• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

नेपाली कामदार अापूर्ति गर्न मलेसिया सकारात्मक छ : कार्यवाहक राजदूत खरेल

64x64
नेपाल लाइभ बिहीबार, भदौ २८, २०७५  ०८:०३
1140x725

नेपाली कामदारको आकर्षक गन्तव्य मानिएको मलेसियामा केही समययता कामदार आपूर्ति रोकिएको छ। तर त्यहाँका नागरिकसँगै सरकारको मन नेपालीले जितेका छन्। सबैभन्दा धेरै नेपालीलाई सुरक्षा गार्डमा रुचाइएको छ। गोर्खा सैनिककै पालादेखि नेपालीप्रति मलेसियाको विश्वास बढेको हो। ४० प्रतिशत रोजगारदाता कम्पनीले कामदार आपूर्ति गर्दा फ्रि–भिसा र फ्रि–टिकट दिने गरेको मलेसियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले बताएका छन्। खरेलसँग नेपाल लाइभका रमेश भारतीले गरेको कुराकानी :    

मलेसियामा नेपाली श्रमिकको पछिल्लो अवस्था कस्तो छ? नेपालीका लागि मलेसिया कतिको सुरक्षित  गन्तव्य हो?
दुई वर्षदेखि नेपाली युवाको आकर्षक रोजगार गन्तव्य मुलुकभित्र मलेसियाको श्रम बजार परेको छ। मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था राम्रै छ। केही मझौला र साना कम्पनीमा रोजगारीका लागि आएका केही नेपाली कामदारले छुटफुट रुपमा समस्या भोगिरहेका छन्। अन्य कामदारको अवस्था राम्रै छ। 

नेपाली श्रमिकका लागि मलेसियाको श्रम बजार माध्यम खालको छ। हावापानी नेपालसँग मिल्दोजुल्दो छ। तर, कमाइ भने खासै उच्च छैन।   

तर पनि नेपाली कामदारका लागि मलेसियाको श्रम बजार सुरक्षित नै मान्नुपर्छ। राम्रा र ठूला कम्पनीमा रोजगारीका लागि आएका कामदार धेरै सुरक्षित छन्। उनीहरूले सेवा सुविधा पनि राम्रै पाएका छन्। 

कामदारमाथि आर्थिक शोषण गर्ने संस्था बन्द गर्ने नेपाल सरकारको निर्णयलाई मलेसिया सरकारले कसरी लिएको छ?
रोजगारीका लागि मलेसिया आउने नेपाली कामदारमाथि विभिन्न संस्था खडा गरी आर्थिक शोषण गदै आएका संस्था बन्द गर्ने नेपाल सरकारको निर्णयलाई मलेसिया सरकारले सकारात्मक रुपमा नै लिएको छ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत जेठ २ गते बायोमेट्रिक, भिएलएन, माइग्राम्स, वान स्टप सेन्टर, ओएससी र जिएसजीका काम कारबाही बन्द गर्ने निर्णय गर्नुभएको थियो। 

उक्त निर्णयलाई मलेसिया सरकारले नेपालको आन्तरिक ममिला भनेर बुझेको छ। श्रममन्त्री विष्टको उक्त निर्णयपछि मलेसिया सरकारले पनि विदेशी कामदारमाथि भइरहेको आर्थिक शोषणलगायत अन्य गतिविधि गर्दै आएका संस्था नियन्त्रण गर्ने चासो देखाएर त्यस्ता संस्था बन्द गर्ने काम गर्ने सुरु गरेको छ।  

साबिकको कामदार आपूर्ति प्रणाली खारेजीको निर्णयपछि दूतावास बारम्बार छलफलमा जुट्दै आएको छ, कस्तो प्रतिक्रिया पाउनुभएको छ?
नेपाल सरकारको निर्णयपछि मलेसिया सरकारले श्रम सम्झौता गरी श्रमिक आपूर्ति गर्न इच्छुक देखिएको छ। मिति तोकिएको छैन तर, छिट्टै श्रमिक आपूर्ति गर्ने विषयमा सरकारीस्तरमा सम्झौता हुन्छ। यो राम्रो पक्ष हो।   

