• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
स्थलगत रिपोर्टिङ

बाढीको विनाशपछि बौरिन खोजिरहेको मेलम्ची

64x64
समर्पण श्री बिहीबार, असार २८, २०८०  ०७:३९
1140x725

मेलम्ची– बगरको बीचमा बाढी पर्खेर बसिरहेझैं लाग्ने एउटा मात्र घर ठिंग उभिएको छ। घरका झ्याल-ढोका जीर्ण छन्। भुइँतला माटोले पुरिएको छ। 

२ वर्षअघि मेलम्चीमा विनाशकारी बाढी गएको थिएन त यतिबेला त्यो घरमा मानिसहरूको चहलपहल हुन्थ्यो। बाढीले नसोहोरेको भए वरिपरि अरु संरचना यसैगरी उभिएका हुन्थे। 

तर, विसं २०७८ असार १ र साउन १७ मा इन्द्रावतीमा आएको बाढीले बजारका थुप्रै घर बगरमा विलिन गरायो। वस्ती डुब्यो र मेलम्चीबासीको ‘सर्वस्व’ गुम्यो। ‘त्यहाँ त्यो घरमात्र कहाँ थियो र? पारि हेर्नु त, सबै बाढीले बगायो,’ स्थानीय अच्युत पाण्डेले पहिलेको बसपार्कनिरबाट पारितिर संकेत गर्दै खुइय् गरे ‘अब त त्यो घरको के काम। बाढी पर्खेर बस्नुसिवाय।’

melamchi81689063456.jpg

अच्युत त्यहाँनिर उभिएका थिए, जहाँनिर २ वर्षअघिसम्म उनी किराना पसल चलाउँथे। ‘यहाँनिरको घरमा मेरो पसल थियो, त्यो त बगायो,’ अच्युतले दुखित मुद्रामा सुनाए। 

त्यो त्रासदीपूर्ण क्षण सम्झँदा अहिले पनि भक्कानिउँ जस्तो लाग्छ अच्युतलाई। बाढीका कारण उनले जीवनभर पसिना बगाएर आर्जेको सबै सम्पत्ति माटोमा मिलेको थियो।

ठाउँठाउँमा बगरमा एक्लै उभिएका घर कतैकतै देखिन्थे। जुन अब बस्न लायकका छैनन्। 

गत शुक्रबारको मध्य घाममा अच्युत हामीसँग गफिँदा त्यो कहालीलाग्दो क्षण सम्झिए, ‘त्यही दिन मैले गोदाममा सामान हालेको थिएँ। साँझ ७ बजे त बाढी आयो। सबै लग्यो। धन्न हामी कोही थिएनौँ पसलमा।’

Ncell 2
Ncell 2
nimb
nimb

पसल बगाएर ३५ लाखको क्षति पुग्यो अच्युतको। उनको घर भने मेलम्ची टारमा थियो। त्यो त जोगियो। तर खेत, गाई फर्म, ६ वटा माछा पोखरी, ५० भन्दा बढी टनेल केही बचेनन्।

शून्यबाट उठ्ने कसरी? थाहा थिएन। केही समयसम्म त आवाजविहीन बने अच्युत। ‘त्यतिबेला सरकारले ५ लाख दिने घोषणा गरेको हो। तर ५० हजार खातामा हाल्यो। बाँकी कहिले दिने हो थाहा छैन,’ अच्युत भन्छन्।

melamchi-61689060004.jpg

मेलम्मी नगरपालिकाका प्रशासकीय अधिकृत अमृतकुमार धितालका अनुसार बाढीका कारण मेलम्चीमा ५७ अर्बको क्षति पुगेको थियो। २ सय ८० भन्दा बढी घर डुबेका थिए। नगरपालिकाको २ वटा पुल, सिटी पार्क, बसपार्क, कभर्ड हल, उद्योग ग्राम, कृषि कार्यालय, सामूहिक खेती, विद्यालय लगायतका सार्वजनिक संरचना विनाश भएका थिए।

Xtrem

Xtrem

कति परिवार विस्थापित भए। बाहिरबाट आएर व्यापार गरेकाहरू पलायन भए। ‘हाम्रो नजिकै व्यापार गरिरहनुभएका शेर्पा परिवार हुनुहुन्थ्यो। उहाँहरू रित्तिनुभयो। केही उपाय नलागेर पलायन हुनुभयो,’ अच्युत सुनाउँछन्। 

लयमा फर्किएको मेलम्ची
दशकौंको मिहिनेत र योजनाले निर्माण भएको मेलम्चीलाई प्रकोपले क्षणभरमै विनाश गरायो। धेरैको चिन्ता थियो, ‘अब उठ्ला त?’

