• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १६, २०८२ Tue, Dec 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

चोर बाटोबाट भारत जान्छ नेपालको धान, विषादीयुक्त भारतीय चामल खान बाध्य छन् नेपाली

64x64
कल्पना घिमिरे सोमबार, माघ १, २०८०  १९:४८
1140x725

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षमा ५ लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो। तर मंसिर मसान्तसम्म ४६ हजार क्विन्टल मात्रै खरिद गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले पुस १२ गते बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाद्यले गरेका काम–कारबाहीको विषय प्रस्तुत गर्दै सरकारले तोकेको न्यूनतम समर्थन मूल्यका कारण लक्ष्यअनुसार खरिद गर्न नसकेको बताएका थिए।

‘किसान सरकारले तोकेको समर्थन मूल्य थोरै भयो भन्छन्। समर्थन मूल्यभन्दा बढीमा उद्योगीलाई बिक्री गरेको भन्ने अनुगमनबाट हामीले थाहा पायौँ। सरकारले तोकेकोभन्दा बढी मूल्य तिरेर खरिद गर्न सकिने अवस्था पनि थिएन,’ चन्दले भने।

चन्दको यस्तो भाष्य सुनेपछि सोही समितिका सदस्य तथा संसदहरुले खाद्यले खरिद गर्न नसकेको धान चोर बाटो हुँदै भारततिर गइरहेको बताएका थिए। सरकारले किसानको धान उचित मूल्य दिएर खरिद गर्न नसक्ने तर नेपालको धान भारतले किनेर चामल बनाएपछि चर्को मूल्य तिरेर चामल ल्याउने गरेको भन्दै आलोचना समेत गरेका थिए।

‘नेपाली धान चोर बाटो हुँदै सबै भारततिर जान्छ। र, यो धानको सिजनमा खाद्यले धान खरिद गरिदिने हो भने भारत निर्यात नभई स्वदेशमै रहने र धानको समस्या आउँदैन। यस्तै खाद्यले नेपालमा उत्पादित चिनी, गहुँ लगायतका खाद्यान्न खरिद गरिदिनु पर्छ,’ सांसद कृष्णकुमार श्रेष्ठले भनेका थिए।

यस्तै चन्दले लक्ष्यअनुसार धान खरिद गर्न नसक्ने अवस्था देखिएकाले २ लाख ९१ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरिसकेको बताए। 

यसैगरी भारतबाट नेपाललाई प्राप्त भएको ९५ हजार मेट्रिक टन चामल आयात कोटामध्ये खाद्यले आफ्नै आर्थिक स्रोतबाट २० हजार मेट्रिक टन र सरकारबाट आर्थिक सहयोग प्राप्त भएमा थप २० हजार मेट्रिक टन चामल खरिद गर्ने आवश्यक पहल भइरहेको चन्दको भनाइ छ। 

यस्तै ५० क्विन्टल गहुँ र ३ लाख २६ हजार क्विन्टल चामल खरिद गर्ने लक्ष्य राखेको छ। तर अहिलेसम्म गहुँ र चामलको खरिद हुन सकेको छैन।

Ncell 2
Ncell 2

गत वर्ष पनि भएन लक्ष्य अनुसार खरिद
गत आर्थिक वर्षमा ३ लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएको थयो। तर १ लाख ३४ हजार क्विन्टल खरिद भएको थियो। यस्तै ५० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेकोमा २ हजार ५ सय क्विन्टल गहुँ खरिद गरेको थियो। यस्तै चामल १ लाख ४२ हजार क्विन्टल चामल खरिद गर्ने लक्ष्य राखेकोमा १ लाख ३७ हजार ६ सय क्विन्टल चामल खरिद गरेको थियो।

खाद्य कम्पनीले लक्ष्य अनुसार धान खरिद गर्न नसक्नु सरकारको कमजोरी रहेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपमहासचिव विष्णु तिमिल्सिना बताउँछन्। सरकारले समयमा न्यूनतम समर्थन मूल्य तोक्न नसक्नु धान खरिद गर्न नसक्नुको पहिलो कारण रहेको उनको भनाइ छ।

