• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खुसी बाँड्न हिँडेका धुर्मुस फेरि सिक्दैछन् मुस्कुराउन

64x64
समर्पण श्री शुक्रबार, असार २९, २०८०  ०८:५०
1140x725

काठमाडौं- हास्य टेलिचलचित्र ‘मेरी बास्सै’को पर्दाबाट करिब ८ वर्षअघि एकाएक गायब भए धुर्मुस-सुन्तली। 

दर्शकहरूले यो जोडीलाई पर्दामा खोजिरहे। तर उनीहरू पर्दामा दर्शक हँसाउन छाडेर समाजमा ‘खुसी बाँड्न’ निस्किएका थिए। 

२०७२ सालको भूकम्पपछि उनीहरू पर्दाबाट बाहिर निस्किएर मैदानमा पुगे। काँचको पर्दामा आफूलाई समाजको उच्शृंखल पात्र (धुर्मुस)का रुपमा प्रस्तुत गरिरहेका उनी मैदानमा उदार भएर प्रस्तुत भए।

कहिले भूकम्पले ढलेका वस्तीलाई उठाइरहेको भेटिए। कहीँ प्रकोप पीडितहरूलाई राहत बाँडिरहेको देखिए। कतै कहिले बाढीपीडितहरूको आँसु पुछिरहेको फेला परे। 

उनलाई त्यसका लागि हौस्याउने चाहिँ उनले कलाकारिताबाट कमाएका प्रशंसक थिए। धुर्मुस-सुन्तली अघि बढिरहँदा आर्थिक, मनोवैज्ञानिक सहयोग गर्न देशभित्र र बाहिरका हजारौं नेपाली तत्पर भए। 

यही क्रममा नेपालले क्रिकेटमा एकदिवसीय मान्यता प्राप्त गर्योम। सीमित स्रोत र साधनका बाबजुद पनि राम्रो प्रदर्शन गरेका खेलाडीको प्रशंसा भयो। खेलाडी र खेलप्रेमीले नेपालमा गतिलो रंगशाला नभएको गुनासो गरे। 

भूकम्प र बाढीपीडित वस्ती पुनर्निर्माणबाट हौसिएका धुर्मुस-सुन्तलीले अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणमा 'सरकारलाई सघाउने' सोच बनाए। 

देशमै राम्रो रंगशाला बनाउने अभियानको नेतृत्व गर्न आफूहरु तयार रहेको विचार मात्रै उनीहरुले के बाँडेका थिए, सहयोगको हात बढाउन चाहनेको लाइन लाग्न थाल्यो। कति मन्त्री-मुख्यमन्त्री त आफ्नै निर्वाचन क्षेत्रमा बनाइदिनका लागि अनुरोध गर्न उनको निजी निवाससम्म झन्डा हल्लाउँदै पुगे। देश-विदेशबाट आर्थिक र भौतिक सहयोगका लागि फोन आउन थाल्यो। सरकारको तालुकदार मन्त्रालय र मन्त्री सकारात्मक देखिए। 

Ncell 2
Ncell 2
nimb
nimb

Dhurmus_Sitaram_kattel1689230743.png

र, एक दिन घोषणा गरिदिए, ‘अब हामी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्छौँ।’ 

धुर्मुस-सुन्तलीले त्यसअघि दुईटा कुरा प्रमाणित गरेका थिए। 

पहिलो- श्रमदानको अभियानमा जोडिन चाहने नेपालीहरुको संख्या उलेख्य छ।

Xtrem

Xtrem

दोस्रो- स्वतन्त्र रुपमा पनि सरकारका कामलाई सघाउन सकिन्छ।

आम समर्थन यस्तो थियो कि उनीहरुको बोलीले चुनावमा कुनै नेताको हार-जित हुन सक्थ्यो! त्यस कारण उनको अभियानमा आफू पनि समाहित रहेको देखाउन चाहनेको लर्को ठूलै थियो। सुरुमा त्यही लर्कोमा रहेका कतिको अनुहार अहिले प्रतिनिधि सभामा समेत देखिन्छ।

