• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

मधेसमा राज्यको परीक्षा सुरु भयो : बसन्त बस्नेत [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २२, २०७५  १३:१०
1140x725

पत्रकार बसन्त बस्नेतको पहिलो पुस्तक '७२ को विस्मय' शनिबार सार्वजनिक हुँदैछ। पुस्तकको 'कभर'मै संविधान, मधेस र नाकाबन्दीलाई 'ह्यासट्याग'सहित जोड दिइएकाे छ। तर, बस्नेत भन्छन्, 'पुस्तक मधेसबारे मात्रै छैन। मधेस यसको मुख्य भाग हो।'

खासमा पुस्तकमा के छ? उनले भनेजस्तै मुख्य भागका रुपमा रहेको मधेस, मधेसका मुद्दा, बदलिएका मधेसकेन्द्रित दलहरुलाई उनले कसरी हेरेका छन्? मधेस राजनीतिप्रति उनको प्रक्षेपण कस्तो छ? लगायतका विषयमा नेपाल लाइभका किशोर दहालले बस्नेतसँग कुराकानी गरेका छन्।

पुस्तकमा के छ?
समग्र नेपालको उत्तर संक्रमणकाल यो पुस्तकको केन्द्रमा छ। मधेस यसको अभिन्न हिस्सा हुँदै हो। मैले नेपालमा प्रजातन्त्रको सूत्रपात हुँदायताको पहिचान, आत्मसम्मानको राजनीतिबारे चियाउने प्रयास गरेको छु।

किताब कसका लागि लेखिएको हो?
पक्कै, पाठककै लागि। अझ इतिहास, राजनीति, समाजका मुद्दाहरुबारे रुचि राख्ने पाठकहरुले बढी रुचाउनुहुन्छ होला। यो संक्रमणकालीन नेपालको समकालीन राजनीतिक इतिहास हो।

संविधान निर्माण प्रक्रिया विवादित बन्दै गएपछि, अनि मधेसकै असन्तुष्टिलाई कारण देखाएर भारतले नाकाबन्दी थोपरेपछि पुस्तकको आवश्यकता पूरा गर्नुपर्छ भन्ने लाग्यो। यद्यपि यसमा मधेसको कोणमात्रै आएको छैन। यो समग्रतालाई विश्लेषण गरेर लेखिएको पुस्तक हो।

पत्रकारले साधारणतया आफूले रिपोर्टिङ गरेको क्षेत्रमा किताब लेख्ने गर्छन्। तर त्यसरी किताब नै लेख्न वर्षौं समय लगाएका हुन्छन्। तपाईंले कति समय काम गरेपछि यस्तो किताब लेख्ने अठोट गर्नुभयो?
यसको कुनै बनिबनाउ नियम छैन। मैले औपचारिक बिट सम्हाल्नुअघि पनि यो विषयमा लेख्ने, खोज्ने गर्थें। संविधान निर्माण प्रक्रियाको फास्टट्र्याक र योसँग जोडिएका असहमतिहरु नै तत्कालीन समयको 'फल्टलाइन' स्पष्ट गर्न पर्याप्त थिए। पुस्तक त्यही बुझाइले लेखायो।

त्यस्तो कुनै घटना छ, जसले तपाईंलाई अब मधेसबारे पुस्तक लेख्नुपर्छ भन्ने लाग्यो?
कान्तिपुर दैनिकमा मधेस बिट सम्हाल्दै अलिअलि सोच बन्न थालिसकेको थियो। तर संविधान निर्माण प्रक्रिया विवादित बन्दै गएपछि, अनि मधेसकै असन्तुष्टिलाई कारण देखाएर भारतले नाकाबन्दी थोपरेपछि पुस्तकको आवश्यकता पूरा गर्नुपर्छ भन्ने लाग्यो। यद्यपि यसमा मधेसको कोणमात्रै आएको छैन। यो समग्रतालाई विश्लेषण गरेर लेखिएको पुस्तक हो।

लेख्नुअघि नै यस्तै स्वरुपको पुस्तक लेख्ने भन्ने सोच्नुभएको थियो कि लेख्दै गएपछि अहिलेको स्वरुपमा अाउन पुग्यो?
लेख्नुअघि अलि ठूलो 'क्यानभास' सोचिएको थियो। त्यसै अनुसार अघि बढेँ पनि। पहिलो ड्राफ्ट सकेर केही समय आराम लिएपछि उल्लेख्य परिमार्जन गरेँ। लेख्ने क्रममा यस्तो हुँदो रहेछ।

nimb
nimb
Ncell 2
Ncell 2

पोहोर साल भएका तीन चरणका चुनावले तेस्रो मधेस आन्दोलनलाई घटनाक्रमको दृष्टिले टुंग्याइदिएकै हुन्। मेरो यो तर्कसँग सायद क्षेत्रीय पार्टीहरुले पनि असहमति नराख्लान्।

