• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

झन् दुख्दै कञ्चनपुरको घाउ

64x64
नेपाल लाइभ बिहीबार, भदौ ७, २०७५  १२:२५
1140x725

महेन्द्रनगर– गत साउन १० गते भिमदत्त नगरपालिका वडा नं २ बस्ने १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भयो। हत्याको २४ औं दिनमा प्रहरीले दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्यो। तर, पीडितका परिवार र आफन्तले भने अभियुक्त ‘नक्कली’ भएको भन्दै प्रहरी र उसको अनुसन्धान प्रक्रियाप्रति असन्तुष्टि जनाए। 

प्रक्राउ परेको व्यक्तिको मानसिक अवस्था ठिक नभएको र स्थानीयले शंका गरेको व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याइएको आरोप पीडितका परिवार र आफन्तको छ। हत्याको २७ औँ दिन पुग्दासमेत प्रहरी प्रशासनले अभियुक्तबारे ठोस प्रमाण दर्ज गर्न नसकेको आरोप स्थानीयको छ।

 आक्रोसित स्थानिय आन्दोलनमा उत्रिरहेका छन्। स्थानियको प्रदर्शनलाई रोक्न प्रहरीले पटक पटक अश्रूग्यास प्रयोग गरिरहेको छ।  घटनाको सत्य तथ्य छानबीन भएर दोषीलाई कडा कारबाही नगरेसम्म आन्दोलन नरोक्ने आन्दोलनकारीहरूको अडान छ । विगत केहीदिन यता एसपी र प्रमुख जिल्ला अधिकारीसँग आक्रोसित बनेका स्थानिले उनीहरूको राजीनामा माग राख्दै आएका छन्। 

कञ्चनपुरमा बिहीबार भएको प्रर्दशनमा प्रहरीको अश्रग्याँश र गोली प्रहारमा ८ जनाभन्दा बढी स्थानीय घाइते भएका छन्। र, साँझ कञ्चनपुर जिल्ला प्रशासनले महेन्द्रनगरमा कर्फ्यू जारी गरेको छ।

यसैबीच, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको  विस्तृत अनुसन्धान गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। 

कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सदस्य छन्। 
स्थानीयहरुले उच्च स्तरीय छानबिनको माग गरेपछि गृहले समिति गठन भएको हो। 

त्यसैगरी, स्थानीयवासीको आक्रोष र आन्दोलनपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई पनि सरुवा गरिएको छ। स्थानीय असन्तुष्टि सम्बोधन गर्न सरकारले चालेका पछिल्ला कदम कत्तिको सार्थक होलान् यसै भन्न भने सकिन्न। यद्यपी किशोरी बलात्कार र हत्याको घटना र यसको अनुसन्धानको तरिकाप्रति कञ्चनपुरवासी भने अझै आक्रोषित नै छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कसरी भयो यस्तो विभत्स हत्या ?
निर्मला पन्त गाउँको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययन गर्थिन्। निर्मलाको आमा दुर्गा पन्त भने चटपटेको व्यापार गर्छिन्। घटनाका दिन निर्मलाकी आमाले बिहान छिट्टै खाना पकाएर छोरीहरूलाई कतै नजानु भनेर बजारमा चटपटेका लागि सामान किन्न निस्किएकी थिएन्। आमा बजार गएपछि निर्मला बहिनीसँग घरमै बसेकी थिइन्। करिब ११ बजेतिर निर्मलाको घरमा उनको साथी रोशनी बम आइन्। रोशनी आएपछि गृहकार्य गर्न भनेर निर्मलालाई उनले आफ्नो घर जान आग्रह गरिन्। उनीहरू एउटै कक्षामा पढ्ने साथी थिए। साथीले जाउँ भनेर कर गरेपछि उनी रोशनीसँग गइन्। 

निर्मलाकी आमा दिउँसो १ बजे घर आइपुग्दा निर्मला घरमा थिइनन् । 

निर्मला रोशनीको घरमा जाने क्रममा साथी रोशनीको बारीमा गएर अम्बा पनि खाएका थिए। त्यसपछि ती दुबै रोशनीको घरमा गए। यता निर्मलाको आमा ३ बजेसम्म छोरी नआइसकेपछि अत्तालिन थालिन्। ‘गाउँमा कतै गयो भनेपनि २ घण्टा बढी छोरी कतै बस्दिन थिई ’आमा दुर्गाले भनिन्।

 छोरी घर नआएपछि दुर्गा रोशनीको घरमा गइन्। रोशनीको घरमा जाँदा त्यतिबेला ५ बजेको थियो। तर रोशनीले निर्मला २ घण्टा अगाडी नै त्यहाँबाट गइसकेको बताइन्। दुर्गालाई विश्वास लागेन। छोरी त्यहीँभित्र होली भन्ने अनुमान गरेर पुनः छोरीलाई बोलाइन्। तर रोशनको दिदीले दुर्गालाई गाली गरेर पठाइन्। त्यतिबेलासम्म दुर्गाको मनमा चिसो पसिसकेको थियो। त्यसपछि  दुर्गाले छोरीलाई गाउँको अन्य ठाउँमा खोजिन्। तर कतै नभेटिएपछि उनी हतास भइन्। बम परिवारले नै छोरीलाई घरमा  लुकाएर राखेकी भन्ने दुर्गाको मनमा शंका पस्यो। ‘फेरी त्यसघरमा जान एक्लै आँट आएन। अनि एकजना छिमेकीलाई लिएर बम परिवारकोमा गएँ ’दुर्गाले घटना सम्झँदै भनिन् ‘तरपनि छोरी फेला पार्न सकिएन। ’ बम परिवारले घरभित्र पसेर खोज्न थाल्दा असभ्य व्यवहार गरेको उनीसँग गएका छिमेकीले बताए। 