'जस'का लागि धुर्मुससँगै ताँती लागेर सिंहदरबारभित्र जाने ती अनुहारहरु समयले 'अपजस' दिन खोज्दा तर्केर हिँड्छन्। सिंहदरबारमै उनीहरु भेटिँदा बोल्न समेत नखोजेका अनुभूति धुर्मुस अहिल्यै सुनाइहाल्न तयार छैनन्। 

उनले रंगशाला बनाउन थाल्दा माहोल सकारात्मक थियो। भूकम्पले 'जीवन यस्तै हो, सकेको सहयोग गर्नुपर्छ' भन्ने मनोभाव आम नेपालीमा थियो। देशको अर्थतन्त्र सकारात्मक दिशामा गइरहेको थियो। रंगशाला बीचमा पुग्दा कोरोना आयो। आमजनले भूकम्प बिर्सिए। आर्थिक सूचकहरु ओरालोतिर झर्न थाले।

त्यसपछि सहयोगका लागि वचन दिएकाहरु भटाभट पछि हट्न थाले। त्यस बेलाको जस्तो समय नरहेको भन्दै दाताहरु टकटकिन थालेपछि निर्माण सामग्री र निर्माणमा सक्रिय मजदूरहरुको बक्यौता बढ्न थाल्यो। 

'धुर्मुस-सुन्तली'को हाइहाइ हुँदा साख्यै पल्टिने 'ठूला अनुहार' गायब भए। 'सकेको धुर्मुस-सुन्तली फाउन्डेसनले गर्ने र नसक्दा राज्य छँदैछ' भन्दै साक्षी बस्नेहरु किनारा लागे। त्यसअघि जुन भीडले धुर्मुस-सुन्तलीलाई ‘भगवान’ मानेको थियो, त्यही भीडले ‘खलनायक’ पनि बनाइदियो! 

एकाएक धुर्मुस-सुन्तलीको ओठबाट हाँसो गायब भयो। दिमागबाट व्यंग्य हरायो। अरुलाई हँसाउने उपायका लागि सक्रिय उनीहरुकै जीवनमा हाँसोको खाँचो पर्न थाल्यो।

रंगशाला निर्माणकै दौरान अनुहारबाट उडेका खुसीका रङ फर्काउन अहिले पनि उनीहरु संघर्षरत छन्। सायद परिस्थिति प्रतिकुल हुनुमा धुर्मुसको महत्वाकांक्षा पनि कारक होला, सँगै राज्य र निकटतमहरूको निरन्तर असहयोग र बेवास्ताले उनीहरूलाई गलायो। 

२ वर्षअघि ३५ प्रतिशत काम सम्पन्न गरिएको रंगशाला निर्माणबाट उनीहरूले हात झिके। र, राज्यलाई सुम्पिए। तर राज्य ‘दाहिना’ नहुँदा उनीहरूले कतिसम्म पीडा भोग्नुपर्यो, त्यसको चर्चा उनी 'अहिले नगर्ने' भन्छन्।

Dhurmus_Sitaram_kattel_21689230743.png

निकै  समयपछि अघिल्लो साता उनको वेब फिल्म 'म त मर्छु कि क्या हो' आएको छ। युट्युबमा दर्शकले राम्रै हेरिदिएका छन्। त्यहीँ दर्शकले प्रतिक्रिया दिएका छन्।

ती प्रतिक्रियाबाट धुर्मुस-सुन्तलीलाई कस्तो अनुभूति भइरहेको छ?

