• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

ब्यूँझिएको सिरानी : जीवनलाई माया गर्न सिकाउने नाटक

64x64
समर्पण श्री बुधबार, मंसिर २०, २०८०  ०७:१६
1140x725

कहिलेकाहीँ नाटक हेर्नु भनेको आफूलाई नजिकबाट नियाल्नुजस्तो लाग्दो रहेछ। पोखिन वा व्यक्त हुन नसकेका पीडा आफ्नै आँखाले केलाउनु लाग्दो रहेछ। कुनै कलाले अन्तरमनलाई झक्झक्याउने सामर्थ्य राख्छ भने त्यो केही विशेष छ। 

मेरो लागि नाटक ‘ब्यूँझिएको सिरानी’ यसकारण पनि विशेष छ। यो नाटक हामी बाँचिरहेको समयसँग यात्रा गरिरहन्छ। हाम्रो मनस्थितिलाई नियालिरहन्छ। र क्रुर वास्तविकतालाई आँखा अगाडि तेर्स्याइदिन्छ। 

त्यतिबेला हामी निस्सासिन्छौँ, थुनिन्छौँ, रापिन्छौँ। चरम उत्कर्षमा पुगेपछि हामीलाई आशाका किरणहरूले घेर्छन्। संगीतहरूले डोहोर्याउँछन्। नृत्यहरूले हुटहुटी थपिदिन्छन्। थिएटरबाट निस्कँदै गर्दा सायद मनमनै भन्छौँ, ‘दु:खहरू क्रुर हुन्छन्। तैपनि  जीवन सुन्दर छ।’

यो नाटकले मृत्यु कल्पिरहेको मानिसको आँखामा पनि जीवनको लय भरिदिन्छ। नाटकको जुन जुन दृश्यमा संवाद छैन, त्यहाँ भाषा छ, अन्तस्करणको भाषा। जसलाई बुझ्नू मात्र हैन, दर्शकले अनुभूत गर्न सक्छन्।

थिएटरबाट फर्किँदै गर्दा मलाई लाग्यो, ‘ब्यूँझिएको सिरानी’ नाटक मात्र हैन, निराश मान्छेहरूको लागि ‘थेरापी’ पनि हो।’ आजको समयमा हर कोही व्यक्ति मानसिक समस्याबाट गुज्रिरहेको हुनसक्छ। त्यसैले यो नाटक हर कोहीका लागि ओखती बनिदिन सक्छ। नाटकमा छत्रमान बनेका कलाकार सुरज तमूले अन्तिममा एउटा डाइलग बोल्छन्, ‘समाज आफैं बिरामी पनि हो, ओखती पनि।’

जब एउटा व्यक्तिलाई समाजले सुन्दैन, बुझ्दैन। ऊ एक्लो हुन्छ। एक्लोपना व्यक्तिका लागि हानिकारक छ। जब आफ्ना वरिपरीका मानिसले व्यक्तिलाई माया गर्छन्,  उसको कुरा सुनिदिन सक्छन्, उसलाई बुझिदिन सक्छन्। ऊ निराशालाई चिरेर अगाडि बढ्न सक्छ। त्यसकारण पनि निर्देशक जेडी तमूले ले ‘ब्यूँझिएको सिरानी’मा स्वस्थ समाजको परिकल्पना गरेका छन्। 

०००

नाटकले रंगकर्मीको कथा भन्छ। प्यासन र पैसाको दुरीबीच घटित समयको कथा। एउटा रंगकर्मी मानसिक स्वास्थ्यको विषयमा नाटक गर्दैछ। लिड क्यारेक्टरमा उसले जे जे गर्नुपरिरहेको छ, ती उसकै जीवनसँग साक्षात्कार छन्। जब रिहर्सल गरिरहेको नाटकमा घरबेटीले भाडा मिनाहा गरिदिने प्रसंग आउँछ। ऊ झोकिन्छ। प्रतिवाद गर्छ। भन्छ, ‘कसको घरबेटीले भाडा छुट दिन्छ?’ स्क्रिप्टमा भएको यो कुरा उसलाई पटक्कै चित्त बुझ्दैन। 

Ncell 2
Ncell 2
nimb
nimb

थिएटरको संघर्ष, छोरीको स्कुल फि नतिर्दा आउने अल्टिमेटम, घरबेटीको हेय दृष्टि र अभावले निम्त्याएको दम्पतिबीचको कलहले ऊ मानसिक रुपमा विक्षिप्त हुन्छ। यतिबेलासम्म नाटक हेरिररहेका दर्शकमा चिडचिडाहट हुनसक्छ। नाटक हेरिरहनु नै कस्टकर हुनसक्छ। निर्देशक साह्रै क्रुर लाग्न सक्छन्। त्यसपछिका दृश्यहरूमा मानसिक समस्याबाट गुज्रिरहेको पात्र सोनामलाई लयमा फर्काउन गरिएको प्रयत्न हाम्रा लागि कुनै ध्यानबाट प्राप्त आनन्दझैं लाग्नसक्छन्।

नाटकमा बाबु र छोरीको सम्बन्धलाई सुन्दर ढंगले चित्रण गरिएको छ। बाबु र छोरीबीच संवाद छैन। भावनाको भाषा दृश्यमा उनिएको छ। छोरी र बाबुबीचको प्रेम र आत्मीया देखाउन धागोको प्रयोग कलात्मक तरिकाले गरिएको छ।

नाटकले अँध्यारोको कथा पनि भन्छ, उज्यालोको पनि। निर्देशकले दुवैमा जीवन भेटेका छन्। आशा देखाएका छन्। 

