• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

ह्विलचेयरमा बसेर आन्दोलन गर्ने डाक्टर

डा मल्लिक भन्छन्- नबोली गर्ने आन्दोलन झन् प्रभावकारी हुनसक्छ
64x64
समर्पण श्री बिहीबार, असोज १८, २०८०  १९:२५
1140x725

काठमाडौं– ‘डाक्टर साव, तपाईंलाई कसले कुट्यो!’ टाउकोमा पट्टि र हात गोडामा ब्यान्डेज बाँधेर ह्विलचेयरमा गुडिरहेका डाक्टरलाई देखेर एक सर्वसाधारणले सोधे। 

बिरामीझैं देखिने ती डाक्टर मौन थिए। ह्विलचेयरको पछाडि समातेर डा सरोज रतन शाहले माइतीघरबाट बानेश्वरतर्फ गुडाएर उनलाई लगिरहेका थिए। वरिपरी सेतो एप्रोन लगाएका स्वाीस्थ्यकर्मीको समूह नाराबाजी गर्दै अगाडि बढिरहेको थियो। 

पटक–पटक स्वास्थ्यकर्मीहरू कुटिएका घटना बाहिरिएपछि डाक्टहरू सडकमा ओर्लिएका थिए। सडकमा ओर्लिएका कतिपय स्वास्थ्यकर्मीरूले पनि ह्विलचेयरमा ‘घाइते’ डाक्टर देखेपछि झस्किँदै सोधें, ‘के भयो?’

यो केवल स्वास्थ्यकर्मीको जीवनरक्षाका लागि सांकेतिक प्रदर्शन थियो।

यसरी सांकेतिक विरोध गर्ने व्यक्ति थिए निजामती कर्मचारी (सिभिल) अस्पतालका मेडिकल अफिसर डा अजित मल्लिक। आन्दोलनमा जानु अघिल्लो रात उनले यो उपाय सोचेका थिए।

‘स्वास्थ्यकर्मी कुटिएको घटनाले हामीलाई झस्काएको थियो। हामी आन्दोलनमा जाँदै थियौँ। तर आन्दोलनलाई प्रभावकारी बनाउन फरक तरिकाले सोच्नैपर्थ्यो,’ उनले भने।

अजित मल्लिकले आन्दोलनमा आफ्नै वार्डको ह्विलचेयर लिएर निस्किए। सोचेका थिए, ‘बानेश्वरदेखि नै ह्विलचेयरमा जाऊँ।’ 

तर कतिपयले त्यसलाई ‘स्टन्ट’ पनि भन्न सक्थे। गेटबाहिर ट्याक्सीमा ह्विलचेयर हालेर उनी माइतीघरतर्फ हिँडे। टाउकोमा पट्टी र हात खुट्टामा ब्यान्डेज बाँधेका उनले माइतीघर पुगेपछि ह्विलचेयर निकाले। 

Ncell 2
Ncell 2
nimb
nimb

उनलाई फरक स्वरुपमा देखेपछि आन्दोलित डाक्टरको समूहले समर्थनसँगै हुटिङ गर्‍यो। 
०००
‘डाक्टहरूलाई कुट्नु राम्रो हो त? हैन नि है।’ बुधबार सर्जिकल वार्डमा बिरामीका आफन्तसँग परामर्श गरिरहेका डा मल्लिक मुस्कुराउँदै भनिरहेका थिए। बिरामीका आफन्तले सही थपिरहेका थिए, ‘उसो त धेरैजसो विदेश पलायन भइसके। बाँकी डाक्टर पनि हिँडे भने कसले उपचार गर्छ?’

ड्युटीमा खटिएका डाक्टरहरूमा लगातारको घटनाले गहिरो छाप पारेको कुरा यो संवादबाट प्रष्ट हुन्थ्यो। 

‘अरुको ज्यान बचाउनेले कहिल्यै पनि ज्यान लिँदैनन्। अरुको ज्यान जोगाउने स्वास्थ्यकर्मीले सेतो कोट लगाउँछन्। सेतो कोटमा दाग लगाउनु राम्रो होइन नि,’ उनले प्रसंग जोड्दै भन्न थाले। त्यसपछि निरन्तर अपजस खेपिरहेका र कुटिएका स्वास्थ्यकर्मीबारे चिन्ता प्रकट गरे।

डा मल्लिकलाई आन्दोलन चिच्याएर गर्नुपर्छ भन्ने लाग्दोरहेनछ। ‘आन्दोलन नबोली पनि गर्न सकिन्छ। नबोली गर्ने आन्दोलन झन् प्रभावकारी हुनसक्छ,’  उनले अनुभव सुनाए। 

आन्दोलन एउटै मान्छे उभिएर पनि गर्न सकिन्छ। यसको उदाहरण उनी आफैं पनि हुन्। उनले अढाइ वर्ष अगाडि आफूले कोभिड भत्ताका लागि गरेको आन्दोलन सम्झिए।
                     ००० 
कोभिडको दोस्रो लहरमा धेरै मान्छे त्राहीत्राही थिए। त्यतिबेला जोखिम मोलेरै चिकित्सकहरू फ्रन्टलाइनमा उभिएका थिए। सरकारले स्वास्थ्यकर्मीलाई कोभिड भत्ता दिने घोषणा गरेको थियो।  स्वास्थ्यकर्मीलाई त्यो घोषणाले उत्साह थपिदिएको थियो। 