Ncell 2
Ncell 2
nimb
nimb

मलेसिया सरकार नेपालसँग सरकारीस्तरमै श्रम सम्झौता गरेर मात्र कामदार आपूर्ति गर्ने पक्षमा छ। नेपाल सरकारले पनि आफ्ना नागरिकको सुरक्षाका लागि (एमओयु) गरेर नै कामदार पठाउने पक्षमा अडान लिँदै आएको छ। यो विषयमा सरकारीस्तरमै पटकपटक गहन छलफल भइसकेको छ, छलफल जारी छ।  

रोजगारदाता कम्पनीले दिएका सेवा शुल्क बिचौलिया र म्यानपावर कम्पनीले मिलेर खान्छन्। अनि उल्टो मलेसिया आउने कामदारसँग पैसा असुलेर दोहोरो फाइदा लिन्छन्।

दूतावाससँग भएको उच्चस्तरीय छलफलमा मलेसिया नेपालसँग श्रमिक आपूर्तिमा देखिएको समस्या चाँडै समाधान गर्ने पक्षमा रहेको प्रतिक्रिया दिँदै आएको छ। नेपालबाट श्रमिक आपूर्ति रोकिँदा मलेसियाको आन्तरिक श्रम बजारमा अप्ठ्यारो स्थिति सिर्जना भएको छ। जसका कारण मलेसिया नेपालसँग छिट्टै श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने चाहन्छ। नेपालको पछिल्लो निर्णय कस्तो आँउछ भनेर अन्य कामदार आपूर्तिकर्ता देश पनि प्रतीक्षारत छन्। 
 
नेपाली श्रमिकको आपूर्ति रोकिँदा मलेसियाका रोजगादाता कम्पनीले कामदार अभाव झेलिरहेको सुनिन्छ, यथार्थ वस्तुस्थिति के हो?
मलेसियाका रोजगारदाता कम्पनीको रोजाइमा नेपाली श्रमिक पर्छन्। नेपालबाट कामदार आपूर्ति रोकिदाँ मलेसियाका रोजगारदाता कम्पनी चिन्तित भएकै हुन्। मलेसिया सरकार पनि यो विषयमा गम्भीर छ। नेपालबाट श्रमिक आपूर्ति रोकिदाँ मलेसियामा सुरक्षा गार्डको अभाव भएकै हो। जसका कारण मलेसियाको आन्तरिक श्रम बजारमा समयमा श्रमिक आपूर्ति नहुँदा केही अप्ठ्यारा छन्।  

मलेसियन नागरिकबाहेक विदेशी कामदारको हकमा नेपाली कामदारलाई मात्र सुरक्षा गार्डमा लिने गरेका छन्।   

Xtrem

Xtrem

मलेसियन नागरिकले नेपाली कामदारलाई आजसम्म पनि गोरखा सैनिकको पालामा जस्तै विश्वास र सम्मान गर्दै आएका छन्। सुरक्षा गार्डमा विश्वास गरेर नेपाली कामदारलाई राख्ने गरेका छन्। नेपालबाट करीब मासिक १० हजार नेपाली युवा रोजगारीका लागि मलेसिया आउने गरेका थिए। मलेसियाले १० हजार कामदार तत्काल अन्य देशबाट आपूर्ति गर्नसक्ने सम्भावाना पनि छैन। जसका कारण श्रमिक कम भएको महसुस त भएकै छ।  

कामदार आपूर्ति गर्ने साबिकको प्रणाली खारेजीको निर्णयपछि मलेसियाले नेपाली कामदारप्रतिको नीति परिवर्तन गर्नेसक्ने अनुमान गरिएको थियो। तर, त्यस्तो किन देखिएन?
मलेसिया सरकार र रोजगारदाता कम्पनी दुवै नेपाली कामदार आपूर्ति गर्ने पक्षमा छन्। जसका कारण नेपाली कामदारप्रति मलेसिया सरकार उदार बनेको हो। मलेसियामा नेपाली कामदारको आफ्नै छवि छ। जसका कारण मलेसियन नागरिकले अन्य देशको तुलनामा नेपाली कामदार लिन चाहन्छन्।

