• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

भैंसीको मासु चीनतर्फ निर्यातका लागि पूर्वतयारी हुँदै, कहिलेदेखि हुन्छ निर्यात?

64x64
कल्पना घिमिरे सोमबार, माघ १५, २०८०  १६:१३
1140x725

काठमाडौं– चार महिनाअघि नेपालबाट चीनतर्फ भैंसीको मासु निर्यात गर्न नेपाल र चीनबीच सहमति भएको थियो। गत असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा गएका बेला भैंसीको मासु चीनतर्फ निर्यात गर्न दुई देशबीच सहमति भएको थियो। 

चीनले नेपालबाट स्वास्थ्यवर्द्धक भैंसी तथा राँगाको मासु आयात गर्ने उद्देश्यले सहमति गरेको र निर्यातका लागि सरकारले पूर्वतयारी थालेको कृषि तथा पशुपक्षी मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटीले बताइन्।

नेपालबाट भैंसी तथा राँगाको मासु आयात गर्न चीन सकारात्मक देखिएसँगै स्थानीय तह, निजी क्षेत्रसँग पूर्वतयारी गर्न समन्वय गरिरहेको उनको भनाइ छ। दुई साताअघि चीनले रिस्क एसिस्टमेन्ट प्रश्नावली पठाएको र मन्त्रालयले उक्त प्रश्नवलीको जवाफसमेत पठाइसकेको सिवाकोटीले जानकारी दिइन्।

‘चीन सरकारले रिस्क एसिस्टमेन्ट भनेर निकै लामो प्रश्नावली पठाएको थियो। प्रश्न कति थियो भनेर थाहा भएन तर स्वस्थवर्द्धक मासु आयातका प्रश्नहरु पठाएको थियो। यताबाट जवाफ पठाइसकेका छौं। ती जवाफहरु चीनको माग अनुकूल भएमा स्वीकृति दिन्छ। त्यसपछि छिट्टै निर्यात सुरु गर्ने छौं,’ उनले भनिन्।

चीनले अरू विभिन्न देशबाट मासु आयात गरिरहेको छ। फेरि नेपालबाट निर्यात गर्नुको कारण मानव स्वास्थ्यको कुरा जोडिएको उनको भनाइ छ। ‘चीनले अहिले भैंसी अथवा राँगाको स्वास्थ्य, कस्तो खोप प्रयोग गरिएको छ, कस्तो औषधि उपचार, पशुपालनको शैली लगायतको बारेमा प्रश्न पठाएको थियो। हाम्रो जवाफमा सबै ठीक लाग्यो भने चीनले मासु आयात सुरु गर्छ। फेब्रुअरीसम्ममा चीनले सकारात्मक प्रतिक्रिया दिए यसैवर्ष निर्यात सुरु गर्न सकिन्छ,’ शिवाकोटीले भनिन्।

कुनै एउटा निश्चित क्षेत्रलाई पशुरोगमुक्त क्षेत्र घोषणा गरेर सोही क्षेत्रबाट मात्रै मासु निर्यात गरिने उनको भनाइ छ। जसका लागि सरकारले पशुमा नियमित खोप लगाउने, क्वारेन्टाइन क्षेत्र निर्धारण गर्ने र रोग मुक्त क्षेत्र निर्माण गर्ने तयारीमा रहेको उनी बताउँछिन्।

‘तत्काल रोगमुक्त क्षेत्र सञ्चालन गरेर भैंसी तथा राँगाको उत्पादन बढाउने तयारी पनि रहेको छ। चीनको मागअनुसार क्षमता पनि बढाउन सकिन्छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्ने भैंसी पालन जोनलाई पनि यस योजनामा समावेश गर्ने तयारी भइरहेको छ। जसले चीनको मागअनुसार मासु उत्पादन गर्न सकिन्छ,’ उनले भनिन्।

