• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च
ब्यूँझिएको सिरानी : जीवनलाई माया गर्न सिकाउने नाटक
64x64
समर्पण श्री बुधबार, मंसिर २०, २०८०  ०७:१६
1140x725

कहिलेकाहीँ नाटक हेर्नु भनेको आफूलाई नजिकबाट नियाल्नुजस्तो लाग्दो रहेछ। पोखिन वा व्यक्त हुन नसकेका पीडा आफ्नै आँखाले केलाउनु लाग्दो रहेछ। कुनै कलाले अन्तरमनलाई झक्झक्याउने सामर्थ्य राख्छ भने त्यो केही विशेष छ। 

मेरो लागि नाटक ‘ब्यूँझिएको सिरानी’ यसकारण पनि विशेष छ। यो नाटक हामी बाँचिरहेको समयसँग यात्रा गरिरहन्छ। हाम्रो मनस्थितिलाई नियालिरहन्छ। र क्रुर वास्तविकतालाई आँखा अगाडि तेर्स्याइदिन्छ। 

त्यतिबेला हामी निस्सासिन्छौँ, थुनिन्छौँ, रापिन्छौँ। चरम उत्कर्षमा पुगेपछि हामीलाई आशाका किरणहरूले घेर्छन्। संगीतहरूले डोहोर्याउँछन्। नृत्यहरूले हुटहुटी थपिदिन्छन्। थिएटरबाट निस्कँदै गर्दा सायद मनमनै भन्छौँ, ‘दु:खहरू क्रुर हुन्छन्। तैपनि  जीवन सुन्दर छ।’

यो नाटकले मृत्यु कल्पिरहेको मानिसको आँखामा पनि जीवनको लय भरिदिन्छ। नाटकको जुन जुन दृश्यमा संवाद छैन, त्यहाँ भाषा छ, अन्तस्करणको भाषा। जसलाई बुझ्नू मात्र हैन, दर्शकले अनुभूत गर्न सक्छन्।

थिएटरबाट फर्किँदै गर्दा मलाई लाग्यो, ‘ब्यूँझिएको सिरानी’ नाटक मात्र हैन, निराश मान्छेहरूको लागि ‘थेरापी’ पनि हो।’ आजको समयमा हर कोही व्यक्ति मानसिक समस्याबाट गुज्रिरहेको हुनसक्छ। त्यसैले यो नाटक हर कोहीका लागि ओखती बनिदिन सक्छ। नाटकमा छत्रमान बनेका कलाकार सुरज तमूले अन्तिममा एउटा डाइलग बोल्छन्, ‘समाज आफैं बिरामी पनि हो, ओखती पनि।’

जब एउटा व्यक्तिलाई समाजले सुन्दैन, बुझ्दैन। ऊ एक्लो हुन्छ। एक्लोपना व्यक्तिका लागि हानिकारक छ। जब आफ्ना वरिपरीका मानिसले व्यक्तिलाई माया गर्छन्,  उसको कुरा सुनिदिन सक्छन्, उसलाई बुझिदिन सक्छन्। ऊ निराशालाई चिरेर अगाडि बढ्न सक्छ। त्यसकारण पनि निर्देशक जेडी तमूले ले ‘ब्यूँझिएको सिरानी’मा स्वस्थ समाजको परिकल्पना गरेका छन्। 

०००

नाटकले रंगकर्मीको कथा भन्छ। प्यासन र पैसाको दुरीबीच घटित समयको कथा। एउटा रंगकर्मी मानसिक स्वास्थ्यको विषयमा नाटक गर्दैछ। लिड क्यारेक्टरमा उसले जे जे गर्नुपरिरहेको छ, ती उसकै जीवनसँग साक्षात्कार छन्। जब रिहर्सल गरिरहेको नाटकमा घरबेटीले भाडा मिनाहा गरिदिने प्रसंग आउँछ। ऊ झोकिन्छ। प्रतिवाद गर्छ। भन्छ, ‘कसको घरबेटीले भाडा छुट दिन्छ?’ स्क्रिप्टमा भएको यो कुरा उसलाई पटक्कै चित्त बुझ्दैन। 

Ncell 2
Ncell 2

थिएटरको संघर्ष, छोरीको स्कुल फि नतिर्दा आउने अल्टिमेटम, घरबेटीको हेय दृष्टि र अभावले निम्त्याएको दम्पतिबीचको कलहले ऊ मानसिक रुपमा विक्षिप्त हुन्छ। यतिबेलासम्म नाटक हेरिररहेका दर्शकमा चिडचिडाहट हुनसक्छ। नाटक हेरिरहनु नै कस्टकर हुनसक्छ। निर्देशक साह्रै क्रुर लाग्न सक्छन्। त्यसपछिका दृश्यहरूमा मानसिक समस्याबाट गुज्रिरहेको पात्र सोनामलाई लयमा फर्काउन गरिएको प्रयत्न हाम्रा लागि कुनै ध्यानबाट प्राप्त आनन्दझैं लाग्नसक्छन्।

