• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

चलचित्र विकास बोर्ड खुलेपछि नेपाली सिनेमा ओरालो लाग्यो : नीर शाह

64x64
समर्पण श्री शनिबार, भदौ १६, २०८०  १९:३५
1140x725

काठमाडौं- नीर शाह नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध व्यक्तित्व हुन्। उनले दर्जनौं चलचित्रहरूमा अभिनय गरे। इतिहास र आख्यानमाथि 'वसन्ती', 'सेतो बाघ' र 'वासुदेव'जस्ता मौलिक फिल्म निर्देशन गरेका उनी गीतकार पनि हुन्। शाहले ललितपुरमा आयोजित कलिङ साहित्य महोत्सवको 'एक्काइसौं शताब्दीमा रिल : नेपाली सिनेमाको विकास' सेसनमा सिनेमा क्षेत्रमा आएको परिवर्तन र आफ्नो भोगाइबारे दिएको अभिव्यक्तिको सम्पादित अंश: 

एकजना ठूल्ठूला गाला भएका प्रोड्युसर थिए। म गीत लेख्थें, शम्भुजित बास्कोटा संगीत गर्नुहुन्थ्यो। हामी शम्भुजितको घरमा थियौँ। ती प्रोड्युसर पनि आउनुहुन्थ्यो। हामी एउटा चकटीमा बस्थ्यौँ। उहाँ ४ वटा चकटी हालेर बस्नुहुन्थ्यो। म शम्भुजितलाई भन्थें-‌ हेर्नुस् जित बाबु। अहिले यी प्रोड्युसरको गाला हप्प परेको छ। सिनेमा सकिने बेलासम्म जोडिएर आउँछ। 

उहाँको सिनेमामा मैले पनि काम गरेँ। उहाँले पैसा दिनुभएको थिएन। डबिङ सकिएपछि दिन्छु भन्नुभयो। डबिङको बेलासम्म आइपुग्दा मलाई उहाँको वाचा पूरा हुन्छ जस्तो लागेन। 'तपाईंले पेमेन्ट नगरी डबिङ गर्दिनँ,' मैले भनेँ। उहाँले डबिङभन्दा अगाडि एउटा खाम ल्याएर देखाउनुभयो। खाम सेतो थियो। त्यसपछि मैले डबिङ गरेँ। 

डबिङ सकेर बाहिर आएपछि टेबलको खाम खोलेँ। खाममा एउटा पर्चा रहेछ। पर्चामा लेखिएको रहेछ, ' सरी दाइ, आज मिलाउन सकिनँ।'

त्यसपछि उहाँ कता हराउनुभयो।निकै समय भेट भएन। शम्भुजितको पनि पारिश्रमिक लिन बाँकी रहेछ। एकदिन हामी दुवै उहाँलाई खोज्दैखोज्दै गयौँ। उहाँसँग भेट भयो। गाला वारपार हुने स्थितिमा पुगिसकेको रहेछ। देख्नेबित्तिकै उहाँले भन्नुभयो, 'दाइ तातो भात खान पाए हुन्थ्यो। २ हजार दिनुहोस् न।'

'के हो भाइ। हामी त हाम्रो पारिश्रमिक लिन आएको,' मैले भनेँ। शम्भुजितले 'दाइ भात खान दिऊँ' भन्नभयो। मसँग ५ सय थियो, शम्भुजितसँग ३ सय। जम्मा ८ सय उहाँलाई भात खान दिएर हामी फर्कियौँ। त्यसपछि आजसम्म उहाँको अनुहार देख्न पाइएको छैन। यस्ता घटनाहरू दोहोरिरहन्छन्। 

उहाँले के गर्नुभयो भने फिल्ममा २ रुपैयाँ दिनुपर्ने मान्छेलाई ८ रुपैयाँ दिनुभयो। २ रुपैयाँ दिनुपर्ने मान्छेलाई चाहिँ त्यति पनि दिनुभएन। तपाईंहरू सुन्नुहुन्छ नि- फलानोलाई यति पैसा दिइयो भनेर। त्यस्तै फलानोलाई उहाँले अनावश्यक रुपमा पोस्नुभयो। तर एउटा प्राविधिकको श्रमचाहिँ सोस्नुभयो। यस्ता निर्माता यो देशमा बिलाएर जाउन्, मेरो हार्दिक प्रार्थना छ। 