गत शुक्रबार मेलम्ची बजार पुग्दा त्यहाँ चहलपहल बढेको थियो। स्थानीयका अनुहारमा खुसी छचल्किएका थिए। ‘अब बेलिब्रिज बन्यो। व्यापार बढ्ने भयो। एउटा दु:खबाट त पार लाग्यो,’ स्थानीयहरू एकापसमा कुरा गर्दै थिए। 

melamchi-31689060029.jpg

१०४ मिटरको पक्की पुल बाढीले भत्किएपछि स्थानीयले भोग्नुपरेको सास्ती सामान्य थिएन। ‘चौतारा जाने बाटो पनि यही हो। इन्द्रावती, पाँचपोखरी, हेलम्बु र मेलम्ची नगरपालिकालाई जोड्ने आवश्यक पुल हो यो। अब पक्की बन्छ भन्ने आशा छ,’ स्थानीय अर्जुनप्रसाद दुलालले भने। 

त्यसदिन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बेलिब्रिजको उद्घाटन गरेका थिए।

स्थानीयका कुरा सुन्दा अघिल्लो वर्षसम्म मेलम्ची बजार सुनसान थियो। फेरि बाढी आउने हो कि भन्ने त्रासमा थिए मेलम्चीबासी। तर यसपालिबाट बजारमा चहलपहल बढ्यो। त्यस दिन जीर्ण घरहरूको पुनर्निर्माण गर्दै गरेका दृश्यहरू पनि देखिएका थिए।

‘सर्वस्व’ गुमाएका अच्युतले पनि आँट गरेर बजारमा पुन: पसल सुरु गरे। ‘हार खाइएन। ऋण गरियो। फेरि पसल सुरु गरियो। यसपालिबाट व्यापार बढ्ला कि भन्ने छ,’ उनी आशावादी नै सुनिन्छन्।

उनले सहकारीबाट लिएको ऋण मासिक रुपमा चुक्ता गर्दै आएका छन्।

 

बजारमा किराना पसल चलाइरहेका रामशरण थापामगरसँग पनि हामीले कुरा गर्‍यौं। उनले जहाँ पसल राखेका छन्, बाढी आउनुअघि पनि पसल त्यहीँ थियो। त्यही घरको माथिल्लो तलामा उनी बस्थे। ‘पसलको सामान, डेरामा भएका सामान केही बाँकी रहेन। भोलिपल्ट आउँदा घर डुबाइसकेको थियो,’ उनले सम्झिए।

360050108_1565028670568454_21700653660021332_n1689063527.jpg

बाढी गएको ६ महिनापछि उनले फेरि त्यहीँ पसल थापे। ‘तर पोहोरको बर्खामा चरो मुसो हिँड्थ्यो होला, मान्छे हिँड्दैनथ्यो। यसपालि चाहिँ लयमा फर्केको जस्तो देखिन्छ,’ रामशरण भन्छन्। 

शून्यबाट गरिएको नयाँ सुरुवात
किराना पसल चलाइरहेका बद्री गौतम अहिले पनि घरविहीन छन्। उनी २० वर्षदेखि मेलम्चीमा दुनोट व्यवसाय गर्थे। हेटौंडाको जग्गा जमिन बेचेर सपरिवार शिखरबोट–१०मा बसाइँ सरेका थिए।

तर, बाढीको बेला घरमाथिबाट हिँडेको खोलाले उनको केही बाँकी राखेन। ‘घर, खेत, जग्गा, पसल सबै गुम्यो। कति महिनासम्म राहतका खाना खायौँ, राहतका कपडा लगायौँ,’ उनी सम्झन्छन्।

निकै महिना उनी गहिरो तनावमा पुगे। एक दिन मन बुझाए, ‘हामी बाँच्यौँ भने संसार चल्छ, मर्‍यौं भने संसार सकिन्छ। बाँचेको छु। त्यस कारण बाँच्नुन्जेल काम गर्छु।’

त्यसपछि पुन: ऋण गरेर मेलम्ची बजारमा किराना पसल सुरु गरे। अहिले बद्री लयमा आउने प्रयासमा छन्। 

सकिएको छैन त्रास
हामी जाँदा अर्जुनप्रसाद दुलाल घरको मर्मत गरिरहेका थिए। भुइँतलाको सटरमा किराना पसल र गोदाम राखिएका थिए।

‘बाढीले डुबेको घरमा ७ लाखभन्दा बढी खर्चिइसकेँ। यो सटर फेरेर नयाँ सुरुवात गरियो,’ उनी हातले इसारा गर्दै भन्छन्। बाढीले ६० लाख भन्दा बढी सामान बगाएको थियो अर्जुनको। लामो समय उनी डुबानमा परेको आफ्नो घरमा जानै सकेनन्।

‘घर भनेकै यही हो। कहाँ जानु। बजारभरि माटो थुप्रिएको थियो। ४ महिना लगाएर डोजरले माटो फालेर फेरि बस्न थाल्यौँ,’ अर्जुन भन्छन्। 

घर नहुनु भनेको केही नहुनुजस्तो लाग्दो रहेछ अर्जुनलाई। ‘घर नभएपछि सबै रित्तिएजस्तो। बरु छाप्रै किन नहोस् घर त्यति संवेदनशील रहेछ,’ अर्जुन भन्छन्।

359932944_1940465376356806_1882967110854610000_n1689063636.jpg

यसरी मेलम्चीमा पुन: चहलपहल बढ्न थाले पनि त्रास भने कम भइसकेको छैन। बेलाबेला आउने वर्षा र सुसाइरहने इन्द्रावतीले मेलम्चीबासीको निद्रा खोस्छ। ‘पोहोर असार १७ गते डर लाग्यो। ठूलै बाढी आउलाजस्तो भयो। अहिले पनि केही दिनअघि खोला करायो। हामी अत्तालियौँ,’ अर्जुनले भने।

संरक्षण अभियानमा नगरपालिका
नगरपालिकाले बाढी पीडितहरूका लागि के गर्‍यो त?

