• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

आयात निर्यात दुवै घट्यो, कसरी बढ्यो राजस्व संकलन? 

64x64
कल्पना घिमिरे मंगलबार, माघ ९, २०८०  २०:४०
1140x725

काठमाडौं– चालू आर्थिक वर्षको ६ महिना (साउनदेखि पुस मसान्तसम्म) मा ८ खर्ब ३१ अर्ब ३५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार विभागले जनाएको छ।

गत आर्थिक वर्ष (२०७९/०८०)को सोही अवधिमा ८ खर्ब ७३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो। जसअनुसार गत वर्षको तुलनामा यस वर्ष ३.४७ प्रतिशतले वैदेशिक व्यापार घटेको छ।

यस्तै चालू आर्थिक वर्षमा ७ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ७४ अर्ब ९७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। जस अनुसार आयातको ९१.११ प्रतिशत रहेको छ भने ८.८९ प्रतिशत निर्यातको हिस्सा रहेको छ।

गतवर्षको सोही अवधिमा ७ खर्ब ९२ अर्ब ६७ करोड रुपैयाँ बराबरको आयात भएको थियो भने ८० अर्ब ८१ करोड रुपैयाँको निर्यात भएको थियो।

जसअनुसार गतवर्षको तुलनामा यसवर्ष आयातमा ३.०९ प्रतिशतले कमी आएको छ भने ७.२३ प्रतिशतले कमी आएको पाइएको छ।

तर वैदेशिक व्यापार घट्दा पनि भन्सार विन्दुबाट संकलन हुने राजस्व भने बढेको पाइएको छ। यो वर्ष ६ महिनामा भन्सार राजस्वबाट २ खर्ब ७० करोड बराबर राजस्व संकलन गरेको छ।

विभागका निर्देशक तथा सूचना अधिकारी पुण्यविक्रम खड्काले चालू वर्ष आयात कम भए पनि राजस्व संकलन बढेको बताए। गत वर्ष लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएको थियो। 

तर, यो वर्ष केही सुधार भएको उनको भनाइ छ। यस्तै आगामी दिनमा राजस्व संकलन बढ्न सक्ने उनको दाबी छ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले गत आर्थिक वर्ष ५ खर्ब ३० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। त्यसमध्ये आयातबाट ५८.४२ प्रतिशत मात्रै लक्ष्य पूरा भएको थियो। गत आर्थिक वर्षमा सरकारले १ खर्ब ८२ अर्ब ८४ करोड रुपैयाँ बराबर राजस्व उठाएको थियो।

चालू वर्षमा विभागले ६ महिनाको अवधिमा ७७ करोड १७ लाख ३५ हजार रुपैयाँ अनुगमन शाखाले प्रत्यक्ष अनुगमन गरी थप राजस्व असुली गरेको छ। चालू वर्षको कुल लक्ष्यको तुलनामा ६ महिनामा ३१ प्रतिशत राजस्व असुली भएको छ। 

यसवर्ष सरकारले कुल भन्सार राजस्व ६ खर्ब २७ अर्ब ७५ करोड उठाउने लक्ष्य राखेको छ। गतवर्षको सोही अवधिमा विभागले १८ करोड ८६ लाख ९२ हजार रुपैयाँ थप राजस्व असुली गरेको थियो। यो वर्ष गत आवको तुलनामा ५८ करोड ३० लाख ४३ हजार रुपैयाँ बढी अनुगमन गरी असुली गरेको छ।

सुन, डिजेल र एलपी ग्यास घट्यो, पेट्रोल र विद्युतीय साधनको आयात बढ्यो
चालू वर्षको ६ महिनामा डिजेल र एलपी ग्यासको आयात गत आर्थिक वर्षको तुलनामा कमी आउँदा विदेशिने रकम घटेको छ। तर, पेट्रोल र विद्युतीय साधन आयातमा भने गत आवको तुलनामा ठूलो रकम बाहिरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चालू वर्षमा सुन आयातमा ठूलो गिरावट आएको छ। पुससम्म ११ अर्ब ८९ करोडको सुन आयात भएको विभागले जनाएको छ। गत वर्षको सोही अवधिमा २९ अर्ब २० करोडको सुन आयात भएको थियो।

यस्तै ६६ अर्ब ४९ करोडको डिजेल आयात भएको छ। गत आवको सोही अवधिमा ७० अर्ब ११ करोडको डिजेल आयात भएको थियो। चालू वर्षको ६ महिनामा पेट्रोल आयात हुँदा ३३ अर्ब ९२ करोड बाहिरीएको छ। 

गतवर्ष सोही अवधिमा ३३ अर्ब ५४ करोडको पेट्रोल आयात भएको थियो। चालू वर्षको ६ महिनामा २५ अर्ब ४६ करोडको एलपी ग्यास आयात भएको छ। गतवर्ष ६ महिनामा २८ अर्ब २० करोडको आयात भएको थियो।

विद्युतीय सवारीसाधन (जिप, कार र भ्यान) आयातमा ठूलो वृद्धि भएको छ। गत वर्ष ४ अर्ब ९३ करोड रुपैयाँका यस्ता सवारीसाधन आयात भएकोमा यो वर्ष १३ अर्ब १२ करोडको आयात भएको विभागको तथ्यांक छ। गतवर्ष ५ अर्ब ५३ करोडको एचआर सिट आयात भएकोमा यो वर्ष २२ अर्ब ३६ करोडको आयात भएको छ।

पाम तेल निर्यात घट्यो चिया, कफी र अलैंची बढ्यो
चालू  वर्षको ६ महिनामा प्रशोधित पाम तेल निर्यातमा ठूलो गिरावट आएको छ। गतवर्ष १३ अर्ब ९ करोडको निर्यात भएको थियो। चालू वर्षको सोही अवधिमा २ अर्ब ९० करोड रुपैयाँको निर्यात भएको छ।

यस्तै फलामे पाता, तयारी कपडा, अलैंची, चियाकफी प्लाइउडजस्ता वस्तु निर्यात बढेको छ। सेन्थेटिक यार्न, ऊन गलैंचालगायत वस्तु निर्यात घटेको छ।

चालू वर्षको ६ महिनामा ७ अर्ब २५ करोड बराबरको चिया कफी निर्यात भएको छ। गतवर्षको सोही अवधिमा ५ अर्ब ५६ करोड रुपैयाँ बराबरको चिया कफी निर्यात भएको थियो। गत वर्षको ६ महिनामा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो। 

चालू वर्षको सोही अवधिमा ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्