• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १०, २०८३ Sun, Jul 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
बाँसबारी छाला जुत्ताको जग्गा प्रकरण

ललिता निवासमा झैँ हदम्याद लाग्दैन, यसरी चौधरीले हत्याएका थिए जग्गा

64x64
नेपाल लाइभ बिहीबार, माघ १८, २०८०  १९:१३
1140x725

काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा चौधरी समूहका एक सदस्य एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ अरुण चौधरी र तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा पक्राउ परेका छन्। उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका लागि पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुलाई हाल दुई अभियोगमा अनुसन्धान हुने देखिन्छ। उनीहरुलाई ठगी र लिखत सम्बन्धी कसुरमा अनुसन्धान हुने र यसमा संलग्न थप व्यक्तिहरुलाई पनि सीआईबीले पक्राउ गर्दै जाने बताएको छ। 

करिब ३ दशकपछि यो प्रकरण बल्झिएपछि चौधरी समूहमाथि प्रश्न उठेको छ। 

हदम्याद लाग्छ कि लाग्दैन?
उनीहरु पक्राउ परे लगत्तै यो प्रकरण निकै पुरानो भएकाले अहिले मुद्दा दायर नै नहुने दाबी समेत सुनिन थालेको छ। तर यसअघि अदाललते ललिता निवास प्रकरणमा हदम्याद लागू नभई अनुसन्धान हुन सक्ने नजिर बसाएकाले उनीहरुमाथि अनुसन्धान अघि बढ्ने देखिन्छ।

उनीहरुमाथि सीआईबी बाहेक सरकारी जग्गा भएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भ्रष्टाचार मुद्दामा अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गर्न सक्नेछ। ललिता निवासको ११३ रोपनी सरकारी जग्गामा पनि सुरुमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो भने सीआईबीले पछि लिखत कसुर र ठगीको मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर गरेको थियो। 

महान्यायाधिवक्ता कार्यालयका अनुसार यो प्रकरणका पनि धेरै कुरा ललिता निवासको जग्गासँग मिल्दोजुल्दो रहेको छ। ललिता निवासको जग्गा पनि सरकारीबाट व्यक्तिको नाममा पुगेको थियो भने यो पनि सरकारी जग्गा व्यक्तिको नाममा पुगेको छ।

सोही कारण मुद्दा दायर गर्न कुनै अवरोध नहुने महान्यायाधिवक्ता कार्यालयका एक अधिकृतले बताए। उक्त प्रकरण सीआईबीमा भएकाले उसले सुरुमा अनुसन्धान गर्ने अनि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गर्नेछ। अनुसन्धानका क्रममा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अधिकृत पनि सहभागी हुनेछन्।
 
संयुक्त अनुसन्धान टोलीले यो प्रकरणबारे अनुसन्धान गर्ने अनि अनुसन्धानको फाइल बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोगपत्र अदालतमा दर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।  

सर्वोच्च पुग्ला चौधरी पक्ष? 
अरुण चौधरीलाई जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप गरी अनुसन्धान थालिएको छ। जिल्ला अदालतले अनुसन्धानका लागि पहिलो पटक म्याद दिएको हो। सरकारी वकिलको कार्यालय सहितको अनुसन्धान टोलीले करिब एक महिना अनुसन्धानको समय पाउनेछ। पटकपटक गरेर अदाललते समय दिएपछि उक्त म्याद भित्र मुद्दा बुझाउनुपर्नेछ।

nimb
nimb
Ncell 2
Ncell 2

यही बीचमा चौधरी पक्ष सर्वोच्च अदालतसम्म जान सक्ने देखिन्छ। बन्दी प्रत्यक्षीकरणमा उनीहरुले निवेदन दिन सक्नेछन्। आफ्नो पक्ष देशको प्रतिष्ठित व्यापारिक घराना भएको र विभिन्न व्यवसायमा समेत संलग्न भएकाले थुनामा नराखी तारेखमा राखेर अनुसन्धान हुनुपर्ने माग उनीहरुले उठाउन सक्छन्।

यदि सर्वोच्चले उनीहरुको पक्षमा आदेश दिएमा उनी तारेखमा रहेर मुद्दाको अनुसन्धान अघि बढ्नेछ भने रिहा गर्न अस्वीकार गरेमा उनी थुनामै रहनेछन्। तर अधिकांश पक्राउ परेका व्यापारी र भीआईपी व्यक्तिहरुले चलाखी गरेर अस्पतालमै बसेर अनुसन्धानको समय बिताउँदै आएका छन्। अरुण चौधरीले पनि उक्त चलाखी गर्न सक्ने देखेपछि सीआईबीले उनको घरमै पुगेर पक्राउ गरेको देखिन्छ।  