सीताराम कट्टेललाई यत्ति सोध्नुपर्ने थियो। उनले सुरुमा छोटो उत्तर दिए, ‘बीचमा सामाजिक कर्ममा होमिँदा दर्शकलाई निराश बनाएका रहेछौँ। हामीबाट खोजिएको त कलाकारितै रहेछ।’ 

अघिल्लो साता धुर्मुस-सुन्तलीको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ युट्युब च्यानलमार्फत सार्वजनिक भयो। २ घण्टा ४ मिनेटको फिल्मलाई हालसम्म २३ लाख पटक हेरिसकिएको छ। उनीहरूले यो फिल्म कोरोनाको अवधिमा बनाएका थिए। ‘सुरुमा तीन भागको सिरियलको परिकल्पना गरेका थियौँ। सिरियलकै हिसाबमा खिचिएको पनि हो। त्यतिबेला हलहरू बन्द थिए। ओटीटीमा राख्न २ घण्टाजतिको फिल्म बनाऊ भन्ने सुझाव आयो। अनि यसलाई फिल्मको हिसाबमा रुपान्तरण गरियो,’ धुर्मुस भन्छन्। 

युट्युबको कमेन्टमा हेर्ने हो भने ‘कमब्याक’ भएको सीताराम र कुञ्जना घिमिरेको धुर्मुस–सुन्तली अवतारले निकै माया बटुलिरहेको छ। ‘धुर्मुस-सुन्तली अब पहिलेकै पेसामा फर्किनुपर्छ ल। हामी उही पहिलाको धुर्मुस-सुन्तली हेर्न चाहन्छौँ,’ दर्शकका थुप्रै कमेन्ट प्रेम र सद्भावसहितका छन्। 

यो देखेर धुर्मुसलाई लागेको छ, ‘अब त फर्किनुपर्छ।’

तर, फर्किनुअघि थाप्लोमा बोकेको गह्रौं भारी उनी बिसाउन चाहन्छन्। चितवनस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई भरतपुर महानगरपालिकाले पूर्ण स्वामित्वमा लिइसकेपछि उनी मुक्त हुन्छन्। 

नत्र त हँसाइरहने धुर्मुसलाई हाँस्नुअघि पनि पटक-पटक सोच्नुपर्छ।

जिन्दगीको उतारचढाव
पुरानो बानेश्वरस्थित धुर्मुस-सुन्तली फाउण्डेसनमा हामी धुर्मुसलाई भेट्न पुगेका थियौं। भेटमा उनले एउटा खुलासा सुटुक्क गरे, ‘म किताब पनि लेखिरहेको छु। सामाजिक काम गर्दा पाइला-पाइलामा भोगेका क्षणहरू छन्। त्यो जनतालाई भन्नैपर्छ।’

कोठाको सन्नाटाबीच धुर्मुस एउटा उदास हाँसो हाँसिरहेका थिए। पछिल्ला गाली, धम्की र अपमानले थिचिएका धुर्मुसको अर्गानिक हाँसो कतै गुम थियो। ‘बीचमा त हामीलाई भगवान पनि भन्थे। तर भगवान बन्छु भनेर लागेको होइन। मान्छे चिच्याइरहेको बेला, पानी-पानी भनिरहेको बेला पानी दिँदा उसको आत्मामा कति सन्तुष्टि मिल्छ! हामीले त्यही ठान्यौँ,’ सामाजिक कर्ममा होमिनुको पृष्ठभूमि उनी सम्झिरहेका थिए। 

‘हामी देश सम्झेर लाग्यौँ, विश्वभरि बेग्लै पहिचान बनाएका खेलाडीका लागि देशमा खेल्ने ठाउँ नै थिएन। राज्यले नगरेपछि जनताको बीचबाट एउटा जनता न त्यसको नेतृत्व गर्न अघि बढेको थियो,’ उनी प्रसंग जोड्दै जान्छन्। 

रंगशाला निर्माणबाट हात झिक्ने अवस्था कसरी आयो? 

