• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

बजारले पर्वहरुलाई 'ग्ल्यामराइज' गरेको छ : राजेन्द्र महर्जन [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ६, २०८०  १०:१४
1140x725

राजेन्द्र महर्जन लेखक तथा अनुसन्धाता हुन्। उनी मूलतः नेपाली राजनीति, इतिहास र संस्कृतिमाथि कलम चलाउँछन्। महर्जनसँग नेपाल लाइभका लागि ईश्वर बरालले दशैँ र यसका सांस्कृतिक आयामबारे गरेको संवादको सम्पादित अंशः 

तपाईं आफ्नो बाल्यकालीन दशैँलाई कसरी सम्झिनुहुन्छ?  
दशैँचाहिँ हाम्रोमा मोहनी भनेर मनाइन्छ। अरु समुदायले मनाउनेभन्दा केही फरक त छ। तर धेरै कुराहरु उस्तैउस्तै हुन्।

हाम्रोमा औजार (हतियार)हरूको अनिवार्य∕विशेष पूजा गरिन्छ। हामी सानो छँदा पुस्तकको पनि पुजा गर्थ्यौँ। विद्यालय जाने केटाकेटीले पुस्तकको पूजा अनिवार्य गर्छन् नै। आमा-बुबा खेतबारीको काम गर्ने हुँदा त्यससँग जोडिएको औजारको पनि त्यहाँ पूजा हुने नै भयो। त्यो पूजा गर्ने हामीलाई बाध्यता थियो। 

जबदेखि मैले अलि बुझ्न थालेँ। त्यसो गर्न मलाई अरुचि हुन थाल्यो। तर मैले त्यसलाई बहिष्कार गर्नेभन्दा पनि औपचारिकताका लागि सहभागिता जनाउथेँ। पछिल्लो समय त मेरो घरमा टीका लगाउँदैनौँ। तर मेरो दाइकोमा पूजा हुन्छ। त्यहाँ जाने, सहभागी हुने काम जारी छ।   

बाल्यकालका कुनै त्यस्ता सम्झनाहरु छन्, दशैंका कारण हुने उमङ्ग अथवा अनुभूतिहरु?
केटाकेटी बेलामा सबैभन्दा रमाइलो त मिठोमिठो खानपिन गर्न पाइन्छ भन्ने हुन्थ्यो। मासु, अण्डा खान पाइन्छ भन्ने हुन्थ्यो। अरुबेला नियमित खान पाइन्नथ्यो। र, सबैभन्दा रमाइलो त नयाँनयाँ लुगा लगाउन पाइन्छ भनेर खुसी भइन्थ्यो। दशैँका बेला नयाँ लुगा अनिवार्य हालिदिने चलन थियो।

कीर्तिपुरकै सन्दर्भमा भने विभिन्न प्रकारका नाचहरु हेर्न पाइन्छ। देवी नाचको पृथक रौनक हुन्थ्यो। अनि प्रधानहरुको तर्फबाट पाया (खुँडा) प्रदर्शन गर्ने चलन थियो। यसको बेग्लै इतिहास छ। पृथ्वीनारायण शाहले कीर्तिपुरमा विजय प्राप्त गरेपछि खुँडा प्रदर्शनमा पुरुषहरुलाई निषेध भयो। त्यसपछि प्रधान महिलाहरुले हतियारहरुमा टीका लगाइदिने चलन सुरु भयो। 

कीर्तिपुरको डाँडामा उमा–महेश्वर मन्दिर छ। सो मन्दिरमा लगेर हतियारहरु राखिएको हुन्छ। अनि त्यहाँबाट महिलाहरु पूजा गर्दै आउँथे। त्यो हेर्न रमाइलो हुन्थ्यो। 

प्रधानहरुले मात्र किन?
प्रधानहरू त्यो बेलाको शासक वर्गका हुन्। उनीहरुलाई प्रशासन चलाउने अधिकार थियो। र, त्यो समुदायको महिलाहरु मात्र हतियार पूजामा सहभागी हुन्छन्। अरु समुदायकाले हेर्न पाइन्छ। प्रधान महिलाहरुले टीका लगाइदिन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यी परम्पराहरु अद्यापि छन्?
अधिकांश परम्परा चलिआएकै छन्। देवी नाँचचाहिँ बीचमा स्थगित भएको थियो। अब पुन: सुरु हुन लागेको छ। 

