• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

‘डाक्टरभन्दा नर्सहरुलाई बढी दुर्व्यवहार हुन्छ’

64x64
नेपाल लाइभ शुक्रबार, असोज २६, २०८०  १८:००
1140x725

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी नर्सिङ प्रमुख हुन् आशालक्ष्मी प्रजापती। उनी पाँच वर्षदेखि अस्पतालमा नर्सिङ प्रमुखका रुपमा कार्यरत छिन्। नर्सिङ पेशामा भने उनी ४० वर्षदेखि सक्रिय छिन्। प्रजापतीसँग नर्सिङ पेशा, चुनौती र अहिलेको अवस्थाका विषयमा स्वास्थ्यखबरकी लक्ष्मी चौलागाईंले कुराकानी गरेकी छिन्। प्रस्तुत छ नर्स प्रजापतीले व्यक्त गरेको धारणा उनकै शब्दमा:

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा मैले २०५० सालबाट नर्सिङ अधिकृतका रुपमा सेवा सुरु गरेको हुँ। त्यसअघि २०४२ सालदेखी नै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सको रुपमा कार्यरत थिएँ।  मेरो माइलो दाइले मलाई नर्स बन्न प्रेरणा दिनुभएको हो। त्यतिबेला के पढ्ने, के बन्ने भन्ने निर्णय परिवारले नै गर्थे। अहिले व्यक्ति आफैंले त्यस्ता कुराको निर्णय गर्छन्।

पहिले र अहिले 
प्राय पेशागत कुराहरुमा पहिले र अहिले धेरै नै समानता पाउन सकिन्छ। जस्तै सरकारी सेवा प्रवेशका लागि निश्चित परीक्षा पास गर्नुपर्ने नियम पहिले पनि थियो र अहिले पनि छ। मैलै यस पेशा सुरु गर्दाेको बखत पनि केही नर्सहरु बाहिर जाने चलन भने थियो। तर अहिले जस्तो व्यापक भने थिएन। 

अहिले दक्ष नर्सिङ जनशक्ति बेरोजगार हुने, बल्ल बल्ल जागिर पाए पनि सेवा सुविधा निकै कम हुने जस्ता कारणले पनि विदेशिने क्रम पहिले भन्दा अहिले बढेको देखिन्छ। आकर्षक तलब तथा सेवा सुविधा पाउने लोभले धेरै नर्सहरु विदेशिन पुगेका छन्। सरकारी तलब स्केलले सामान्य जीवनयापनसम्म गर्न सकिने अवस्था छ भने निजी अस्पतालहरुमा नर्सहरुको श्रम शोषण हुने गरेको अवस्था विद्यमान छ। 

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ५ सय तोकेको अवस्थामा निजी अस्पतालले भने १० –१२ हजारमा नै नर्सहरुलाई काम लगाउने गरेको अवस्था नेपालमा छ। अध्ययनका लागि गरिने लगानी, नर्सहरुप्रति हुने अपमानजनक व्यवहार, विदेशबाट नर्सहरुको बढ्दो माग लगायतका कारण नर्सहरु विदेशिन बाध्य भएका छन्। 

एकदमै न्यून सरकारी कोटा तथा बढी मात्रामा नर्स उत्पादन जस्ता कारण पनि नर्सहरु विदेशिनुमा जिम्मेवार छन्। प्रसूती गृहबाट मात्रै एक वर्षमा १ सय भन्दा बढीको संख्यामा नर्सहरु विदेश पलायन भएका छन्। 

नर्सहरुमाथि चिकित्सकको भन्दा बढी दुर्व्यवहार हुन्छ
नर्सका समस्याका विषयलाई सञ्चार माध्यमले समेत प्राथमिकता दिएनन्। पछिल्लो समय नेपालमा चिकित्सकहरुमाथि भएका गालीगलौच, कुटपिट तथा दुर्व्यवहारका घटनाहरु दिनहुँ जस्तो बाहिर आउने गरेका छन्। 

धेरै अस्पतालहरुमा नर्सहरुमाथि समेत दुर्व्यवहार तथा कुटपिट भएका छन् तर पनि ती घटनाहरु भने नगन्य मात्रामा मात्रै बाहिर आएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

फ्रन्टलाइनमा रहेर डाक्टर भन्दा नर्सले नै बढी काम गर्नुपर्ने भएकोले पनि डाक्टरहरुलाई भन्दा बढी दुर्व्यवहार तथा कुटपिट नर्सलाई हुने गर्छ। यद्यपि सञ्चार माध्यमहरुबाट यस्ता घटना कम नै मात्र सुन्न पाइन्छ। जसका कारण नर्सहरु कुटपिट र दुर्व्यवहार सहेरै बस्न बाध्य छन्। यसका बाबजुति पनि नर्सहरुले सेवा छाडेका छैनन्। उनीहरु निरन्तर बिरामीको सेवामा खटिनै रहेका छन्। नर्सहरुको सुरक्षाका विषयमा आवाज बुलन्द बनाउन आवश्यक छ।

नर्सिङ पेशामा चुनौती 
नर्सिङ पेशाको प्रमुख चुनौती भनेकै योग्यता, क्षमताअनुसार काम नपाउनु नै हो। नर्सिङमा मास्टर्स डिग्री गरेको भए पनि कतिपय नर्सहरु अनमीको काम गर्न बाध्य छन्। योग्यता अनुसारको दरबन्दी र कामको जिम्मेवारी नदिइनु निकै गलत कुरा हो। सरकारी अस्पतालमा ठिकै भएपनि निजी अस्पतालमा कार्यरत नर्सहरुको भने कुनै पनि प्रकारको पेशागत ग्यारेन्टी नै छैन। 

