• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

चोर बाटोबाट भारत जान्छ नेपालको धान, विषादीयुक्त भारतीय चामल खान बाध्य छन् नेपाली

64x64
कल्पना घिमिरे सोमबार, माघ १, २०८०  १९:४८
1140x725

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षमा ५ लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो। तर मंसिर मसान्तसम्म ४६ हजार क्विन्टल मात्रै खरिद गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले पुस १२ गते बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाद्यले गरेका काम–कारबाहीको विषय प्रस्तुत गर्दै सरकारले तोकेको न्यूनतम समर्थन मूल्यका कारण लक्ष्यअनुसार खरिद गर्न नसकेको बताएका थिए।

‘किसान सरकारले तोकेको समर्थन मूल्य थोरै भयो भन्छन्। समर्थन मूल्यभन्दा बढीमा उद्योगीलाई बिक्री गरेको भन्ने अनुगमनबाट हामीले थाहा पायौँ। सरकारले तोकेकोभन्दा बढी मूल्य तिरेर खरिद गर्न सकिने अवस्था पनि थिएन,’ चन्दले भने।

चन्दको यस्तो भाष्य सुनेपछि सोही समितिका सदस्य तथा संसदहरुले खाद्यले खरिद गर्न नसकेको धान चोर बाटो हुँदै भारततिर गइरहेको बताएका थिए। सरकारले किसानको धान उचित मूल्य दिएर खरिद गर्न नसक्ने तर नेपालको धान भारतले किनेर चामल बनाएपछि चर्को मूल्य तिरेर चामल ल्याउने गरेको भन्दै आलोचना समेत गरेका थिए।

‘नेपाली धान चोर बाटो हुँदै सबै भारततिर जान्छ। र, यो धानको सिजनमा खाद्यले धान खरिद गरिदिने हो भने भारत निर्यात नभई स्वदेशमै रहने र धानको समस्या आउँदैन। यस्तै खाद्यले नेपालमा उत्पादित चिनी, गहुँ लगायतका खाद्यान्न खरिद गरिदिनु पर्छ,’ सांसद कृष्णकुमार श्रेष्ठले भनेका थिए।

यस्तै चन्दले लक्ष्यअनुसार धान खरिद गर्न नसक्ने अवस्था देखिएकाले २ लाख ९१ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरिसकेको बताए। 

यसैगरी भारतबाट नेपाललाई प्राप्त भएको ९५ हजार मेट्रिक टन चामल आयात कोटामध्ये खाद्यले आफ्नै आर्थिक स्रोतबाट २० हजार मेट्रिक टन र सरकारबाट आर्थिक सहयोग प्राप्त भएमा थप २० हजार मेट्रिक टन चामल खरिद गर्ने आवश्यक पहल भइरहेको चन्दको भनाइ छ। 

यस्तै ५० क्विन्टल गहुँ र ३ लाख २६ हजार क्विन्टल चामल खरिद गर्ने लक्ष्य राखेको छ। तर अहिलेसम्म गहुँ र चामलको खरिद हुन सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

गत वर्ष पनि भएन लक्ष्य अनुसार खरिद
गत आर्थिक वर्षमा ३ लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएको थयो। तर १ लाख ३४ हजार क्विन्टल खरिद भएको थियो। यस्तै ५० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेकोमा २ हजार ५ सय क्विन्टल गहुँ खरिद गरेको थियो। यस्तै चामल १ लाख ४२ हजार क्विन्टल चामल खरिद गर्ने लक्ष्य राखेकोमा १ लाख ३७ हजार ६ सय क्विन्टल चामल खरिद गरेको थियो।

खाद्य कम्पनीले लक्ष्य अनुसार धान खरिद गर्न नसक्नु सरकारको कमजोरी रहेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपमहासचिव विष्णु तिमिल्सिना बताउँछन्। सरकारले समयमा न्यूनतम समर्थन मूल्य तोक्न नसक्नु धान खरिद गर्न नसक्नुको पहिलो कारण रहेको उनको भनाइ छ।

‘सरकारले समयमा न्यूनतम समर्थन मूल्य तोकिदिँदैन। यो वर्ष समयमा तोके पनि खरिद गर्न ढिलाइ भएको हो। सरकारले समर्थन मूल्य तोकेको बेलामा भारतीय व्यापारीहरुले नेपाली किसानलाई अग्रिम भुक्तानी गरिसकेका हुन्छन्। अनि खाद्यले कसरी धान खरिद गर्न सक्छ,’ उनले भने।

यस्तै भारतीय धानभन्दा नेपाली धान उच्च गुणस्तरको भएकाले भारतले पहिलादेखि नै किसानसँग खरिद गरी अवैध रुपमा लैजाने र आफ्नो गुणस्तरहीन चामल नेपाल पठाउने गरेको उनको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘नेपाली धानमा धेरै विषादी प्रयोग गरिएको हुँदैन। नेपालको जुम्लाको मार्सी जत्तिकै गुणस्तरयुक्त मानिन्छ। भारतले नेपाली धानलाई उत्तिनै गुणस्तरीय मान्छ। किनकि, भारतमा धेरै उत्पादन बढाउन विषादी प्रयोग गरिएको हुन्छ। त्यसैले नेपाललाई बिक्री गर्छ,’ उनले भने। 

यस्तै खाद्य कम्पनीमा कार्यरत कर्मचारीको लापरबाहीका कारण पनि धान खरिद गर्न नसकेको उनी बताउँछन्। कम्पनीका कर्मचारीले कम्पनीको नीतिअनुसार काम नगर्दा पनि धान खरिदमा समस्या भएको उनको भनाइ छ। 