मल्लिक कोभिड संक्रमित भए। ९ दिनमा रिपोर्ट नेगेटिभ आएपछि १०औं दिनमा ड्युटी जोइन गरे। नेपाल मेडिकल एसोसियसनले डाक्टरहरूको बीमा गरिदिएको थियो। जब बीमाको पैसा लिन गए, उनले पाएनन्। त्यसपछि कोभिड भत्ता लिन खोजे। २/३ महिना धाउँदा पनि पाएनन्। ‘के एउटा डाक्टरको  नियती यही हो? यो आत्मसम्मानका लागि म लड्छु,’ उनले निर्णय गरे।

विसं २०७७ चैतको समयतिर। ड्युटी समय सकाएपछि उनी चार बजे माइतीघरतर्फ निस्किए। सेतो एप्रोपन, हातमा प्ले बोर्ड तेर्स्याएर उनी एक्लै सडकमा उभिए।

‘मेरो कोभिड १९ को भत्ता हराएको सूचना। कृपया पाउने महानुभावले ९८....मा सम्पर्क गरिदिनुहोला,’ उनले समातेको बोर्डमा लेखिएको थियो, ‘मास्क, स्यानिटाइजर र सामाजिक दुरी कायम छ। तर तपाईंको नियत कायम छैन सरकार।’

प्राय: डाक्टरहरूको आन्दोलन बिहान १० देखि ४ बजेसम्म हुन्थ्यो। तर उनको पहिलो प्राथमिकतामा ड्युटी र बिरामीको स्वास्थ्य नै रह्यो। ‘४ बजेपछि माइतीघर पुग्थेँ। सेतो एप्रोनमा पम्प्लेट बोक्थेँ। अनि २/३ घण्टा बस्थेँ,’ उनी सम्झन्छन्। 

कुनै बेलामा हस्पिटलमा काम नसकिँदा उनी १५ मिनेट मात्र पनि उभिए। ‘फुर्सदको समय पाउनेबित्तिकै माइतीघर गएर उभिन्थेँ। तर आफ्नो प्रोफेसन कहिल्यै छाडिनँ,’ उनी भन्छन्। 

यसरी उभिँदा एक मनले त दु:ख पनि लाग्यो मल्लिकलाई। ‘डाक्टरजस्तो मान्छे। सेतो एप्रोन लगाएर बाटोमा उभिनुपर्ने अवस्था किन आयो? सरकारसँग आफ्नो भत्ताका लागि भिख माग्नुपर्ने दिन कसरी आयो,’ उनी मनमनै प्रश्न गर्थे।

आफ्नो ज्याला माग्न पनि विद्रोह गर्नुपर्ने अवस्था सिर्जना भएकोमा उनलाई दुखेको थियो। त्यसरी २८ दिन लगातार उभिए मल्लिक।

बाटोमा देख्नेहरू कसैले भने, ‘ पागल...।’

केहीले भने, ‘पैसाका लागि यहाँ आएको...।’

र थपिँदै गए, ‘डाक्टर भएर बाटोमा बस्छ उपचार गर्नुछैन...।’

यस्ता शब्दले उनको मन बिझाइरहे।  माइतीघरमा उभिएको दोस्रो दिन प्रहरीले पनि हप्काए। एकजनाले झोक्किँदै भने, ‘तँ जस्तो डाक्टर त कति तह लगाएको छु। यसरी नबस्।’

प्रहरीको हप्काइले उनी अत्तालिएनन्। बरु दृढ भएर तार्किक जवाफ दिए, ‘सर तपाईं पनि बर्दीमा। म पनि बर्दीमा। तपाईं पनि ड्युटीमा। म पनि ड्युटीमा। भलै कलर फरक होला। तपाईंको प्रोफेसन र हाम्रो प्रोफेसनमा सम्मान भनेको धेरै ठूलो कुरा हो। इज्जतले कुरा गर्नुस्।’
1140x725यसरी हप्काइबाट नडगेका मल्लिकलाई तेस्रो दिनबाट प्रहरीले सम्मान गर्न थाले। दिनहरू बित्दै गएपछि उनलाई कल र मेसेजहरू आउन थाले। ‘तपाईं आन्दोलनमा एक्लै हुनुहुन्न। हामी पनि साथमा छौँ,’ भन्नेहरूको संख्या थपिँदै गयो। 

२७औं दिनमा उनको मोबाइलमा मेसेजको घण्टी बज्यो। मोबाइल हेरे, खातामा कोभिड भत्ता रहेछ। त्यसपछि स्वास्थ्यकर्मीरूले कोभिड भत्ता पाएका समाचार सञ्चारमाध्यममा आउन थाले। डा मल्लिकले त्यसरात चैनको श्वास फेरे। 

२८औं दिन पनि उनी माइतीघर आए। त्यो दिन चाहिँ सरकारसँग विद्रोह गर्न हैन। धन्यवाद भन्न। ‘धन्यवाद सरकार’ लेखिएको प्ले बोर्ड तेर्स्याएर उनले आफ्नो कर्तब्य पूरा गरे।
र,
डा मल्लिक स्वास्थ्यकर्मीहरूको मात्र हैन, आम मान्छेको आन्दोलनमा पनि सँगै हुन्छन्। मिटरब्याजी विरुद्धको आन्दोलन, किसान आन्दोलन लगायत विभिन्न आन्दोलनमा उनी हस्पिटलको ड्युटी सकाएर माइतीघर पुग्छन्, अनि धर्नामा बसेकाहरूको स्वास्थ्य जाँच गर्छन्।No description available.कतिपयले त उनलाई ‘माइतीघरको डाक्टर’ भनेर पनि चिन्छन्। ‘माइतीघरमा आमरण अनसन र धर्ना बसेकाहरू थुप्रैको स्वास्थ्य जाँच गरेको छु। त्यसले एउटा डाक्टरलाई छुट्टै खुसी मिल्दो रहेछ,’ डा मल्लिक मुस्कुराउँदै भन्छन्।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्