अब नेपालको राष्ट्रिय चलचित्रमा हिजो र आजको फरकको विषयमा कुरा गरौँ। पहिलाका चलचित्रकर्मीहरूले हाम्रो कथामा सिनेमा बनाउन सकिन्न भन्ने मान्यता राख्थे। सिनेमा बनाउने कथा हाम्रा वरिपरी छैनन् भन्ने मान्यता राख्थे। यदि कसैले आफ्नो कथामा सिनेमा बनाउने प्रयत्न गर्यो भने उसले सिनेमा बनाएको हैन भन्थे। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले अभूतपूर्व परिवर्तन भएको छ। अहिलेको पिढीले हाम्रो सिनेमा हाम्रै कथामा बनाउन सक्छौँ भन्ने मान्यतामाथि दृढ विश्वास राख्नुभयो। सिनेमा त सिधै मन र मस्तिष्कसँग जोडिएको छ। नेपाली फिल्ममेकरको माइन्डसेटमा जुन अभूतपूर्व परिवर्तन देखिएको छ, त्यही नै हिजो र आजको सिनेमामा देखिएको परिवर्तन हो। मैले धेरै संघर्षपश्चात् वसन्ती, सेतो बाघ, वासुदेवजस्ता सिनेमा बनाएँ।

सिनेमा बनाउँदा अनावश्यक कुरामा दबाब झेल्नुपर्यो। 

रियालिजमको कुरा गर्दा दर्शकले सिनेमाको कथामा घटेको घटना आफ्नै जीवनमा घटेको होस् भन्ने चाहले हेर्छन्। उनीहरू त्यो सिनेमाको पात्रमा घुस्ने प्रयत्न गर्छन्। यहीँ आएर रियालिजमले ठूलो अर्थ राखेको हो। जति जति मानवीय संवेदनशीलतासँग नजिक हुन खोज्यो, त्यसका लागि बढी मानव हुनपर्यो। बढी मानव हुन बढी प्राकृतिक हुनुपर्यो। जति धेरै प्राकृतिक र मानव हुन सक्यो त्यसले टोटालिटीमा ह्युमन इमोसनलाई बढी सशक्त रुपमा प्रिजेन्ट गर्छ। 

रियालिस्टिक फिल्मलाई कुनै देशमा छिट्टै रुचाए होला कुनै देशमा ढिलो। तर ढिलोचाँडो रुचाउने कुरा त्यही हो। अन्तत्वगोत्वा सिनेमेकर्सहरूले सिनेमालाई सकेसम्म नजिक राखेर देखाउने प्रयत्न गर्नेछन्। त्यो भोलिको सिनेमा हो।

अनरियालिस्टिक अप्रोच विस्तारै हराउँदै जान्छन्। कृतिमता विस्तारै हराउनु भनेको रियालिजमले बढी प्रभाव पार्दै जानु हो। 

रियालिजमलाई नै आधार बनाएर प्रिजेन्ट गर्दा के कस्ता पीडा भोग्नुपर्छ म जानकार पनि हुँ। मैले त्यसो गर्न पनि खोजें नगर्न पनि खोजें। त्यसो गर्दा पनि नगर्दा जस्तो हुन सकेन। त्यसो नगर्दा पनि गर्दा जस्तो हुन सकेन।

दर्शकको मनोविज्ञानलाई हेर्दा मेकरले कहाँ गएर बुझ्नुपर्छ भने 'सिनेमा इज अ आर्ट विथ हाइयस्ट एमाउन्ट अफ अमर्सियल पोटेन्सियालिटी' हो। आर्ट विथ हाइयस्ट एमाउन्ट अफ कमर्सियल पोटेन्सियालिटी भएका कारण नै यो विशाल उद्योगका रुपमा स्थापित हुन सकेको हो। शिवले तान्डव नाचेको कालदेखि अहिलेसम्मको कालमा आइपुग्दा कलाले विविध रुप ग्रहण गरेको छ। यसले अभिव्यक्तिको माध्यमलाई सुधार गरिरहेको छ। यो आर्टसँग कोही पनि छुट्टिन सक्दैन।

