• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बच्चाहरुले सुतेका बेला किन फेर्छन् ओछ्यानमा पिसाब?

डा अनिल पुकार शाह आइतबार, माघ १४, २०८०  ११:३६
1140x725

सामान्यतया: मानिस सुतेको बेला दिमागबाट पिसाबको थैलीलाई अबरोधात्मक संकेत जाने गर्छ, जसको कारण सुतेको बेला प्राय: पिसाब लाग्दैन। बालबालिकाले सुतेको बेला पिसाब नियन्त्रण गर्न नसक्दा पिसाब स्वस्फुर्त चुहिने गर्छ, जसलाई ओछ्यान भिजाउने समस्या अर्थात् नक्चर्नल एनुरेसिस भनिन्छ।

यस्तो समस्या हुने लगभग ५० प्रतिशत बच्चाहरुमा राति सुतिरहेको बेला स्वस्फुर्त पिसाब चुहिने समस्या मात्र देखिन्छ। तर केही बच्चामा भने पिसाब सम्बन्धी अरु लक्षणहरु पनि मिसिएर देखा पर्ने गर्छन्। यी दुई प्रकारका हुन्छन्;

१. प्राइमरी बेड वेटिङ: पाँच वर्षभन्दा माथिका बच्चा, जसमा सुतिरहेको बेला ओछ्यान नभिजेको कुनै रात हुँदैन।

२. सेकेण्डरी बेड वेटिङ: कुनै बच्चा जसमा कम्तीमा ६ महिनासम्म सुतिरहेको बेला ओछ्यान भिज्ने समस्या नदेखिएको र पछि पुनः उक्त समस्या देखा परेको छ भने त्यस्तो अवस्थालाई सेकेण्डरी बेड वेटिङ भनिन्छ।

पाँच वर्षसम्मका १५ प्रतिशत बालबालिकामा यो समस्या देखिएको छ। ७ वर्षको उमेरमा लगभग १० प्रतिशत बच्चामा यो समस्या यथावत् रहिरहेको देखिन्छ भने १५ वर्षको उमेरमा जम्मा १-३ प्रतिशतमा देखिएको तथ्यांक छ। यो समस्या केटा बच्चामा बढी देखिएको छ। वर्षेनी १५ प्रतिशतको दरले आफसेआफ निको हुँदै गएको प्रमाण  पनि छ। यो समस्या 0.५ प्रतिशत बयस्क व्यक्तिहरुमा देखिएको भन्ने तथ्यांक विभिन्न  खोज तथा अनुसन्धानले देखाएको छ।

बेड वेटिङका प्रमुख कारणहरु केके हुन्? 
बच्चा अल्छी हुनु अथवा उनमा पिसाब फेर्ने इच्छाशक्ति नआउनु एकदम बिरलै यसको कारण हुन सक्छ। तसर्थ बच्चालाई गाली गरेर दोष लगाउनु हुँदैन। यसका अनेकौं कारण हुन सक्छन; 
१. परिवारमा कसैलाई बेड वेटिङको समस्या हुनु,   
२. पिसाब थैलीमाथि मस्तिष्कको नियन्त्रण प्रक्रिया ढिला विकास हुनु, 
३. पिसाब थैली सानो क्षमताको हुनु, 
४. सुतिरहेको बेला सामान्यभन्दा बढी पिसाब बन्नु, 
५. निद्रा समस्या (गहिरो निद्रा),
६.  कब्जियत,
७. तनाव,
८. पिसाबमा संक्रमण हुनु (युटीआई),
९. निदाउने र बिउँझिने प्रक्रिया बिग्रिनु, 
१०. मस्तिस्कबाट एडीएच नामक हर्मोनको उत्पादनमा कमी आउनु।

ओछ्यान भिजाउने समस्या (बेड वेटिङ) कसरी निदान गरिन्छ?
यदि तपाईंको बच्चा सात वर्षभन्दा माथिको छ र प्राय: भिजेको ओछ्यानमा उठ्छ भने उसलाई बेड वेटिङको समस्या हुन सक्छ। यस्तो समस्या आफ्नो बच्चामा देखिनासाथ आमाबाबु आत्तिने र डाक्टरकोमा दौडिहाल्ने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सर्वप्रथम तपाईंको बच्चा के कारणले गर्दा ओछ्यान भिजाइरहेको छ, त्यो जान्न जरुरी हुन्छ। यस्तो समस्या देखिएको खण्डमा आफ्नो बच्चाको पानी /तरल पदार्थ खाने तरिका, पिसाब फेर्ने बानीब्यहोरा, दिसा गर्ने बानीब्यहोरा र निदाउने बिउझिने प्रक्रियालाई राम्ररी अवलोकन गर्न जरुरी हुन्छ। सकिन्छ भने माथि उल्लेखित सबै गतिविधिहरुलाई एउटा पानामा नोट गरेर मात्र चिकित्सककहाँ जानु बुद्धिमानी देखिन्छ, जसले चिकित्सकलाई रोग निदान गर्न र राम्रो उपचार गर्न सहज हुन्छ। डाक्टरले चाहेको खण्डमा थप जाँचहरु, जस्तै: पिसाबको जाँच, रगतको जाँच र पेटको भिडियो एक्सरे गर्न सक्नुहुन्छ।  