‘सरकारले समयमा न्यूनतम समर्थन मूल्य तोकिदिँदैन। यो वर्ष समयमा तोके पनि खरिद गर्न ढिलाइ भएको हो। सरकारले समर्थन मूल्य तोकेको बेलामा भारतीय व्यापारीहरुले नेपाली किसानलाई अग्रिम भुक्तानी गरिसकेका हुन्छन्। अनि खाद्यले कसरी धान खरिद गर्न सक्छ,’ उनले भने।

यस्तै भारतीय धानभन्दा नेपाली धान उच्च गुणस्तरको भएकाले भारतले पहिलादेखि नै किसानसँग खरिद गरी अवैध रुपमा लैजाने र आफ्नो गुणस्तरहीन चामल नेपाल पठाउने गरेको उनको भनाइ छ। 

‘नेपाली धानमा धेरै विषादी प्रयोग गरिएको हुँदैन। नेपालको जुम्लाको मार्सी जत्तिकै गुणस्तरयुक्त मानिन्छ। भारतले नेपाली धानलाई उत्तिनै गुणस्तरीय मान्छ। किनकि, भारतमा धेरै उत्पादन बढाउन विषादी प्रयोग गरिएको हुन्छ। त्यसैले नेपाललाई बिक्री गर्छ,’ उनले भने। 

यस्तै खाद्य कम्पनीमा कार्यरत कर्मचारीको लापरबाहीका कारण पनि धान खरिद गर्न नसकेको उनी बताउँछन्। कम्पनीका कर्मचारीले कम्पनीको नीतिअनुसार काम नगर्दा पनि धान खरिदमा समस्या भएको उनको भनाइ छ। 

धान उत्पादन ४.३३ प्रतिशतले वृद्धि
चालु आर्थिक वर्षमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन कुल धान उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। जसमध्ये ५२ लाख ३ हजार ४२६ मेट्रिक टन वर्षे धान हो भने ५ लाख २० हजार ८०८ मेट्रिक टन चैते धान उत्पादन भएको हो। 

गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन कुल धान उत्पादन भएको थियो। जसअनुसार धानको कुल उत्पादन गत आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको छ।

चालु आर्थिक वर्षमा १४ लाख ३८ हजार ९८९ हेक्टर जमिनमा चैते र वर्षे धान रोपाइँ भएको थियो। यो गत वर्षको रोपाइँ क्षेत्रको तुलनामा ५ हजार ८ सय हेक्टरले कमी हो। गत वर्षमा १४ लाख ४७ हजार ७८९ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो भने गत वर्ष पनि २० हजार हेक्टर धान उत्पादन क्षेत्र घटेको मन्त्रालयको आँकडा थियो।

यस्तै विगत ४ वर्षको औसत उत्पादनको तुलनामा चालु वर्षमा ५.०८ प्रतिशतले धान उत्पादन बढेको छ। गत आर्थिक वर्ष (२०७९÷८०) मा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको छ। आर्थिक वर्ष २०७८÷७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो। 

यस्तै आव २०७७/०७८ मा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको थियो। आर्थिक वर्ष २०७६/०७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो। जसअनुसार वार्षिक औसत उत्पादन ५५ लाख मेट्रिक टन धान उत्पादन हुन्छ।

४० लाख मेट्रिक टन चामलको भात खान्छन् नेपाली
यस्तै संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन नेपाल (युएनएफओ) को सन् २०२० को सर्वेक्षण अनुसार वार्षिक रुपमा एक नेपालीले १३८.५ केजी चामल खान्छन्। जसअनुसार कुल नेपालीलाई वार्षिक साढे ४० लाख ४० हजार मेट्रिक टन चामल आवश्यक पर्छ। यसअघि प्रतिव्यक्ति चामल खपत दर वार्षिक १३२ केजी थियो।

