• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
स्थलगत रिपोर्टिङ

बाढीको विनाशपछि बौरिन खोजिरहेको मेलम्ची

64x64
समर्पण श्री बिहीबार, असार २८, २०८०  ०७:३९
1140x725

मेलम्ची– बगरको बीचमा बाढी पर्खेर बसिरहेझैं लाग्ने एउटा मात्र घर ठिंग उभिएको छ। घरका झ्याल-ढोका जीर्ण छन्। भुइँतला माटोले पुरिएको छ। 

२ वर्षअघि मेलम्चीमा विनाशकारी बाढी गएको थिएन त यतिबेला त्यो घरमा मानिसहरूको चहलपहल हुन्थ्यो। बाढीले नसोहोरेको भए वरिपरि अरु संरचना यसैगरी उभिएका हुन्थे। 

तर, विसं २०७८ असार १ र साउन १७ मा इन्द्रावतीमा आएको बाढीले बजारका थुप्रै घर बगरमा विलिन गरायो। वस्ती डुब्यो र मेलम्चीबासीको ‘सर्वस्व’ गुम्यो। ‘त्यहाँ त्यो घरमात्र कहाँ थियो र? पारि हेर्नु त, सबै बाढीले बगायो,’ स्थानीय अच्युत पाण्डेले पहिलेको बसपार्कनिरबाट पारितिर संकेत गर्दै खुइय् गरे ‘अब त त्यो घरको के काम। बाढी पर्खेर बस्नुसिवाय।’

melamchi81689063456.jpg

अच्युत त्यहाँनिर उभिएका थिए, जहाँनिर २ वर्षअघिसम्म उनी किराना पसल चलाउँथे। ‘यहाँनिरको घरमा मेरो पसल थियो, त्यो त बगायो,’ अच्युतले दुखित मुद्रामा सुनाए। 

त्यो त्रासदीपूर्ण क्षण सम्झँदा अहिले पनि भक्कानिउँ जस्तो लाग्छ अच्युतलाई। बाढीका कारण उनले जीवनभर पसिना बगाएर आर्जेको सबै सम्पत्ति माटोमा मिलेको थियो।

ठाउँठाउँमा बगरमा एक्लै उभिएका घर कतैकतै देखिन्थे। जुन अब बस्न लायकका छैनन्। 

गत शुक्रबारको मध्य घाममा अच्युत हामीसँग गफिँदा त्यो कहालीलाग्दो क्षण सम्झिए, ‘त्यही दिन मैले गोदाममा सामान हालेको थिएँ। साँझ ७ बजे त बाढी आयो। सबै लग्यो। धन्न हामी कोही थिएनौँ पसलमा।’

nimb
nimb
Ncell 2
Ncell 2

पसल बगाएर ३५ लाखको क्षति पुग्यो अच्युतको। उनको घर भने मेलम्ची टारमा थियो। त्यो त जोगियो। तर खेत, गाई फर्म, ६ वटा माछा पोखरी, ५० भन्दा बढी टनेल केही बचेनन्।

शून्यबाट उठ्ने कसरी? थाहा थिएन। केही समयसम्म त आवाजविहीन बने अच्युत। ‘त्यतिबेला सरकारले ५ लाख दिने घोषणा गरेको हो। तर ५० हजार खातामा हाल्यो। बाँकी कहिले दिने हो थाहा छैन,’ अच्युत भन्छन्।

melamchi-61689060004.jpg

मेलम्मी नगरपालिकाका प्रशासकीय अधिकृत अमृतकुमार धितालका अनुसार बाढीका कारण मेलम्चीमा ५७ अर्बको क्षति पुगेको थियो। २ सय ८० भन्दा बढी घर डुबेका थिए। नगरपालिकाको २ वटा पुल, सिटी पार्क, बसपार्क, कभर्ड हल, उद्योग ग्राम, कृषि कार्यालय, सामूहिक खेती, विद्यालय लगायतका सार्वजनिक संरचना विनाश भएका थिए।

कति परिवार विस्थापित भए। बाहिरबाट आएर व्यापार गरेकाहरू पलायन भए। ‘हाम्रो नजिकै व्यापार गरिरहनुभएका शेर्पा परिवार हुनुहुन्थ्यो। उहाँहरू रित्तिनुभयो। केही उपाय नलागेर पलायन हुनुभयो,’ अच्युत सुनाउँछन्। 

लयमा फर्किएको मेलम्ची
दशकौंको मिहिनेत र योजनाले निर्माण भएको मेलम्चीलाई प्रकोपले क्षणभरमै विनाश गरायो। धेरैको चिन्ता थियो, ‘अब उठ्ला त?’