किन रोकिएको थियो?
एउटा कारण भूकम्प थियो। अर्को, राज्यबाट जुन किसिमको प्रश्रय हुनुपर्थ्यो, त्यो भएन। र, सिथिल हुँदै गएको थियो। अहिले विस्तारै सुरु हुन लागेको हो।

तपाईंले अघि मोहनी भन्नुभयो। मोहनी र अरुले मनाउने दशैँमा के फरक छ?
त्यति विस्तृतमा मलाई जानकारी छैन। तर मोहनीमा एक विधिमार्फत कालो टीका बनाइन्छ। र, त्यो कालो टीका लगाउने पर्व हो, मोहनी। पूजा गर्दा पनि (नयाँ बालीको) अन्न राखिन्छ। फलफूल राखिन्छ। मूलतः किसान परम्परा अलि ज्यादा झल्किन्छ। 

त्यो टीकाचाहिँ दशमीकै दिन लगाइन्छ?
दशमीकै दिन लगाइन्छ। त्यसकारण अरुको भन्दा फरक देखिन्न पनि। नेवाहरुको संस्कृति पनि धेरै हिसाबले हिन्दूकृत भइसकेको छ। ऐतिहासिक रुपमा त्यसको प्रभावकै कारण पनि केही परम्परा मिसिएर आइसकेका छन्। तर यी दुईमा फरक छ भन्ने कोणबाट बहस भइरहेको छ।

Xtrem

Xtrem

दशैँ विशषगरी हिन्दूहरुको महत्त्वपूर्ण पर्व हो। तर, यसको स्विकारोक्ति भने अलि व्यापक छ। भनौँ न, नेपालीहरुको साझा पर्व हो भन्ने छ।यस्तो हुनुका कुनै कारण होलान्?
नेवाहरुको सन्दर्भमा कुरा गर्ने हो भने यसभित्र सबै जातका मान्छेहरु छन्। धर्मको हिसाबले पनि एउटै धर्मको होइन। खाली भाषाको हिसाबले मात्र एकीकृत भएको एक समुदाय (वा नेसन हो) हो। यसभित्र रहेका हिन्दूहरुले सोही धर्म अनुसार जात्रा, पर्वहरु मनाउने प्रचलन छ। बुद्धिस्टहरुको आफ्नै प्रचलनहरु छन्। 

लिच्छबीकाल र त्यसभन्दा अघिदेखि हेर्ने हो भने राज्य चलाउने अधिकांश हिन्दू भए। राज्यले जे चलाउने आदेश दियो अथवा भनौँ, जे चल्यो त्यो समाजको तल्लो तहसम्म पुग्ने भयो। 

नेवाभित्र आफ्नै समाज छ। दुवै धर्मको एक प्रकारको लबी छ। र, एकअर्कामा सामाञ्जस्यता (इन्टरर्‍याक्सन) पनि छ। त्यो कारणले गर्दा पनि मिश्रण हुँदै आयो। अर्कोतर्फ राज्यले हिन्दू धर्मलाई प्रोत्साहित गर्ने, त्यसका लागि स्रोतसाधन जुटाउने, वा माहोल बनाउने काम भइरह्यो। जसका कारण हिन्दू धर्म, देवी-देउता सर्वोत्कृष्ट हो भन्ने भाष्य निर्माण हुन गयो।

त्यसलाई नक्कल गर्ने वा त्यसो गर्न पाइयो भने आफ्नो पनि हैसियत बढ्छ भन्ने मनस्थिति बन्ने भयो। यो कारणले गर्दा नेवा समुदायभित्र त्यो प्रभाव काफी रुपमा फैलिँदै गएको जस्तो लाग्छ। विशेषगरी नेवा बुद्धिस्टहरु प्रभावित भएको देखिन्छ।

एकथरीको (मूलत नेपालका प्रभुत्वशालीहरुको) के मान्यता छ भने दशैँले समाजका विभिन्न आयामहरुलाई जोड्ने काम गरेको छ। यसमा कतिको सत्यता छ?
धर्मको दुई भूमिका हुन्छ भन्ने लाग्छ। राज्यले अहिले जसरी परिभाषित गर्न खोज्दैछ। जस्तो हिन्दू धर्मका देवी-देउताका शक्तिहरुको चर्चा। यसले असली हिन्दूस्तानको कल्पनाको माहोल बनाउन खोजेको देखिन्छ। त्यसले के गर्छ भने, 'हामी असली नेपाली हौँ' भन्नलाई यो धर्म र त्यसमा आधारित चाडपर्वहरु मनाउनुपर्ने बाध्यता त छँदैछ। 