राष्ट्रिय धान अनुसन्धान केन्द्रका पूर्व कोअर्डिनेटर रामवरण यादव संयुक्त एफओको सन् २०२० को सर्वेक्षण अनुसार नेपालीलाई वाषिक साढे ४० लाख मेट्रिक टन चामल आवश्यक पर्ने देखिएको बताउँछन्। जस अनुसार वार्षिक ६८ लाख टन धान नेपालीलाई खानको लागि मात्रै आवश्यक पर्ने उनको भनाइ छ।

जसअनुसार यो वर्षको उत्पादन भएको धान अनुसार ११ लाख टन धान आयात गर्ने हो भने नेपालीलाई वर्षभरि खान पुग्छ। थप उद्योगका लागि ४ लाख मेट्रिक टन धान गरी कुल १५ लाख मेट्रिक टन धान आयात गर्नु पर्ने यादव बताउँछन्।

तर, चालु आर्थिक वर्ष मंसिर मसान्तसम्ममा ४ अर्ब ९ करोड ७ लाख ५७ हजार रुपैयाँको १ लाख १० हजार ५५५.३८ मेट्रिक टन धान, ४ अर्ब १९ करोड ३१ लाख ९३ हजार रुपैयाँको ४२ हजार १३१.७९ मेट्रिक टन चामल आयात भएको छ। यस्तै ९ लाख ११ हजार रुपैयाँको २१ मेट्रिक टन चामल आयात भएको छ। ४ लाख १५  हजार रुपैयाँको २.९७ मेट्रिक टन भुजा र २ करोड ३९ लाख ७३ हजार रुपैयाँको ५६८.९५ मेट्रिक टन चिउरा आयात भइसकेको छ। 

यस्तै एक सय किलो धान बाट ६२ किलो चामल उत्पान हुन्छ। एक मेट्रिक टन धान बाट ६२० किलो चामल हुन्छ। जस अनुसार गत वर्ष (२०७९÷८०) नेपाली धान ५५ लाख मेट्रिक टन उत्पादन थियो। सो धान चामल मात्रै बनाउन प्रयोग गर्ने हो भने ३४ लाख १० हजार मेट्रिक टन चामल हुन्छ। जस अनुसार गत वर्षको लागि ६ लाख ३० हजार मेट्रिक टन चामल र औद्योगिक प्रयोजनका लागि ४ लाख धान भए पुग्नुपर्ने हो।

तर, गत वर्ष  १० लाख ८० हजार २९६.६१ मेट्रिक टन धान चामल र कनिका गरी आयात गरेको छ। २० अर्ब ७५ करोड ८ लाख ६ हजार रुपैयाँको ५ लाख ५७ हजार ७५२.५८ मेट्रिक टन धान आयात भएको छ। गत वर्ष १५ अर्ब ६२ करोड ६७ लाख १९ हजार रुपैयाँको २ लाख २५ हजार ४.०९ मेट्रिक टन चामल आयात भएको छ। 

यस्तै २८ करोड ५६ लाख ९६ हजार रुपैयाँको ८ हजार ९३३.२२ मेट्रिक टन कनिका, १८ लाख ३१ हजार रुपैयाँको ३३.१९ मेट्रिक टन धानको भुजा र १ करोड १० लाख ९० हजार रुपैयाँको २६४.९४ मेट्रिक टन चिउरा आयात भएको छ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
मधेश प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने मंगलबार, मंसिर १६, २०८२
कुलमानको पार्टीलाई ओलीले दिए फ्युज गएको चिमको संज्ञा मंगलबार, मंसिर १६, २०८२
मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक (पूर्णपाठसहित) मंगलबार, मंसिर १६, २०८२
लगातार तेस्रो दिन सेयर बजारमा गिरावट, ६ कम्पनी बढे १० प्रतिशत मंगलबार, मंसिर १६, २०८२
शेखर दाइ र ममध्ये एक जना सभापतिको उम्मेदवार हुन्छौँ: शशांक कोइराला मंगलबार, मंसिर १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्