एउटा कम्पनीमा काम गर्न आएका श्रमिक राम्रो कमाउने प्रलोभनमा परेर कम्पनी छाडेर भागेर काम गर्ने गरेका छन्। यस्तो गर्दा उनीहरु समस्यामा पर्ने गरेका छन्।

मलेसियाका रोजगाारदाता कम्पनी नेपाली श्रमिक नै आपूर्ति गर्नुपर्छ भनेर सरकारलाई अप्रत्यक्ष रुपमा दबाब दिइरहेका छन्। त्यही भएर मलेसिया सरकार नेपाली कामदार आपूर्तिमा उदार भएको हो।

अब मलेसिया सरकारले कुन मोडलमा श्रम सम्झौता गर्न चाहिरहेको छ? सम्झौताका लागि नेपाल पक्षको तयारी कस्तो छ?
सरकारीस्तरमै श्रम सम्झौता (एमओयु) हुन्छ। श्रम सम्झौताका लागि दुवै देश सकारात्मक भएर मस्यौदा आदान–प्रदान गरिसकेका छन्। 

मलेसिया सरकारले श्रम सम्झौताका लागि मस्यौदा सहितको पत्र नेपाल पठाएको थियो। उक्त पत्रको जवाफसहित नेपालका तर्फबाट फिर्ता पठाइसकेको छ। मलेसियाका सम्बन्धित निकायभित्र यो विषयमा छलपल भइरहेको खबर आएको छ। श्रम सम्झौताका लागि नेपाल पूर्ण रुपमा तयार अवस्थामा छ।

मलेसिया जाने कामदारका हकमा पनि  फ्रि–भिसा र फ्रि–टिकट प्रणाली नै लागू हुन्छ। स्वास्थ्य परीक्षण लगाायतका अन्य आवश्यक शुल्क रोजगारदाता कम्पनीले नै व्योहोर्ने गरी सम्झौता हुनेछ।   

श्रमिक आपूर्तिमा मलेसिया श्रम सम्झौता गर्न सकारात्मक देखिनुको कारण के हो? 
नेपाल सरकारले आर्थिक शोषणमा संलग्न संस्था खारेज गरेसँगै मलेसिया सरकारले त्यो विषयमा चासो देखाउँदै आएको छ। 

मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले यो विषयमा गम्भीर भएर अध्ययन र अनुसन्धान गरिरहेका छन्। मन्त्री कुलासेगरनले नेपालसँग सरकारीस्तरमै श्रम सम्झौता गरेर काम आपूर्ति गर्ने चासो दिएर प्रक्रिया अगाडि बढाएका हुन्। 

रोजगारदाता कम्पनी र मलेसियन नागरिकको नेपाली कामदारले मन जितेका कारण नै मलेसिया नेपालसँग श्रम सम्झौता गर्ने सकारात्मक भएको हो। नेपाली श्रमिक इमान्दारी, ऊर्जाशील, छलकपट नगर्ने, मेहनती र कर्मशील भनेर मलेसियामा परिचित छन्। मलेसिया सरकार नेपाली कामदार गुमाउन चाहँदैन। यो प्रमुख विषय हो।    

मलेसियामा धेरै नेपाली अवैध रुपमा कार्यरत छन् भन्ने सुनिन्छ, खास संख्या कति होला? 
मलेसियामा करिब ५ लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन्। तीमध्ये करिब एक लाखभन्दा धेरै अवैधानिक तरिकाले काम गरिरहेका छन्। पछिल्लो समय दूतावासले मलेसिया आएका कामदारको तंथ्याक संकलन गर्ने तयारी गरिरहेको छ। अहिलेसम्म अनुमानका भरमै तथ्यांक अड्कलबाजी गरिँदै आएको छ। 

नेपाली कामदारलाई अवैधानिक बनाउने गैर–आवसायी नेपालीको ठूलो भूमिका रहेको छ। एनआरएनले रोजगारीमा कायरत कामदारलाई हुदाँ खाँदाको काम छोडाएर अवैधानिक बाटो अपनाउन लगाएर फाइदा लुटने गरेका छन्।  

