• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

न्यायाधीश नियुक्तिका लागि अब आधा रातमा मिटिङ बस्दैन : ओमप्रकाश मिश्र [भिडियो अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, भदौ २६, २०७५  १३:५०
1140x725

सोमबार मात्र संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन हुँदै सर्वोच्च अदालतको २८औं प्रधानन्यायाधीशका बनेका छन्, ओमप्रकाश मिश्र। हरिप्रसाद प्रधान, विश्वनाथ उपाध्याय र रामप्रसाद श्रेष्ठले आफ्नो साख राख्दै कायम राखेको सर्वोच्चको नेतृत्व भाग्यवश मिश्रले ४ महिनाका लागि पाएका हुन्। उनीभन्दा वरीयतामा माथिल्लो क्रममा रहे पनि दीपकराज जोशी अन्तिम समयमा संसदीय सुनुवाइ विशेष समितिवाट अस्विकृत हुँदा मिश्रले नेतृत्व सम्हाल्ने मौका पाए।

प्रधानन्यायाधीश कार्यकारी पदमा जाने, राजनीतिक तहसँग मिलेमतो हुने, प्रधानन्यायाधीशकै दोहोरो नागरिकता र प्रमाणपत्र जस्ता विवादले केही वर्षदेखि सर्वोच्चको छवि धूमिल हुँदै गएको छ। सर्वोच्चको इतिहासमै पहिलो पटक बहालमा रहेका प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरुले इजलास र पेशी बहिष्कारसम्म आन्दोलन गर्न बाध्य भए। यस्तो तरल अवस्थामा सर्वोच्चको नेतृत्व सम्हाल्न आएका मिश्रमाथि अवसर र चुनौती दुवै छ। चुनौती यसको साख टिकाएर बदनाम नभई बिदा हुनुमा छ भने छोटो अवधिमै केही काम गरेर देखाउने अवसर उनीसँग छ।

यिनै सन्दर्भमा प्रधानन्यायाधीश मिश्रसँग नेपाल लाइभका वरिष्ठ संवादादाता दुर्गा दुलालले गरेको कुराकानी :

भाग्यवश चार महिनाको कार्यकालसहित सर्वोच्चकाे नेतृत्वमा आउनुभयो। देखिनेगरी दीर्घकालीन महत्व राख्ने कस्ता काम गर्ने सोच राख्नुभएको छ? 
सुरुमा त म छोटो अवधिका लागि सर्वोच्चको नेतृत्वमा आइपुगेको हुँ। यस अवधिमा धेरै काम गर्न सम्भव नभए पनि सुरुवात गर्ने मेरो योजना छ। यीमध्ये पेशी व्यवस्थापन र जनतालाई प्रभाव पार्ने काम थाल्ने सोच बनाएको छु। यसका लागि हामी अटोमेसनमा जाने प्रयास गरिरहेका छौँ। सूचना प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले हिजो मात्र एउटा समिति गठन गरिएको छ। न्यायाधीश अनिल सिन्हाको नेतृत्वका रजिस्ट्रार र सहरजिस्ट्रारहरु रहेको उक्त समितिले प्रतिवेदन दिएलगत्तै पेशी प्रधानन्यायाधीशले तोक्ने नभई सूचना प्रविधिको प्रयोग गरी तोकिन्छ।

समितिले दिएको सुझाव अनुसारको कार्यक्रम बनाएर मुद्दा तोक्ने, त्यसको फैसला छिटोछरितो गर्नका लागि वर्गीकरण गरी पेशी तोक्ने व्यवस्थापनमा जुट्नेछु। मुद्दाका पक्षहरूसँगको व्यवहार सुमधुर कायम गर्ने, सञ्चार जगत्‌सँग फरक बुझाइ हुन नदिन आवश्यक पहल गर्ने हाम्रो तत्कालीन योजना रहेको छ। 

हरेक प्रधानन्याधीशले सपथ खानेबित्तिकै भ्रष्टाचार रोक्छु त भन्छन्, तर त्यहाँ गइसकेपछि आफू विभाजित भएर जानुहुन्छ। भ्रष्टाचार रोक्न तपाईंसँग त्यस्तो विशेष के योजना छन्?
मसँग समय त कम छ। तर, राम्रो कामको सुरुवात गर्ने हो भने त्यसको नतिजा एक-दुई दिनमा नआए पनि कालान्तरमा आउनेछ भन्ने विश्वास छ। जहाँसम्म बिचौलियाहरूको कुरा गर्नुभयो। अदालतमा प्रशस्त छन् भन्ने यहाँहरुले नै भन्दै आउनुभएको छ। मैले भेटेको त छैन तर सुनेको छु। अदालतबाट गठन भएका प्रतिवेदनहरुमा पनि यो कुरा उल्लेख भएकाले छन् भन्ने नै विश्वास गर्नुपर्यो।  मिडियासँग मेरो अनुरोध छ कि यस कामका लागि मलाई सहयोग गर्नुहोस्। यदि त्यस्तो काम अदालतमा देखिएको छ भने त्यसको प्रवृत्तिलाई निर्मूल गर्ने कामको थालनी गर्छु। 