नाटकमा बाबु र छोरीको सम्बन्धलाई सुन्दर ढंगले चित्रण गरिएको छ। बाबु र छोरीबीच संवाद छैन। भावनाको भाषा दृश्यमा उनिएको छ। छोरी र बाबुबीचको प्रेम र आत्मीया देखाउन धागोको प्रयोग कलात्मक तरिकाले गरिएको छ।

नाटकले अँध्यारोको कथा पनि भन्छ, उज्यालोको पनि। निर्देशकले दुवैमा जीवन भेटेका छन्। आशा देखाएका छन्। 

नाटकमा कथा विभिन्न तहबाट भनिएको छ। कहिले छोरीको आँखाबाट कथा भनिएको छ। कहिले आमाको आँखाबाट। कहिले निर्देशकको आँखाबाट। कम दृश्यमा समेटिएका मानसिक अस्पतालमा उपचाररत व्यक्तिहरूको आँखाबाट भनिएको कथा थप मर्मस्पर्शी छ। सबैको कथाको हिस्सामा मुख्य पात्र सोनाम देखिन्छ। 

कथामा प्रकाश, कस्ट्युम, संगीत र नृत्यको संयोजन सुन्दर ढंगले गरिएको छ। कथाको सुरुवात डार्क कलरबाट सुरु हुन्छ र ग्रे कलरमा पुग्छ। जब पात्र नयाँ ट्रान्जिटबाट अर्को संसारमा पुग्छ त्यहाँ पनि डार्क कलरको प्रयोग छ। अन्त्यमा सबै प्रकाशले नयाँ सम्भावना र बाटोको चित्रण गर्छन्। कस्ट्युममा एकापट्टी बाहुला नभएको ड्रेसको प्रयोगले समाजको नग्नता र स्वतन्त्रताबारे भनिएको छ। खरानी रङले निर्देशक न्युट्रलमा बसेर कथा भनिरहेको भान गराउँछ।

नाटकको सेट डिजाइनले पनि जीवनको अर्थ बोकिरहेको छ। सिलाम साक्माको प्रयोगले आशाको प्रतिबिम्बन गर्छ।

संगीतमा लोक, आधुनिक र पूर्वेली स्वादको फ्युजन छ। नेपाली फोल्क र आधुनिक बाजाले दर्शकलाई मीठोसँग बाँध्छ। 

कथालाई कन्टेम्पोररी डान्समार्फत् उनिएको छ। निर्देशक जेडी स्वयम् कोरियोग्राफर हुन्। उनले नृत्यबाट कथा भन्ने चुनौतीपूर्ण कामलाई सहज तरिकाले ह्यान्डल गरेका छन्। अरु भन्दा स्वादको हिसाबमा यो नाटक यसकारण पनि भिन्न छ।

नाटकलाई बाँध्ने सबैभन्दा बलिया पक्ष कलाकारको अभिनय नै हो। सोनामको क्यारेक्टरमा कलाकार रुपेश लामालाई हेरेपछि लाग्छ, त्यो भूमिकामा उनको विकल्प नै थिएन। दुव्लो शरीर, जिङ्ग्रिङ्ग दाह्री कपाल र उनको एक्स्प्रेसनले त्यो पात्रलाई न्याय गरेको छ। सायद एउटा कलाकारले कलाकारको जीवन निर्वाह गर्दा धेरै कुरा आफ्नै भोगाइसँग पनि समान भए होलान्। मानसिक विचलन झेलिरहेको पात्र निभाउन उनको लागि पक्कै सहज त थिएन। 

प्रमुख पात्रको श्रीमतीको भूमिका निर्वाह गर्ने वेदना राई पनि अभिनयमा निकै स्वभाविक देखिएकी छन्। छोरीको भूमिका निर्वाह गरिरहेकी लुनिभा नाटकमा मौन देखिन्छिन्। उनको नबोलीकनै गरेको अभिनय झन् सशक्त लाग्छ। 

नाटकमा निर्देशक छत्रमानको भूमिका निर्वाह गरेका सुरज तमू क्रुर देखिन्छन्। तर दर्शकलाई बोलिपिच्छे हसाइरहन्छन्। उनको क्यारेक्टरले नेपाली निर्देशकहरूको प्रवृत्ति र स्वभावलाई व्यंग्य गरिरहन्छ।

प्रतीना राईको अरु नाटकमा झैं यसमा पनि अब्बल अभिनय देख्न सकिन्छ। त्यसैगरी मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, रामचन्द्र मनेरू, ग्लोरी थापा, सृजना भट्टराईलगायत कलाकारको अभिनयले नाटकलाई सुन्दर बनाएको छ। अनिल सुब्बाको कला निर्देशन, गायिका झुमा लिम्बुको संगीत संयोजन र प्रवृति राई, नवीन बयल्कोटी र आयुषले नाटकमा भरेको संगीतको तारिफ मनग्य गर्ने ठाउँ छन्।

नाटकले अन्त्यमा सुरुवातको संकेत गरेको छ। जब नाटक सुरु भएको घोषणा छत्रमानले गर्छन्, दर्शकदीर्घामा उज्यालो बल्छ। जेडीले यो उज्यालो हामीतर्फ बाँडेका पो हुन् कि!

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्