‘हिजो लाखौँ सहयोग गर्छु भन्नेहरूले हौस्याउनुभयो। काम थालेपछि हौस्याउनेहरू नै पछि हट्नुभयो। गर्न बाँकी कुनै प्रयत्न राखिएन। थाकियो, गलियो,’ धुर्मुस थकित सुनिन्छन्।

विस्तारै धुर्मुसको समय ठिक उल्टो चल्न थाल्यो। ‘हिजो मन्त्रालय जाँदा म मात्र हुन्नथें। अपनत्व लिनेहरूको भीड हुन्थ्यो। साथ दिन्छु भन्नेहरूको कमी थिएन। अहिले म मन्त्रालयको ढोका एक्लै ढुकिरहन्छु। अपमान एक्लै भोगिरहन्छु,’ धुर्मुस सुनाउँछन्।

हिजो सुदूर पूर्वबाट काठमाडौंमा संघर्ष गर्न उक्लिएको सीतारामसँग अभाव थियो होला। तर त्यही अभावमा सहरमा  टोलटोल पुगेर सामान बेच्दै गर्दाको जिन्दगी प्यारो थियो। 

कलाकारिताबाट लोकप्रियता हासिल भयो। कलाकारिताकै क्रममा रिलमा लोकप्रिय जोडी रियल लाइफमा पनि दाम्पत्य जीवनमा बाँधियो। ‘हामी सँगै अगाडि बढ्यौँ। विदेशका कार्यक्रममा पनि श्रीमान्-श्रीमती आउँछौँ भन्नुपर्दैनथ्यो। धुर्मुस-सुन्तली ल्याउने भन्थे। जति आयआर्जन गर्थ्यौँ बाँड्नुपर्दैनथ्यो। घर, गाडी, बैंक ब्यालेन्स थियो,’ धुर्मुस सम्झन्छन्। 

तर, आत्मसन्तुष्टि बेग्लै कुरा हो। उनीहरूलाई लाग्यो– ‘खुसी बाँड्न पो यो धरतीमा जन्मिएको। हामी बाँड्न निस्कनुपर्छ।’

‘यसरी ‘खुसी बाँड्न’ हिँडेका हामी आफैं मुस्कुराउन बिर्सिसकेका रहेछौँ,’ धुर्मुस निरस लवजमा भन्छन्।

कतिपयले भन्छन्, ‘रंगशाला निर्माणको क्रममा धुर्मुस-सुन्तलीले पैसा हिनामिना गरे। जनतालाई घात गरे।’ 

तर, अनेकन आरोप सहिरहेका धुर्मुस हामीलाई रंगशाला निर्माणको गणित देखाउँदै भन्छन्, ‘मलाई कसैले मेसिन ल्याएर चिरफार गर्यो भने पनि त्यहाँभित्र इमान्दारिता भेटिन्छ होला।’ 

त्यही क्रममा उनले टेबलमा पछारिएका प्रमाणित 'हिसाब-रिपोर्ट' हामीतिर सारे। 

रंगशाला निर्माणको हिसाब 'ठिकठाक' राख्ने प्रयत्न गरेका उनको जीवनको बहिखाता गडबड देखिन्छ। भेटका लागि हाम्रै कार्यालय बोलाएका थियौं। आफूसँग सवारी नभएको भन्दै आफ्नैमा बोलाए। कलाकार मात्रै हुँदा धुर्मुससँग गाडी थियो। तर आज? ‘आज म पठाओ चढेर हिँड्छु। तर यो कुरा भन्नुको के अर्थ,’ धुर्मुस ‘अफ द रेकर्ड’ हामीलाई सुनाउँछन्।

हिजो धुर्मुसको मोबाइलमा दिनमा सयौं फोनका घण्टी बज्थे। उनलाई बोल्न र उठाउन भ्याइनभ्याइ हुन्थ्यो। ‘तपाईंहरू यतिन्जेल बस्दा एक पटक फोन आयो त? कहाँ गए त्यत्रा फोनहरू?’ धुर्मुस भन्छन्। 

हामीलाई भनिरहँदा उनी मनन पनि गर्दा हुन्, ‘बलेको आगो पो सबैले ताप्छन्..!’

जीवनप्रतिको आशा
हिजो ‘मेरी बास्सै’मा धुर्मुस पात्रले इतरिँदै बोल्ने एउटा जनप्रिय थेगो थियो, ‘म त मर्छु कि क्या हो!’ 