बाँसबारीको जग्गा यसरी पुगेको थियो चौधरी ग्रुपको कब्जामा 
यो जग्गा ३७ वर्षअघिदेखि नै चौधरी समूहले भोगचलन गरेको थियो। २०४३ सालमा लुनकरणदास चौधरीको परिवारले जुत्ता कम्पनीका लागि भन्दै जग्गा लिएको थियो। तत्कालीन समूहमा चौधरी समूह भनी दर्ता वा निर्माण नभएको समयमा उनीहरुले जग्गा लिएको अनुसन्धानमा संलग्न एक सीआईबीका अधिकारीले बताए।

वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्यसहित कम्पनी दर्ता गरेर जग्गा लिइएको थियो। यही योजना देखाएर च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडको नाममा बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा नामसारी भएको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए। 

कारखानाको १० रोपनी जग्गा आफ्नो प्रस्तावित कम्पनीको स्वामित्वमा ल्याउन चौधरी परिवारले कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई व्यापारीक साझेदारी र अन्य कर्मचारीलाई मोटो आर्थिक लाभ दिएको आरोप लागेको छ । 
तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहसँगको व्यापारिक साझेदारको सम्बन्धमार्फत दरबारमा समेत पहुँच बनाएका विनोद चौधरीले त्यसकै आधारमा बाँसबारीको जग्गा हात पारेका थिए। 

२०४३ साल भदौ १० गते बसेको बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समितिको ४०१औँ बैठकले कारखानाको स्वामित्वमा रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा नामसारी गरिदिने निर्णय गरेको थियो। त्यसबापत फुटवेयरमा कारखानाको २५ सय कित्ता सेयर लगानी गर्ने निर्णय पनि सोही बैठकले गरेको थियो। यहीँबाट उक्त जग्गा व्यक्तिको नाममा जाने कार्य सुरु भएको  थियो।  

यसरी जग्गा उक्त कम्पनीको नाममा सार्ने निर्णय हुदाँसम्म च्याम्पियन फुटवेयर दर्ता नै भएको थिए। जब जग्गा सम्बन्धी निर्णय भयो अनि फुटवेयर २०४३ कात्तिक २७ गते मात्र दर्ता भएको थियो। 

त्यसपछि २०४४ सालमा दुई पटक गरेर कारखानाले १० रोपनी (पहिले ६ रोपनी र पछि ४ रोपनी) जग्गा च्याम्पियन फुटवेयरको नाममा नामसारी गरिदिएको विवरण सीआईबीले फेला पारेको छ। 

यो कार्य मालपोत ऐन २०३४ विपरीत भएको थियो। चौधरीले दरबारको आडमा उक्त कार्य गरेका थिए। जग्गा प्राप्त भएपछि  केही वर्ष कारखानाबाट जुत्ता उत्पादन भयो त्यसपछि एकाएक बन्द भयो। 

२०४९ सालमा सरकारले अरू केही संस्थानसँगै बाँसबारी छाला तथा जुत्ता कारखाना नै निजीकरण गर्ने निर्णय गरेको थियो। त्यस बाहेकका अरु जग्गा सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल लगायत निकायलाई दिएको थियो।  

यही बीचमा धेरै चलखेल भएर अरुण चौधरीले सेयर आफ्नो नाममा खरिद गरेका थिए अनि यसलाई निजी कम्पनी बनाइयो। निजी कम्पनीमा आएपछि सीजी चाँदबाग रेसिडेन्सी प्रालिमा रूपान्तरण गरिएको अनुसन्धानमा देखिएको सीआईबीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने?
सम्बन्धित सामग्री
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–१ नारायणचौरबाट इन्टरनेट सर्भर, सिम कार्ड, ल्यापटप र मोबाइल फोनसहित उनीहर... सोमबार, साउन ४, २०८३
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो आइतबार दिउँसो कुलेश्वरमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर तीन जना कारोबारीलाई पक्राउ गरेको हो। आइतबार, साउन ३, २०८३
ताजा समाचारसबै
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति शनिबार, साउन ९, २०८३
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? शनिबार, साउन ९, २०८३
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा शनिबार, साउन ९, २०८३
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने? शनिबार, साउन ९, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन ९, २०८३
वर्षा-पहिरोले नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्