गत शुक्रबार मेलम्ची बजार पुग्दा त्यहाँ चहलपहल बढेको थियो। स्थानीयका अनुहारमा खुसी छचल्किएका थिए। ‘अब बेलिब्रिज बन्यो। व्यापार बढ्ने भयो। एउटा दु:खबाट त पार लाग्यो,’ स्थानीयहरू एकापसमा कुरा गर्दै थिए। 

melamchi-31689060029.jpg

१०४ मिटरको पक्की पुल बाढीले भत्किएपछि स्थानीयले भोग्नुपरेको सास्ती सामान्य थिएन। ‘चौतारा जाने बाटो पनि यही हो। इन्द्रावती, पाँचपोखरी, हेलम्बु र मेलम्ची नगरपालिकालाई जोड्ने आवश्यक पुल हो यो। अब पक्की बन्छ भन्ने आशा छ,’ स्थानीय अर्जुनप्रसाद दुलालले भने। 

त्यसदिन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बेलिब्रिजको उद्घाटन गरेका थिए।

स्थानीयका कुरा सुन्दा अघिल्लो वर्षसम्म मेलम्ची बजार सुनसान थियो। फेरि बाढी आउने हो कि भन्ने त्रासमा थिए मेलम्चीबासी। तर यसपालिबाट बजारमा चहलपहल बढ्यो। त्यस दिन जीर्ण घरहरूको पुनर्निर्माण गर्दै गरेका दृश्यहरू पनि देखिएका थिए।

‘सर्वस्व’ गुमाएका अच्युतले पनि आँट गरेर बजारमा पुन: पसल सुरु गरे। ‘हार खाइएन। ऋण गरियो। फेरि पसल सुरु गरियो। यसपालिबाट व्यापार बढ्ला कि भन्ने छ,’ उनी आशावादी नै सुनिन्छन्।

उनले सहकारीबाट लिएको ऋण मासिक रुपमा चुक्ता गर्दै आएका छन्।

 

बजारमा किराना पसल चलाइरहेका रामशरण थापामगरसँग पनि हामीले कुरा गर्‍यौं। उनले जहाँ पसल राखेका छन्, बाढी आउनुअघि पनि पसल त्यहीँ थियो। त्यही घरको माथिल्लो तलामा उनी बस्थे। ‘पसलको सामान, डेरामा भएका सामान केही बाँकी रहेन। भोलिपल्ट आउँदा घर डुबाइसकेको थियो,’ उनले सम्झिए।

360050108_1565028670568454_21700653660021332_n1689063527.jpg

बाढी गएको ६ महिनापछि उनले फेरि त्यहीँ पसल थापे। ‘तर पोहोरको बर्खामा चरो मुसो हिँड्थ्यो होला, मान्छे हिँड्दैनथ्यो। यसपालि चाहिँ लयमा फर्केको जस्तो देखिन्छ,’ रामशरण भन्छन्। 

शून्यबाट गरिएको नयाँ सुरुवात
किराना पसल चलाइरहेका बद्री गौतम अहिले पनि घरविहीन छन्। उनी २० वर्षदेखि मेलम्चीमा दुनोट व्यवसाय गर्थे। हेटौंडाको जग्गा जमिन बेचेर सपरिवार शिखरबोट–१०मा बसाइँ सरेका थिए।

तर, बाढीको बेला घरमाथिबाट हिँडेको खोलाले उनको केही बाँकी राखेन। ‘घर, खेत, जग्गा, पसल सबै गुम्यो। कति महिनासम्म राहतका खाना खायौँ, राहतका कपडा लगायौँ,’ उनी सम्झन्छन्।

निकै महिना उनी गहिरो तनावमा पुगे। एक दिन मन बुझाए, ‘हामी बाँच्यौँ भने संसार चल्छ, मर्‍यौं भने संसार सकिन्छ। बाँचेको छु। त्यस कारण बाँच्नुन्जेल काम गर्छु।’

त्यसपछि पुन: ऋण गरेर मेलम्ची बजारमा किराना पसल सुरु गरे। अहिले बद्री लयमा आउने प्रयासमा छन्। 

सकिएको छैन त्रास
हामी जाँदा अर्जुनप्रसाद दुलाल घरको मर्मत गरिरहेका थिए। भुइँतलाको सटरमा किराना पसल र गोदाम राखिएका थिए।

‘बाढीले डुबेको घरमा ७ लाखभन्दा बढी खर्चिइसकेँ। यो सटर फेरेर नयाँ सुरुवात गरियो,’ उनी हातले इसारा गर्दै भन्छन्। बाढीले ६० लाख भन्दा बढी सामान बगाएको थियो अर्जुनको। लामो समय उनी डुबानमा परेको आफ्नो घरमा जानै सकेनन्।

‘घर भनेकै यही हो। कहाँ जानु। बजारभरि माटो थुप्रिएको थियो। ४ महिना लगाएर डोजरले माटो फालेर फेरि बस्न थाल्यौँ,’ अर्जुन भन्छन्। 

घर नहुनु भनेको केही नहुनुजस्तो लाग्दो रहेछ अर्जुनलाई। ‘घर नभएपछि सबै रित्तिएजस्तो। बरु छाप्रै किन नहोस् घर त्यति संवेदनशील रहेछ,’ अर्जुन भन्छन्।

359932944_1940465376356806_1882967110854610000_n1689063636.jpg

यसरी मेलम्चीमा पुन: चहलपहल बढ्न थाले पनि त्रास भने कम भइसकेको छैन। बेलाबेला आउने वर्षा र सुसाइरहने इन्द्रावतीले मेलम्चीबासीको निद्रा खोस्छ। ‘पोहोर असार १७ गते डर लाग्यो। ठूलै बाढी आउलाजस्तो भयो। अहिले पनि केही दिनअघि खोला करायो। हामी अत्तालियौँ,’ अर्जुनले भने।

संरक्षण अभियानमा नगरपालिका
नगरपालिकाले बाढी पीडितहरूका लागि के गर्‍यो त?

