• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ललिता निवास प्रकरण : आइतबार थुनछेक सक्ने जिल्ला अदालतको तयारी, बहसमा कडाइ गर्दै न्यायाधीश  

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २२, २०८०  १६:५०
1140x725

काठमाडौं– ललिता निवासको सरकारी जग्गा कीर्ते गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दामा चलिरहेको थुनछेक बहसमा हालसम्म ८ जना अभिवक्ताले प्रतिवादीका तर्फबाट बहस सकेका छन्।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालयका पूर्व कर्मचारीहरू कलाधर देउजा ,शिवजी भट्टराई , तत्कालीन नापी सर्वेक्षक घमनकुमार कार्की, डिल्लीबजार मालपोतका खरिदार गोपाल कार्की र समरजंग कम्पनीका सहायक लेखापाल विनोद प्रसाद पौडेलको तर्फबाट बिहीबार बहस भएको थियो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालले शुक्रबार सम्ममा बहस सक्न प्रतिवादीका कानुन व्यवसायीलाई भनेका छन्। 

प्रतिवादी योगराज पौडेल, नारायणदास मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, केशव तुलाधर, बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन, सञ्जयकुमार महर्जन र लोकहरी घिमिरेको तर्फबाट बहस हुन बाँकी छ। ललिता निवास प्रकरणमा १८ जना आरोपी थुनामा छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा सरकारी वकिलको कार्यालयले आइतबार दायर गरेको मुद्दामा २८९ प्रतिवादीबाट ७५ अर्बभन्दा बढी बिगो मागदाबी गरिएको छ।

ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएका कुल ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ। यीमध्ये २१ जनाको मृत्यु भइसकेको छ।

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री यो प्रकरणमा अभियुक्त छन्। त्यस्तै ६ जना पूर्वसचिवहरूलाई पनि अभियोग लगाइएको छ। बहालवाला सचिव कृष्णबहादुर राउत र सहसचिव सुशील वैद्यविरुद्ध पनि अभियोगपत्र दायर भएको छ। 

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दायर अभियोगपत्रमा सीआईबीले अनुसन्धान गरेर बुझाएको फाइलमा केही संशोधन गर्दै जिल्ला सरकारी बकिलको कार्यालय काठमाडौले अभियोगपत्र दायर गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सीआईबीले सञ्चारसचिव कृष्णबहादुर राउतलाई मुद्दा नचलाउन सिफारिस गरेको थियो तर सरकारी वकिलले उनलाई समेत समावेश गर्दै मुद्दा चलाएको छ। तर निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहलाई भने उन्मुक्ति दिएको छ।

अभियोगपत्रमा प्रतिवादीहरूसँग ६ अर्बदेखि ४२ लाखसम्मको बिगो माग दाबी गरिएको छ। अदालतमा दायर मुद्दामा पूर्वमन्त्री विजयकुमार गच्छदारसँग १० करोड ५१ लाखभन्दा बढी बिगो मागदाबी गरिएको छ। 

हदम्याद नभएको दाबी
बहसका क्रममा अधिकांश कानुन व्यवसायीहरूले हदम्यादको प्रश्न उठाए। वरिष्ठ अधिवक्ताहरूले पनि ललिता निवासमा हदम्याद नै नभएको मुद्दा दायर भएकाले खारेज हुनुपर्ने जिकीर गरे। 

वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बालुवाटारको सरकारी जग्गा घोटाला प्रकरणमा सरकारले हदम्याद नाघेको मुद्दा अदालतमा दर्ता गराएको दाबी गरे। बरिष्ठ अधिवक्ता सुशील पन्त र शम्भु थापाले पनि यही प्रश्न उठाएका थिए। त्यस्तै अधिवक्ता माधवकुमार बस्नेतले पनि हदम्यादको कुरा उठाएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ललिता निवास प्रकरणमा जिल्ला अदालत काठमाडौंमा प्रतिवादी मीनबहादुर गुरुङको पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ताहरू थापा,पन्त र श्रेष्ठले यस्तो दाबी गरेका थिए। 

‘सरकारले हदम्याद नाघेपछि दर्ता गर्ने छुट पाउँदैन। कीर्ते कसुरमा २५ दिन मात्रै थुनामा राख्न मिल्छ तर, ६२ दिनमा मुद्दा दायर गरेर कानुन बमोजिम छ भन्न सरकारी पक्षले कसरी दाबी गर्न मिल्छ?’ उनले भने। 

जिल्ला सरकारी वकिल कार्यालयले मुलुकी ऐन–२०२० को ‘किर्ते कागज’ को महलअनुसार ललिता निवासको अभियोग पत्र दायर गरेकोमा श्रेष्ठले सो महल खारेज भैसकेकाले राज्यले नै कानुन नमानेकोले अभियोगपत्र खारेज हुनुपर्ने तर्क गरे। 

