• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बासुकी थुम्का: काठमाडौं नजिकको एक उत्कृष्ट गन्तव्य

कृष्णप्रसाद सिग्देल शनिबार, असार ३०, २०८०  ११:३२
1140x725

काभ्रेपलाञ्चोक, बागमती प्रदेशमा अवस्थित पहाडी जिल्ला हो। नेपालको संघीय राजधानी रहेको काठमाडौ उपत्यकासँग सीमाना जोडिएको जिल्ला पनि हो। धार्मिक, सांस्कृतिक दृष्टिले समृद्ध त छ नै सँगसँगै कृषि उत्पादनको पाटोबाट पनि यो जिल्ला भरिपूर्ण छ। पर्या–पर्यटन, कृषि पर्यटन, धार्मिक पर्यटन, शैक्षिक पर्यटन, साहसिक पर्यटन, होमस्टे जस्ता पर्यटकीय महत्त्वका क्षेत्रहरु पनि यस जिल्लामा प्रशस्त छन्। काभ्रेपलाञ्चोक जिल्लामा रहेका यस्ता अनगिन्ती पर्यटकीय गन्तव्यहरुमध्ये बासुकी थुम्का पनि एक महत्त्वपुर्ण गन्तव्यको रुपमा रहेको छ। तथापि आजसम्म यस थुम्कामा उचित तवरबाट पर्यटनको विकास भने हुन सकेको देखिँदैन। 

काठमाडौंबाट अरनिको लोकमार्ग हुँदै अगाडि बढेर साँगा भन्ज्याङ कटेपछि उत्तरतर्फ देखिने यो हरियो डाँडा नै, बासुकी थुम्का हो। भक्तपुर हुंदै अगाडि बढ्ने क्रममा बाटोको छेउमा रहेको छ, पँलासेको भ्याली फन पार्क। त्योभन्दा अलि माथि रहेको छ, १०८ फिट अग्लो कैलाशनाथ महादेवको मुर्ति। मानवनिर्मित तिनै पर्यटकीय गन्तव्यको अवलोकन गर्दै,काभ्रे जिल्ला प्रवेश गर्ने बित्तिकै पुग्न सकिन्छ रमणीय, बासुकी थुम्का।

दूरीका हिसाबले बासुकी थुम्का काठमाडौंबाट करीब २३ किलोमिटर मात्र टाढा छ। काठमाडौंबाट गाडीमा करिब ३० मिनेटमै यो ठाउँ पुग्न सकिन्छ। सार्वजनिक गाडीमा जाँदा पनि काठमाडौंबाट २१ किलोमिटर पूर्वमा रहेको साँगाको नासिका मन्दिरमा ओर्लेर करिब ३० मिनेट पैदल हिँडेर पनि बासुकी थुम्का पुग्न सकिन्छ। यसरी बासुकी थुम्का जाने क्रममा बाटोमै रहेको अर्को धार्मिकस्थल विकटेश्वर महादेवको मन्दिर छ। यो मन्दिर यस क्षेत्रको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पनि हो। यसको नजिकै रहेको अर्को धार्मिक गन्तव्य हो, छिन्नमस्तक नारायणको मन्दिर। बाटोमा पर्ने यस्ता धार्मिक स्थल हुँदै पुगिने बासुकी थुम्का पर्यटन विकासको दृष्टिले विशेष महत्त्व रहेको स्थान हो।

Basuki_thumka_31689330973.jpg

नेपालको संघीय राजधानी शहर, काठमाडौंबाट नजिकै रहेको यस थुम्कामा पर्यटन विकासका लागि प्रशस्त सम्भावनाहरु छन्, तर ‘बत्ती मुनिको अँध्यारो’ भने झैँ यो क्षेत्रमा उल्लेख्य रुपमा पर्यटनको विकास हुन भने सकेको छैन। चारैतिर बस्तीहरुका र बीचमा रहेको हरियो जंगलले ढाकेको रमणीय ठाउँ हो बासुकी थुम्का। 

यो थुम्काको वरिपरी १० वटा गाँउ तथा बस्तीहरु छन्। तिनै बस्तीका बासिन्दाले आफ्नो वरपरको जंगललाई सामुदायिक वनको रुपमा दर्ता गरेर व्यवस्थापन गर्दै आइरहेका छन्। 