त्यहाँ धेरै खुसी हुँदा उनले ठट्यौली भावमा प्रयोग गर्थे यो थेगो। हाँसखेलका लागि बोलिएको यही वाक्यले धुर्मुसलाई आफ्नै जीवनमा पटक-पटक झस्कायो। अत्यधिक तनावले थिचेको बेला कता–कता जीवन विरुद्धको सोच पनि पलाउँथ्यो धुर्मुसमा। तर मनभित्रको जिजिविषाले जितिरह्यो।

पछिल्लाक केही वर्ष त उनलाई सबै कुरा सपनाजस्तो लागे। ‘शून्य जस्तो, मान्छे नचिनिएला जस्तो। कोही पनि छैन जस्तो। सबै गुम्यो जस्तो। बोल्दा बोल्दै थरथर काँप्थेँ। हिँड्दा हिँड्दै उकुसमुकुस भएर पसिना आउँथ्यो। राति बिउँझियो भने सुत्न सकिँदैनथ्यो,’ उनी चरम पीडाले गाँजेको क्षण सम्झन्छन्।

त्यतिबेला धुर्मुसलाई घरकै सदस्य पनि टाढाको जस्तो लाग्थ्यो। कोही नबोलिदिए हुन्थ्योझैं लाग्थ्यो। एक्लै बसिरहुँजस्तो लाग्थ्यो।

Dhurmus_Sitaram_kattel_31689230745.png

यसरी कति दिन बिताउने? एक दिन सोचे, ‘अमूल्य जीवन एउटा चिजबाट ठेस खाइयो भन्दैमा गुमाउनुचाहिँ हुँदैन। फेरि अर्को चिजबाट पनि अगाडि बढ्न सकिन्छ।’

आफू भित्रको ‘सत्य’लाई छामे। त्यो डगमगाएको थिएन। ‘हामीले बिगारेका होइनौँ भन्ने कुराले आँट बढायो। हरेक मान्छेको जीवनमा खराब समय आउँछ, त्योब समय पनि एक दिन बितेर जान्छ सोच्यौँ,’ उनी सुनाउँछन्।

श्रीमान्-श्रीमती नै त्यो पीडाबाट गुज्रँदाको भयानक क्षण उनी कोट्याइरहन पनि चाहँदैनन्। ‘कुञ्जनाले श्रीमान्‌ले गरेको आँटलाई साथ दिएकी हुन्। त्यसरी साथ दिँदा बालख छोरीलाई भेट्न नपाउँदाको पीडा छ। राम्रो गर्न खोज्दाखोज्दै खानुपरेको गाली र सहनुपरेको टर्चर सानो थिएन,’ उनी भावुक मुद्रामा भन्छन्।

जीवनले पुर्‍याएको विश्वविद्यालय
यी ८ वर्षमा धुर्मुसले के–के सिके? उनकै भाषामा भन्दा यी वर्ष उनका लागि जीवनका विश्वविद्यालयमा बिताएका जस्ता लागे। ‘समाज के रहेछ? मानिसका आवश्यकता के रहेछन्? कहाँकहाँ कसरी देश बनाउन सकिने रैछ? नियाल्ने अवसर प्राप्त भयो,’ उनी सुनाउँछन्।

कतै-कतै उनले टिप्पणी सुन्छन्, ‘कलाकारले खुरुक्क कलाकारिता गर्ने हो। देश बनाउने जिम्मा लिने हैन।’ उनी यो भनाइसँग असहमत छन्। बितेका वर्षबाट उनले सिकेका छन्, ‘देश सबैले बनाउने हो। जानेको र सकेको कुरा सबैले गर्नुपर्छ।’

जीवनमा यात्राहरू विभिन्न हुन्छन्। तर ‘मानवताको यात्रा’ सबैभन्दा महत्वपूर्ण रहेको कुरा उनले यिनै वर्षहरूमा सिके। ‘मनदेखि गरिने संकल्पले मान्छेलाई सुखद यात्रातर्फ डोहोर्‍याउँदो रहेछ। मानवताका लागि काम गर्नुपर्दो रहेछ,’ धुर्मुस भन्छन्।

