• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

टिकटक प्रतिबन्धले ल्याएको कोलाहलमा सोध्नुपर्ने प्रश्नहरू

सुमन बुढाथोकी मंगलबार, कात्तिक २८, २०८०  १३:४९
1140x725

खास सरकारी नियतलाई एक छिनलाई पन्छाएर टिकटकले सामाजिक व्यवहारमाथि पारेका विविध प्रभाव र असरहरूको अध्ययन भने सबैका लागि लाभकारी नै हुन्छ होला। यतातिर ध्यान दिने हो कि? विश्व व्यवस्थामा अमेरिकी क्याम्पको नजिक र चीनसँग टाढा रहेको जनाउन अथवा सस्तो लोकप्रियतावादी सरकारले गर्नैपर्ने महत्त्वपूर्ण कामहरू पन्छाउन, आफ्नो नालायकीपन छोप्न र विरोधी लहर मत्थर पार्न टिकटकमाथि प्रतिबन्ध गरेको हो भने पनि केही प्रश्नहरू चाहिँ छोइएकै छैनन्।

(स्पष्टीकरण: म यी प्रश्नको सूचित जवाफको दाबेदार भने होइन र यो लेखोट केवल जिज्ञासा हो। म टिकटक प्रयोगकर्ता पनि होइन।) 

टिकटकले कस्तो सामाजिक र राजनीतिक चेतना निर्माण गरिरहेको थियो त? लोकतन्त्रको मापन टिकटकलाई मात्रै लिएर हेर्दा नेपाली लोकतान्त्रिक अभ्यास कस्तो देखिन्छ त? टिकटकलाई आम नागरिकको सिर्जनात्मक विरोध प्रदर्शनको आधार मानेर हेर्दा त्यहाँ अधिकांश प्रयोगकर्ताले साँच्चै सिर्जनात्मक काम बढी गरे कि गरेनन्? टिकटकका विषयवस्तुमा मनोरञ्जन हाबी थियो कि सचेतना? टिकटकले समसामयिक समाजको कस्तो चित्र देखायो? टिकटकले तथ्यहरूको अभिलेख गर्‍यो कि भ्रम र झूटको बिस्तार? टिकटकले सामाजिक मनोवृत्तिलाई स्वस्थ बनाउन सहयोग गर्‍यो कि वैचारिक बिमारी बढायो? टिकटकले आम मानिसको चेतनालाई भ्रष्टिकरण गर्‍यो कि क्रमिक सुधार? सामाजिक भेदभाव, असहिष्णुता, हिंसा, यौनाचार, अपराध, ठगी, दुराचार, शरीर र सौन्दर्यको वस्तुकरण अनि त्यसको व्यापार जस्ता विसङ्गतिलाई टिकटकले घटायो कि झन् बढायो? टिकटकले नेपाली गीत–संगीत र सिनेमाको केकति लोकतान्त्रिककरण गर्‍यो? अनलाइन व्यापारिक गतिविधिमा कस्तो भूमिका निर्वाह गर्‍यो? अर्थतन्त्रमा यसको कस्तो विशेष प्रभाव रह्यो? अन्तर-व्यक्ति सम्बन्धमा यसले केकति सकारात्मक अथवा नकारात्मक असर गर्‍यो? नेपाली पत्रकारिताको गुणवृद्धि गर्‍यो कि ह्रास? आम मानिसलाई टिकटकले राजनीतिक सचेतना जगाउन केकस्ता भूमिका निर्वाह गर्‍यो त?