Krishna_Sigdel1689330974.jpg
कृष्णप्रसाद सिग्देल

बासुकी थुम्का, ऐतिहासिक तथा पर्या पर्यटनका दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिन्छ। अग्लो स्थानमा रहेकोले खुल्ला रुपमा यहाँबाट चारै तर्फका बस्तीहरु नियाल्न सकिन्छ। पूर्व तर्फको सुन्दर नगरी धुलिखेल, वनेपा तथा त्यहाँका सुप्रसिद्ध चण्डेश्वरी र धनेश्वर महादेव मन्दिरको दृष्यावलोकन समेत गर्न सकिन्छ। पश्चिमतर्फ काठमाडौं उपत्यका रहेको छ। यहाँबाट उत्तरतिर भने रमणीय पर्यटकीय गन्तव्य नगरकोट डाँडो र नाला उपत्यकालाई नियाल्न सकिन्छ।

सूर्योदय अवलोकनका लागि पनि यो स्थान उपयुक्त देखिन्छ। यहि थुम्काबाट सगरमाथा, लाङटाङ, गौरीशंकर, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका १४ वटा चर्चित हिमालहरुको मनोरम दृष्यावलोकन समेत गर्न सकिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

झट्ट हेर्दा वनले ढाकिएको सानो थुम्को जस्तो देखिन्छ, त्यो स्थल। तर त्यो थुम्को र त्यहाँका स्थानीयको बीच शदियौंदेखि अन्योन्याश्रित सम्बन्ध रही आएको छ। त्यस वनले त्यहाँका बासिन्दालाई घाँस, दाउरा उपलब्ध गराउने, खानेपानीका स्रोतको संरक्षण गर्ने लगायतका विभिन्न प्रकारका वातावरणीय सेवा प्रदान गर्दै आइरहेको छ। 

ढिकी पकल भनेर चिनिने त्यो ढुंगाको नामबाट नै बासुकी थुम्काको नाम दिइएको पाइन्छ। पौराणिक मान्यता अनुसार बासुकी नागको स्थानको रुपमा पनि लिने गरिन्छ त्यो स्थानलाई। स्थानीय बस्तीहरुमा पानी नपर्दा त्यहि ढिकी पकलमा हिलो खाँद्ने र पूजा गर्ने गरेपछि पानी पर्ने गरेको जनविश्वास छ। 

अहिले पनि त्यहाँ गाइका पद चिह्न र ढुङ्गामा कुदिएका बिभिन्न प्रकारका आकृतिहरु प्रशस्तै देख्न सकिन्छ। त्यो ढुंगा भित्र देखिने पानी कहिल्यै पनि नसुक्ने बताउँछन्, स्थानीयहरु। किम्बदन्तिअनुसार, त्यो ढुङ्गोलाई पैसा दिने ढुङ्गो पनि भन्ने गरिन्छ।

Basuki_Thumka_71689330974.jpg

बासुँकी थुम्कामुनि सिंह गुफा रहेको छ। त्यसको वरिपरी जन्तिढुङ्गा र बेहुलीढुङ्गाका आकृतिहरु छन्। त्यस सँगैको नारायण थुम्कामुनि गोठालाहरुले उत्तर दक्षिण वारपार गर्न सकिने गरी सरस्वती चौरसम्म छेडिएको लक्ष्मीनारायण गुफा छ। त्यो डाँडामा बासुकी थुम्कालगायत भगवान थुम्का, नारायण थुम्का र जुरे थुम्का गरीअन्य ३ वटा थुम्काहरु सँगसँगै जस्तो जोडिएर रहेका छन्। तिनीहरु बीचको दूरी करीब २ देखि ३ किलोमिटर मात्र रहेको छ। बासुकी थुम्का हिन्दु तथा बौद्ध दुबै धर्मावलम्बीहरुको लागि महत्त्वपूर्ण मानिन्छ। पर्यटकहरुको लागि यस्ता स्थान तथा बस्तुहरु केवल मनोरञ्जन मात्र नभएर खोज र अनुसन्धानको विषय पनि बन्न सक्ने देखिन्छ।

त्यो थुम्का वनभोज अर्थात पिकनिक कार्यक्रमको लागि र  दृष्यावलोकनको लागि समेतअत्यन्तै रमणीय छ। त्यहाँ वनभोजका लागि टहराको निर्माण गरिएको छ साथै ट्याङ्की निर्माण गरी खानेपानीको पनि व्यवस्था मिलाइएको छ। 

प्राकृतिक सुन्दरतामा रमाउँदै त्यहाँबाट मनमोहक स्थलहरुको दृष्यावलोकन गरी भरपुर मनोरञ्जन गर्न सकिने भएकोले त्यसको महत्त्व र त्यसप्रति पर्यटकको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको पाइन्छ। 

बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मातहतमा रहेको पर्यटन विकास आयोजनाले कार्यान्वयनमा ल्याएको ‘एक जिल्ला एक नमूना पर्यटकीय गन्तव्य’ अन्तर्गत काभ्रे जिल्लामा यही बासुकी थुम्कालाई छनौट गरी विविध कार्यक्रमहरु सञ्चालन गरिएको छ। 

बासुकी थुम्काको प्रवेश द्धारमा नै शारीरीकरुपमा अशक्तहरुको लागि बनाइएको अपाङ्ग अस्पताल रहेको छ। अस्पतालमा रहेका बिरामीहरुलाई मध्यनजर गरेर हाल पर्यटन विकास आयोजना, बागमती प्रदेश सरकारको सहयोगमा यही बासुकी थुम्कामा अपाङ्गमैत्री पदमार्ग (ह्विलचेयर र्‍याम्प)  निर्माण कार्य अगाडि बढाइएको छ। 

बासुकी थुम्काको फेदीमा पर्छ, बुढाथोकी गाउँ। प्रांगारीक खेतीको माध्यमबाट प्रसिद्धि कमाएको त्यो गाउँ हिजोआज भने कृषि पर्यटनको गन्तव्य बन्न पुगेको छ। त्यहाँ सुन्तला, अम्बा, किवीलगायतका फलफूलको सुन्दर बगैँचामै गएर ताजा फलफूल खानुका साथै खरिद गर्न पनि पाइन्छ।

थुम्काको माथिल्लो भू–भागका विभिन्न स्थानमा आकाशे पानी संकलनको लागि पोखरीको निर्माण गरिएका छन्। पानी रिचार्ज पोखरीका नामले परिचित त्यस्ता पोखरीहरुले त्यहाँ पानी उपलब्धता गराउनुको साथै बासुकी थुम्काको तल्लो भू–भागबाट बिभिन्न पानीका मूलहरुको संरक्षणमा सहयोग पुग्ने देखिन्छ। बासुकी थुम्काको चारैतिरबाट मोटरबाटोको ट्रयाक खोलिएको छ। धुलिखेल क्षेत्रमा पर्यटन विकासको लागि होटल, लजहरुको साथै बिभिन्न भौतिक संरचनाहरुको निर्माण तिब्र रुपमा भएसँगै  पर्यटकहरुको चहल–पहल समेत बढ्दै गइरहेको छ। काठमाडौंबाट भक्तपुर हुँदै काभ्रे जिल्लाको धुलिखेल जाने बाटोको दायाँ–बायाँ किनारामा होटल तथा रेस्टुरेन्ट निर्माणको क्रम पनि उही रुपमा बढिरहेको छ। 

Basuki_thumka1689330972.jpg

प्रत्येक दिन बिहान, बेलुकीको समयमा फुर्सद मिलाएर जंगलमा घुम्न निस्कने स्थानीयहरुको लागि मात्र नभएर बिदाको दिन वनभोज खान र घुम्न जाने काठमाडौं लगायतका विभिन्न क्षेत्रका पर्यटकको लागि उपयुक्त गन्तव्य बनेको छ, बासुकी थुम्का। त्यहाँ आउने पर्यटकलाई त्यहाँको ग्रामीण जनजीवनको अवलोकन एवम् अनुभव गराउनुका साथै शहरी कोलाहलभन्दा विल्कुलै फरक, शुन्दर र शान्त स्थानमा मनोरञ्जन प्रदान गरेर स्थानीय विकास सँगसँगै विभिन्न अवसरको सिर्जना समेत गर्न सकिने देखिन्छ। त्यसको लागि सरकारी, गैर सरकारी र निजी क्षेत्रहरु समन्वयात्मक ढंगले अगाडि बढ्नु आवश्यक रहेको महसुस गर्न सकिन्छ। त्यसो हुन सकेमा त्यहाँको प्राकृतिक स्रोतको संरक्षणको साथै दिगो पर्यटनको विकास भएर स्थानीयको आय आर्जनमा समेत उल्लेख्य टेवा पुग्ने देखिन्छ। तर पर्यटकको बढ्दो चापका कारण वातावरणमा पर्न जाने नकारात्मक प्रभावलाई समेत समयमा नै विचार गरी सुरुवातदेखि नै यसको उचित व्यवस्थानपनमा ध्यान दिनु पनि उत्तिकै जरुरी रहेको छ। ([email protected])


 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ११:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्