प्रशासकीय अधिकृत अमृतकुमार धितालले तत्कालीन अवस्थामा अस्थाई व्यवस्थापनमा काम गरेको बताए। बाढी गएको बेला १० हजारदेखि २५ हजारसम्म आफ्नै स्रोतबाट नगरपालिकाले राहत व्यवस्थापन गरेको उनले बताए। त्यसैगरी जग्गा नहुनेलाई ३ लाख र घर बनाउका लागि ५ लाख रुपैयाँ दिएको उनले बताए।

प्रकोपबाट पुन: जोगिन भूगर्भविद्, जसस्रोतविद् र प्रकोप विज्ञहरूलाई अध्ययन गराई संरक्षणको काम थालिएको धितालले बताए।

‘विज्ञहरूको डिटेल रिपोर्टमा खोलालाई तालामाराङदेखि ढाडखोलासम्म संरक्षण गर्न ३७ अर्बको प्रोजेक्ट प्रस्ताव गर्नुभएको छ। त्यहीअनुसार हामी योजना बनाएर अगाडि बढिरहेका छौँ,’ उनले भने, ‘खोलालाई गहिराउने, वस्तीको संरक्षण गर्न प्रदेश सरकार र संघीय सरकारले बजेट विनियोजन पनि गरेको छ।’

धितालका अनुसार नगरपालिकाले आपत्कालीन कार्यसूचक केन्द्र स्थापना गरेको छ। विपद्को सूचना सही समयममा दिएर नागरिकलाई सचेत गराउने कुरामा नगरपालिका सचेत रहेको उनले बताए। ‘माथिल्लो भेगमा भएका वर्षा मापन यन्त्रलाई विस्तार गरिसकेका छौँ। सूचना प्रवाहलाई सहज बनाएका छौँ र समुदाय स्तरमा विपद् व्यवस्थापन समिति बनाएर तालिम पनि दिएका छौँ। विपद्का लागि चाहिने सामग्री पनि दिएका छौँ,’ उनले भने।  

जोखिममै छ मेलम्ची बजार
मेलम्चीमा बाढीको जोखिम भने अझै कायम छ। क्षेत्रका २ सय ८३ घरहरू रेड जोनमा छन्।

मेलम्चीमा आएको बाढीको विषयमा अध्ययन गरेका भूगर्भविद् डा रञ्जन दाहालका अनुसार बाढी फेरि पनि आउन सक्छ। ‘त्यो कुरा हामीले प्रतिवेदनमा पनि उल्लेख गरेका छौँ। बाढीबाट जोगाउन कहाँकहाँ वाल लगाउने, कहाँ घर बनाउने र कहाँ अस्थायी टहरा बनाउने भनेर मास्टर प्लान बनाएर दिएका छौँ। नगरपालिकाले त्यही अनुसार काम गर्नुपर्छ,’ दाहालले भने।

melamchi-41689060028.jpg

प्रशासकीय अधिकृत धितालका अनुसार मेलम्चीमा ४० भन्दा बढी वस्ती पहिरोको जोखिममा छन्। ती वस्तीहरूलाई स्थानान्तरण गर्ने योजना बनाइरहेको उनी बताउँछन्।

तर, जोखिममा रहेका क्षेत्रलाई स्थानान्तरण गर्न सजिलो छैन। यसका लागि दीर्घकालीन योजना चाहिने उनी बताउँछन्। ‘जोखिम रहेका क्षेत्रमा स्थायी विकास संरचना नबनाउने, जग्गाको भ्यालुएसन विस्तारै घटाउने। हामीले संघीय सरकारसँग मध्यपहाडी लोकमार्गसँग जोडिएका ठाउँलाई नयाँ सहरको रुपमा विकास गरेर रेड जोनमा परेको क्षेत्रका मानिसलाई विस्तारै नयाँ सहरमा स्थानान्तरण गर्न सुझाव पेस पनि गरेका छौँ,’ उनले भने। 

जोखिममा रहेका क्षेत्रमा घर बनाउन नगरपालिकाले नक्सा पास दिने छैन।

धितालका अनुसार पुराना घरमा बर्खाको समयमा नबस्नका लागि नगरपालिकाले आग्रह गरेको छ। ‘तर सम्बन्धित घर धनीले आफ्नै जोखिममा घरलाई मर्मत गरेर बसिरहनुभएको छ। अस्थाई रुपमा व्यापार पनि गरिरहरनुभएको छ। त्यसलाई विस्तारै कम गर्दै लैजान्छौँ,’ उनले भने। 

वस्तीलाई विस्तारै विस्तापित गर्न कम्तीमा पनि ३० वर्ष लाग्ने धितालको आकलन छ।


फोटो/भिडिओ : निमेशजंग राई

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्