• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २०, २०८३ Wed, Aug 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

रकीको कथा

बिपिन खतिवडा शनिबार, जेठ ५, २०८१  २०:२०
1140x725

‘हु... हउ... हउ...!’

एक्कासि कुकुरको रोदनको आवाजले म ब्युँझिन्छु। छेउको टेबुलमा चार्ज हुँदै गरेको मोबाइल फोन छाम्छु। औँसीको रात- चकमन्न अँध्यारो छ। कोठा पनि उस्तै अध्याँरो छ। टेबल भरी हात फैलाएँ मोबाइलमा समय हेर्न। मोबाइल हेर्दा मध्यरातको १२:२७ भएको रहेछ। पटक पटक कुकुर रोएर मेरो निद्रामा तगारो बन्छ। 

‘कुकुर रोएको त अलच्छिन हो। कुकुर रोयो भने त मान्छे मर्छन्।’ राति घर वरपर कुकुर रोयो भने आमा भन्ने गर्नु हुन्थ्यो। कुकुरले मान्छे लैजान काललाई बोलाउने रहेछ। कुकुरलाई यमराजको दूतको दर्जा दिनुपर्ने हो। 

मेरो मन पनि कहिल्यै स्थिर रहेन। केही न केही सोचिरहन्थ्यो। सम्झिन्छु ती दिन, कक्षा सातमा पढ्थेँ। सानो रकिलाई स्कुलबाट फर्किँदा घर ल्याएको थिएँ। आफ्नै घरको सदस्य जस्तो लाग्थ्यो रकी मलाई। 

दिनदिनै रकि बढ्‌दै गयो। म स्कुलबाट घर पुग्न लागेपछि जिब्रो बाहिर निकालेर छिटोछिटो सास तान्ने गर्थ्यो। सायद मप्रतिको उसको सम्मान हुँदो हो। म घर पुगेपछि मेरा धुलो लागेका खुट्टाका औँला चाट्ने गर्थ्यो। सायद त्यो मैले उसको पालन चुकाएको हुँदो हो। म टिपिनमा उब्रेको अलिकति खानेकुरा उसको टोकरीमा राखिदिन्थेँ। आनन्दको अनुभूति गर्दै ऊ खान्थ्यो।

कहिले कहीँ बिस्कुटको टुक्रा झिकी माथि उठाउँथे ऊ जुरुक्क उठेर बिस्कुटलाई हेरिरहन्थ्यो। किनभने बिस्कुटको उचाइ उसको पहुँचको हुन्थेन। निकै बेर पछि ऊ बस्थ्यो र म भएको विपरीत फर्किएर एउटा थकित आवाज निकाल्थ्यो र जिब्रो निकालेर छिटो छिटो सास फेर्न थाल्दथ्यो। सायद घुर्की लगाएको हुँदो हो। 

म परिवारसँग खाना खाँदै गर्दा ऊ ढोका बाहिर बस्थ्यो र अगाडिका दुई खुट्टाहरू माथि चिउँडो अड्‌याएर सायद उसले आशक्ति, व्यक्त गरेको हुँदो हो। हामीले गाँस हालेको टुलुटुलु हेर्दथ्यो। आस गरेको हुन्थ्यो। बिचरा! त्यो भोक ऊ हामीले बुझ्ने शैलीमा व्यक्त गर्न सक्दैनथ्यो या हामीले त्यो शैली बुझेनौ। उसका आँखा लालटिनको उज्यालोमा टलल टल्किन्थे। त्यो टल्काहट देखेर म एक मुठी दालले भिजेको डल्लो भात ढोका बाहिर मिल्काइदिन्थे। डल्लो भात उठाउने बित्तिकै ऊ आफ्नो टाउको जुरुक्क उठाउँथ्यो र एक पटकमै एक डल्लो भात निल्थ्यो अनि जिब्रो निकालेर उही आशामुखी रूपको दर्शन दिन्थ्यो। बिचरालाई अरू विकल्प नै के छ र! 

म घरबाट बाहिर निस्किँदा अलि माथि, सम्म पुग्थ्यो र मलाई एकोहोरो हेरिरहन्थ्यो। मेरा वरपर कुनै कुकुर देख्दा ऊ माथिबाट भुक्थ्यो, ‘होऊ होऊ।’ ती कुकुरलाई लखेट्न पुग्दथ्यो ऊ। सायद उसले मेरो सुरक्षाको जिम्मा लिएको हुँदो हो। 

nimb
nimb
Ncell 2
Ncell 2

एक दिनको सम्झना आयो। त्यो दिन कार्की अङ्कलको घरमा खसी काटेको दिन थियो। उसले एक चोक्टो मासुको लागि दिनभरि रमिता हेरिबस्यो। रमिता हेरेबापत उसले गिलासको झट्टी सिधा कोखामा भेटेको थियो। त्यो दिन देखि घरमा भाँडा बज्दा पनि ऊ झस्किन्थ्यो र एकाएक भाग्न खोज्थ्यो। सायद आत्मसुरक्षा दर्साएको हुँदो हो।

