• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, वैशाख २९, २०८२ Mon, May 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
भदौ ११ मा हुँदै निर्वाचन, कुन संसदीय समितिको सभापतिमा कसको सम्भावना?
64x64
नेपाल लाइभ शुक्रबार, भदौ ८, २०८०  ०७:१४
1140x725

काठमाडौं- संघीय संसद्का १२ वटा समितिको सभापतिका लागि भदौ ११ मा निर्वाचन हुने भएको छ। बिहीबार सभामुखको कार्यकक्षमा बसेको बैठकले सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ। कार्यक्रम अनुसार भदौ ११ गते दिउँसो ३ बजे निर्वाचन हुनेछ।

भदौ १० गते बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारीको प्रस्ताव गर्ने कार्यक्रम छ। सोही दिन ४:३० मा दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सूची प्रकाशन गरिनेछ।

११ गते दिउँसो ३ बजे सम्बन्धित समितिको सभा कक्षमा उम्मेदवारका प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

प्रमुख दलहरुले साउन अन्तिम साता नै कुन समितिको सभापति कसले पाउने भनेर भागबण्डा टुंग्याइसकेका छन्। त्यसैले कुन समितिको सभापति कुन दलले पाउने भन्ने निश्चितप्रायः छ। तर ती दलका व्यक्तिका बारेमा भने दलहरुले आन्तरिक टुंगो लगाइसकेका छैनन्।

शिर्ष नेताहरुको तहमा भएको भागबन्डा अनुसार प्रतिपक्ष नेकपा एमालेले तीनवटा समितिको नेतृत्व पाउनेछ। उसले सार्वजनिक लेखा समिति, महिला समिति तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व पाउनेछ।

यसैगरी माओवादी केन्द्रले कानुन, न्याय तथा मानवअधिकार समित र पूर्वाधार विकास समितिको नेतृत्व पाउनेछ। नेपाली कांग्रेसले अर्थ, कृषि तथा सहकारी, संसदीय सुनुवाइ र राज्य व्यवस्था समितिको सभापतित्व गर्नेछ।

भागबण्डा अनुसार, जनता समाजवादी पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध समिति, जनमत पार्टीले उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति र नेकपा एकीकृत समाजवादीले शिक्षा समितिको नेतृत्व पाउनेछन्।

पार्टीहरुबीच भागबण्डा भएदेखि नै तत्‌तत् समितिमा रहेका कतिपय सांसदहरुले सभापतिका लागि आन्तरिक लबिङ सुरु गरेका थिए। त्यो अहिले पनि जारी छ।

Ncell 2
Ncell 2

एमालेका तीनमा कसले पाउलान् अवसर?
प्रमुख प्रतिपक्षीका रुपमा एमाले पाएको महत्त्वपूर्ण समिति हो, सार्वजनिक लेखा। संसदीय समितिहरुमा प्रभावशालीमध्ये पर्ने उक्त समितिको सभापति बन्न सांसदहरु लालायित हुन्छन्। एमालेका प्रभावशाली नेताहरु उक्त समितिमा छन्।

एमालेको सचिव समेत रहेका योगेश भट्टराईले उक्त समितिको सभापति पाउने सम्भावना बलियो छ। तर एमाले अध्यक्ष केपी शर्मा ओलीको रुचि निर्णायक हुने भएकाले अन्य दुई सांसद पनि लाइनमै देखिन्छन्।

सुदूरपश्चिमको बैतडीबाट विजयी दामोदर भण्डारीले यसका लागि लबिङ थालेका छन्। सुदूरपश्चिममा जम्मा दुई सिट जित्दा एक जित्ने भण्डारी यसअघि छोटो अवधिका लागि उद्योग मन्त्री बनेका थिए। भीम रावल र कर्ण थापालाई 'साइड लगाएर' त्यो क्षेत्रको नेताका रुपमा अध्यक्ष ओलीले उनलाई अघि बढाउन खोजेका छन्। यसअनुसार उनले सभापति पाउने सम्भावना बलियो छ।

अर्का हुन्, गोकुल बाँस्कोटा। अध्यक्ष ओलीलाई लामो समयदेखि साथ दिँदै आएका उनी प्रिय पात्रमध्ये एक हुन्। सञ्चारमन्त्री रहँदा '७० करोड प्रकरण'मा मुछिएका कारण सार्वजनिक लेखा समितिमा उनी आउँदा विरोध हुन सक्छ। तर,  बाह्य विरोधको उति प्रवाह नगर्ने अध्यक्ष ओलीले उनलाई उक्त जिम्मेवारी दिँदा अनौठो भने हुने छैन।