निर्मला हराएको कुरा गाउँमा हल्ला फिँजिसकेको थियो। स्थानियहरू सबै मिलेर बालिकालाई खोज्न थाले। त्यतिबेलाम्म साँझ परिसकेको थियो। बालिका नभेट्टिएपछि पक्कै केही भयो भन्ने सबैले अनुमान गरिसकेका थिए। त्यसपछि स्थानिय प्रहरी प्रशासनमा गएर उनीहरूले निर्मला हराएको कुरा जाहेरी गरे। त्यतिबेलासम्म रातको करिब ७ बजिसकेको थियो। तर स्थानिय प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएन। ‘११ बजे हराएको कुरा ८ बजे लिएर आउनुहुन्छ ? यति रात भइसक्यो, अब भोली विहान खोजौँला’ प्रहरीको भनाइ उधृत गर्दै एक आफन्तले भने। उनीहरू जिल्ला प्रहरी कार्यालयमा पनि सम्पर्क गरे। उताबाट पनि उस्तै उत्तर आयो। 

साउन ११ गते बिहान मात्र प्रहरीको टोली आइपुग्यो। निर्मलाको खोजी हुन थाल्यो। खोजी गर्ने क्रममा निम्बुखेडा खोलाको पूर्वउत्तरतर्फ उखुबारीमा निर्मलाको विभत्स शव फेला पर्यो। निर्मलाको शरीर अर्धनग्न अवस्थामा थियो। उनको यौनाङ्गबाट रगत बगेको थियो। दृश्यबाटै प्रस्ट थाहा पाउन सकिन्थ्यो कि निर्मलाको बलात्कार गरेर कसैले हत्या गरेको थियो। घटनाको तेस्रो दिन प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोका डिएसपी अंगुर जिसी नेतृत्वको ३ सदस्यीय अनुसन्धान टोली महेन्द्रनगर पुगेको थियो। 

चारदिन पछि दाहसंस्कार
घटनाले आफन्त र स्थानियहरू निकै आक्रोसित भए। चार दिन सम्म बालिकाका आफन्तले शब बुझ्न मानेनन्। घटनापछि आन्दोलित बनेको महेन्द्रनगर अझै पनि शान्त हुन सकेको छैन। शव उठाउन प्रहरीले पटक पटक दबाब दिइरहँदा पनि आफन्तले मानेन्। तर अन्ततः बाध्य भएर शब उठाउनु परेको बालिकाका बुबा यज्ञराज पन्तले बताए। 

साउन १३ गते मृतकका बुबा र आफन्तहरू तथा प्रदेश नं ७ का प्रदेश सभा सदस्य प्रकाश रावल, कञ्चनपुर जिल्ला अधिकारी लगायतको उपश्थितिमा  भएको चार बुँदे सहमती भयो। सहमतीमा स्थानिय प्रशासनले तदारुकताका साथ अनुसन्धान गरी दोषीलाई कानूनको कठघरामा ल्याई कडा भन्दा कडा सजाय दिलाउने कार्यमा सबैले सहयोग पु¥याउने,श्रावण १४ गते शवलाई दाहसंस्कारका लागि आफन्तले बुझिदिने, अन्तिम संस्कारको लागि हुने शवयात्रामा सुरक्षा निकाएकाले प्रभावकारी सुरक्षाको व्यवस्था मिलाउने र मृतकका आफन्तहरूलाई विभिन्न व्यक्तिहरूबाट धकी आइरहेकाले मृतकका परिवारले प्रशासनले आवस्यक सुरक्षा मिलाउने लगायतको चार बुँदे सहमती भएको थियो। सहमती पश्चात श्रावण १४ गते विहान आफन्तले बालिकाको शब जलाए। 

शंकामा प्रहरी
प्रहरीले अभियुक्त ठहर भएको भन्दै भिमदत्त नगरपालिका १९ का स्थानिय दिलिप सिंह विष्टलाई पक्राउ गरी गत सोमबार सार्वजनिक गरेको थियो। तर विष्टले हत्या गरेकोमा स्थानिय आस्वस्त हुन सकेनन्। महिला देख्दा पनि तर्केर हिँड्ने र मानसिक सन्तुलन ठिक नभएकाले हुनाले विष्टले बलात्कार गरी हत्या गरेको विस्वास गर्न नसकिने स्थानियको भनाइ छ।

 ४१ वर्षका विष्टले २०६५ सालमा आफ्नै कान्छो भिनाजु नारायण सिँह थापाको हत्या गरेको अभियोगमा ९ वर्ष जेल सजाय भुक्तान गरेका थिए। उनी २०७४ सालमा कैद भुक्तान गरी छुटेका थिए। पछिल्लो समय विष्टको मानसित सन्तुलन ठिक थिएन। कारागारबाट जघन्य अपराधका मुद्धामा सजाय भुक्तान गरेर फर्किएका पूवृ कैदीको निगरानी गरिरहेको थियोे। दिलीप जेल सजाय भुक्तान गरी छुटेका व्यक्ति हुन्। हत्याको २६ औँ दिनमा प्रहरीले उनलाई समातेर सार्वजनिक गरे। प्रहरीले अभियुक्तले आफूले बलात्कार गरेको र अरुलाई थाह नहोस् भनेर घाँटी थिचि हत्या गरेकोे भनी स्वीकार गरेका प्रहरीले दाबी गरेको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
सम्बन्धित सामग्री
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्