एक दिन स्कुलबाट घर पुगेको थिएँ। रकी घरमा थिएन। त्यति वास्ता गरिनँ। दिनचर्याको लागी कहिलेकाहीँ छिमेक तिर पुगेको हुन्थ्यो। तर रकी खाना खाने बेला हुँदा पनि फर्किएन। मलाई असामान्य लाग्न थाल्यो। ‘आमा कुकर काँ गो?,’ आमालाई सोधे। म खना खान परालको पिर्कामा बसेको थिए। मेरो अगाडि थालमा भात र तरकारी, कचौरामा दाल थियो।

‘के जान्नु नि काँ गो,’ आमाले जवाफको झटारो हान्नुभयो। अलिकति खाना राखेँ एक छेउमा र मेरो मनले एउटा अश्रुत आवाज निकाल्यो, ‘यो तिम्लाई है।’ मैले खना खाइसकेपछि आफ्नू कोठामा गएँ। त्यो रात मलाई रकीको सम्झना आइर‌ह्यो। झ्यालबाट आँगनमा हेरिरहेँ। आकाशको जुनले पनि त्यही आँगनमा हेरिरहेको थियो। तर रकिलाई आँगनमा देखिन। त्यो रात झ्यालमा आड लागेर निदाएछु।

भोलिपल्ट बिहान कुकर आँगनमा थियो। त्यसको ढाडमा चिथोरिएको दाग थियो। जिब्रो निकालेर छिटोछिटो सास तान्दै थियो। म सिँढीबाट ओर्लिएर तल झरेँ। रकि अर्कोतिर हेरिरहेको थियो। उसको ढाडका रै धुलाम्मे थिए।

म कुकुर छेउ गएँ। उसले वास्ता गरेन। शायद घुर्की लगाएको हुँदो हो। भन्न खोजेको हुँदो हो, ‘मलाई यति चोट लाग्दा पनि जोगाउन किन आएनौ? के मैले तिमीलाई सधैँ मान गरेको थिइनँ र? त्यो रात मैले राति भुकेर तिमीलाई लुटिनँ, तिम्रो घरमा चोरी हुनबाट जोगाएको एक महिना पनि भएको छैन। के यही हो मेरो बफादारिताको परिणाम? तिम्रा जस्ता हात मेरा छैनन्। मेरा खुट्टा ती घाउसम्म पुग्दैनन्। म त केवल मेरा पुच्छरले घाउमा बस्ने झिँगा धपाउन मात्र सक्छु। तिम्रा त हात छन्। मेरो बचाउको लागि तिमी त्यो रणभूमिमा नगए पनि तातोपानी र कपडाले मेरा घाउ धोइदिन त सक्छौ।’

मैले उसको ढाडको घाउतिर हात बढाएँ। ‘नछो,’ माथि तलाबाट आवाज आयो आमाको, ‘काँबाट कुन चाहिँ बौला कुकुरले चिथोऱ्या हो। रेबिज लाग्छ।’ आमालाई मेरो माया थियो भने मलाई रकीको। 

कुकुरको अनुहार हेरेँ। रेबिज कहीँ देखिन केवल निर्दोषी र लाचारीपन मात्र देखेँ। ‘उपचार गर्नु नि त’ भन्दै म रिसाएर तलामाथि आफ्नो कोठामा गएर सुतेँ।

निदाएको रहेछु। मान्छेको गुनगुनाहटले म ब्युझेँ। मेरो निधारमा भिजेको रुमाल थियो। ज्वरो आएको रहेछ।

‘रेबिज त छैन होला। चिथोरिएको घाउ हो। सुई हान्देको छु। रेबिज रहेछ भने पनि अब डराउनु पर्दैन,’ कसैको आवाज थियो। गएर हेर्दा पशु डाक्टर रहेछन्। कुकुरको चोट लागेको ढाडमा कपास थियो। ऊ निस्ताएझैँ देखिन्थ्यो।

भोलिपल्ट कुकुर तन्दुरुस्त थियो। म नजिक जाँदा मुन्टो फर्काएर अर्कोतिर हेरेन, घुर्की लगाएन। मलाई देख्ने बित्तिकै पुनः म नजिक आयो र मेरो गोडामा उसको टाउको दल्न थाल्यो। उसले सायद आभार व्यक्त गरेको हुँदो हो। सायद मप्रतिको अघिल्लो दिनको रुष्टता पखाल्न खोजेको हुँदो हो। खुसीले मलाई भनेको हुँदो हो, ‘यो संसारमा मेरो अरू को नै छ र? बचाए पनि मारे पनि आखिर तिमी नै त छै जे छौ।’

केही दिन दिनपछि उसको ढाडको चोट निको भयो तर अर्को चोट थपिँदै थियो। केही दिन देखि एकदम रोदन पोख्दथ्यो राति; कहिले आफ्नो घरमा त कुकुर कहिले पराइ घरमा। उसलाई सबै घर पराइ नै त छन्। उसलाई आफ्नो पहिचान पनि थाहा छैन। कुन आमाको छोरा हो भन्ने थाहा छैन। सायद उसलाई मृत्यु निश्चित छ भन्ने कुरा पनि थाहा नभएको हुँदो हो। आखिर हामी मानव मरेपछि मिल्ने माटोमा नै हो। उसले पनि मिल्ने माटोमा नै हो तर उसले जन्म देखि मृत्युसम्म माटोसँग त्यति मित्रता गाँसेको हुन्छ जति हामीले कृतिमतासँग।