महिला तथा सामाजिक समितिको सभापतिका आकांक्षीमा सबैभन्दा अघि ईश्वरबहादुर रिजाल रहेका छन्। उक्त समितिमा एमालेले पठाएका सांसदहरुमध्ये प्रभावशाली पनि उनी नै हुन्। नेकपाकालमा कार्यालय सचिवका रुपमा काम गरेका उनी पार्टीको स्कुल विभागमा रहेर समेत काम गरिसकेका छन्। दलित कोटाबाट सांसद बनेका उनी अध्यक्ष ओलीले अघि बढाउन खोजेका व्यक्ति समेत हुन्। महिला समिति भएकाले महिलालाई नै अवसर दिँदा भने शान्ति श्रेष्ठ र शोभा ज्ञवालीमध्ये एकले पाउनेछन्।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त समिति हो। उक्त समिति भने गठनको प्रक्रियामा रहेको छ।

कांग्रेसमा कुनमा को आकांक्षी?
नेपाली कांग्रेसको भागमा परेकामध्ये सबैभन्दा तीव्र प्रतिस्पर्धा अर्थ समितिको सभापतिका लागि रहेको छ। उक्त समितिको नेतृत्व गर्ने अवसर ज्ञानेन्द्रबहादुर कार्की, विनोदकुमार चौधरी, सन्तोष चालिसे र दिपक खड्कामध्ये एकले पाउने सम्भावना छ।

कांग्रेसमा वरिष्ठता अर्थपूर्ण हुने भएकाले कार्कीको सम्भावना उच्च रहेको छ। त्यसैमाथि पार्टी सभापति शेरबहादुर देउवासँग उनको निकटता समेत छ। सत्ता गठबन्धनमा चुनावपछि छोटो समयको 'ब्रेक' नहुँदो हो त उनी सभामुखका लागि समेत देउवाले हरियो संकेत गरिसकेका व्यक्ति हुन्। त्यसैले समिति सभापति बन्ने रुचि देखाउँदा पर्ने सम्भावना बलियो नै देखिन्छ। तर उनी आफैंले त्यसका लागि लबिङ भनेका थालेका छैनन्।

उनीपछि स्वाभाविक रुपमा उद्योगी समेत चौधरी रहेका अगाडि देखिन्छन्। आफैं उद्योगी समेत रहेकाले 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट' हुने भन्दै उनलाई बनाउन नहुने भन्नेहरु पनि रहेका छन्। खड्का पनि व्यवसायी हुन्। चौधरी रोकिने कारणले उनलाई पनि रोक्न सक्छ। त्यस्तो अवस्थामा काठमाडौं- ३ बाट निर्वाचित सन्तोष चालिसेले अवसर पाउने देखिन्छ।

कांग्रेसको भागमा परेको र संसद्‌मा महत्त्वपूर्ण मानिने अर्को समिति हो, राज्य व्यवस्था तथा सुशासन समिति। उक्त समितिमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समेत सदस्य छन्। तर उनीहरु सभापतिको दौडमा हुने छैनन्। उक्त समिति सभापतिका लागि दिलेन्द्रप्रसाद बडु, ईश्वरीदेवी न्यौपाने, हृदयराम थानी आकांक्षी छन्। बडु यसअघि पनि सोही समितिका सदस्य थिए। अनुभव समेत रहेका हिसाबले कांग्रेसले उनलाई अघि बढाउने सम्भावना रहन्छ। देउवाइतर समूहलाई समेत भाग दिनुपर्ने अवस्थामा बडुले अवसर पाउनेछन्। न्यौपाने सभापति देउवानिकट हुन् भने अर्का नेता थानी पनि कांग्रेसमा लामो योगदान रहेका नेता हुनाले उत्तिकै सम्भावना रहेको छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेस सभापति देउवापत्नी आरजु राणा समेत सदस्य छिन्। उनी आफैंले रुचि देखाउँदा अन्य सांसद अवसरबाट वञ्चित हुन सक्छन्। तर उनी पछि हट्दा देउवानिकट नै रहेका सुदूरपश्चिमका नेता वीरबहादुर बलायरको सम्भावना बलियो देखिन्छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाइमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सदस्य रहेका छन्। सहमहामन्त्री जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझीमध्ये एकले उक्त समितिको नेतृत्व गर्ने सम्भावना देखिन्छ।

