• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

‘राधा’ लाई अलग बाटोबाट डोहोर्‍याइरहेका सुवर्ण

64x64
समर्पण श्री शनिबार, वैशाख ९, २०८०  १६:३५
1140x725

काठमाडौं– ‘राधा प्राविधिक पाटोबाट हेर्दा बलियो सिनेमा हो,’ फिल्म निर्देशक नवीन सुब्बाले केही महिनाअघि भनेका थिए। नेपालमा बनिरहेका फिल्ममध्ये निर्देशक सुब्बालाई उत्कृष्ट लागेको फिल्म थियो ‘द सिक्रेट्स अफ राधा।’ 

तर, त्यही ‘राधा’ १० भदौमा रिलिजको समय थुप्रै बाधा व्यहोर्नुपर्‍योे। फिल्मका निर्देशक सुवर्ण थापालाई ‘राधा’प्रति पूर्ण आत्मविश्वास थियो। नारीप्रधान फिल्म भएका कारण उनले ठानेका थिए, ‘तीजको समयमा फिल्म चल्छ।’ 

किनकि फिल्मको प्रोमोसनल गीत ‘पाउमा पाउजू छैन बरी लै’ तीजभरि गुन्जियो। तर, हलमा फिल्मले कमजोर व्यापार गर्‍यो। सुवर्णलाई लाग्यो, ‘टाइमिङ गलत पर्‍यो।’ 

लगत्तै उनले पत्रकारसम्मेलनमार्फत् फिल्म स्थगन गरे। त्यसयता धेरै नेपाली दर्शकले ‘राधा’लाई महसुस गर्न पाएनन्।

०००

गत चैत्रमा सम्पन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा फिल्म ‘राधा’ले जुरी अवार्ड पायो। श्यामश्वेत भर्सनमा देखाइएको ‘राधा’ले जुरी र दर्शकहरूबाट मीठा प्रतिक्रिया बटुल्यो। उसो त यसअघि बनेका सुवर्ण निर्देशित फिल्म ‘सुनगाभा’ र ‘मलामी’ आजसम्म पनि चर्चामो विषयमा पर्छन्।

सुवर्णलाई लाग्छ, ‘ यी फिल्मजस्तै राधाको आयु पनि लामो छ।’

केही दिनअघि मात्र उनले श्यामश्वेत भर्सनको विशेष स्क्रिनिङ गरे। त्यसयता ‘राधा’ले पुनः फिल्म पारखीमाझ चर्चा पाइरहेको छ।

nimb
nimb

फिल्म एउटी महिलाको कठोर संघर्षको कथामाथि बनेको छ। विदेश जान भनेर हिँडेका राधाका श्रीमान्को महिनौँसम्म फोन आउँदैन। गर्भमा सन्तान हुर्किरहँदाको पीडाका बाबजुत राधा श्रीमान् खोज्न सहर निस्कन्छिन्। सहर पुग्दा एकपछि अर्का रहस्यका पत्रहरू खुल्दै जान्छन्। ‘के राधाका हराएका श्रीमान् भेटिन्छन्?’ सस्पेन्सले फिल्म हेर्न बाँकी दर्शकहरूका निम्ति हलसम्म डोहोर्‍याउन सक्छन्।

फिल्ममा ‘राधा’ बनेकी सृष्टि श्रेष्ठ र श्रीमान्को भूमिका निर्वाह गरेका सौगात मल्ल, सुन्दर परियारको चरित्र निर्वाह गरेका खगेन्द्र लामिछानेको अभिनय अब्बल छ। 

ध्वनि, पार्श्वध्वनि, सिनेमाटोग्राफी, कलर र पटकथा सबै कुराले अब्बल मानिएको ‘राधा’लाई फेरि हलमा लैजाने तयारी गर्दैछन् सुवर्ण।

‘राधा’को अलग बाटो

हलबाट ‘राधा’लाई निकालेपछि सुवर्णले सोचे, ‘यसलाई अलग बाटोबाट दर्शकमाझ पुर्‍याउँछु।’ त्यही क्रममा उनी फिल्मलाई लिएर अष्ट्रेलिया यात्रामा पनि निस्किए। ‘राधाको अष्ट्रेलिया यात्रा कस्तो भयो?’ सुवर्णलाई सोधेका थियौँ।

सुवर्णले आशावादी हुँदै भनेका थिए, ‘यात्राले धेरैको मन जित्यो। फिल्मको महत्व अझ बढी थाहा पाएँ।’

अष्ट्रेलियाका सात सहरमा फिल्मको शो प्रदर्शन भएको थियो।

सुवर्णले उता जानुअघि केही शुभचिन्तकहरूलाई खबर गरे। यताबाट जाँदा साथीहरूले भन्थे, ‘टिकटको भाडा पनि उठ्दैन। दुःख नगर।’ उनीहरूको चिन्ता थियो, ‘अब अर्को फिल्म बनाए पनि हुन्थ्यो नि।’ 