एक दिन रकी आँगनमा पल्टियो लमतन्न। ऊ तनक्क तन्कियो। एक्कासि काँप्न थाल्यो। जोडले खुट्टा चलाउन थाल्यो। ढाडले भुइँ टेकेर खुट्टा चलाउन थाल्यो। उसले उसका निर्दोष आँखाहरूले मलाई हेरे। सायद ती मेरो सहयोग पुकार्दै थिए, ‘मलाई गाह्रो भएको छ। के गरौँ म? तिमी नै केही गर्न सक्छौ। केही गर। म मर्दैछु।’

म आँगनसम्म पुगेँ हतारहतार। उसको मुटुको धड्‌कन तेज थियो। टाउको भुईँमा थियो। खुट्टा सबै भुइँमा थिए। छिटोछिटो सास लिँदै थियो। ऊ छट्पटाउँदै अन्तिम सास फ्याँकेको पत्तै भएन।

जिन्दगीको अन्तिम रोदन लिन पनि पाएन। उसले देह त्याग गयो। हो रकी मरेको थियो त्यो दिन। उसका आँखाका डिलबाट एक धर्का पानी बगेका थिए। त्यो आँसुले भन्थ्यो, ‘तिम्रो दुर्भाग्य भन्नु कि मेरो दुर्भाग्य खै। म आजै मरेँ। मरेपछि स्वर्ग पुगिन्छ भन्छन्। तिमीभन्दा अघि म स्वर्ग देख्ने भएँ। तर दुर्भाग्य! त्यहाँ पनि म घरविहीन भएर रहनुपर्छ किनकि म बस्न लायक घर बनाउन सक्दिनँ। म अर्कोको घरमा शरण लिएर बसेको हुन्छु होला। तिम्रा त पुस्तौँ देखीका हजुरबुबाहरू उतै हुनुहुन्छ। हामी जङ्गलीको पुस्ता टिकेको नै कसको पो छ र? हामी कुकुर प्रजाति प्रजाति मै सीमित छौँ। पारिवारिक जालो बनाउन मेरा बुबाले मलाई सिकाएका थिएनन्। मेरी आमा बिचरी सात भाइबहिनीलाई सङ्घर्ष सिकाउँदै जीवन व्यतित गरिन्। म जङ्गलीलाई तिमीले पहिचान दियौ। मलाई नाम दियौ। घरका केही संस्कार सिकायौ। कुकुरबाट मलाई रकी बनायौ। तिमीलाई एउटा बिन्ती छ। तिम्रो प्रजातिले चरित्रहीन व्यवहार देखायो र विश्वासघात गर्‍यो भने मेरो दर्जा दिन्छौ। उसलाई कुकुर भन्छौ। अब आफैँ मूल्याङ्कन गर। के म चरित्रहीन जनावर थिएँ? म बोल्न सक्दिनँ थिएँ। प्रकृतिले यस्तै रूप दिएको हो। तिम्रो जस्तो चेत थिएन। तिमीले बनाएको संस्कार नबुझेर केही गल्ती गरेँ होला तर मेरो इमान्दारिताको कदर खोई? बफादारिताको इनाम खोई? खैर जे होस्, म तिमीप्रति त सधैँ आभारी रहनेछु अलबिदा।’

उसका आँसुले कोरिएको धर्सामा मैले त्यति मात्र पढ्न सकेको थिएँ। कहिले खुसी हुने, कहिले घुर्की लगाउने, इमान्दारिता देखाउने, आस गर्ने, आत् सुरक्षा गर्ने, आँसु पनि झार्ने। सम्पूर्ण मानव गुण भएको गुणलाई मानसपटलले दुर्गुण भन्छ।आजभन्दा बाह्र वर्ष अगाडि देह त्याग गरेको रकीलाई म, आज पनि सम्झन्छु। 

आज आफ्नो डेरा अनामनगरबाट त्रिचन्द्र कलेजसम्म जाँदा बाटोमा जति पनि कुकुरहरू देख्छु सबै आफ्नै रकीझैँ लाग्छ। भोक शान्त पार्न आस बोकेर डुलिरहेकाहरू।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रिय कृषि नीति, २०८३ जारी
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
बढ्यो सुनको भाउ
सम्बन्धित सामग्री
पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ वटा पुस्तकहर... शुक्रबार, साउन १५, २०८३
पूर्वमन्त्री अच्युतराज रेग्मीका दुई कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ उपाध्यायको हातबाट गरियो बिमोचन बिहीबार, साउन १४, २०८३
बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोब... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
राष्ट्रिय कृषि नीति, २०८३ जारी बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त बुधबार, साउन २०, २०८३
बढ्यो सुनको भाउ बुधबार, साउन २०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
पहिराले नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन :  हर्कराज राई मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक मंगलबार, साउन १९, २०८३
बढ्यो हवाई भाडा [सूचीसहित] मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्