धान उत्पादन ४.३३ प्रतिशतले वृद्धि
चालु आर्थिक वर्षमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन कुल धान उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। जसमध्ये ५२ लाख ३ हजार ४२६ मेट्रिक टन वर्षे धान हो भने ५ लाख २० हजार ८०८ मेट्रिक टन चैते धान उत्पादन भएको हो। 

गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन कुल धान उत्पादन भएको थियो। जसअनुसार धानको कुल उत्पादन गत आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको छ।

चालु आर्थिक वर्षमा १४ लाख ३८ हजार ९८९ हेक्टर जमिनमा चैते र वर्षे धान रोपाइँ भएको थियो। यो गत वर्षको रोपाइँ क्षेत्रको तुलनामा ५ हजार ८ सय हेक्टरले कमी हो। गत वर्षमा १४ लाख ४७ हजार ७८९ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो भने गत वर्ष पनि २० हजार हेक्टर धान उत्पादन क्षेत्र घटेको मन्त्रालयको आँकडा थियो।

यस्तै विगत ४ वर्षको औसत उत्पादनको तुलनामा चालु वर्षमा ५.०८ प्रतिशतले धान उत्पादन बढेको छ। गत आर्थिक वर्ष (२०७९÷८०) मा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको छ। आर्थिक वर्ष २०७८÷७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो। 

यस्तै आव २०७७/०७८ मा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको थियो। आर्थिक वर्ष २०७६/०७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो। जसअनुसार वार्षिक औसत उत्पादन ५५ लाख मेट्रिक टन धान उत्पादन हुन्छ।

४० लाख मेट्रिक टन चामलको भात खान्छन् नेपाली
यस्तै संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन नेपाल (युएनएफओ) को सन् २०२० को सर्वेक्षण अनुसार वार्षिक रुपमा एक नेपालीले १३८.५ केजी चामल खान्छन्। जसअनुसार कुल नेपालीलाई वार्षिक साढे ४० लाख ४० हजार मेट्रिक टन चामल आवश्यक पर्छ। यसअघि प्रतिव्यक्ति चामल खपत दर वार्षिक १३२ केजी थियो।

राष्ट्रिय धान अनुसन्धान केन्द्रका पूर्व कोअर्डिनेटर रामवरण यादव संयुक्त एफओको सन् २०२० को सर्वेक्षण अनुसार नेपालीलाई वाषिक साढे ४० लाख मेट्रिक टन चामल आवश्यक पर्ने देखिएको बताउँछन्। जस अनुसार वार्षिक ६८ लाख टन धान नेपालीलाई खानको लागि मात्रै आवश्यक पर्ने उनको भनाइ छ।

जसअनुसार यो वर्षको उत्पादन भएको धान अनुसार ११ लाख टन धान आयात गर्ने हो भने नेपालीलाई वर्षभरि खान पुग्छ। थप उद्योगका लागि ४ लाख मेट्रिक टन धान गरी कुल १५ लाख मेट्रिक टन धान आयात गर्नु पर्ने यादव बताउँछन्।

तर, चालु आर्थिक वर्ष मंसिर मसान्तसम्ममा ४ अर्ब ९ करोड ७ लाख ५७ हजार रुपैयाँको १ लाख १० हजार ५५५.३८ मेट्रिक टन धान, ४ अर्ब १९ करोड ३१ लाख ९३ हजार रुपैयाँको ४२ हजार १३१.७९ मेट्रिक टन चामल आयात भएको छ। यस्तै ९ लाख ११ हजार रुपैयाँको २१ मेट्रिक टन चामल आयात भएको छ। ४ लाख १५  हजार रुपैयाँको २.९७ मेट्रिक टन भुजा र २ करोड ३९ लाख ७३ हजार रुपैयाँको ५६८.९५ मेट्रिक टन चिउरा आयात भइसकेको छ। 

यस्तै एक सय किलो धान बाट ६२ किलो चामल उत्पान हुन्छ। एक मेट्रिक टन धान बाट ६२० किलो चामल हुन्छ। जस अनुसार गत वर्ष (२०७९÷८०) नेपाली धान ५५ लाख मेट्रिक टन उत्पादन थियो। सो धान चामल मात्रै बनाउन प्रयोग गर्ने हो भने ३४ लाख १० हजार मेट्रिक टन चामल हुन्छ। जस अनुसार गत वर्षको लागि ६ लाख ३० हजार मेट्रिक टन चामल र औद्योगिक प्रयोजनका लागि ४ लाख धान भए पुग्नुपर्ने हो।

तर, गत वर्ष  १० लाख ८० हजार २९६.६१ मेट्रिक टन धान चामल र कनिका गरी आयात गरेको छ। २० अर्ब ७५ करोड ८ लाख ६ हजार रुपैयाँको ५ लाख ५७ हजार ७५२.५८ मेट्रिक टन धान आयात भएको छ। गत वर्ष १५ अर्ब ६२ करोड ६७ लाख १९ हजार रुपैयाँको २ लाख २५ हजार ४.०९ मेट्रिक टन चामल आयात भएको छ। 

यस्तै २८ करोड ५६ लाख ९६ हजार रुपैयाँको ८ हजार ९३३.२२ मेट्रिक टन कनिका, १८ लाख ३१ हजार रुपैयाँको ३३.१९ मेट्रिक टन धानको भुजा र १ करोड १० लाख ९० हजार रुपैयाँको २६४.९४ मेट्रिक टन चिउरा आयात भएको छ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्