आइतबार थुनामा पठाउने आदेश गर्ने अदालतको तयारी 
जिल्ला अदालतले बहस हुन बाँकी रहेका १० प्रतिवादीहरूको शुक्रबार र आइतबार बहस सक्दै आइतबार नै फैसला सुनाउने तयारी गरेको छ। यसका लागि न्यायाधीशहरूले कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न पनि आग्रह गर्दै आएका छन्। लामो समयदेखि बयान अनि बहस भएको भन्दै इजलासले समय ख्याल गर्दै बहस गर्न कानुन व्यवसायीलाई आग्रह पटक पटक गरेका थिए। 

गुरुङको पक्षमा वरिष्ठ वकिलहरूको लाइन 
प्रतिवादी मध्येका गुरुङलाई अभियोगपत्रमा मुख्य तीन प्रतिवादीमध्ये एक भएको दाबी गरिएको छ। ललिता निवासको जग्गा कीर्तेमा शोभकान्त ढकाल, रामकुमार सुवेदी र गुरुङको मिलेमतोमा कीर्ते भएकाले उनीहरुलाई मुख्य अभियुक्तको रुपमा सजाय हुनुपर्ने माग गरिएको छ।

बयानमा क्रममा आफूले उक्त जग्गा खरिद गरेको दाबी गरेका उनले ढकाल र सुवेदीसँग मिलेर भाटभटेनी डेभलपमेन्ट कम्पनी बनाएर खरिद बिक्री गरेको कुरा भने स्वीकार गरेका छन्। अनुसन्धानका लागि पक्राउ परेपछि उनले प्रहरीमा दिएको बयान र अदालतमा दिएको बयानमा पनि यही दाबी गरेका छन्। आफ्नो उक्त कुराको बचाउका लागि गुरुङले जिल्ला अदालतमा सिनियर वकिलहरु उतारेका थिए। गुरुङको पक्षमा बहस गर्न पूर्व महान्याायधिवक्ता, पूर्व बारको अध्यक्ष, पूर्व न्याय परिषद् सदस्यसहितका कानुन व्यवसायी पुगेका थिए।

गुरुङको बचाउमा बहस गर्न नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, न्याय परिषद्का पूर्व सदस्य उपेन्द्रकेशरी न्यौपाने, पूर्व महान्यायाधीवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरे लगायत पुगेका थिए। त्यस्तै मंगलबार गुरुङ पक्षका अधिवक्ता मणि आचार्य, शम्भु पोखरेल, ललित बस्नेत र शरद कोइराला लगायतले बहस गरेका थिए।

बहसका क्रममा सबै कानुन व्यवसायीले गुरुङले जग्गा कीर्ते गरेको नभई खरिद गरेको र पैसाका साथै राजस्वसमेत तिरेर आफ्नो नाममा ल्याएको दाबी गरेका थिए। उनीहरुले एक सफल व्यापारीलाई राज्यले यस्तो अभियोग लगाएर थुनामा राख्न नमिल्नेसम्मको तर्क अघि सारे। उनीहरूले गुरुङलाई बिना धरौटी साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरे।

गुरुङविरुद्ध विशेष अदालतमासमेत भ्रष्टाचार मुद्दा दायर गरिएकाले एउटै विषयमा हरेक अदालतमा मुद्दा दायर गरेर दुःख दिने नियतमात्र भएको दाबी गरे। अहिलेसम्म पूर्व सहसचिव कलाधर देउजा र गुरुङसहित ५ जना प्रतिवादीको तर्फबाट बहस सकिएको छ। सो मुद्दामा १८ जना थुनामा  भएकाले उनीहरुको हकमा पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी माग गर्ने निर्णय गर्नुपर्ने छ।

ललिता निवास प्रकरणमा पूर्वमन्त्री, सचिव, बहालवाला सचिवसहित २८९ जना विरुद्ध अभियोगपत्र दर्ता गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीमान्तका आवाजलाई केन्द्रमा ल्याउँदै जुम्लामा साहित्य सम्मेलन
कार्टुन
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ
सम्बन्धित सामग्री
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा खटिएको प्र... सोमबार, कात्तिक ९, २०८३
२४ घण्टामा ट्रााफिक कारबाहीमा किन परे ५१४ सवारी चालक ? ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २१ जना चाल... सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
सीमान्तका आवाजलाई केन्द्रमा ल्याउँदै जुम्लामा साहित्य सम्मेलन सोमबार, कात्तिक ९, २०८३
कार्टुन सोमबार, कात्तिक ९, २०८३
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ सोमबार, कात्तिक ९, २०८३
आसाममा प्रमोद खरेल र ‘परम्परा ब्यान्ड’को सांगीतिक धमाका सोमबार, कात्तिक ९, २०८३
नेपाली क्रिकेट अमर रहोस्: बालेन सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्