माओवादी केन्द्रका दुई समितिमा लगभग तय
माओवादी केन्द्रको भागमा कानुन, न्याय तथा मानवअधिकार समितिमा सभापतिका लागि त्यति धेरै विवाद हुने अवस्था छैन। लुम्बिनी प्रदेशको सभामुखका रुपमा जिम्मेवारी सम्हालिसकेका पूर्णबहादुर घर्तीमगर यो समिति सदस्य छन्। अनुभव र वरिष्ठता दुवैका हिसाबले उनले नै पाउने सम्भावना बलियो छ। उनी आकांक्षी नहुँदा मात्रै रुप सोशी चौधरीले मौका पाउनेछिन्।

यसैगरी अर्को पूर्वाधार विकास समिति माओवादी केन्द्रको भागमा परेको छ। उक्त समितिमा पनि माधव सापकोटा सभापति बन्ने लगभग तय छ। माओवादी केन्द्रका तर्फबाट संसद्‌मा आफ्नो प्रभाव देखाइरहेका उनलाई समितिको नेतृत्व दिने सम्भावना छ। उनी पछि हट्‍दा उर्मिला माझीले अवसर पाउनेछिन्।

अन्य चार दलका निर्विकल्प
उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति जनमत पार्टीले पाएको छ। जनमतका तर्फबाट उक्त समितिमा सोन मुर्मु सदस्य छिन्। स्वत: उनले समितिको नेतृत्व गर्नेछिन्।

यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति जनता समाजवादी पार्टीले पाएको छ। उक्त समितिमा एमाले अध्यक्ष केपी ‌ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महत्व ठाकुर र नेपाली कांग्रेसका सांसद शेखर कोइराला र विमलेन्द्र निधि समेत सदस्य छन्।

जसपाबाट उक्त पार्टी अनुभवी सांसद राजकिशोर यादव सदस्य रहेकाले सभापति उनले नै पाउने लगभग तय देखिन्छ।

एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति पाएको छ। उक्त समितिमा एकीकृत समाजवादीका तर्फबाट भानुभक्त जोशी सदस्य छन्। उक्त पार्टीबाट समितिमा सभापतित्व गर्ने एक्ला सांसद भएकाले निर्विकल्प सभापति बन्ने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक बिदा
ला लिगामा रियललाई हराउँदै बार्सिलोना उपाधि नजिक
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा
सम्बन्धित सामग्री
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्। भेटपछि समसामयिक विषयमा छलफल भएको बताइएको छ। केही समय यता थापा र लिङ्देन नजि... आइतबार, वैशाख २८, २०८२
कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य पार्टीको ४ नम्बर ब्यूरो (राप्ती)ले घोराही–१५ रतनपुरद्वारा आयोजित कार्यक्रममा महासचिव वैद्यले क्रान्तिकारी शक्तिहरु एक भएपछि मात्रै स... आइतबार, वैशाख २८, २०८२
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गत १९ वैशाखमा बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए... आइतबार, वैशाख २८, २०८२
ताजा समाचारसबै
आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक बिदा सोमबार, वैशाख २९, २०८२
ला लिगामा रियललाई हराउँदै बार्सिलोना उपाधि नजिक सोमबार, वैशाख २९, २०८२
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा आइतबार, वैशाख २८, २०८२
कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य आइतबार, वैशाख २८, २०८२
गर्मी बढेसँगै सर्पको बिगबिगी आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने आइतबार, वैशाख २८, २०८२
भुसमुनि भेटियो ७२ लाखको सामान आइतबार, वैशाख २८, २०८२
सुन तोलामा सामान्य अंकले घट्यो, कतिमा हुँदैछ कारोवार ? आइतबार, वैशाख २८, २०८२
बङ्गलादेश अवामी लिगद्वारा पार्टीको गतिविधिमा प्रतिबन्ध लगाउने अन्तरिम सरकारको निर्णय अस्वीकार आइतबार, वैशाख २८, २०८२
निवर्तमान गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्