‘तर एउटा फिल्म नसकी अर्को कसरी बनाउनू!’ सुवर्णको जिकिर थियो।

सुरुमा अष्ट्रेलियाको मुख्य सहरमा शो गर्ने योजना बनाए उनले। निर्देशक आफैं शो देखाउन खटिइरहेको देख्दा शुभचिन्तकहरूले भने, ‘तपाईं त आफैं आइरहनुभएको छ है। अरु  त यसरी आउँछन्, रेड कार्पेट गर्छन्। झिलिमिली गर्छन्, जान्छन्।’

हुन पनि सुवर्ण आफैं हल बुक गर्थे, आफैं खटिन्थे।  

पहिलो शो १७ डिसेम्बरमा सिड्नीमा भयो। त्यहाँ २० जना विदेशीहरू पनि दर्शक थिए। फिल्म हेरेपछि उनीहरूको प्रतिक्रिया थियो, ‘यतिको नेपाली फिल्म बन्छ भनेर सोचेकै थिएनौँ। खुसी लाग्यो।’

‘राधा’लाई विदेशका अब्बल फिल्मसँग तुलना गरेर प्रशंसा गरेको सुन्दा सुवर्ण पुलकित बने।

मध्य डिसेम्बरमा त्यो सहरमा विदा पर्ने रहेछ। क्रिसमस पनि त्यही बेला। त्यतिबेला हल अत्यन्तै महंगो हुनेरहेछ। ‘पहिला १० डरलमा पाउने सिटको २१ डलर तिर्नुपर्ने भयो। त्यतिबेलै अवतार पनि आउँदै थियो। तीन हप्ता त यसैमा गयो,’ फिल्म शो गराउँदाका अफ्ठ्याराहरू उनी सुनाउँछन्।

त्यहाँ बसेर नहुने देखिएपछि सुवर्ण मेलबर्न गए।  मेलबर्नमा शो अपेक्षित भयो।  त्यहाँ एउटा शो बाट १ हजार डलर कमाइ भयो। त्यसपवछि बाँकी सहररमा १२ वटा शो भयो।

सुवर्ण प्रत्येक फिल्म दर्शकसँगै बसेर हेर्थे। उनीहरूको प्रतिक्रिया प्रत्यक्ष सुन्न र देख्न पाउँथे। फिल्म हेरेपछि प्रायः दर्शकले सोध्थे, ‘यति राम्रो फिल्म कि चलेन?’

सुवर्ण भन्थे, ‘यसरी दर्शकसम्म पुर्‍याउन सकिएन।’

१२ मार्चमा अन्तिम शो सकाएर सुवर्ण १८ तारिकमा नेपाल फर्किए। ‘म अनिश्चित यात्रामा गएको थिएँ। कस्तो हुन्थ्यो, थाहा थिएन,’ यात्राबारे उनी सुनाउँछन्, ‘फर्केपछि लाग्यो मैले २५ प्रतिशत मात्र गर्न सकेछु। अझै धेरै गर्न सकिने रहेछ।’

सुवर्णले फिल्मलाई दुई भर्सनमा देखाएका छन्। एउटा रंगिन, अर्को श्यामश्वेत। ‘श्यामश्वेतचाहिँ फेस्टिचभलका लागि तयार पारेको हुँ, रंगिनचाँहि हलमा रिलिज गर्न,’ सुवर्ण भन्छन्।

फेस्टिभलमा अवार्ड जितिरहने ‘राधा’लाई नेपालका हलहरूमा दर्शकले पनि न्याय गर्छन् भन्ने आशामा छन् उनी। ‘त्यो उपयुक्त समय पर्खिरहेको छु,’ उनी निश्चिन्त भावमा भन्छन्। 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १६:३५
  • #राधा
  • #सुवर्ण थापा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
यस्तो छ निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर शुक्रबार सार्वजनिक भएको फिल्मको टिजरमा  अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी... मंगलबार, भदौ २, २०८३
‘कंगाल करोडपति’मा जोडिए रक्षा र मञ्जिलकुमार, कलाकारको लाइनअप बलियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भ... मंगलबार, भदौ २, २०८३
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को आधिकारिक टिजर सार्वजनिक भएको छ। शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज शनिबार, भदौ १३, २०८३
बाढीपीडितको पुनर्वासका लागि बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोगको घोषणा शनिबार, भदौ १३, २०८३
थप सात स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु, प्रभावित ९३ साइट सञ्चालनमा शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप एक साता शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्