• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दरबन्दी थप्दा समेत सशस्त्र बढुवामा अझै सकस, विज्ञापन खुलेको महिना दिनमा पनि भएन बढुवा

64x64
नेपाल लाइभ बुधबार, साउन २४, २०८०  १७:४१
1140x725

काठमाडौं- बढुवाका लागि भनेर विज्ञापन खुलाएको झण्डै एक महिना बित्न लाग्दा समेत सशस्त्र प्रहरी बल (एपीएफ) मा बढुवा हुन सकेको छैन। असारको अन्तिम दिन सशस्त्र हेडक्वाटरले सहायक हवल्दारदेखि एसएसपीसम्मको बढुवा लागि भन्दै फारम खुलाएको थियो। 

बढुवाको फारम भर्ने म्याद दुई साता साउन १४ गतेसम्म राखिएको थियो। सो अनुसार बढुवाका आकांक्षीहरुले फारम पनि भरिकसकेका थिए। तर फारम भर्ने म्याद सकिएको १० दिन बितिसक्दा पनि सशस्त्रले बढुवा निकाल्न सकेको छैन। 

बढुवाका लागि हुने आन्तरिक प्रतिस्पर्धा र चलखेलका कारण अहिलेसम्म बढुवा हुन नसकेको सशस्त्रका अधिकारी नै बताउँछन्। संगठन भित्र हुने अस्वभाविक चलखेल, लविइङ र बाहिरी दबाबका कारण अहिलेसम्म बढुवा हुन सकेको छैन। 

बढुवाका लागि भन्दै सशस्त्र प्रहरी हेडक्वाटरको पहलमा १७५ जनाको दरबन्दी समेत थप भएको थियो। ९८ जना नयाँ दरबन्दी र ७७ जनाको समायोजनमार्फत मिलान गरी जम्मा १७५ जनाको दरबन्दी थप गरिएको थियो। उक्त दरबन्दी थप भएलगत्तै सशस्त्रले बढुवाका लागि सूचना निकालेको थियो। तर अस्वस्थ प्रतिस्पर्धाका कारण अहिलेसम्म बढुवा हुन सकेको छैन।

अहिले एसपीबाट एसएसपीमा १२ जना बढुवा हुने लाइनमा छन्। उनीहरु सि सं २ का एसपी हुन्। सि सं का एसपीहरु अहिले एसएसपी भएको अवस्थामा उनीहरुको डीआईजी बन्ने बाटो खुल्छ। यदि यो पटकको बढुवा समेत छुटेको अवस्थामा भने उनीहरु एसएसपीबाटै घर जानुपर्ने अवस्था आउँछ। जसकारण यो पटकको बढुवामा जसरी भए पनि छिरेर डीआईजी बन्ने बाटो खुला गर्न भन्दै एसपीहरुबीच अहिले चर्को प्रतिस्पर्धा छ। 

दरबन्दी १२ जनाको तर प्रतिस्पर्धी धेरै हुँदा एसपीबाट एसएसपीमा बढुवा हुन सकेको छैन। अहिले एसपीबाट एसएसपी बन्न लागेकाहरु पनि सि सं २ बाट दोस्रो लटमा एसपी भएकाहरु हुन्। यसअघि सि सं २ का टोलीहरु २ पटक गरेर एसएसपीमा बढुवा भइसकेका छन् भने अब सि सं को २ टोली तेस्रो लटमा एसएसपी बन्ने तयारीमा छ। 

बढुवाको पहिलो नम्बरमा राजेश उप्रेती रहेका छन्। उनी संगठन भित्र विवादित पात्रको रुपमा चिनिन्छन्। रुपन्देहीमा हुँदा अत्यधिक बल प्रयोग गरेको भन्दै उनको विरोध पनि भएको थियो। दोस्रो नम्बरमा रहेका गंगाराम श्रेष्ठ त सर्लाही हुँदा जुवा खेल्दै गरेको भिडिओ बाहिरिएपछि कारबाही समेत भोगेका थिए। त्यतिबेला उनलाई जिम्मेवारीबाट हटाइएको थियो। 

