• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बांगोटिंगो दाँत: कसरी गर्ने उपचार, कति लाग्छ खर्च? 

डा कृपा ताम्राकार सोमबार, वैशाख २५, २०८०  ०९:१९
1140x725
प्रतिकात्मक तस्बिर

बांगोटिंगो दाँत किन हुन्छ र यसले असर गर्छ वा गर्दैन?, बांगोटिंगो दाँतको उपचार कसरी गरिन्छ? उपचारका लागि आउनेहरुमध्ये अधिकांशले यही जिज्ञासा राख्ने गर्छन्। यदि परिवारमा बाबु–बाजे वा आमा–हजुरआमाको दाँत बांगोटिंगो छ भने उनका सन्तानको पनि बांगोटिंगो हुन सक्छ। बाल्यकालमा दूधे दाँत छिटो वा ढिलो निकाल्दा दाँतको हड्डी ठूलो हुने र सानो दाँत हुँदा पनि बांगोटिंगो हुन्छ।

बांगोटिंगो दाँत हुँदा कसै–कसैलाई राम्रो नै देखिन्छ। कोही व्यक्ति भने बांगोटिंगो दाँत भएकै कारण आफूलाई नराम्रो देखिएको महसुस गर्छन्। हाँस्दा देखिने बाहिरी सौन्दर्यमा मात्र होइन, बांगोटिंगो  दाँतले मानिसको स्वास्थ्यमा पनि असर पुर्‍याउँछ।

बांगोटिंगो दाँत हुँदा हुने सबैभन्दा पहिलो समस्या– गिजामा फोहोर जम्न थाल्छ। दाँत माझ्दा पनि सजिलै सफा हुँदैन। गिजामा फोहोर जम्ने, लेउ लाग्ने, फोहोर जम्दै गएपछि ढिक्का–ढिक्का फोहोर हुने, गिजा सुन्निने, गिजा तल सर्ने, दाँतहरु हल्लिने, मुख गन्हाउने समस्या हुन्छ। यस्ता समस्या सामान्य अवस्थामा ४०–४५ वर्षको उमेरमा सुरु हुन्छ। तर बांगोटिंगो दाँत भएको व्यक्तिमा भने १५–१६ वर्षको उमेरमै यस्तो समस्या देखिन्छ।

Dr_Kripa_tamrakar1683516842.jpg
डा कृपा ताम्राकार

बांगोटिंगो दाँत भएका व्यक्तिहरु आफूलाई नराम्रो देखिएको महसुस गर्छन् र खुलेर हाँस्न सक्दैनन्। किशोर–किशोरीमा बांगोटिंगो दाँत भएकै कारण आत्मविश्वासमा पनि कमी आउने गरेको पाइन्छ। कसैको मुखभित्र हड्डी ठूलो र दाँत सानो हुँदा मुख चुच्चो देखिन्छ। उनीहरुलाई आफ्नो अनुहार राम्रो लाग्दैन, जसले गर्दा कन्फिडेन्ट लेबल कम हुन्छ।

दीर्घकालिक असरको कुरा गर्नुपर्दा गिजा हल्लिँदै गएपछि दाँत झर्छ। त्यसले गर्दा साइडको दाँत झनै ढल्किने र फोहोर जम्ने समस्या हुन्छ। कसैको दाँत सुरुमा सबै मिलेको हुन्छ तर अगाडिको दाँत नजोडिएको हुन्छ। यस्तो दाँतले बोली प्रष्ट नहुने, बोल्दा थुक निस्किने समस्या हुन्छ। कसैको अगाडिको जरा नै तल आएको वा माथिको भित्र गएर अनुहार चुच्चो हुन्छ।

मिलेको दाँत छ भने हाँस्दा पनि राम्रो देखिन्छ। दाँत सफा गर्न पनि सजिलो हुन्छ। व्यक्तिको कन्फिडेन्ट लेबल बढ्छ। लुक्स पनि राम्रो देखिन्छ। त्यसैले आजभोलि अधिकांशले यस्ता समस्याको उपचार गराउन चाहन्छन्। 

बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने उपचार गरिन्छ। यो विषयलाई नै अर्थोडन्टिक्स भन्ने गरिन्छ। अर्थोडन्टिक्स भनेको  ब्रेसेस लगाउने र बांगोटिंगो दाँत मिलाउने मात्र भन्ने बुझाइ पनि छ। प्रिभेन्टिभ, इन्टरसेप्टिभ, करेक्टिभ र सर्जिकल गरी अर्थोडन्टिक्समा ४ विधा छन्।

प्रिभेन्टिभ भनेको दाँत बांगोटिंगो हुनुअघि नै रोक्ने, इन्टरसेप्टिभ भनेको ६ वर्षदेखि १२ वर्षको बच्चामा हुने दाँतको अवस्था पत्ता लगाउने र समस्या पहिचान गरी रोक्ने विधि हो। अर्को, करेक्टिभ भनेको १३ वर्षपछि दाँतमा समस्या भएकाहरुको सुधार गर्ने हो। यसमा सामान्य ब्रेसेस वा अलाइनरमार्फत बांगोटिंगो दाँत मिलाउने विधि हो। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्को, सर्जिकल विधि भनेको जसको बांगोटिंगो दाँत भएर ब्रेसेस वा अन्य उपचार गर्दा पनि सम्भव नहुने अवस्थाहरु जस्तोः तल्लो भागको दाँत अगाडि आएको अवस्थामा सर्जरी पनि गर्ने र ब्रेसेस पनि लगाएर उपचार गर्नुपर्छ। ब्रेसेस पनि विभिन्नथरीको हुन्छ। मेटल, सेरामिक र भित्री भागमा लगाउन मिल्ने ब्रेसेस हुन्छ। अर्को, अलाइनर पनि हुन्छ। 

ब्रेसेस कुन उमेरमा लगाउने भन्ने पनि धेरैलाई थाहा नहुन सक्छ। जनमानसमा ब्रेसेस लगाउने भनेको १३ वर्ष माथिका किशोर–किशोरीले हो भन्ने बुझाइ छ। तर यस्तो होइन। जब दूधे दाँत झरेर पर्मामेन्ट दाँत आउँछ, त्यसपछि बांगोटिंगो दाँत पनि देखिन थाल्छ। सामान्यतया ६ वर्षदेखि नै बांगोटिंगो देखिन थाल्छ। त्यसैले बांगोटिंगो दाँत देखिन थालेपछि नै उपचार सुरु गर्नुपर्छ। दाँतको हड्डी राम्रो भएको अवस्थासम्म बांगोटिंगो दाँत मिलाउन सकिन्छ। सामान्यतया ४० वर्षको उमेर सम्ममा अर्थोडन्टिक्स उपचार गर्न मिल्छ।

बांगोटिंगो दाँत मिलाउन ब्रेसेस लगाउँदा दाँतको हड्डी खिइन्छ।  एक ठाउँमा खिइने र अर्को ठाउँमा बन्छ। अर्थात् दाँत चल्न थाल्छ। हड्डी बन्ने र खिइने क्रम चलिरहन्छ र विस्तारै दाँतको आकार मिल्दै जान्छ। ब्रेसेस लगाएपछि एक महिनामा शून्य दशमलब ८ मिलिमिटर जति दाँतको हड्डी चल्छ।  

ब्रेसेस लगाएको पहिलो हप्ता दाँत सर्छ। त्यसैले गर्दा दुखाइ महसुस हुन सक्छ। त्यसपछिको तीन हप्ता सरेको दाँतलाई त्यहीँ बन्न दिनुपर्छ। यसरी ब्रेसेस लगाएर बांगोटिंगो दाँतको उपचार गरिरहेका व्यक्तिलाई हामी हरेक महिना फलोअपमा बोलाउँछौ। हरेक महिना ब्रेसेस गर्दाको तार र रबर फेर्छौं। एक महिनापछि विस्तारै ब्रेसेस गर्दाको तारको साइज बढाउँदै लान्छौं।