यी बीचमा धुर्मुसले अर्को कुरा पनि बुझे, ‘सबै मान्छे आफ्नो पेसामा इमान्दार भइदिए देश त बन्ने रहेछ।’ 

उनले यो सिलसिलामा मानिसहरूभित्र इमान्दारिता लुप्त हुँदै गएको अनुभूत गरे। अनि राज्यले इमान्दार र क्षमतावान मान्छेलाई प्रोत्साहन नगरेको पनि अनुभूत गरे।

सिर्जनाको निरन्तरता
‘कलाकारितामै ८ वर्ष व्यतित गरेको भए के हुन्थ्यो होला?’ प्रश्नले धुर्मुस केही सोचमग्न बन्छन्। 

‘मान्छेको जीवनमा लेखान्त हुन्छ। मलाई त्यही गर्न लेखेको थियो। निरन्तर लागेको भए हिजोको दिनको भन्दा बेग्लै पहिचान बनाइन्थ्यो होला। फरक सिर्जना पस्किन्थ्यौँ होला,’ उनी भाग्यलाई हवाला दिँदै भन्छन्, ‘तर यो अवधिमा यही गर्नु भनेर भगवानले खटाएकै त होला।’

विगतका वर्ष सामाजिक काममा हिँड्दा (फिल्म ‘सेन्टी भाइरस’ र केही सचेतनामुलक भिडिओ’बाहेक) धुर्मुस निरन्तरको कलाकारिताबाट ओझेल नै थिए। यसरी ओझेल पर्दा सिर्जनामा तलमाथि त पर्‍यो नै। त्यो भन्दा पनि ‘ठूलो भारी’ बोक्दा कम सिर्जनशील भएको उनको स्वीकारोक्ति  छ। 

‘घर बनाउँदा त कति गाह्रो हुन्छ। सिंगो देशको रंगशाला बनाउँदा, सिंगो वस्ती बनाउँदा कस्तो होला! सबै चिजको भारी बोक्दा म कलाकार धुर्मुस हुँ भन्ने बिर्सें। म मजदूर हुँ। मजदूरले जस्तो श्रम गर्नुपर्छ भन्ने मात्र ठानेँ,’ उनी भन्छन्।

अब धुर्मुसलाई उनकै शब्दमा भन्दा ‘कम सिर्जनशील’ हुन छुट छैन। वेब फिल्मलाई दर्शकले दिएको प्रतिक्रियाले नै लागिसकेको छ, ‘अब यसको दोस्रो भाग बनाउने हो।’ 

वेब फिल्मलाई समीक्षात्मक दृष्टिकोणबाट हेर्दा गर्नुपर्ने प्रश्न पनि छन्, ‘धुर्मुसकै ह्याङ कहिलेसम्म बोक्ने? चरित्रमा विविधता खै? हिजोको मेरी बास्सैको निरन्तरता किन?’

आलोचकीय दृष्टिकोणलाई स्वागत गर्दै धुर्मुस स्पष्टीकरण दिन्छन्, ‘यी प्रश्न जायज हुन्। हिजो जनजीवनको कथालाई मेरी बास्सैमा समेट्यौँ। त्यतिखेर देखेको छाप अहिलेसम्म पनि दर्शकको मनमा बसिरहेको छ। त्यसलाई आभाष गराउनु थियो।’

तर, धुर्मुस अब कलाको निरन्तरता मात्र चाहँदैनन्। पृथकता पनि चाहन्छन्। नयाँ के दिने, कसरी दिने? सोचिरहेका छन्। जे होस्, पर्दाबाट हराएका धुर्मुस फर्किएका छन्। आफूले जीवन जिउनुको नयाँ बाटो पनि पहिल्याएका छन्।

फिल्म ‘म त मर्छु कि क्या हो’बाट ठूलो राहत महसुस गरिरहेका उनी मिठो सपना बुन्दै सोचिरहेका छन्,  'अब त बाँच्छु कि क्या हो!’


 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
आज कति पुग्यो डलर ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्