• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अबको युग विद्युतीय सवारीको हुनेमा कुनै शंका छैन [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, भदौ २०, २०७५  ११:१३
1140x725

१३औं नाडा अटो शो भदौ २७ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ। शोलाई सवारी महाकुम्भ मेलाका रूपमा पनि हेरिन्छ। लगातार ५ वर्षसम्म यसको संयोजन गरिसकेका नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालसँग नेपाल लाइभका उत्तम काप्रीले गरेको कुराकानी :

नाडा अटो शो किन र कसका लागि?
हामी व्यवसायीले नाडा अटो शो भन्ने गरिए पनि यसलाई खरिदकर्ता र आम जनसमुदायले सवारी महाकुम्भ मेला भन्न थालिसकेका छन्। मेलाको प्रमुख उद्देश्य  सवारी साधनको ब्रान्डिङ नै हो। मेलामा १९ वटा ब्रान्डका ४ पांग्रे तथा २० वटा २ पांग्रे सवारी कम्पनीसहित ७१ वटा कम्पनी सहभागी हुँदै छन्। यो मेला सबै कम्पनीका लागि आफ्नो सवारीको ब्रान्डिङ गर्ने एउटा ठूलो अवसर हो। कम्पनीसँगै सवारी तथा सवारी पार्टपूर्जा खरिदकर्ताले एउटै छानामुनि सबै कम्पनीका  उत्पादनसँग तुलना गर्ने अवसर पाउँछन्। गुणस्तर र आफ्नो आवश्यकता अनुसारको छनोट, मूल्यमा तुलना र बैंकको कर्जा तथा बिमाको बारेमा पनि बुझ्ने अवसर पाउँछन्। योसँगै अटोमोबाइल्स सम्बन्धी सम्पूर्ण जानकारी दिने-लिने अवसर मिल्छ। 

मेलामा पुरानो सवारी 'रिसेल'को अवसर र भविष्यमा आफूले प्रयोग गर्ने सवारीको विषयमा जानकारी त पाइन्छ नै साथै कस्तो सवारी खरिद गर्नु उपयुक्त हुन्छ भन्नेबारे पनि ‘माइन्ड’ मेकअप गर्ने अवसर पाउँछ।

तपाईं ब्रान्डिङको कुरा गर्दै हुनुहुन्छ। तर, मेलामा सहभागी कम्पनीको ध्यान त बिक्रीतर्फ नै हुन्छ नि?
कतिपय अवस्थामा तपाईंले भनुभए जस्तै बिक्रीमा पनि सवारी कम्पानीको ध्यान जान्छ। तर, कम्पनीले पहिलो प्राथमिकतामा ब्रान्डिङलाई नै राखेको हुन्छ। बिक्री भनेको सेकेन्डरी कुरा हो। सवारीमा सोख हुनेहरुले पनि सवारी खरिद तथा बुकिङका लागि वर्ष दिनदेखि शो कुरेर बसेका हुन्छन्। शोमा सवारी कम्पनीहरुले यति नै बिक्री गर्छौं भनेर लक्ष्य भने लिएका हुँदैनन्। 

बजार प्रतिस्पर्धी छ। सवारी खरिदमा चासो देखाउनेलाई हामी सवारी बिक्री गर्दैनौं भनेर व्यापारीले भन्दा पनि भन्दैन। त्यसमा पनि ग्राहक स्मार्ट भइसकेका छन्। सबै कुरा बुझेर मात्रै थप जानकारी लिन मेलामा आउँछन्। स्टलमा बस्नेले पनि कम्पनीको ब्रान्डिङ विस्तारसँगै व्यापारलाई पनि हेरेका हुन्छन्। ग्राहक पनि कुनै एउटा प्लानसहित सवारी साधनको विषयमा बुझन आएको हुन्छ। चित्त बुझेको अवस्थामा बुकिङ गर्ने सोच उनीहरुमा हुन्छ। त्यसमा पनि कम्पनीले शोलाई नै लक्षित गरेर विभिन्न अफर योजना ल्याएका हुन्छन्। अफरकै कारण ग्राहकको मन खरिदमा तानिन्छ। कतिपय ग्राहक यही अवसरमा खरिद गर्ने सोचका साथ पनि आएका हुन्छन्।