पुस्तकले समकालीन नेपाली राजनीतिलाई मिहिन विश्लेषण गरेको छ वा यो वर्णनात्मक पुस्तक मात्र हो?
यो दुवै हो। समकालीन राजनीति विश्लेषण नगरी गरिएका वर्णनहरुको अर्थ हुँदैन। अनि वर्णनबिनाका विश्लेषणहरु पाठकलाई सम्प्रेषण गर्न कठिन होलान्।

मधेस आन्दोलन उत्कर्षमा पुगेको केही वर्ष नबित्दै त्यसैसँग जोडिएको पुस्तक आएको छ। तर, मुद्दा र घटनाक्रमले निष्कर्ष पाइसकेको छैन। जोखिम मोलेको जस्तो लाग्दैन?
लाग्छ। राजनीतिक मुद्दाहरु लामो समय चलिरहने प्रक्रियाहरु हुन्। त्यसको कुनै एउटा निश्चित बिन्दुबाट टुंगो लाग्न कठिन हुन्छ। पोहोर साल भएका तीन चरणका चुनावले तेस्रो मधेस आन्दोलनलाई घटनाक्रमको दृष्टिले टुंग्याइदिएकै हुन्। मेरो यो तर्कसँग सायद क्षेत्रीय पार्टीहरुले पनि असहमति नराख्लान्।

मधेस आन्दोलनलाई 'रियल पोलिटिक्स'का रस्साकस्सीबाट मात्र हेर्नु कति उपयुक्त हो?
जुनसुकै विषयलाई पनि 'रियल पोलिटिक्स'बाट मात्रै बुझ्नु गलत हो। बरु 'टोटल पोलिटिक्स'बाट बुझ्नु मनासिव हो भन्ने लाग्छ। 

नयाँ संविधानले सीमान्तकरणमा परेका क्षेत्र, वर्ग, समुदायलाई धेरै हदसम्म सम्बोधन गर्न सफल भएको छ। संघीय सीमांकनलगायत केही विषयमा उनीहरुले राखेका मागहरु जस्ताको तस्तै सम्बोधन नहुनु स्वभाविक जस्तै थियो।

तपाईंले संकेत गरेजस्तै पुस्तक 'रियल पोलिटिक्स'मा मात्रै आधारित होइन भने, मधेसी जनताले केन्द्रीय सत्ताबाट भोगेका अनुभव कत्तिको आएका छन्?
यो चाहिँ पुस्तक पढेपछि थाहा होला।

तपाईंले मधेसलाई जुन परिस्थितिमा देखेर पुस्तक लेख्न थाल्नुभएको थियो, अहिले त्यसमा कस्ता परिवर्तन आएका छन्?
नयाँ संविधानले सीमान्तकरणमा परेका क्षेत्र, वर्ग, समुदायलाई धेरै हदसम्म सम्बोधन गर्न सफल भएको छ। संघीय सीमांकन लगायत केही विषयमा उनीहरुले राखेका मागहरु जस्ताको तस्तै सम्बोधन नहुनु स्वाभाविक जस्तै थियो। यो कुरा वास्तवमा दोस्रो संविधानसभा चुनावको परिणाम आउने बेलै स्पष्ट भइसकेको थियो। त्यसैले राज्य संरचनाप्रति छिटफुट असन्तुष्टि बाँकी रहे पनि तुरुन्तै त्यसले राजनीतिक वजन पाउने सम्भावना देखिएको छैन। बरु संघीयता अभ्याससँगै यो असन्तुष्टि बिस्तार भएर प्रदेश सरकार, स्थानीय सरकारतिर खिचिने सम्भावना पनि देखिन थालेको छ।

मधेशका सामाजिक तनाबहरु भोलि नयाँ अवस्थामा सतहमा आउने देखिएमा सायद नयाँ नेतृत्वको खोजी हुन सक्छ। त्यो नेतृत्व हालका पार्टीहरु भित्रैबाट या बाहिरबाट पनि जन्मन सक्छ। 

शक्ति संरचनाको हिसाबले उनीहरुको सीमांकन लगायतका केही विषयका मागहरु सम्बोधन नहुनु स्वभाविक हो। त्यसमा दुई मत नहोला। तर मधेसले भोगेको भनिएको लामो समयको विभेदलाई सम्बोधन गर्न उनीहरुले त्यतिबेला चर्को रुपमा र अहिले सुषुप्त रुपमा उठाइरहेकाे मागले कति अर्थ राख्छन्?
पहिलो त, मधेस आन्दोलनको नेतृत्वकर्ता रहेको मधेसी मोर्चा संविधान कार्यान्वयन, चुनावसँगै स्वयम् सत्तामा गइसकेको, सत्तालाई समर्थन जनाइसकेको अवस्थामा अब उनीहरुका बाँकी मागहरु के हुन् भन्ने स्पष्ट गर्नुपर्छ। दोस्रो, त्यहाँका सामाजिक तनाबहरु भोलि नयाँ अवस्थामा सतहमा आउने देखिएमा सायद नयाँ नेतृत्वको खोजी हुन सक्छ। त्यो नेतृत्व हालका पार्टीहरु भित्रैबाट या बाहिरबाट पनि जन्मन सक्छ।