कति छ चिनको माग, नेपालले धान्न सक्ला?
तर चीनको माग के–कति रहेको छ भन्नेबारे तत्काल जानकारी प्राप्त नभएको शिवाकोटीले बताइन्। चीनको मागअनुसार नेपालले भैंसी तथा राँगाको मासु निर्यात गर्न सक्ने क्षमता रहेको उनले दाबी गरिन्। 
‘तत्काल धान्न नसक्ने गरी पक्कै माग नगर्ला, तर किसानले दूध, घिउ बिक्री गरेर मूल्य नपाइरहेको बेलामा मासु उत्पादन प्रयोजनका लागि बिक्री गर्न सक्छन्। उचित मूल्य पाउने भएपछि मासु प्रयोजनकै लागि उत्पादन गर्न सक्छन्। जसको उत्पादन बढाउन सरकारले विभिन्न कार्यक्रम समेत सञ्चालन गर्ने लक्ष्य लिएको छ,’ उनले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा खपत भइरहेको मासु बाहिर मुलुकमा निर्यात गर्नसके बढी आयआर्जन हुने भएकाले मासु निर्यात गर्ने पहल गरिएको उनले बताइन्। मासु निर्यात नहुँदा नेपालका करिब १० वटा निजी पशु बधशाला बन्द रहेको र सञ्चालनमा ल्याउन पनि सरकारले पहल गरिरहेको उनले बताइन्। 

‘मासु निर्यात गर्न नसक्दा थुप्रै बधशालाला बन्दरत छन्। ती सञ्चालनमा ल्याउन सके देशको आर्थिक क्षेत्रमा फाइदा पुग्छ। तीनले पनि पुगेन भने अरु बधशाला पनि थप्ने तयारीमा छौं,’ उनले भनिन्। नेपालको बारा जिल्लामा अन्तर्राष्ट्रियस्तरको बधशाला सञ्चालनमा रहेको छ। सोही प्रकृतिको बधशाला निर्माण गर्न तयारी गर्ने समेत बताइन्। स्वास्थ्यवर्द्धक मासु ७० डिग्री तापक्रममा निर्यात गर्न सकिने उनको भनाइ छ।

स्वास्थवर्द्धक मासु उत्पादन तथा निर्यातका लागि पशुको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्नुपर्ने पशुसेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले बताए। यसका साथै मासु निर्यातका लागि तत्कालीन तथा दीर्घकालीन नीतिगत तयारी गर्न आवश्यक रहेको उनी बताउँछन्। 

नेपालका पशुमा खोरेत रोग बढ्दो रुपमा रहेकाले निर्यातमा ठूलो चुनौती रहेको ढकालको भनाइ छ। ‘खोरेत रोग बढ्दो रुपमा रहेको छ। यसको उन्मुलन गर्न सकिरहेको छैन। रोगको जोखिम कम भएको क्षेत्र हेरी दुई वर्षदेखि रोग नदेखिएको प्रमाणित गरेमा मासु निर्यात गर्न सकिन्छ,’ ढकालले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वार्षिक डेढ करोडको निर्यात भइरहेको छ कति छ उत्पादन?
केही वर्षअघिदेखि नेपालबाट भैंसी र राँगाको मासु  हङकङ, भियतनाम, अमेरिकामा निर्यात हुँदै आएको केन्द्रीय भन्सार विभागले जनाएको छ। चालु आर्थिक वर्षको ६ महिनामा १ करोड ५३ लाख ३१ हजार रुपैयाँको ८८ हजार किलो निर्यात भएको छ। गतवर्ष (२०७९/०८०) मा १ करोड ५८ लाख ८० हजार रुपैयाँको १ लाख ४४ हजार किलो मासु निर्यात भएको थियो।

यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १ करोड ३२ लाख ९ हजार रुपैयाँ बराबरको १ लाख ९५ हजार किलो मासु भियतनाममा निर्यात भएको छ। नेपालमा वार्षिक रुपमा १ लाख ९० हजार मेट्रिक टन औषतमा भैंसी तथा राँगाको मासु उत्पादन हुने गरेको मन्त्रालयले जनाएको छ। सन् २०१९/०२० मा १ लाख ८९ हजार मेट्रिक टन मासु उत्पादन भएको थियो। 

यस्तै सन् २०२०/०२१ मा १ लाख ८८ हजार मेट्रिक टन, सन् २०२१/०२२ मा १ लाख ९४ हजार मेट्रिक टन राँगा र भैंसीको मासु उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्