Xtrem

Xtrem

बांगोटिंगो दाँत मिलाउन ६ वर्षको उमेरदेखि नै ब्रेसेस लगाउन सकिन्छ। ६ वर्षको उमेरमै दाँत मिलाउँदा सबै दाँतमा भने ब्रेसेस लगाउनु पर्दैन। समस्या देखिएको दाँत अगाडिको २ वटामा बाँधेर र पछाडिको बंगारा दाँतमा मात्र बाँधेर ब्रेसेस लगाउन सकिन्छ। 

धेरैजस्तो पूरै दाँतमा ब्रेसेस लगाउने भनेको १२ वर्षपछि हो। दूधे दाँत झरेर सबै नयाँ दाँत पलाइसकेपछि ब्रेसेस लगाउन सकिन्छ। तर अझै पनि बांगोटिंगो दाँत हुनेहरु १६–१७ वर्षको भएपछि मात्र मिलाउन आउने गर्छन्।

उमेर बढ्दै गएपछि हड्डी कडा हुँदै जान्छ। त्यसैले बांगोटिंगो दाँत जति छिटो ब्रेसेस लगायो उति नै प्रभावकारी हुन्छ।

ब्रेसेस लगाएर दाँत मिलाउने उपचार विधि सामान्यतया २ वा ३ वर्षसम्म गर्नुपर्छ। दाँतमा ब्रेसेस लगाएपछि हल्लाएर सिधा बनाउने हो। यसरी उपचार गर्दा दाँतसँगै गिजा पनि चल्छ र विस्तारै मिल्दै जान्छ। ब्रेसेस लगाएको एक वर्षसम्ममा बांगोटिंगो दाँत सिधा हुन सक्छ। यो क्रममा साना–साना कुराहरुमा ख्याल गर्नुपर्छ।

ब्रेसेस लगाएपछि बांगोटिंगो दाँत सिधा बनाउनेसँगै दाँतको टोकाइ मिलाउने, दाँतको बीचमा ग्यापहरु मिलाउने सबै गर्नुपर्छ। यसरी दाँतमा ब्रेसेस लगाएपछि दाँतको सफाइ केयरमा विशेष ध्यान दिनुपर्छ। सामान्य अवस्थामा पनि बिहान–बेलुका दाँत माझ्दा–माझ्दै पनि दाँतमा खानेकुरा अड्किएर समस्या भइरहेको हुन्छ। ब्रेसेस लगाएको ठाउँमा खानेकुरा अड्किएको हुन्छ। त्यसैले हरेक पटक खाना खाइसकेपछि डेन्टल अर्थो ब्रसले सफा गर्नुपर्छ। मुख कुल्ला गर्नुपर्छ। 

ब्रेसेस लगाएको व्यक्तिले दाँतमा टाँसिने खानेकुरा, चकलेट वा चुइगम खानु हुँदैन। एकदमै कडा खानेकुराहरु मासुको हड्डी, सुपारी खानु हुँदैन। अगाडिबाट टोकेर खाने खानेकुराहरु, मासु खाँदा लुछेर खाने पानी सबै बन्द गर्नुपर्छ। किनकी, यस्तो बानीले ब्रेसेस लगाएको दाँतबाट ब्रेसेस निस्किन सक्छ। 