मधेस त्यतिबेला सही मुद्दामा आन्दोलित भएको थियो भने त्यो मुद्दा जीवितै छ। मुद्दा सही भएपछि राजनीतिमा अन्य कुरा गौण मानिन्छ। मधेस फेरि पनि उसैगरी आन्दोलित हुने सम्भावनाबारे पुस्तकले केही संकेत गर्छ?
मधेस आन्दोलनका राजनीतिक पक्षहरु एक ठाउँमा छन्, भावनात्मक प्रश्नहरु दोस्रो ठाउँमा। राजनीतिक पक्ष भन्नाले हामी समानुपातिक प्रतिनिधित्वको प्रश्न, स्थानीय भाषाको मान्यता, निर्वाचन क्षेत्र वितरण, सीमांकन आदिमा पुग्छौं। भावनात्मक प्रश्न भन्नाले लामो समयदेखिको रङ, वर्ण, भाषा, स्रोत साधनमाथिको बराबरी पहुँचको कमी आदिका कारण उत्पन्न संवेगहरु बुझ्नु उचित हुन्छ। त्यहाँभित्रैको वर्गीय, सामाजिक अन्तर्द्वन्द्व पनि कारक छ। मूल कारण राजनीतिक नै हो। यी छिद्रहरु भोलि नयाँ ढंगले नखुल्लान् भन्न सकिन्न। यही सम्भावना कर्णाली, सुदूरपश्चिम, महिला या अरु पक्षबारे पनि देखाउन सकिन्छ। केही न केही असन्तुष्टि सबैतिर छ। शक्तिशाली बन्दै गएको राज्य अब 'डेलिभरी'मा कसरी खरो उत्रन्छ, यसको परीक्षा हुन बाँकी छ। वा भनौं, सुरु भइसकेको छ।

पुस्तक लेख्ने भनेपछि एउटा अनुशासनमा बस्नुपर्ने रहेछ। मैले आफूलाई त्यसमा बानी पार्ने प्रयास गरें।

मधेसी जनताको अनुभूति उतार्न आन्दोलनको मौसम मात्र उपयुक्त हुन्छ? वा, सामान्य बेलामा गरिएका गहन अन्तर्क्रिया बढी उपयोगी हुन्छन्? तपाईको धारणा के हो? पुस्तक लेख्दा यस्तो कुरा महसुस भयो?
पुस्तक भनेको एउटा लेख वा स्तम्भ होइन। मौसमको कुरै भएन।

नाकाबन्दी भारतले लगाएकोमा सन्देह रहेन। तर त्यो नाका अवरोधचाहिँ राज्यका गोलीबाट मधेसीका ज्यान जोगाउन जरुरी थियो भन्ने मधेसकेन्द्रित राजनीति गर्नेहरुले अहिले पनि तर्क गर्छन्। यो तर्कमा कतिको सत्यता छ? पुस्तकले यस्ता तर्कलाई कसरी केलाएको छ?
यो विषयमा लामो बहस गर्न सकिन्छ। जवाफका अनेक आयाम छन्। सायद हामी पुस्तकमै यसको जवाफ खोज्ने प्रयासमा लाग्नु उचित होला।

मधेसलाई हेर्ने तीन वटा कोण चल्तीमा छन्। स्वयम् मधेस, काठमाडौं र दिल्ली। पुस्तकमा कुन कोण प्रभावी छन्? त्यो कोणबाट तपाईंले कस्तो चित्र देख्नुभयो?
मधेसलाई हेर्ने चौथो कोण पनि हुन सक्छ नि। सक्दैन र? तर याद गर्नुपर्ने कुरा के छ भने, यो पुस्तक मधेसबारे मात्रै छैन। मधेस यसको मुख्य भाग हो।

पुस्तक तयार गर्दाका केही रोचक अनुभव छन् भने बताइदिनुस् न?
खासै याद भएन। सायद मेरो जीवनशैलीलाई अलि व्यवस्थित बनाएँ हुँला। पुस्तक लेख्ने भनेपछि एउटा अनुशासनमा बस्नुपर्ने रहेछ। मैले आफूलाई त्यसमा बानी पार्ने प्रयास गरेँ।

अन्तिममा, यो किताब नपढ्ने पाठकहरुलाई के घाटा हुन्छ?
पुस्तक नाफा-घाटाका लागि होइन।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०७५  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, भदौ ९, २०८३
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ मंगलबार, भदौ ९, २०८३
बाराको सिमराबाट एक बालिका बेपत्ता मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्