ज्ञान र कामको हिसाबले नयाँ पुस्ता अझै अब्बल 
काम तथा ज्ञानको हिसाबमा भन्ने हो भने नयाँ पुस्ता अझै अब्बल छन्। उनीहरुमा नयाँ नयाँ प्रविधिदेखि चिकित्सा क्षेत्रमा भइरहेका नयाँ विषयको ज्ञान छ। उनीहरु अपडेट भइहाल्छन्। नयाँ पुस्ताका नर्सहरु ज्ञानका हिसाबले अब्बल भएपनि केही नर्सहरुले गर्ने व्यवहार भने बिरामीमत्रै छैन। उनहरुको बोली सुमधुर नभएको पक्कै पनि हो। नयाँ पुस्ताका केही नर्सहरुले बिरामीसँग गर्ने व्यवहारमा सुधार भने ल्याउन पर्छ। धेरै नर्सहरुमा समस्या छैन तर केही नर्सको व्यवहारका कारण समग्र नर्सिङ पेशामा नै प्रश्न उठाइएको अवस्था छ।

योग्यता तथा क्षमता अनुसारको काम नपाउनु वर्तमान समयमा नर्सिङ पेशाका लागि एक समस्याका रुपमा देखा परेको  छ। एक नर्सले २५–३० जना बिरामीको रेखदेख गर्नुपर्ने अवस्था छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नर्स बिरामीको अनुपात नमिल्दा नर्सहरु कामको अत्याधिक प्रेसरमा हुने तथा बिरामीप्रति नराम्रो व्यवहार हुने स्थिती आउने गर्छ। 

अस्पतालमा बिरामीको चाप अनुसार नर्सिङ जनशक्तिको व्यवस्थापन गरिदिनका लागि सरकारसमक्ष मेरो अनुरोध छ। पढाइको लागत समेत उठाउन नसक्ने अवस्थामा आगामी दिनमा नेपालमा नर्सिङ जनशक्ति अभाव हुने स्थिती समेत आउन सक्छ। 

नर्सहरुले बिरामीबाट पाउने प्रतिक्रिया 
परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल प्रसूती सेवाका लागि स्थापना भएको विशिष्टिकृत अस्पताल भएकोले अन्य अस्पताल भन्दा यस अस्पतालले प्रदान गर्ने सेवा भिन्न छ। 

यहाँ डेलिभरी हुन आउने महिलाहरुका लागि सबै सेवा निःशुल्क छ। डाक्टर नर्सहरुले सही उपचार गर्दागर्दै पनि कतिपय छिटपुट रुपमा अप्रिय घटनाहरु भने हुने गर्छन्। त्यस्तो समयमा हामीले गरेका सम्पूर्ण राम्रा कामहरुलाई बिर्सेर बिरामी तथा बिरामीका आफन्तले हामीमाथि अमानवीय हिसाबले दुर्व्यवहार गर्छन्। 

चाहे कोरोना महामारी होस् या भूकम्पको प्रकोप डाक्टर नर्सहरुले सधैं फ्रन्टलाइनमा बसेर बिरामीको सेवा गरिरहेका हुन्छन्। कोरोना महामारीको समयमा समेत निजी अस्पतालबाट घर फर्काइएका धेरै केशहरु हामीले हेरेका छौं। 

अलपत्र अवस्था पारी निजी अस्पतालले घर पठाएका बिरामीलाईहरुलाई त्यतिबेला हामीले रातीको १२ बजे समेत सेवा दिएका छौं। तर नर्सहरुले गरेको सेवाको खुलेर प्रशंसा भने कमै मात्रामा हुन्छ। नर्सहरुले दिएका सेवामा खुसीमा भएर धन्यवाद भन्नेहरु पनि हुन्छन्। त्यसकारण यो पेशामा गाली र ताली दुवै खाइन्छ।

जब जुम्याहा बच्चा जन्मिएपछि आमाको मृत्यु भयो 
बिरामीको सेवामा फ्रन्टलाइन बसेर काम गर्दाे केही यस्ता घटना घट्छन्, जसले लामो समयसम्म हामी नर्सहरुलाई घोचिरहन्छ। केही दिन अगाडिको मात्र घटना हो, शनिबार रातको समयमा जुम्याहा बच्चाको डेलिभरीका लागि महिलालाई अस्पतालमा भर्ना गरिएको थियो। 

डेलिभरीका लागि अब्जरभेसनका क्रममा हामीले उक्त महिलालाई औषधि दिएर राखिरहेका थियौं, तर ती महिलालाई एक्कासी सास फेर्न ग्राहो हुने तथा बडी सिस्टमले काम गर्न नसक्ने स्थिती आयो। हामीले हतार हतार उक्त महिलाको शल्यक्रिया गरी जुम्ल्याहा बच्चा समेत निकाल्यौं। तर आमासहित एक बच्चाको दुखद निधन भएको त्यो घटना सम्झिदाँ आज पनि नमज्जा लाग्छ। 

डाक्टरहरुका अनुसार पल्मोनरी इम्बोलिज्मका कारण आमाको मृत्यु भएको थियो। यो डेलिभरीका क्रममा रक्त प्रवाहमा गडबडी ल्याउने स्वास्थ्य समस्या हो। यस्तो समस्या भएपछि बिरामी बाँच्नु एकदमै दुलर्भ हो। सक्दो प्रयास गर्दा पनि बचाउन सकिएन। 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्