कम्पनीले सवारीसाधन त वर्षभरि नै व्यापार गरिरहेका छन्। विभिन्न अवसर पारेर स्किम पनि ल्याइकै हुन्छ। तर, किन दसैं आउनु केही समयअघि तपाईंहरु निरन्तर शो गर्दै आउनुभएको?
बाहिर देख्दा दसैं लक्षित नाडा शो भनिन्छ, त्यो सत्य हो। तर, वर्षा सिजन सकिएर चाडपर्व सुरु हुने चरणमा शो हुने गरेको छ। व्यापारी तथा खरिदकर्ता पनि यतिखेर खुसीको मूडमा हुन्छन्। उत्सवको माहोल सुरु भएको हुन्छ। मेला नगरे पनि सवारी बिक्री बढी हुने समय दसैं आसपास नै हो। तर, आर्थिक वर्षको पहिलो तीन महिनामै दसैं जस्तो ठूलो पर्व पर्छ। व्यवसायीले पनि यही मेला मेला लगाउँछन्। अटो बजार यही समयमा बढी चलायमान हुन्छ। पहिलो तीन महिनामै वर्षभरि हुने कुल सवारी कारोबारको ३० प्रतिशत व्यापार हुन्छ। अन्य बेला पनि निजी सवारी बिक्री भइरहेको हुन्छ। वर्षा सिजनमा मात्रै कमर्सियल सवारीको व्यापार कम हुन्छ। तर, यस पटक भने ठाउँ अभावका कारण ठूला सवारी नराखे निर्णय गरेका छौं।

सवारीसाधनलाई सरकारले अनुत्पादक क्षेत्र भन्दै कर संकलनको प्रमुख हतियारको रूपमा लिएको छ। तपाईंहरुले कसरी लिनुभएको छ?
सरकार र व्यावसायीबीच धेरै विवाद छैन। सरकारले पनि कुन क्षेत्रबाट कसरी बढी कर संकलन गर्न सकिन्छ भने सोचिरहेको छ। देश सञ्चालन गर्न कर आवश्यक हो। त्यसमा पनि जो सक्षम छ उसले नै सरकारलाई कर तिर्ने हो। सक्षम मानिसले नै निजी सवारी प्रयोग गर्छन् भने धारणमा समाजमा छ। कतिपय अवस्थामा मानिसले आफ्नो आवश्यकता परिपूर्तिका लागि पनि सवारी चढेका हुन्छन्।

सरकारले सवारी क्षेत्रमा तोकेको कर वैज्ञानिक छैन भन्छन् नि?
सरकारले बिना मापदण्ड सवारी खरिद तथा प्रयोगकर्तामा कर लगाएको छ भन्ने विषयमा म केही बोल्दिनँ। श्रीलंका तथा युगान्डा सरकारले पनि सवारीमा सबैभन्दा बढी कर लगाएको छ। कर निर्धारणको विषय कतिपय अवस्थामा सरकारको बाध्यता पनि हुन्छ। सरकारले आफ्नो बाध्यता हेरेर निर्धारण गरेको करलाई हामीले अवैज्ञानिक छ भन्न मिल्दैन। नेपाल जस्तो गरिब देशले विकासलाई तीव्रता दिन रकम संकलन गर्नुपर्ने बाध्यता छ। 

nimb
nimb
Ncell 2
Ncell 2

सरकारले विस्तारै कर बढाउँदै लगेको भए राम्रो सन्देश जान्थ्यो। तर, एकैपटक वृद्धि गर्न खोज्दा मात्रै नकारात्मक सन्देश गएको हो। अटो क्षेत्र चलायमान रहँदा नै देशको अर्थतन्त्र पनि चलायमान छ। यसलाई व्यवस्थित गर्दै कर संकलन गर्नु सबैका लागि राम्रो हो।