मलेसियामा कार्यरत नेपाली कामदारले भोग्दै आएका समस्या समाधान गर्न नेपाल सरकारले के गर्नुपर्छ? 
मलेसिया रोजगारीका लागि आएका कामदारको ठूलो समस्या भनेको कम्पनी छोडेर भाग्ने हो। एउटा कम्पनीमा काम गर्न आएका श्रमिक राम्रो कमाउने प्रलोभनमा परेर कम्पनी छाडेर भागेर काम गर्ने गरेका छन्। यस्तो गर्दा उनीहरु समस्यामा पर्ने गरेका छन्। 

कम्पनी छाडेर भागेपछि त्यो कामदार मलेसियाको कानुनमा अवधै ठहर्छ। यसरी कम्पनी छाड्ने भागेका कामदारका मृत्यु, बिरामी र अंगभंग भयो भने उपाचारका लागि सहयोग गर्न दूतावासलाई कठिन हुन्छ।    

नेपालबाट एजेन्टाका भरमा आएका कामदार धेरै समस्यामा पर्ने गरेका छन्। त्यसरी आएका कामदार उद्धार गर्न दूतावासलाई समस्या हुने गरेको छ।

मलेसिया रोजगारीमा आउने कामदारलाई कामका बारेमा राम्रो जानकारी लिएर, एजेन्टपछि लागेर होइन म्यानपावरमार्फत नै र सरकारले तोकेको सेवा शुल्क तिरेर मलेसिया आउन अनुरोध गर्दछु।

मलेसियामा बिचौलियाले नेपाली कामदारसँगै धेरै म्यानपावर कम्पनीलाई पनि फसाउने गरेका छन्।   

मलेसियाका करीब ४० प्रतिशत रोजगारदाता कम्पनीले नेपालबाट कामदार आपूर्ति गर्दा म्यानपावर कम्पनीलाई सेवा शुल्क दिने गरेका छन्। 

यसरी रोजगारदाता कम्पनीले दिएका सेवा शुल्क बिचौलिया र म्यानपावर कम्पनीले मिलेर खान्छन्। अनि उल्टो मलेसिया आउने कामदारसँग पैसा असुलेर दोहोरो फाइदा लिन्छन्। यो विषयमा दूतावास सचेत भएर काम गरिरहेको छ। 

कार्यवाहक राजदूत भएर काम गर्दा तपाईंले कस्ता विषयमा चुनौती पाउनुभएको छ?
श्रोत साधन र थोरै कर्मचारी भएका कारण कामदारका समस्या तत्काल सम्बोधन गर्न सकिएको छैन। 

सकेसम्म कामदारलाई समस्या पर्नै नदिने गरी दूतावासका काम गरिरहेको छ। रोजगारीमा आई मलेसियामा अलपत्र परेका कामदारलाई उद्धार, मृत्यु भएका कामदारलाई तत्काल स्वदेश फर्काउन प्रक्रिया र कामदारका पक्षमा रोजगारदाता कम्पनीमा सहजीकरण गर्ने काम दूतावासले गरिरहेको छ।

चुनौती त धेरै छन् तर सामाना गरेर काम गरिरहेका छौं कामदारमा चेतनाको कमी छ। यसका लागि पहल गरिरहेको छु। 

मलेसिया जान चाहने नेपाली युवालाई के सुझाउनुहुन्छ?
मलेसिया रोजगारीमा आउने कामदारलाई कामका बारेमा राम्रो जानकारी लिएर, एजेन्टपछि लागेर होइन म्यानपावरमार्फत नै र सरकारले तोकेको सेवा शुल्क तिरेर मलेसिया आउन अनुरोध गर्दछु।

मलेसिया आउनुअगाडि मलेसियामा रहेको नेपाली दूतावासको वेबसाइटबाट सबै सूचना र जानकारी उपलब्ध भएकाले हेर्न अनुरोध गर्छु। अरु लहैलहैमा लागेर कम्पनी नछाड्न  साथै करार अवधि सकिएपछि अवैधानिक भएर काम नगर्ने पनि आग्रह गर्दछु। 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  ०८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा बिहीबार, असोज ८, २०८३
वर्षा भएसँगै जोखिमयुक्त क्षेत्र र विद्यालयहरूमा काठमाडौं महानगरको निगरानी तीव्र बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्