• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कांग्रेसकाे जिम्मेवारी के?

64x64
नेपाल लाइभ बिहीबार, भदौ २१, २०७५  ०२:५१
1140x725

कांग्रेसको समाजवाद कुनै वादसँग भन्दा पनि विवेकसँग जोडिएको थियो। हामीले विवेक गुमायौं। सन् १९९० पछि लागू गरिएको आर्थिक उदारीकरणको नीति कुनै पनि कम्युनिष्ट सरकारले बदल्न सकेनन्। त्यो कांग्रेसकै सोचमा आएको थियो। विश्वव्यापी सन्दर्भमा आएको थियो, जुन सोचनीय पनि छ। हाम्रो सोंचबाट आएको भए नेपालको आर्थिक दुरवस्था यति धेरै दयनीय हुने थिएन। 

हामीले नै बनाएको प्रणालीका कारण वर्तमान परिस्थति आएको हो। केपी शर्मा ओली प्रधानमन्त्री बन्न आफै दोडिएर गएका होइनन्। प्रणालीले प्रधानमन्त्री भएका हुन्। कांग्रेसले बनाएकै संविधानको आडमा उनको सत्तारोहरण भएको हो। निर्वाचनबाट कांग्रेसले पनि बहुमत खोजेको हो। बहुमतको आशा कांग्रेसले पनि गरेकै थियो। कांग्रेसले सोचे अनुसार भएन। कांग्रेस बाहेकको सरकार बन्न नहुने पनि होइन। अब प्रश्न–यो सरकारलाई पाँच वर्ष काम गर्न दिने कि नदिने भन्ने हो। परिष्कृत अभ्यास गर्ने कि नगर्ने भन्ने हो। 

युरोपको अभ्यास हेर्ने हो भने कतिपय देशमा दुई कार्यकाल एउटै पार्टीले सरकार सञ्चालन गर्ने गरेका छन्। टोनी ब्लेयरकै उदारहण हेर्न सकिन्छ। अमेरिकामा पनि एउटै दलले दुई कार्यकाल सरकार चलाएको छ। हामीकहाँ पनि एउटै पार्टीले दुई कार्यकाल चलायो भने आपत्ति के भो? 

नागरिकका रुपमा सोच्दा कुनै समस्या देखिँदैन। स्थिरता हाम्रो दिमागमा बसिसकेको छैन। ओलीको स्थानमा कांग्रेसको प्रधानमन्त्री भएको भएपनि अवस्था यस्तै हुने थियो। अब पनि यसरी चल्न सकिन्न। 

कांग्रेसमा पार्टी संस्कृति विपीले शुरु गर्नु भयोे। कम्तीमा पनि ससंदीय पार्टीको मूल्यमान्यता त कांग्रेसले ख्याल गर्नुपर्छ नि ! कांग्रेसले सबैभन्दा पहिले विपक्षीको भुमिका निर्वाह गर्न सिक्नुपर्छ। सत्ता कांग्रेसको हातमा धेरै पटक प्राप्त भयो तर निरन्तरता दिन सकेन। यसपटक कांग्रेसबाट विपक्षीको भूमिका सकरात्मक हुने अपेक्षा गरिएको थियो। 

कांग्रेसका एजेन्डा नै स्पष्ट रूपमा आएका छैनन्। जनताको भोट एकातिर कांग्रेसको नेतृत्व अर्को तिर हुुनुहुँदैन। प्रतिपक्षको नेता प्राविधिक व्यक्ति मात्रै होइन। प्रतिपक्षको बेन्चमा ‘मोरल हाइट’ पनि हुनुपर्छ। सांसदको नेतृत्व सही ढंगले हुनुपर्छ। व्यक्ति को हुनुपर्छ/हुनुहुँदैन भन्ने कुरा प्रमुख विषय होइन। निर्वाचनमा हार्नु पार्टी सँधैका लागि सक्किनु होइन। नेतृत्व हारेको हो। पार्टी हारेको भए त विघटन गरिदिए भै हाल्यो। हार्ने पार्टी किन राख्ने? नेतृत्वको क्षमताका काराण मत नआएको हो। पार्टीलाई नपत्याएको होइन। यतिबेला  कांग्रेसमा नैतिक बल कमजोर देखिएको छ। 

कांग्रेसको संगठन पुनर्गठन गर्न जरुरी छ। मुख्यतः सदस्यतामा पुनर्गठन गर्नुपर्ने छ। कुनै नेताको भने एकैपटक पाँच सयबाट संख्या थपिदै जान्छन्। सदस्यता कब्जा प्रणाली कांग्रेसम कायमै छ। यसको अन्त्य हुनुपर्छ। म कांग्रेसको सदस्य छैन तर भोट हाल्दै आइरहेको छु। कांग्रेसमा कसले प्रतिनिधित्व गर्नुपर्छ भन्ने विषय मेरो क्षेत्रमा हुने नेतालाई मैले छनोट गर्न नपाउने? 