यी लगायतका यावत प्रश्नहरूको ठीकसँग, यथार्थपरक जाँच गरिएको छैन।  विद्वानहरूले यी विषयमा अध्ययन गर्नुपर्ने हो, तर खासै पढ्न पाइएको छैन। 

फेसबूकले सिर्जना गरेको ‘क्याकोफोनि र इकोच्याम्बर’ असर अनि निश्चित विचारमा थुनिएका मान्छेका सामूहिक भर्चुअल आदानप्रदानका राम्रा र नराम्रा पक्षहरूबारे नेपाली छापामा यदाकदा पढ्न पाइन्छ। तर टिकटकको बारेमा विशद लेखहरू आएका छैनन्। अब यो कोलाहलबाट गहकिला विचारहरु अवश्य निस्कन्छन् होला। 

Ncell 2
Ncell 2
nimb
nimb

यत्ति चाहिँ भन्न सकिएला, अलिकति आलोचनात्मक दृष्टिले केलाउँदा टिकटकले सबै सकारात्मक असर भने गरेन भन्ने नै देखिन्छ। नेदरल्यान्ड, अस्ट्रेलिया तथा अन्य विभिन्न देशमा बन्द भएको टिकटकले नेपालमा चाहिँ विशेष महत्वको भूमिका निर्वाह गर्न सक्ने सम्भावनाको पनि अध्ययन भएको छैन। यसले फेरि प्रविधि खराब कि प्रयोगकर्ता खराब भन्ने विषयमा छलफल माग्छ। नियमन प्रभावकारी हुँदा प्रविधिले मानिसको अहित गर्न सक्दैन भन्ने कुरा पनि मनासिवै देखिन्छ। सामाजिक सञ्जालमा सरकारले गर्ने संकूचन लोकतन्त्र र आमवृत्तको नै संकूचन गर्नु हो र यो फासिस्ट प्रवृत्ति हो भन्ने आम बुझाइ भने बलियो बनेको देखिन्छ। 

सन् २०१६ अघि टिकटक थिएन, २०२३ को नोभेम्बर १३ पछि पनि छैन- यो सात वर्षमा २ छाक खान गाह्रो नपर्ने नेपालीहरूको जीवनशैली, साँस्कृतिक र राजनीतिक चेतना र व्यवहार अनेक प्रकारका परिवर्तनबाट गुज्रियो। अहिले टिकटकलाई अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको सम्वर्द्धन गर्ने साधनको रुपमा व्याख्या गर्नेहरु पनि छन् र जनसाधारणको बुद्धि नष्ट गरी उपभोक्तावादी दास मनोवृत्तिको विकराल स्थिति सिर्जना गर्ने वाहियात चीज मान्नेहरु पनि छन्। 

सदाचारको पल्लो छेउमा पुगेर टिकटकको अम्मली बनेका प्रयोगकर्ताले दाबी गरे - टिकटकले साधारण मानिसको प्रतिभा प्रबर्द्धन गर्‍यो, आर्थिक उपार्जनको सजिलो बाटो खुला गर्‍यो, विकृत राजनीतिले मानसिक रोगी बनाउन लागेको आम मानिसलाई मनोरञ्जन दिएर बँचायो, राजनीतिक विसङ्गति विरुद्ध गतिलो आमवृत्तको काम गर्‍यो आदि। यसको विपक्षमा पनि मननीय तर्क छन् - टिकटकले सामाजिक सदाचार ध्वस्त बनाइरहेको छ र मान्छेका सम्बन्धहरूमा घातक प्रदूषण घोलिरहेको छ, मान्छेलाई सस्तो र मूखयतः यौनजन्य उपयोगितावादी मनोरञ्जनको पिँजडामा जकडेर कुँजो बनाइरहेको छ, स्कूले बालबालिकालाई पठनबाट अनावश्यक रुपमा विचलित गराएको छ, यसले राजनीतिक रुपमा आम मान्छेमा झन् बढी बेवास्ताभाव हुर्काएको छ, आम मानिसको वास्तविक विरोधी भावना र विवेकलाई निस्तेज तुल्याउन यो सफल भइरहेको छ, आदि इत्यादि। 

Xtrem
Xtrem

त्यसैले टिकटक प्रतिबन्धले सिर्जना भएको विचारको यो कोलाहलमा सरकारको नियत केलाउनु आफ्नो ठाउँमा जायज होला, तर टिकटकसँगै जोडिएका तमाम सामाजिक जीवनका प्रश्नहरूको जाँच भने अत्यन्त महत्त्वपूर्ण कुरा हो भन्ने कुरामा ध्यान दिनुपर्ने होइन र?

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १३:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्