काठमाडौं– पछिल्ला दिनहरुमा बढिरहेको पुँजीबजारले बुधबार पनि निरन्तरता पाएको छ। बुधबार सेयर बजार ११.१७ अङ्कले बढेको छ। सो अङ्कको वृद्धिले नेप्से परिसूचक २१६५ कायम भएको छ।
बुधबार बैंकिङ, उत्पादन र व्यापार उपसमूह चम्किएकै कारण सेयर बजारले बढावा पाएको हो। त्यस अतिरिक्त सबै उपसमूहहरुमा गिरावट आएको छ।
बैंकिङ उपसमूह २९.६६ अङ्क र विकास बैंकको उपसूमह ४९ अङ्कले बढेको छ। त्यस्तै, उत्पादन ६६ र व्यापार १२८ अङ्कले बढेको छ। सबैभन्दा धेरै गुमाउने उपसमूहमा जीवन बीमा रहेको छ। जसले ४८ अङ्क गुमाएको छ।
आज धेरै कमाउनेमा बीपीडब्लू रहेको छ। जसको १० प्रतिशत मूल्य बढेर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, बिशाल बजार कम्पनी ७.१६, युनाइटेड अजोड ६.५५ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।