कति लाग्छ खर्च?
बांगोटिंगो दाँतको उपचार खर्चिलो चाहिँ छ। एक पटक ब्रेसेस लगाएर मात्र हुँदैन। २–३ वर्षसम्म बिरामी र डाक्टर दुवैले समय दिनुपर्छ। मेडिकल प्रोसिजरहरु पनि धेरै प्रयोग हुन्छ। बांगोटिंगो दाँत मिलाउने उपचार विधिमा सेसिक शुल्क ५५ हजारको प्याकेज हुन्छ। अस्पताल वा क्लिनिकअनुसार फरक पनि हुन सक्छ। यो ५५ हजार एकै पटक तिर्नुपर्ने भने होइन। दुई वा तीन वर्षको उपचारमा प्याकेजको रुपमा हुन्छ। हरेक महिना आउँदा अलिअलि गरेर किस्तामा तिर्ने सिस्टम हुन्छ। 

ब्रेसेस लगाएर बांगोटिंगो दाँत सिधा बनाउने विधिको उपचार हड्डी खिइने, हड्डी भाँच्चिने समस्या भिटामिन डी वा क्याल्सियम कम भएको व्यक्तिमा भने गर्न मिल्दैन। किनकी, उहाँहरुको हड्डी खिइने तर दाँत बन्ने प्रक्रिया ढिला हुन सक्छ। 

किशोर–किशोरीहरु सुरुमा बांगोटिंगो दाँत लिएर आउदा धेरै बोल्दैनन्, हाँस्दैनन्। तर उपचार गर्दै गएपछि उनीहरुको दाँत मिल्दै जान्छ त्यसपछि उनीहरुमा कन्फिडेन्ट लेबल बढ्दै जान्छ। उनीहरु विस्तारै खुलेर बोल्ने, हाँस्ने गर्छन्। यस्तो देख्दा आफूले गरिरहेको कामप्रति खुसी लाग्छ। बांगोटिंगो दाँत भएका व्यक्तिको दाँत मिलेपछि दाँत मात्र राम्रो हुँदैन, उनीहरुको मानसिकता नै बदलिएर जान्छ। 

२/३ वर्ष ब्रेसेस लगाएर उपचार गरेपछि रिटेन्सनमा जानुपर्छ। हाम्रो शरीरमा भिटामिन, क्याल्सियम बन्ने र नष्ट हुने प्रक्रिया चलिरहन्छ। यो क्रममा दाँत पनि बन्ने/खिइने प्रक्रिया चलिरहेको हुन्छ। ब्रेसेस लगाउँदा पूरै दाँत हल्लाएर पोजिसन दिइसकेको हुन्छ। ब्रेसेस लगाएर उपचार गरिसकेपछि त्यही पोजिसनमा छोडिदिँदा फेरि पछि बांगोटिंगो हुन सक्ने सम्भावना रहन्छ। त्यसैले रिटेन्सन फेस भनेको जस्तो छ, त्यस्तै राख्ने हो। जति वर्ष ब्रेसेस लगाएको छ, त्यति वर्ष नै रिटेनर लगाउनुपर्छ। 

ब्रेसेस लगाएको अवधि पूरा भएपछि धेरै जस्तो व्यक्तिले दाँत मिल्यो भनेर रिटेनर नै लगाउनु हुँदैन। त्यस्तो गर्दा गिजा र हड्डी मिलिसकेको हुँदैन र फेरि समस्या हुन सक्छ। त्यसैले रिटेनर लगाउनुपर्छ।

रिटेनर पनि दुई किसिमको हुन्छ, एउटा लगाउने–फुकाल्ने, अर्को सधैं दाँतमा नै राख्ने। दाँतमा सधैं राख्ने भनेको दाँतमा लगाउने र २ वर्षपछि मात्र फुकाल्ने। अर्को भनेको लगाउने, फुकाल्ने गर्न मिल्ने रिटेनर हुन्छ। लगाउने फुकाल्ने रिटेनर भने एक दिनमा कम्तीमा २२ घण्टा लगाइराख्नुपर्छ। खानेकुरा खाँदा र दाँत सफा गर्दा भने फुकाल्नुपर्छ। रिटेनरलाई पनि राम्रोसँग सफा गर्नुपर्छ। 