अर्का भरत खनियाँ त शक्तिकेन्द्रको निकट रहेर सधैं इन्चार्च खाइरहने व्यक्ति हुन्। कतिसम्म भने सरुवा भएको ठाउँ जान भनेर प्लेन चढ्न लागेका एसपीलाई समेत रोकेर खनियाले यसअघि इन्चार्ज खाएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

अर्का प्रतिस्पर्धी एसपी तेजप्रसाद पोखरेल कमाण्ड कमजोर भन्दै पर्साबाट तानिएका व्यक्ति हुन्। १६ नम्बरका रहेका विकास घिमिरे पनि बढुवाको तीव्र लविइङमा छन्। रोल क्रममा पछि परे पनि शक्तिकेन्द्र रिझाएर जसरी भए पनि बढुवा हुने लाइनमा उनी रहेका छन्।

त्यसैगरी सि सं ३ का टोलीहरु डीएसपीबाट एसपी बन्दैछन्। सि सं ३ का सबै डीएसपीहरु एसपी बन्ने हुँदा यसमा खासै समस्या छैन। मात्रै रोल क्रममा को अगाडि आउने भन्ने प्रतिस्पर्धा यो टोलीमा छ। यो टोलीका केही अधिकृतहरु भने यसअघि नै एसपी भइसकेका छन्। २०६० सालमा भर्ना भएको सि सं ३ को सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली अहिलेसम्म डीएसपीमै रहेका छन्। अब उनीहरु एसपी बन्ने छन्। 

त्यसैगरी सशस्त्रमा देखिएको बढुवाका अर्को समस्या भनेको इन्स्पेक्टरबाट डीएसपी बढुवा हो। अहिले सि सं ७ र सि सं ८ मा इन्स्पेक्टर भर्ना भएका टोलीहरुलाई एकै पटक एउटै विज्ञापनमार्फत डीएसपीमा बढुवा गर्न लागिएको छ। जसकारण सि सं ७ का टोलीहरु असन्तुष्ट छन्। सि सं ७ का ६६ जना र सि सं ८ का ११ जना अहिले डीएसपी बन्दैछन्। सि सं ८ मा जम्माजम्मी ११ जनाको मात्रै टोली छन्। उनीहरु सबै अहिले नै डीएसपी बन्दैछन्।

सि सं ७ र ८ सँग एकै पटक डीएसपीमा बढुवा गर्दा सिनियर ब्याचलाई समेत टप्न सक्ने र संगठनको चेन अफ कमाण्डमा समेत असर पर्ने भन्दै सि सं ७ को टोली कुनै पनि हालतमा एकै पटक बढुवा गर्न नहुने पक्षमा लविइङ गरिरहेको छ। सि सं ८ लाई एक दिन भए पनि ढिलो बढुवा गर्नुपर्ने सि सं ७ को टोलीको अडान छ।

यसअघि लेखा तथा कानुन समूहका ५ जना सि सं ३ को असई टोली डीएसपी भइसकेको छ। त्यस्तै सि सं ९ का इन्स्पेक्टरद्वय तुलसिंह केसी र सत्यदेवी बस्नेत सेवा परिवर्तन गरेर कानुनमा गएर यसअघि नै डीएसपी भइसकेका छन्। समूहका नाममा पछाडि भर्ना भए पनि छिटो बढुवा हुने प्रवृत्ति सशस्त्रमा छ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता
सम्बन्धित सामग्री
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना जसको प्रभावले हाल कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बागमती र गण्डक... मंगलबार, जेठ ५, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए। उनलाई कुन कसुर... सोमबार, जेठ ४, २०८३
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता कार्यक्रममा नेपालभरिबाट आएका ५०० भन्दा बढी डेभलपर, इन्जिनियर, आर्किटेक्ट, स्टार्टअप संस्थापक, संस्थागत नेतृत्वकर्ता तथा प्रविधि क्षे... सोमबार, जेठ ४, २०८३
ताजा समाचारसबै
सङ्घीय संसद्को दुवै सदनका बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, जेठ ५, २०८३
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि अर्थमन्त्री वाग्लेले जवाफ दिँदै मंगलबार, जेठ ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर मंगलबार, जेठ ५, २०८३
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, जेठ ५, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सन्दीप लामिछानेको नाममा विश्व रेकर्ड, स्टार्कलाई उछिने सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्