजु युगिनको पटकथा तथा संवाद छ।
निर्देशक कमलले ‘डेसान’बाट विभिन्न अवार्ड जितिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।