• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रको दाबी किन? यी हुन् पाँच कारण

64x64
नेपाल लाइभ बुधबार, फागुन १६, २०८०  १८:५५
1140x725

काठमाडौं- यही फागुन २१ देखि राष्ट्रिय सभाको सदस्यको रुपमा गणेशप्रसाद तिमिल्सिनाको पदावधि सकिएसँगै राष्ट्रिय सभा अध्यक्षको पद पनि रिक्त हुँदैछ। सो पदमा कांग्रेस र माओवादी केन्द्र दुवैले आँखा लगाएपछि तीमध्ये कुन पार्टीले पद हत्याउला भन्ने चासो पनि बढेको छ।

फागुनमा रिक्त हुने राष्ट्रिय सभाका एक तिहाइ पदपूर्तिका लागि माघमा निर्वाचन हुँदा नै कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलालाई आगामी अध्यक्षको रुपमा चर्चा गरिएको थियो। गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रबीच सिटौलालाई अध्यक्ष बनाइने भद्र सहमतिसमेत भइसकेको भनेर कांग्रेस नेताहरूले दाबी गर्ने गरेका छन्। तर पछिल्ला दिनमा माओवादी केन्द्रले नै सो पदमा दाबी गर्न थालेको छ। माओवादी केन्द्रका नेताहरूले त्यस किसिमको भद्र सहमति समेत नभएको बताउने गरेका छन्। बरु स्थायी समितिमा बोल्ने अधिकांश नेताहरूले अध्यक्ष आफूहरूले नै पाउनुपर्ने बताएका छन्।

बुधबार समाप्त भएको माओवादी केन्द्रको स्थायी समिति बैठकले अध्यक्ष आफूहरूले उम्मेदवारी दिने निर्णय गरेको सार्वजनिक गरेको छ। बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले भनेका थिए, ‘आज हाम्रो तर्फबाट पनि उम्मेदवारी दिने भनेर निर्णय भएको छ।’

कांग्रेस नेताहरूको दाबीका विपरीत माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा किन दाबी गर्न थालेका छन्? ती पार्टीका केही नेताहरूसँगको कुराकानीबाट प्रमुख पाँच कारण पहिल्याउन सकिन्छुः

संवैधानिक परिषद्‌मा उपस्थिति
विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि संवैधानिक परिषद्को व्यवस्था गरिएको छ। त्यसमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता हुन्छन्। पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद गुमाएसँगै त्यहाँ माओवादी केन्द्रको प्रतिनिधित्व हुँदैन। त्यसैले त्यहाँ आफ्नो प्रतिनिधित्व सुनिश्चित होस् भन्ने माओवादी केन्द्रको चाहना देखिन्छ।

प्रतिनिधि सभा विघटनको सेरोफेरोमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी ऐनलाई अध्यादेशबाट आफू अनुकूल बनाउँदै तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको साथ लिएर विवादास्पद नियुक्तिहरू गरेका थिए। त्यसपछि उल्लेखित पदहरूमा पार्टीहरूको अतिरिक्त ध्यान जान थालेको देखिन्छ। प्रचण्डले प्रधानमन्त्री छाडेका दिन ती पदहरू प्राप्त गर्ने कुनै सम्भावना रहँदैन। त्यसैले समय छँदै अध्यक्ष लिने उसको दाउ देखिन्छ।

बढी पाउने प्रयत्न
राजनीतिक पार्टीहरूमा सधैंभरि आफूहरूले बढीभन्दा बढी पद र अवसरहरू प्राप्त गरौँ भन्ने प्रयत्न रहिरहन्छ। संसद्‌भित्र वा बाहिर शक्ति वा प्रभाव बढेको अवस्थामा त त्यस्तो प्रयत्न स्वाभाविक भइहाल्छ। घटेको अवस्थामा पनि त्यस्तो प्रयत्न चलिरहन्छ। त्यसका लागि उनीहरूले जनस्तरमा विवादित हुने कदम पनि उठाउने गर्छन्। त्यसको उदाहरण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं पनि हुन्।

प्रतिनिधि सभामा न्यून सिट संख्यासहित तेस्रो ठूलो दल भएको स्थितिमा पनि उनले दुई ठूला दल कांग्रेस र एमालेलाई आफ्नो हितमा प्रयोग गर्न सके र प्रधानमन्त्री बन्न सफल भए। आफ्ना निम्ति तत्कालै प्रधानमन्त्री पद र कालान्तरको लाभ सुनिश्चित गर्न उनले गत वर्ष एमालेसँग गठबन्धन पनि बनाए, फेरि कांग्रेससँगको गठबन्धन ब्युँत्याए। यतिबेला, राष्ट्रिय सभा अध्यक्ष जस्तो पद पाइन्छ भने अतिरिक्त प्रयत्न किन नगर्ने भन्ने माओवादी केन्द्रको मनोविज्ञान यतिखेर देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