सिनेमा कस्तो हुनुपर्छ भनेर अलमलिनु पर्दैन। तर राज्य पक्षको कुरा गर्दा चाहिँ चिमोटिरहन्छ। निश्चित रुपले राज्यले चलचित्र उद्योगलाई सघाउँथ्यो।विसं २०४२देखि ०५८सम्म राज्यले नेपाली चलचित्र उद्योगलाई सबैभन्दा धेरै सघाएको कालखण्ड हो। मनोरन्जन करबाट उठेको ७५ प्रतिशत निर्मातालाई फिर्ता गर्दिन्थ्यो।

प्रसिद्ध निर्देशक तुलसी घिमिरेको फिल्म 'लाहुरे' भृकुटीमण्डपको हाइभिजन हलमा चलेको थियो। यसको प्रदर्शन व्यवस्थापन नेपाल टेलिभजनले गरेको थियो। त्यतिबेला म नेपाल टेलिभिजनसँग जोडिएको थिएँ। त्यो सिनेमाले नेपाल राष्ट्र बैंकबाट ३३ लाख रकम मनोरन्जनवापत् पाएको थियो। 

हलमा सिनेमा देखाएवापत् पाउने पैसा छुट्टै थियो। २ वर्षमा एउटा फिल्म बन्ने कालखण्डबाट १ वर्षमा ७० वटा फिल्म बन्न सक्ने स्थितिमा पुगेको त्यसकै कारण हो। ७० प्रतिशत हिन्दी फिल्मले ओगटेको नेपाली फिल्मबजार २० प्रतिशतमा पुग्नु र नेपाली फिल्मको सेयर ८० प्रतिशतमा उक्लनुको मूल कारण पनि एउटै हो। 

त्यसलाई बन्द गर्न चलचित्रकर्मी साथीहरूले ०५८ सालमा एउटा सम्झौता गर्नुभयो। राज्यकोषबाट पाउने सबै इन्सेन्टिभलाई बन्द गराउन लगाएर चलचित्र विकास बोर्डको माग गर्नुभयो। 

विकास बोर्ड खोल्नका लागि यो सहुलियत बन्द भयो। विकास बोर्ड स्थापना भएदेखि नेपाली फिल्मको ओरालो यात्रा पनि सुरु भयो।

अहिले हिन्दी फिल्म हलमा देखाएर जति पैसा कलेक्सन हुन्छ, त्यसबाट पाएको रकमबाट विकास बोर्डका कर्मचारीले तलब पाउँछन्। अध्यक्षले पाउने ६२ हजार ३ सय ‍८८ रुपैयाँ हिन्दी सिनेमा देखाएवापत् प्राप्त गरेको रकम हो। अब यो भन्दा धेरै के भनौं?

यसलाई हाम्रा चलचित्रकर्मी साथीहरूले नै बिगार्नुभएको हो। पुन: यसलाई स्थापना गर्ने हो भने नेपाली सिनेमा लयमा फर्कन्छ। अन्यथा नेपाली सिनेमा प्रोड्युस गर्ने कुनै न कुनै स्थान त हुन्छ। 

तर स्थान नेपालचाहिँ हुँदैन।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
राजदूत सिफारिसमा ज्ञानेन्द्र शाहीको आपत्ति: मापदण्ड मिचेर नियुक्ति गर्न मिल्छ? सोमबार, असोज ५, २०८३
प्राविधिक शिक्षा सुधार्न नीति र कानुनमै सुधार गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, असोज ५, २०८३
आगलागीपछि फेरि खुल्यो टंगालको भाटभटेनी, गुरुङले भने– ‘ज्यानको बाजी राखेर उठाएँ’ सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेनसँग कांग्रेस नेताहरुको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्