• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १६, २०८२ Tue, Dec 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

मंसिर मसान्तसम्म खारेज गर्ने भनिएका २० कार्यालयमध्ये २ वटामात्रै भए खारेज

64x64
कल्पना घिमिरे शनिबार, पुस २८, २०८०  ०९:०८
1140x725

काठमाडौं– सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान(न्याथम)मा गाभ्न लागेको भन्दै सरोकारवालाहरुले विरोध जनाए।

प्रतिष्ठानका पूर्वपदाधिकारीहरुले शनिबार पत्रकार सम्मेलन गर्दै यसलाई तत्काल रोक्नसमेत सरकारको ध्यानाकर्षण गराए। 

सरकारले चालू आर्थिक वर्ष २०८०/०८१ को बजेटमा शिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने व्यवस्था गरेको थियो। उक्त व्यवस्थालाई कार्यान्वयन गर्न संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्‌मा पठाएकोप्रति पदाधिकारीहरुले आपत्ति जनाएका थिए। 

उनीहरुले दुई निकायलाई समायोजनको विषयमा सम्बन्धित सरकारवालाहरुसँग छलफल नै नगरी मन्त्रालयले प्रक्रिया अगाडि बढाएको भन्दै आपत्ति जनाए। पर्वतीय क्षेत्रमा दक्ष कामदार र आरोहीहरु पलायन भइरहेको समयमा राज्यले यस्ता निकायलाई थप जिम्मेवार बनाउनु पर्नेमा निष्क्रिय पार्न लागेको उनीहरुको गुनासो थियो। 

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् प्रतिष्ठानलगायत सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यक नरहेका २० वटा संस्थाहरु खारेज गरिने तथा गाभ्ने बजेटमा उल्लेख गरेको छ।

किन गरियो खारेज गर्ने घोषणा?
हरेक वर्ष बढ्दै गएको प्रशासनिक खर्च, विकासका काम गर्न बजेट व्यवस्थापनमा समस्या भएको एक अध्ययनले देखाएको छ। जसअनुसार प्रशासनिक खर्च कम गर्न सरकारले खर्च घटाउने उपायहरु अघि बढाएको थियो। सोही अनुसार सरकारी खर्च पुनरावलोकन गरी घटाउनको लागि भन्दै २०७५ सालमा नै अर्थविद् डिल्लीराज खनाल नेतृत्वको आयोगले विभिन्न सुझावहरूलाई कार्यान्वयन गर्ने प्रक्रिया थालेको थियो।

सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५ ले दिएका सुझावहरूलाई क्रमशः कार्यान्वयन गरिने बारे चालू आर्थिक वर्षको बजेटमा समेटिएको छ। जसअनुसार सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यक नरहेका २० वटा संस्थाहरु खारेज गरिने बजेटमा उल्लेख छ। यस्तै उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकायहरूलाई एक अर्कामा गाभिनेसमेत बजेटमा उल्लेख छ।

चालू आर्थिक वर्षको बजेटमा कपास विकास समिति, महिला तथा बालबालिका विभाग, नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति, मेडिकल कलेज पूर्वाधार विकास समिति, ताल संरक्षण विकास समिति र अतिरिक्त हुलाक कार्यालयहरु पर्यटन प्रवर्द्धन समितिहरु जस्ता निकार्य पूर्ण रूपमा खारेज गर्ने घोषणा गरिएको थियो।

Ncell 2
Ncell 2

यस्तै राष्ट्रिय दुग्ध विकास बोर्ड, जिल्ला निर्वाचन कार्यालयहरु, तथ्यांक कार्यालयहरु, भूमिगत जलस्रोत विकास समिति, रेल्वे बोर्ड रहेका थिए। यस्तै विभिन्न कार्यालयको काम कारबाहीलाई अन्य संस्थामा सार्ने वा अन्य संस्थासँग गाभ्ने घोषणा गरिएको थियो। किटजन्य रोग अनुसन्धान तालिम केन्द्र, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल इन्टर मोडल यातायात विकास समिति, पर्वतीय प्रशिक्षण विकास समिति, रेडियो नेपाल र नेपाल टेलिभिजन (गाभेर एक बनाउने), जलस्रोत अनुसन्धान तथा विकास केन्द्र, बुढीगण्डकी जल विद्युत् आयोजना (वातावरण, मुआब्जा, वितरण पुनर्वास तथा पुनर्स्थापना इकाइ) र फिलाटेलिक तथा टिकट व्यवस्थापन कार्यालय रहेका थिए।