Xtrem

Xtrem

नाटकमा कथा विभिन्न तहबाट भनिएको छ। कहिले छोरीको आँखाबाट कथा भनिएको छ। कहिले आमाको आँखाबाट। कहिले निर्देशकको आँखाबाट। कम दृश्यमा समेटिएका मानसिक अस्पतालमा उपचाररत व्यक्तिहरूको आँखाबाट भनिएको कथा थप मर्मस्पर्शी छ। सबैको कथाको हिस्सामा मुख्य पात्र सोनाम देखिन्छ। 

कथामा प्रकाश, कस्ट्युम, संगीत र नृत्यको संयोजन सुन्दर ढंगले गरिएको छ। कथाको सुरुवात डार्क कलरबाट सुरु हुन्छ र ग्रे कलरमा पुग्छ। जब पात्र नयाँ ट्रान्जिटबाट अर्को संसारमा पुग्छ त्यहाँ पनि डार्क कलरको प्रयोग छ। अन्त्यमा सबै प्रकाशले नयाँ सम्भावना र बाटोको चित्रण गर्छन्। कस्ट्युममा एकापट्टी बाहुला नभएको ड्रेसको प्रयोगले समाजको नग्नता र स्वतन्त्रताबारे भनिएको छ। खरानी रङले निर्देशक न्युट्रलमा बसेर कथा भनिरहेको भान गराउँछ।

नाटकको सेट डिजाइनले पनि जीवनको अर्थ बोकिरहेको छ। सिलाम साक्माको प्रयोगले आशाको प्रतिबिम्बन गर्छ।

संगीतमा लोक, आधुनिक र पूर्वेली स्वादको फ्युजन छ। नेपाली फोल्क र आधुनिक बाजाले दर्शकलाई मीठोसँग बाँध्छ। 

कथालाई कन्टेम्पोररी डान्समार्फत् उनिएको छ। निर्देशक जेडी स्वयम् कोरियोग्राफर हुन्। उनले नृत्यबाट कथा भन्ने चुनौतीपूर्ण कामलाई सहज तरिकाले ह्यान्डल गरेका छन्। अरु भन्दा स्वादको हिसाबमा यो नाटक यसकारण पनि भिन्न छ।

नाटकलाई बाँध्ने सबैभन्दा बलिया पक्ष कलाकारको अभिनय नै हो। सोनामको क्यारेक्टरमा कलाकार रुपेश लामालाई हेरेपछि लाग्छ, त्यो भूमिकामा उनको विकल्प नै थिएन। दुव्लो शरीर, जिङ्ग्रिङ्ग दाह्री कपाल र उनको एक्स्प्रेसनले त्यो पात्रलाई न्याय गरेको छ। सायद एउटा कलाकारले कलाकारको जीवन निर्वाह गर्दा धेरै कुरा आफ्नै भोगाइसँग पनि समान भए होलान्। मानसिक विचलन झेलिरहेको पात्र निभाउन उनको लागि पक्कै सहज त थिएन। 

प्रमुख पात्रको श्रीमतीको भूमिका निर्वाह गर्ने वेदना राई पनि अभिनयमा निकै स्वभाविक देखिएकी छन्। छोरीको भूमिका निर्वाह गरिरहेकी लुनिभा नाटकमा मौन देखिन्छिन्। उनको नबोलीकनै गरेको अभिनय झन् सशक्त लाग्छ। 

नाटकमा निर्देशक छत्रमानको भूमिका निर्वाह गरेका सुरज तमू क्रुर देखिन्छन्। तर दर्शकलाई बोलिपिच्छे हसाइरहन्छन्। उनको क्यारेक्टरले नेपाली निर्देशकहरूको प्रवृत्ति र स्वभावलाई व्यंग्य गरिरहन्छ।

प्रतीना राईको अरु नाटकमा झैं यसमा पनि अब्बल अभिनय देख्न सकिन्छ। त्यसैगरी मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, रामचन्द्र मनेरू, ग्लोरी थापा, सृजना भट्टराईलगायत कलाकारको अभिनयले नाटकलाई सुन्दर बनाएको छ। अनिल सुब्बाको कला निर्देशन, गायिका झुमा लिम्बुको संगीत संयोजन र प्रवृति राई, नवीन बयल्कोटी र आयुषले नाटकमा भरेको संगीतको तारिफ मनग्य गर्ने ठाउँ छन्।

नाटकले अन्त्यमा सुरुवातको संकेत गरेको छ। जब नाटक सुरु भएको घोषणा छत्रमानले गर्छन्, दर्शकदीर्घामा उज्यालो बल्छ। जेडीले यो उज्यालो हामीतर्फ बाँडेका पो हुन् कि!

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय कथा ‘आहत उजेलीहरु’लाई असोज १८ गते साँझ ५ बजे बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गर्न लागिएको हो । बिहीबार, असोज १५, २०८३
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
ताजा समाचारसबै
बाढी प्रभावितका लागि होन्डाको १ लाख अमेरिकी डलर सहयोग आइतबार, असोज १८, २०८३
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी आइतबार, असोज १८, २०८३
कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल आइतबार, असोज १८, २०८३
देश झन् अँध्यारोतर्फ गएको छ : अध्यक्ष राजेन्द्र लिङ्देन आइतबार, असोज १८, २०८३
देश विकासका सन्दर्भमा आगामी १०-२० वर्षमा कहाँ पुग्ने भनेर अहिले नै योजना बनाऔं : भट्टराई आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्