अर्थतन्त्र चलायमानको कुरा गर्नुभयो। कसरी अटोले अर्थतन्त्रमा सहयोग गरेको छ?
२०७२ बैसाखको भूकम्पपछि देशभित्र रहेका सबै व्यवसाय पर्ख र हेरको अवस्थामा थिए। देशमा संकट भएको बेला सवारी जनताको पहिलो आवश्यकता होइन त्यसैले शो गर्ने कि नगर्ने भन्नेमा दोधार थियो। तर, जसरी अर्थतन्त्र चलायमान गर्नकै लागि भए पनि मेला गरेको इतिहास छ। हामी व्यवसायीले सवारी आयातमा विदेश १० रुपैयाँ पठाउँदा सरकारलाई २० रुपैयाँ तिरिरहेको छौं। अन्य वस्तुमा जस्तो आयातमा मात्रै रकम गएको छैन। सरकारलाई पनि राम्रै आम्दानी भएको छ। अटो व्यावसाय सबैभन्दा बढी कर तिर्ने व्यवसायीको सूचीमा समेत पर्छ। व्यवसायले वार्षिक झन्डै एक खर्ब रुपैयाँ भन्सारमा मात्रै तिरेका छौं। त्यसका पनि सवारी प्रयोगकर्ताले पनि वार्षिक २५ अर्बभन्दा बढी रुपैयाँ राज्यलाई कर तिर्ने गरेका छन्। राज्यलाई अटो क्षेत्रबाट निरन्तर कर संकलनमा सहयोग भइरहेको छ।

गाडी कम्पनीले २ सय प्रतिशतसम्म नाफा खान्छन् भन्छन् नि?
यो सरासर गलत हो। बजार प्रतिस्पर्धी छ। नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने सवारी भनेकै इन्ट्री लेभलको हो। महँगा गाडी थौरै मात्र बिक्छन्। ६० प्रतिशत हाराहारीमा इन्ट्री लेभलका मोटरसाइकल र कार बिक्री हुन्छन्। कुल सवारी आयातमा पनि ८० प्रतिशत बाइक नै छ। सवारी बिक्रीमा ५ देखि ७ प्रतिशत भन्दा बढी नाफा हुँदैन।

अटो व्यवसायमा संलग्नहरु नै नक्कली सवारी पार्टपूर्जा आयात गर्छन् भन्ने आरोप छ त...
केही सयम अगाडिसम्म बजारमा सवारीसाधनको नक्कली पार्टपूर्जाको बिगबिगी नै थियो। अहिले यो नियन्त्रण भइसकेको छ। प्रयोगकर्ताले पनि नक्कली पार्टपूर्जा प्रयोग गरेर आफ्नो सवारी आयु घटाउन चाहँदैनन्। अहिले बजारमा पाइने पार्टपूर्जामध्ये २० प्रतिशत त नक्कली नै छन्। नक्कली पार्टपूर्जा आयात तथा बिक्री गर्नेलाई सरकारले कारबाही गर्नुपर्छ। त्यसमा हामी व्यावसायीको पनि सहयोग हुन्छ।

विश्वमा युरो ३ मापदण्डको सवारी प्रतिबन्ध भइसकेको छ। नेपालमा किन प्रतिबन्ध हुन सकेन?
कस्ता सवारी प्रयोग गर्न दिने र कस्तामा प्रतिबन्ध लगाउने विषय सरकारको हो। सरकारले ल्याउने नियम कार्यन्वयनका लागि व्यावसायीबाट सधै सहयोग भएको छ। नेपालमा आउने कार/जिप तथा भ्यान युरो ३ मापदण्डका छैनन्। केही मात्रामा कमर्सियल सावरीको भने आयात तथा बिक्री वितरण भइरहेको सत्य हो।

विश्वमा विद्युतीय सवारी प्रयोग बढ्दो छ। तर, नेपालमा किन यसतर्फ आकर्षण बढ्न सकेन?
अबको अटो बजार भनेकै विद्युतीय अटो बजार हो। विद्युतीय सवारी आयात तथा  बिक्रीका लागि नेपाली कम्पनीले पनि अर्बौं रुपैयाँ लगानी गरिसकेका छन्। अब विद्युतीय सवारीबाहेक अन्यमा जान्छु भन्न सक्ने अवस्था छैन। टाटाले पनि यसपटकको शोमा बस तथा विद्युतीय कार सार्वजनिक गर्दै छ। नेपालमा महिन्द्रा, किया लगायत अन्य कम्पनीले पनि विद्युतीय कार बिक्री गर्न थालिसकेका छन्। पहिलो चरणमा लागत केही महँगो परे पनि दीर्घकालमा यो सस्तो र वातावरणमैत्री हुनेछ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०७५  ११:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, भदौ ९, २०८३
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ मंगलबार, भदौ ९, २०८३
बाराको सिमराबाट एक बालिका बेपत्ता मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्