कब्जाको प्रणाली त्याग्नैपर्छ। त्यस विषयमा कांग्रेसमा बसहै भएकै छैन। यस्तै अवस्था रहिरहने हो भने कांग्रेसलाई मैले किन भोट हाल्ने? पार्टी लोकतान्त्रिक हुन सकेन, हुँदै भएन। लोकतान्त्रिक हुने हो भने  मतदाता, शुभेच्छुक, क्रियाशील सदस्यलाई महाधिवेशनको प्रयोगमा मात्रै सीमित गर्नुहुँदैन। प्रत्येक निर्वाचन क्षेत्रमा कांग्रेसभित्र खुुला बहस हुनु आवश्यक छ। क्रियाशील सदस्यताको वाहियाती प्रावधान हटाउनुपर्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

नेतामा आश्रित सदस्यको भीड सानो छैन। लोकतन्त्रले सबै नागरिकलाई सक्षम बनाउन चाहन्छ। आश्रित बनाउनु लोकतन्त्रको मर्यादा विपरीत छ। कांग्रेसको सदस्यता वितरण प्रक्रिया कार्यकतालाई आश्रित बनाउने प्रकृतिको छ। सच्चाउनुपर्छ। सधैँभरि पदमा रहने आकांक्षा नेताले त्याग्नुपर्छ । 

२०४६ साल आन्दोलनमा गणेशमान सिंहले के गर्नुभयो? विपि कोइरालाले प्रदिपादन गरेको कांग्रेस कम्युनिष्टबीचको फरक सम्बन्धका सन्दर्भमा सिंहले नयाँ पहल अघि ल्याउनु भएको थियो। त्यसकै परिणामले २०४६ सालको आन्दोलन सफतलाको परिणाम आयो। कम्युनिष्टसँगै हातै मिलाउन नहुने हो र? हात मिलाईसकेपछि आफ्नो बाटो कसरी तय गर्ने भन्ने पो मुख्य कुरा हो त। राजासँग हात मिलाउन हुने, कम्युनिष्टसँग नहुने? 

आजका कम्युनिष्ट कम्युनिष्ट नै होइनन्। यिनको चरित्रै बेग्लै भैसक्यो। तर, त्यतिबेला गणेशमानले त्यस्तो प्रकारको पहल किन गरे होलान्? गणेशमानले कम्युनिष्टको कडा आलोचना पनि गर्नु भएको थियो। कम्युनिष्टको विश्वासै छैन पनि भन्नुहुन्थ्यो । मुलुकको आवश्यकता हेरेर हात मिलाउनु भएको थियो। 

कांग्रेको लक्ष्य लोकतन्त्रको रक्षा गर्नु थियो। पञ्चायतकालमा कांग्रेस र कम्युनिष्टका नाममा धेरै पटक लडाईं झगडा हुने गर्दथ्यो। त्यसलाई चिर्दै गणेशमानले सहज वातावरण बनाउनुभएको थियो। कतिपयले भन्छन् विपी बाँचिरहेको भए, त्यसो गर्न सम्भव थियो या थिएन? कांग्रेस पछि परेपछि मात्रै कुरा उठाउन थालेको छ। 

आन्दोलन सकिए लगत्तै गणेशमानले आर्थिक विकासका कुरा गर्नुभएको थियो। हामी कहाँनिर चुक्यौ? कांग्रेसले अवसर नपाएको त पक्कै होइन। कयौं पटक कांग्रेसले एकल सरकार चलाएको थियो। कांग्रेसले अवसर बनाएको समयमा आर्थिक क्रान्तिको प्याकेज बनाउनै सकेन। ती विषयमा कांग्रेसले सोच्नै सकेन। १९८० को दशकमा आइसक्दा उदारवादको जबरजस्त अभियान आइसकेको थियो। त्यसको प्रभाव नेपालमा पनि आइसकेको थियो। त्यस समय कांग्रेसको पहलमा भएको मान्ने कि ग्लोबल सन्दर्भ मिलेको भन्ने? 

(गणेशमान सिंह अध्ययन प्रतिष्ठानको १६औं साधारण सभालाई प्राध्यापक कृष्ण खनालले गरेको सम्बोधनको सम्पादित अंश) 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०७५  ०२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर
कुन कुन राजमार्ग अवरुद्ध छन्?
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, वैशाख १९, २०८३
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्