अर्कोतर्फ, नेपालीहरु लामो समयदेखि खेती (कृषि) सँग जोडिएको परम्परा छ। यो बेला (समय) आराम गर्ने र नयाँ अन्नको स्वागतका लागि तयारी थाल्ने समय पनि हो। तपाईं झापामा हुनुहुन्छ वा डडेलधुरामा हुनुहुन्छ भने पनि नयाँ बाली भित्र्याउने समान किसिमको प्रतीक्षामा हुनुहुन्छ। यो कुरा उत्पादनले तय गर्‍यो। यसले पनि हामी एकै हौँ भन्ने भाव बनाइदिन्छ।

अर्को पनि पाटो छ। राज्यबाट पत्रपत्रिका, टिभी र रेडियोमार्फत जुन किसिमको 'न्यारेटिभ' बनाइदिएको छ, त्यसबाट हामी अप्रभावित भएर बस्न सक्दैनौँ नि।  उदाहरणका लागि, यही खोकनामा (ललितपुरमा पर्ने उपत्यकाको पुरानो सांस्कृतिक शहर) हेरौँ न। त्यहाँ दशैँ मनाउने कुनै परम्परै छैन। उनीहरुको छुट्टै चाडपर्व छन्। तर उनीहरु प्रभावित हुन्छन्। किनभने सञ्चारका माध्यमले त्यही भनेका छन्। विद्यालय छुट्टी भएका छन्। मान्छेहरुको चलपहल ज्यादातर हुन्छ। तसर्थ, उनीहरु प्रभावित नहुने कुरै हुँदैन। 

तपाईंको बाल्यकालको दशैँ, यसप्रति तपाईंको फरकमतको शृंखलालाई जोडेर भन्दा, आजकाल मनाइने दशैँ कस्तो पाउनुहुन्छ?
अहिले अधिकांश पर्वहरु हेर्नुहुन्छ भने त्यसका पछाडि बजारले घर गरेको छ। बजारले पर्वहरुलाई 'ग्ल्यामराइज' गर्ने काम गरेको छ। उदाहरणका लागि बियर, गाडीका कम्पनीको विज्ञापनहरु हेर्नुभयो भने देखिहाल्नुहुन्छ। उनीहरुका लागि संस्कृति, परम्पराहरु बजार विस्तार गर्ने ठूलो माध्यम भएको छ। बजारले जसरी कब्जा गर्दै गयो, यसले हामीलाई पनि प्रभावित बनाउँदै लग्यो। 

हामी हिजो जसरी कृषि प्रणालीमा आश्रित थियौँ। हाम्रा परम्परा पनि केही हदमा तिनीहरुसँग मिल्दा थिए। अब बजारले निर्धारण गरिदिने भयो। यसबाट बच्न मुस्किल छ। यसले पर्यावरणलाई पनि क्षति पुर्‍याउँदैछ।

हिजो हामी कृषिसँग जोडिएका थियौँ। पर्वहरु पनि तिनैसँग मिल्दा थिए भन्नुभयो। तर अब बजारले तय गरिदियो। र, यसले पर्यावरणलाई असर पार्ने भयो। त्यसो भए यस्ता चाडहरु मनाउने तरिकाहरुमा कसरी पुनर्विचार गर्नुपर्ला? वा यो प्रकारको बजारु पर्वलाई कसरी निरुत्साहित गर्नुपर्ला?
सम्भवतः अर्को खालको आन्दोलनको जरुरी हुनसक्छ। बजारको यो किसिमको परनिर्भरता हटाउने र प्राकृतिक निर्भरता बढाउने आन्दोलनको जरुरत छ। अथवा, भनौँ न, अहिलेभन्दा फरक किसिमले कसरी सोच्न सकिन्छ वा गर्न सकिन्छ भन्ने सम्भवानाहरु खोज्नुपर्ला। नत्र बजारले 'हाइज्याक' गर्छ।

       

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण शुक्रबार, असोज १६, २०८३
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु शुक्रबार, असोज १६, २०८३
चाडपर्वमा तोकिएको भाडाभन्दा बढी नलिन यातायात व्यवसायी महासंघको आग्रह शुक्रबार, असोज १६, २०८३
सस्ता प्याकेज हटाएर महँगा प्याकेज किन्न बाध्य पार्दै इन्टरनेट सेवा प्रदायकहरु, उपभोक्ताहरु मारमा पर्नसक्ने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्