प्रशासकीय अधिकृत अमृतकुमार धितालले तत्कालीन अवस्थामा अस्थाई व्यवस्थापनमा काम गरेको बताए। बाढी गएको बेला १० हजारदेखि २५ हजारसम्म आफ्नै स्रोतबाट नगरपालिकाले राहत व्यवस्थापन गरेको उनले बताए। त्यसैगरी जग्गा नहुनेलाई ३ लाख र घर बनाउका लागि ५ लाख रुपैयाँ दिएको उनले बताए।

प्रकोपबाट पुन: जोगिन भूगर्भविद्, जसस्रोतविद् र प्रकोप विज्ञहरूलाई अध्ययन गराई संरक्षणको काम थालिएको धितालले बताए।

‘विज्ञहरूको डिटेल रिपोर्टमा खोलालाई तालामाराङदेखि ढाडखोलासम्म संरक्षण गर्न ३७ अर्बको प्रोजेक्ट प्रस्ताव गर्नुभएको छ। त्यहीअनुसार हामी योजना बनाएर अगाडि बढिरहेका छौँ,’ उनले भने, ‘खोलालाई गहिराउने, वस्तीको संरक्षण गर्न प्रदेश सरकार र संघीय सरकारले बजेट विनियोजन पनि गरेको छ।’

धितालका अनुसार नगरपालिकाले आपत्कालीन कार्यसूचक केन्द्र स्थापना गरेको छ। विपद्को सूचना सही समयममा दिएर नागरिकलाई सचेत गराउने कुरामा नगरपालिका सचेत रहेको उनले बताए। ‘माथिल्लो भेगमा भएका वर्षा मापन यन्त्रलाई विस्तार गरिसकेका छौँ। सूचना प्रवाहलाई सहज बनाएका छौँ र समुदाय स्तरमा विपद् व्यवस्थापन समिति बनाएर तालिम पनि दिएका छौँ। विपद्का लागि चाहिने सामग्री पनि दिएका छौँ,’ उनले भने।  

जोखिममै छ मेलम्ची बजार
मेलम्चीमा बाढीको जोखिम भने अझै कायम छ। क्षेत्रका २ सय ८३ घरहरू रेड जोनमा छन्।

मेलम्चीमा आएको बाढीको विषयमा अध्ययन गरेका भूगर्भविद् डा रञ्जन दाहालका अनुसार बाढी फेरि पनि आउन सक्छ। ‘त्यो कुरा हामीले प्रतिवेदनमा पनि उल्लेख गरेका छौँ। बाढीबाट जोगाउन कहाँकहाँ वाल लगाउने, कहाँ घर बनाउने र कहाँ अस्थायी टहरा बनाउने भनेर मास्टर प्लान बनाएर दिएका छौँ। नगरपालिकाले त्यही अनुसार काम गर्नुपर्छ,’ दाहालले भने।

melamchi-41689060028.jpg

प्रशासकीय अधिकृत धितालका अनुसार मेलम्चीमा ४० भन्दा बढी वस्ती पहिरोको जोखिममा छन्। ती वस्तीहरूलाई स्थानान्तरण गर्ने योजना बनाइरहेको उनी बताउँछन्।

तर, जोखिममा रहेका क्षेत्रलाई स्थानान्तरण गर्न सजिलो छैन। यसका लागि दीर्घकालीन योजना चाहिने उनी बताउँछन्। ‘जोखिम रहेका क्षेत्रमा स्थायी विकास संरचना नबनाउने, जग्गाको भ्यालुएसन विस्तारै घटाउने। हामीले संघीय सरकारसँग मध्यपहाडी लोकमार्गसँग जोडिएका ठाउँलाई नयाँ सहरको रुपमा विकास गरेर रेड जोनमा परेको क्षेत्रका मानिसलाई विस्तारै नयाँ सहरमा स्थानान्तरण गर्न सुझाव पेस पनि गरेका छौँ,’ उनले भने। 

जोखिममा रहेका क्षेत्रमा घर बनाउन नगरपालिकाले नक्सा पास दिने छैन।

धितालका अनुसार पुराना घरमा बर्खाको समयमा नबस्नका लागि नगरपालिकाले आग्रह गरेको छ। ‘तर सम्बन्धित घर धनीले आफ्नै जोखिममा घरलाई मर्मत गरेर बसिरहनुभएको छ। अस्थाई रुपमा व्यापार पनि गरिरहरनुभएको छ। त्यसलाई विस्तारै कम गर्दै लैजान्छौँ,’ उनले भने। 

वस्तीलाई विस्तारै विस्तापित गर्न कम्तीमा पनि ३० वर्ष लाग्ने धितालको आकलन छ।


फोटो/भिडिओ : निमेशजंग राई

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्