तर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको महिला तथा बालबालिका विभाग र पर्यटन प्रवर्द्धन् समितिहरु मात्रै खारेजीमा भएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्मा बताउँछन्। ‘हामीले मंसिर मसान्तसम्मको समय दिएका थियौं। तर अहिलेसम्म महिला तथा बालबालिका विभाग र पर्यटन प्रवर्द्धन समितिहरु खारेज भएका छन्।  बाँकी अध्ययनकै क्रममा रहेका छन्,’ शर्माले भने, ‘अहिले अर्थमन्त्रालयमा खारेजीको प्रक्रिया अघि बढ्दै गरेका ३/४ वटा रहेका छन्।’

सरकारले बजेटमा उल्लेख गरिएका सबै कार्यालय मंसिर मसान्तसम्म खारेज गरिसक्ने लक्ष्य राखेको थियो। सोही अनुसार कार्यलयहरुलाई मंसिर मसान्तसम्मको लागि मात्रै बजेट खर्चको अधिकार दिइएको थियो।

गत असार १५  गते बसेको सचिवहरुको बैठकले खारेजी र एकीकरण गर्नुपर्ने कार्यालयको विधि तय गर्ने र मंसिर मसान्तसम्म सर्वेक्षण गरी कार्यान्वयनमा ल्याउने निर्णय भएको थियो। तर महिला बालबालिका विभाग र पर्यटन प्रवर्द्धन समितिहरु खारेज गरिसकेको अर्थमन्त्रालयले जनाएको छ। यो बाहेक अन्य १८ वटा निकायहरु खारेज हुन सकेको छैन।

किन भइरहेको छ ढिलाइ?
सरकारले बजेटमार्फत् कार्यालयहरु तत्काल खारेज गर्ने घोषणा गरे पनि केही निकाय खारेज गर्न नमिल्ने पनि रहेको शर्मा बताउँछन्। मन्त्रिपरिषद्को बैठकबाट नै जिल्ला निर्वाचन कार्यालय र दुग्ध विकास बोर्ड खारेज नगर्ने घोषणा गरिएको छ। अर्थ मन्त्रालयले पर्याप्त छलफलका आधारमा नै दुग्ध विकास बोर्ड खारेजी प्रक्रिया अघि बढाएको उनको भनाइ छ।

इन्टरमोडल यातायात विकास समिति खारेज गर्न कानुनी रुपमा नमिल्ने देखिएको छ। यस्तै अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने निर्णय पनि कार्यान्वयन गर्न नसकिने जवाफ सञ्चार मन्त्रालयले पठाएको छ। अतिरिक्त हुलाक कार्यालयको नाममा काम गरेकामध्ये ५८ वर्ष माथिमा कर्मचारीलाई प्रोत्साहन कार्यक्रम लिएर संख्या घटाउन सक्ने सुझाव सञ्चार मन्त्रालयको छ। त्यसैले तत्काल खारेज गर्न समस्या रहेको शर्मा बताउँछन्।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर ठेक्का तोडिएको जानकारी दिएको हो।... मंगलबार, मंसिर १६, २०८२
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो। शुक्रबार, मंसिर १२, २०८२
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेवखिम्तीको संयुक्त... बिहीबार, मंसिर ११, २०८२
ताजा समाचारसबै
मधेश प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने मंगलबार, मंसिर १६, २०८२
कुलमानको पार्टीलाई ओलीले दिए फ्युज गएको चिमको संज्ञा मंगलबार, मंसिर १६, २०८२
मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक (पूर्णपाठसहित) मंगलबार, मंसिर १६, २०८२
लगातार तेस्रो दिन सेयर बजारमा गिरावट, ६ कम्पनी बढे १० प्रतिशत मंगलबार, मंसिर १६, २०८२
शेखर दाइ र ममध्ये एक जना सभापतिको उम्मेदवार हुन्छौँ: शशांक कोइराला मंगलबार, मंसिर १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्