ठूलो दलको स्वाभाविक दाबी
माघमा भएको निर्वाचनबाट निर्वाचित सांसदहरूको प्रवेशसँग राष्ट्रिय सभाको शक्तिमा व्यापक हेरफेर हुनेछ। प्रतिनिधि सभामा न्यून सिट संख्यासहित तेस्रो ठूलो दल माओवादी केन्द्र राष्ट्रिय सभामा भने पहिलो दल हुनेछ। माओवादी केन्द्रसँग राष्ट्रिय सभामा १८ सांसद (राष्ट्रपतिबाट मनोनित १ सहित) हुनेछन्। दोस्रो ठूलो दल कांग्रेससँग भने १६ सांसद मात्रै हुनेछन्।

यसरी राष्ट्रिय सभाको सबैभन्दा ठूलो दलले राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्नु स्वाभाविक भएको माओवादी केन्द्रका नेताहरूको भनाइ पाइन्छ। यसअघिका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि तत्कालीन सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट अध्यक्ष भएका थिए।

गठबन्धन सौहार्द नहुनुको कारण
केही समययता कांग्रेसभित्रबाट गठबन्धन विरोधी अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन्। कांग्रेस र माओवादी केन्द्रका नेताहरूबाटै एकअर्काप्रति कटाक्ष व्यक्त भइरहेका छन्। जसकारण, गठबन्धन भत्किने आशंका हुन थालेका छन्। त्यसैले यतिबेला गठबन्धन सौहार्द बन्न सकिरहेको छैन। अर्कोतिर, कांग्रेस महासमिति बैठकमा गठबन्धनलाई लिएर भएको बहस र चर्चाले माओवादी केन्द्रलाई असन्तुष्ट बनाएको छ। त्यसले पनि राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई किन दिने भन्ने मत माओवादी केन्द्रमा बलियो बन्दै गएको छ।

यसअघि गठबन्धन सौहार्द भएको बेलामा प्रचण्डले एमालेसँगको गठबन्धन तोडेरै भए पनि कांग्रेसलाई राष्ट्रपति पद दिलाउन भूमिका खेलेका थिए। तर अहिले त्यस्तो अवस्था छैन। बरु गठबन्धन फेर्नुपर्ने असवस्था आउन सक्ने बुझाइ विकसित भएको छ। जसका लागि अध्यक्ष पदमा उम्मेदवारी एउटा बाहना हुनसक्छ। अर्कोतिर, अध्यक्षमा दाबी गरिरहँदा गठबन्धनप्रति कांग्रेसको लचकता परीक्षण पनि हुनसक्छ।

अन्य लाभको उदेश्य
माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको भए पनि त्यसलाई अकाट्य निर्णयको रुपमा प्रस्तुत गरेको छैन। माओवादी केन्द्रका प्रवक्ता सापकोटाका अनुसार, अध्यक्षका निम्ति फेरि पनि छलफल हुने छ। ‘गठबन्धनमा छलफल हुन्छ। एउटा निष्कर्षमा पुग्छ। यसले गठबन्धनमा त्यस्तो तात्विक असर पर्दैन’, उनले भने।

अर्थात् गठबन्धन तोडिने स्थितिमा उसले राष्ट्रिय सभा अध्यक्षमा दाबी नगर्न सक्छ। गठबन्धनको बैठकमा अन्य दलले राख्ने मतले पनि भूमिका खेल्नेछन्। यसरी उसले अहिले राष्ट्रिय सभा अध्यक्षमा दाबी गरिरहने र अन्तिममा त्यो छोड्नुपर्ने हो भने अन्य पदमा आफूहरूलाई प्राथमिकता दिनुपर्ने सर्त राख्न सक्छ। प्रधानमन्त्रीका रुपमा प्रचण्डको पदावधि बढाउने, पुनर्गठन हुने भनिएको मन्त्रिपरिषद्‌मा केही बढी मन्त्री आफ्नो पार्टीको तर्फबाट बनाउने वा राष्ट्रपतिबाट मनोनित हुने एक जना राष्ट्रिय सभा सदस्य आफूहरूले पाउनुपर्ने जस्ता सर्त उसको हुनसक्छन्।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद्
सम्बन्धित सामग्री
एमाले केन्द्रीय कमिटी बैठक सुरु बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा धारणाा राख्ने क्रम सुरु हुनेछ । मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रत्येक केन्द्रीय सदस्यले सुझाव दिने कार्यसूची छ। यसका लागि ३/३ मिने... मंगलबार, असोज ६, २०८३
चार संसदीय समितिको बैठक बस्दै संघीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजन... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्