ब्रेसेस लगाउँदा समय–समयमा तारहरु मिलाउन, फेर्न चिकित्सककोमा जानुपर्छ। तर रिटेनर लगाउँदा भने जानु पर्दैन। ६–६ महिनामा मात्र जाँदा हुन्छ। त्यसैले रिटेनर लगाउने फेजमा व्यक्तिले आफैं विशेष ध्यान दिनुपर्छ। ब्रेसेस लगाएर पूरा भएपछि रिटेनर पनि २ वर्ष लगाउनुपर्छ।

बांगोटिंगो दाँतमात्र नभई रिटेनर गिजाको समस्याले गर्दा अगाडिको दाँत उछिट्टिएको र फाटिएको अवस्थामा पनि उपचार गरेपछि रिटेनर लगाएर मिलाउन सकिन्छ।

अर्को, जरा मात्र बाँकी भएको दाँतलाई आरसीटी गरेर भित्रको दाँतलाई अलिकति बाहिर तानेर पनि त्यो दाँतलाई मात्र ब्रेसेस लगाएर मिलाउन सकिन्छ। कुनैकुनै दाँत हड्डी भित्र हुन्छ, त्यसलाई सिधा बनाउन सकिन्छ।

बंगारा निकालेपछि दाँत हुने भागमा खाली छ भनेर नक्कली दाँत राख्न आउनुहुन्छ तर हामीले हेर्दा पछाडि दाँत हुन्छ। पछाडिको दाँतले चपाउन मिल्ने भएकाले त्यही पछाडिको दाँतलाई अगाडि खाली भागमा ल्याउन पनि मिल्छ। त्यसले चपाउन पनि मिल्छ।  यस्तो उपचारमा पूरै ब्रेसेस लगाउनु पर्दैन। जुन भागमा समस्या छ त्यही भागमा मात्र ब्रेसेस लगाउन मिल्छ। यसलाई सेक्सनल अर्थोडन्टिक्स भनिन्छ। सामान्यता २० वर्ष माथिका दाँत निकालिसकेका व्यक्तिमा यसरी उपचार गरिन्छ। 

बच्चाहरुमा प्रिभेन्टिभ र इन्टरसेप्टिभ अर्थोडन्टिक्स उपचार गर्न मिल्छ। कोही कोही बच्चाहरुको अगाडिको माथिको हड्डी बनिसकेको तर तलको बनेको हुँदैन। चरिचुच्चे जस्तो आकृति बन्छ। मुखको यस्तो समस्या पहिला नै पत्ता लगाएर अप्लाइन्स लगाएर तलको भागलाई पनि अगाडि तान्न मिल्छ। 

अप्लाइन्स लगाउँदा तलको भाग अगाडि आएर सिधा बस्छ र चुच्चो आकृति हुनुको सट्टा सिधा हुन्छ। त्यो समस्या चाहिँ पहिला बाल रोग विशेषज्ञले पत्ता लगाउने हो। यसको उपचार बाल रोग विशेषज्ञ र अर्थोडन्टिक्स दुवै विभागले मिलेर गर्न सक्छन्।

कसैको बच्चामै दाँत दुखेर वा किराले खाएर निकालिएको हुन्छ। यस्तोमा नयाँ आउने दाँत बांगोटिंगो हुने सम्भावना हुन्छ। यस्तोमा नयाँ आउने दाँतलाई बांगोटिंगो हुनबाट रोक्न सकिन्छ। बांगोटिंगो दाँत भएका २५ वर्ष माथिका व्यक्तिहरु बाहिर देखिने गरी ब्रेसेस लगाउन चाहँदैनन्। उनीहरुका लागि भित्रबाट लिंगुअल ब्रेसेस लगाउन सकिन्छ। बांगोटिंगो दाँत मिलाउने नयाँ विधि भनेको अलाइनर हो।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्