अदालतमा अहिले न्यायाधीशहरूको बीचमा बेमेल देखिएको छ। त्यसलाई रोक्न के गर्नुहुन्छ?
त्यसको केही छैन। मैले त्यस्तो पाएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

गोपाल पराजुलीको पालामा नागरिकता विवाद आउँदा अदालतका न्यायाधीशहरूले इजलास बहिष्कारको आन्दोलनसमेत गरे। त्यसलाई के भन्ने त। यस्तो प्रकारको गुट अब सिर्जना हुन्छ कि हुँदैन? 
यस्तो अवस्था कहिल्यै आउनेछैन। पहिले जे थियो मेरो कार्यकालमा त्यस्तो हुन दिनेछैन। यसमा तपाईं ढुक्क भए हुन्छ। सबै श्रीमान्‌हरुले समान रुपमा मुद्दा हेर्दै अदालतलाई न्यायको केन्द्र बनाउनुहुनेछ। अहिले जसरी दीपकराज जोशी आएर मलाई स्वागत गर्नुभयो। यो नै हाम्रो मिलेमतो हो। 

स्वागत त गर्नुभयो तर उनले पद छोड्नुपर्ने भन्ने कुरा उठेको छ। अब कसरी अगाडि बढ्नुहुन्छ? 
हामीबीच त्यस्तो केही छैन। त्यसैले आशंका नगरौं। यो हाम्रो काम होइन, जनताको काम हो। हामी जनताले दिएको करबाट तलबभत्ता खाएर बसेका छौं। यदि जनताप्रति नै अनुत्तरदायी भयौं भने हामी दायित्वबाट विमुख हुनेछौं। त्यसैले यस्तो कुरा कहीँ कतै पनि देखिनुहुन्न। हामी जनताको काममा समर्पित हुने मात्र हो।  

यो नियुक्तिसँगै न्याय परिषद्‌को अध्यक्ष पनि हुनुभयो। संवैधानिक इजलासमा न्यायाधीश तोक्नुपर्नेछ। नयाँ न्यायाधीश नियुक्त गर्नुपर्नेछ। तर, अधिकांश नियुक्ति राजनीतिक आस्थासँग जोडिने र विवादित हुने गरेका छन्। यसलाई रोक्न के छन् योजना? 
प्रधानन्यायाधीशले चाह्यो भने धेरै कुराहरू रोक्न सकिन्छ। आफ्नो क्षमता पूरा उपयोग गर्नेछु। न्यायाधीश नियुक्त अब पारदर्शी र समावेशी सिद्धान्तका आधारमा हुन्छ। न्याय परिषद्‍का कामकारबाही पनि पारदर्शी हुन्छन्। सम्पत्ति विवरण नबुझाउने न्यायाधीशहरुलाई कारबाही गर्ने कार्य अब सुरु हुन्छ। न्यायाधीशहरुको कामको अनुगमन गर्ने संयन्त्र अब विकास हुन्छ। 

अघिल्लो पाला आधा रातमा राजनीतिक व्यक्तिहरू सँगै राखेर नियुक्ति भयो। अब त्यो अवस्था आउँछ कि आउँदैन? 
मैले पनि यस्ता कुराहरू मिडियाबाट मात्र सुनेको हुँ। यसबारे त मलाई पनि थाहा छैन। तर मेरो कार्यकालमा त्यस्तो हुँदैन। कहिलेकाहीँ काम गर्दा ढिलो हुन्छ त्यसलाई स्वाभाविक रुपमा लिनुपर्दछ। तर बेलुकी मुद्दा छिन्ने बेलामा ९ बजेसम्म बसेर पनि काम गर्नुपर्ने हुन्छ। त्यसैलाई लिएर आलोचना गर्नुको कुनै अर्थ छैन तर राति अबेर बस्दैमा गलत कार्य हुन्छ भन्ने होइन। कुनै पूर्वाग्राह राखेर कुनै काम गरिनेछैन। आधा रातमा न्यायाधीश नियुक्तिको लागि अब मिटिङ बस्दैन। त्यसमा ढुक्क भए हुन्छ। 

Xtrem

Xtrem

न्यायालयमा भ्रष्टाचार छ भन्छन् तर नियन्त्रण हुँदैन। न्यायालयको बेथिति किन यसरी मौलाइहेको छ? 
न्यायलयमा हुने अनियमितता मात्रै होइन ढिलासुस्ती पनि कम गर्नुपर्ने गुनासो छ। मैले संसदीय सुनुवाइ समितिमा पेस गरेको २५ पेजको कार्यविधिमा यी सबै कुरा उल्लेख गरेको छु। त्यसमा विस्तृत रुपमा कार्ययोजना समेत रहेको छ। सर्वोच्चको रणनीतिक योजनाले पनि यसलाई महत्व दिएको छ। अदालत जनआस्थामा रहने संस्था भएकाले यहाँ भ्रष्टाचार हुनु हुँदैन। त्यसको नियन्त्रणका लागि म मेरो कार्यकालमा कठोर भएर काम गर्नेछु।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो बिहीबार, असोज ८, २०८३
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो बिहीबार, असोज ८, २०८३
काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट बिहीबार, असोज ८, २०८३
परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबिच भेटवार्ता बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्