ओछ्यान भिजाउने समस्या (बेड वेटिङ) कसरी उपचार गरिन्छ?
सबभन्दा पहिलो कुरा, ओछ्यान भिजाउनु तपाईंको बच्चाको गल्ती होइन, यो एउटा रोग हो। त्यसैले बच्चाहरु भिजेको खण्डमा उनीहरुलाई सजाय दिनु वा जिस्क्याउनु हुँदैन। यसका अनेकौं उपचार पद्धतिहरु छन्।

केही विकल्प यस प्रकार छन्:
• बाल मुत्ररोग विशेषज्ञसँग सल्लाह गरेर बेड वेटिङ अलार्म प्रयोग गर्नुहोस्, 
• सुत्नुभन्दा दुई घण्टाअघि तरल पदार्थको सेवन सीमित गर्नुहोस्,  
• पिसाब थैलीलाई जलन गराउने पेय पदार्थ (क्याफिन, कार्बोनेटेड ड्रिंक्स, कृत्रिम रङ तथा उच्च चिनीयुक्त पेय पदार्थ) सीमित गर्नुहोस्,
• तपाईंको बच्चालाई सकेसम्म दिउँसोको समयमा पानी तथा तरल पदार्थ सेवन गराउने प्रयास गर्नुहोस्।
• बच्चा ब्युँझिरहेको बेला हरेक दुईदेखि तीन घण्टामा पिसाब गर्ने योजना बनाउनुहोस्,
• नियोजित पिसाब गराउने बानी: तपाईंले आफ्नो बच्चालाई दिनको समयमा धेरै पटक बाथरूम जान सुझाव दिन सक्नुहुन्छ। कम्तीमा पनि दिनको समयमा पाँच पटक पिसाब फेर्न लगाउनुहोस्। राति सुत्न जानु ठिक अगाडि जहिले पनि बच्चालाई पिसाब फेर्ने बानी बसाल्नु पर्छ। 
• दैनिक दिसा गराउने बानी: बच्चाले दिनको कम्तीमा एक पटक दिसा गर्नु पर्छ। तपाईंले आफ्नो बच्चाको दिसा अवलोकन गर्न जरुरी हुन्छ। यसले डाक्टरकहाँ उपचारको लागि जाँदा सरसल्लाह गर्न मद्दत पुग्छ। सामान्यतया: बच्चाको दिसा नरम हुनु पर्छ।
• ओछ्यानको उचित व्यस्थापन: बच्चा सुत्ने ओछ्यानमाथि पानीले नभिज्ने बेडसिट ओछ्याउनु पर्छ। ओछ्यान सजिलै धुन मिल्ने र सुकाउन मिल्ने हुनु पर्छ। बच्चाले ओछ्यान भिजाएको थाहा पाउनासाथ बेडसिट र मेट्रेस फेर्नुहोस्, बच्चालाई सुक्खा पार्नुहोस्। छालाको घाउ हुनबाट जोगाउनुहोस्। 
• बाल मुत्ररोग विशेषज्ञले सल्लाह दिएको औषधि प्रयोग गर्नुहोस्।
• उपचार सम्बन्धी रेकर्ड राख्नुहोस्: बाल मुत्ररोग विशेषज्ञले दिएको उपचारले कसरी काम गरिरहेको छ भनेर रेकर्ड राख्नको निम्ति क्यालेन्डर अथवा डायरी नोट  प्रयोग गर्नुहोस्।

तपाईंले बाल मुत्ररोग विशेषज्ञलाई सोध्नु पर्ने केही महत्वपूर्ण प्रश्न;
• मेरो बच्चाले ओछ्यान भिजाउनुको कारण के हो?
• यो समस्यालाई कहिले निको हुन्छ?
• के मेरो बच्चाको ओछ्यान भिजाउने समस्या बढ्दै जान्छ?
• के मेरो बच्चालाई थप परीक्षणहरू आवश्यक छ? यदि छ भने कुन?
• प्रत्येक उपचार विधिको फाइदा र बेफाइदा के हो?
• तपाईं कुन उपचार सुझाव दिनुहुन्छ?
• म मेरो बच्चालाई निको हुन कसरी मद्दत गर्न सक्छु?

Xtrem

Xtrem

बच्चामा सुतिरहेको बेला पिसाब चुहिने समस्या एउटा साझा समस्या हो। तपाईंको बच्चामा यदि यस्तो समस्या देखिएको छ भने नआत्तिकन आफू नजिकैको बाल मुत्ररोग विशेषाज्ञलाई भेटी उचित सल्लाह लिन सुझाव गरिन्छ। यसको उपचार सम्भव छ। बेलैमा उचित चिकित्सकसँग परामर्श गर्नु नै बुद्धिमानी हुन्छ।

(डा शाह युरोलोजिस्ट चिकित्सक हुन्।)– नेपाल लाइभ अर्काइभबाट पुन: प्रकाशित 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ११:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु
सम्बन्धित सामग्री
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
नझुक्ने र नचुक्ने न्यायमूर्ति सर्वोच्चमा न्यायाधीश नियुक्ति हुनुपर्छ : सांसद न्यौपाने मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
फेसबुके राजा र फेसबुके रानी भन्दै मिराज ढुंगानाले गरे कटाक्ष सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्