• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ३०, २०८३ Wed, May 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जलवायु परिवर्तनको विषयमा नेपालसँग विश्व प्रतिबद्ध छ : परराष्ट्रमन्त्री

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २, २०८२  १७:४१
1140x725

काठमाडौँ –परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सगरमाथा संवादमा सहभागीहरूले जलवायु परिवर्तनको विषयमा नेपालसँग आफ्नो प्रतिबद्धता जनाएको बताएकी छन्।

 शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद २०२५ को उद्घाटन सत्रपछि पत्रकारसँग कुरा गर्दै मन्त्री राणाले सो कुरा बताएकी हुन्। 

उनले उद्घाटन सत्रमा बोल्ने सहभागीहरूले जलवायु परिवर्तनको विषयमा नेपालको कुरामा समर्थन जनाएको बताइन्। नेपालले जलवायु सम्बन्धी विषय उठाउँदै आएको कुरामा सम्पूर्ण सहभागी देशहरू सकारात्मक रहेको बताउँदै उनले सबै सहभागीलाई धन्यवाद समेत दिइन्।

संवादको पहिलो दिन उद्घाटन सत्र र ‘जलवायु परिवर्तन, पर्वतहरू र मानव भविष्य’ विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न देशबाट आएका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए। कार्यक्रममा संयुक्त राष्ट्रसङ्घ (यूएन) का वर्तमान महासचिव एन्टोनियो गुटेरेसले आफ्नो भिडियो सन्देश पठाएका थिए। 

त्यस्तै सो सत्रमा चीनबाट राष्ट्रिय जनकंग्रेसका स्थायी समिति उपाध्यक्ष सियाओ जिए, भारतबाट वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादव र कोप–२९ का अध्यक्ष एवं अजरबैजानका पारिस्थितिकी तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभले जलवायु परिवर्तनको विषयमा आफ्नो धारणा राखेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै जापानकी विदेश मामिलाका लागि संसदीय उपमन्त्री इकुइना आक्किो, भारतका अतिरिक्त सचिव अमनदीप गर्ग, कतारका जलवायु परिवर्तनसम्बन्धी विशेष दूत एवम् विदेश मामिला मन्त्रीका उपमन्त्री बाडर ओमर अल दाफा, भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङ, बंगलादेशकी सामाजिक कल्याण मन्त्रालय तथा महिला तथा बालबालिका मामिला मन्त्रालयकी सल्लाहकार शर्मिन सोनेया मुर्शिद, बेलायतका संसदीय राज्यमन्त्री बारोनेस सुजन हेयम्यान, किर्गिस्तानका राष्ट्रपतिकी विशेष प्रतिनिधि दिनारा केमेलोभा, नेपालका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, नेपालका लागि ब्राजिकका राजदूत कार्लोस अल्बर्टो मिकाएल्सेन डेन हार्टोग, नेपालका लागि इजिप्टकी राजदूत नोहा हम्दी अहमद एलगेबाली, भारतका लागि ओमानका राजदूत इस्सा बिन सालेह अल शिबानी र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले जलवायु परिवर्तनसम्बन्धी आफ्नो धारणा राखेका थिए। 

यो कार्यक्रममा जुन देशमा हिमाल छैन त्यो देशले पनि जलवायु परिवर्तनको विषयमा आफ्नो धारणा राखेका र त्यसका लागि सबै मिलेर साझा धारणा बनाएर अगाडि बढ्ने परराष्ट्रमन्त्री राणाले बताइन्। महासचिव गुटेरेसले हिमालय क्षेत्रमा भइरहेको असरका बारेमा आफ्नो धारणा राखेको बताउँदै मन्त्री आरजुले कार्यक्रम सफलताको कामना गरेको बताइन्। 

कोपका अध्यक्ष मुख्तार बाबायेभलले आफूहरूको पूरै जीवन हिमालसँग जोडिएकोले यसको बारेमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखेको उनले बताइन्। अध्यक्ष मुख्तारले कोप २९ ले गर्दै आएको कामको बारेमा पनि जानकारी गराएका थिए। 

आज ‘पर्वत भन्दा पर : पर्वतलाई समुद्रसँग जोड्दै’ भन्ने विषयमा विभिन्न प्यानलमा छलफल भइसकेको छ। त्यस्तै हिमनदी संरक्षणका लागि १.५ डिग्री लक्ष्यको आवश्यकताका विषयमा समेत छलफल भइरहेको छ। 

साथै पर्वतलाई टापुहरूसँग जोड्दै, खाद्य सुरक्षा र जलवायु प्रतिरोधी कृषि (फुड सेक्युरिटी एन्ड क्लाइमेट चेन्ज रेसिलेन्ट एग्रिकल्चर) र पर्वतीय क्षेत्रका समुदायको नेतृत्वमा आधारित जलवायु पहलहरू विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभाको बैठक || LIVE||
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने
प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस
सम्बन्धित सामग्री
स्मार्ट सेल घोटाला प्रकरणमा ज्योतिप्रकाश पाण्डे पक्राउ स्मार्ट सेल घोटाला प्रकरणमा मुछिएका पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिइओ)को टोलीले बुधबार पक्राउ गरेको हो। बुधबार, वैशाख ३०, २०८३
काठमाडौँ महानगरले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुलाउँदै महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३–०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीह... बुधबार, वैशाख ३०, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल ल... बुधबार, वैशाख ३०, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभाको बैठक || LIVE|| बुधबार, वैशाख ३०, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस बुधबार, वैशाख ३०, २०८३
रुलिङ गरेर प्रधानमन्त्रीलाई संसदमा बोलाउन कांग्रेसको माग बुधबार, वैशाख ३०, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा मंगलबार, वैशाख २९, २०८३
सदनमा प्रधानमन्त्रीको व्यवहार अस्वभाविक भएकाले स्वास्थ्य जाँच गरेर संसदलाई जानकारी गराउन कांग्रेसको माग मंगलबार, वैशाख २९, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्