काठमाडौं– ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्। निर्माणपक्षले भुषाल अनुबन्धित भएको जानकारी दिएको हो।
सिनेमामा प्रकाश सपुत र विजय बराल यसअघि नै अनुबन्धित भइसकेका छन्। यो सिनेमालाई नेपाली सिनेमाको अन्तराष्ट्रिय वितरण गर्दै आएको सेभेन सिज इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको हो।
सामाजिक कथामा बन्ने यो सिनेमामा सरोज पौडेलको लेखन तथा निर्देशन रहनेछ। जेठको दोस्रो साताबाट सिनेमा फ्लोरमा जाने जानकारी निर्माणपक्षले दिएको छ।
सिनेमालाई आगामी वर्ष वर्ष रिलिज हुनेछ। विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन्।
सिनेमामा पटकथा तथा संवाद महेश दवाडीको रहनेछ। सिनेमामा प्रशान्त सिवाकोटीले संगीत दिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।